News Category 2071/08/12

भोरुकवा एफएमले छैठौ बार्षिकोत्सव मनायो

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ११ मंसिर ।
सप्तरीको पहिलो सामुदायिक रेडियो भोरुकवा एफएम ९२.८ मेघाहर्जले छेठौ वार्षिकोत्सवको अवसरमा बिहीबार विभिन्न कार्यक्रम गरेको छ । 
एफएमको छैठौ वार्षिकोत्सवको अवसरमा साँस्कृतिक तथा मनोरन्जनात्मक  कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा शिब्स ईन्टरनेशनल बोर्डिङ्ग स्कुलका बालबालिकाहरुले विभिन्न साँस्कृति नाचहरु प्रस्तुत गरेका थिए । 
मिथिला जनसेवा केन्द्रका अध्यक्ष हरिकृष्ण प्रसाद सिंह हरिबाबुको अध्यक्षता तथा प्रा.डा.सुनिल कुमार झाको प्रमुख आतिथ्यमा आयोजित सो बार्षिकोत्सव कार्यक्रममा बरिष्ठ पत्रकार शिबहरी प्रसाद भटराई, संचार यात्रा समुहकी अध्यक्ष करुणा झा, प्रेस स्वतन्त्रता सेनानी वैजनाथ झा, एफएमका निर्वतमान अध्यक्ष गोपाल प्रसाद गुप्ता लगायतकाहरुले एफएमको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । 
सोही अवसरमा केन्द्रका सदस्य अमरनाथ मण्डलले स्वागत मन्तव्य तथा एफएमकै कलाकारहरु कैलाश झा, शिबशंकर यादव, जीबछ दास लगायतकाहरुले गित संस्कृत प्रस्तुत गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट