News Category 2070/03/23

गैसस महासंघद्वारा निर्णय खारजेको माग

दैनिक समाचारदाता

राजविराज÷स्थानीय स्वायत्त शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसिडिपी) सरकारले स्वयं संचालन गर्ने भनी गरिएको निर्णयप्रति गैर सरकारी संस्था (महासंघ) सप्तरीले आपत्ति प्रकट गरेको छ ।
गैसस महासंघ सप्तरीका अध्यक्ष श्यानमकान्त चौधरी र सचिव किशोरकुमार यादवले शनिबार संयुक्त बिज्ञप्ती जारी गर्दै एलजिसिडिपी कार्यक्रमको मन्त्रीस्तरीय निर्णय भनी गरिएको व्यवस्था खारेज गर्न माग गर्नुभएको छ ।
उक्त कार्यक्रम स्थानीय सेवा प्रदायक समाजिक संस्था मार्फत काम गर्ने गरी निर्णय गर्न बिज्ञप्तीमा जोड्दार माग गरिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट