राष्ट्रिय मिडिया पत्रकार सञ्जाल गठन
Tuesday, December 02, 2014
दैनिक संवाददाता
राजविराज, १५ मंसिर ।
सप्तरीबाट राष्ट्रिय मिडियामा कार्यरत संचारकर्मीहरुको एक भेलाले सोमबार राष्ट्रिय मिडिया पत्रकार सञ्जाल गठन गरेको छ ।
राष्ट्रिय मिडियाका सम्पूर्ण जिल्ला प्रतिनिधिहरु सदस्य रहने गरि कान्तिपुर दैनिकका सप्तरी संवाददाता जितेन्द्र खड्गाको संयोजकत्वमा सो संजाल गठन गरिएको हो ।
सोही भेलाले सप्तरीका सरकारी तथा गैर सरकारी निकायहरुले गर्ने गरेको औपचारिक÷अनौपचारिक कार्यक्रमहरुमा विभिन्न राष्ट्रिय सञ्चार माध्यमहरुमा आबद्ध सप्तरीका सञ्चारकर्मीहरुलाई बेबास्ता गर्नु, पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघले समेत राष्ट्रिय सञ्चार माध्यममा आबद्ध पत्रकारहरु प्रति देखाउने गरेको बेबास्ता पूर्ण रवैयाप्रति खेद व्यक्त गरेको छ ।
यस्तै जिल्ला विकास समिति सप्तरीले सोमवारदेखि आयोजना गरेको जिल्लाको अद्याबधिक विकास योजना निर्माण कार्यक्रम जस्ता महत्वपुर्ण कार्यक्रममा राष्ट्रिय मिडिया आबद्ध पत्रकारहरुलाई नबोलाईएको प्रति बैठकले भत्र्सना गर्दै आगामी दिनमा यस्ता कार्य नदोहराउन आग्रह गरिएको छ ।
साथै पछिल्लो केहि समय यता जिल्ला जनस्वास्थ्य कार्यालय, शिक्षा, खानेपानि लगायतका विकासीय कार्यालयहरु समेतले राष्ट्रिय मिडियाहरुको हकमा जिविस जस्तै गैर जिम्मेवारपुर्ण रवैया अपनाउँदै आएकोमा ती विकासिय कार्यालयहरुलाई समेत भेलाबाट सचेत हुन आग्रह गरिएको छ ।