News Category 2071/08/11

धारिलो हथियार प्रहारबाट श्रीमान श्रीमति गम्भिर घाईते

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १० मंसिर । 
सप्तरीको रायपुर गाविस २ पिप्राही टोलमा दुई पक्षबिच भएको कुटाकुटमा धारिलो हथियारको प्रयोगबाट श्रीमान श्रीमति गम्भिर घाईते भएका छन ।
घरमा पानीको फोहोर फालेको विषयलाई लिएर दुई पक्षबिच झै झगडा हुदाँ धारिलो हथियारको प्रहारबाट स्थानीय ४५ वर्षिय राजेन्द्र प्रसाद साह र उनका श्रीमति ४२ वर्षिया तारा देवी साह गम्भिर घाईते भएका छन । 
सोही ठाउँका विशेश्वर साह, उनका भाई रामलोचन साह, उनका श्रीमति झरुल देवी साह, छोराहरु प्रमोद भनिने प्रकाश कुमार साह, बिनोद कुमार साह र छोरी माला कुमारी साहले कोदालो र काठको भाटाबाट हिर्काउँदा श्रीमान श्रीमति गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।
कुटपिटबाट गम्भिर घाईते श्रीमान श्रीमतिको तत्काल रायपुरस्थित युनिक अस्पतालमा भर्ना गरिएपनि त्यहाँँ उपचार हुन नसकेपछि थप उपचारको लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा भर्ना गरिएको थियो ।
घाईतेहरुको राजविराजमा पनि उपचार सम्भवं नभएपछि दुवै जनालाई थप उपचारको लागि धरान पठाईएको परिवारजनले बताएका छन । 
यसैबिच कुटपिट गरेको आरोपमा माला कुमारी साहलाई ईलाका प्रहरी कार्यालय रुपनीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि राखिएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट