News Category 2071/08/17

सप्तरीमा नया“ नगरपालिका थपियो

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १६ मंसिर ।
मन्त्रि परिषद्को मंगलबार बसेको बैठकले थप ६१ वटा नगरपालिका घोषणा गरेको छ । अब नेपालमा नगरपालिकाको संख्या १ सय ९१ पुगेको छ भने इटहरी, धरान, जनकपुर, नेपालगंज, हेटौडा, भरतपुर र बुटवललाई महानगरपालिका बनाइने जनाइएको छ । 
यता सप्तरीमा पनि सप्तकोशी नगरपालिका थप भएको छ । सप्तकोशी नगरपालिकामा जिल्लाको फत्तेपुर, ओद्रहा र कमलपुर गाविसलाई मिलाइएको छ । नयाँ सप्तकोशी नगरपालिकाको केन्द्र भने फत्तेपुरलाई तोकिएको छ । 
यसअघि सप्तरीमा राजविराज, शम्भुनाथ र कंचनरुप नगरपालिका रहेको थियो । अब सप्तरीमा ९६ गाविस र चार नगरपालिका भएको छ । 
यस्तै काठमाडौं महानगरपालिका र बिराटनगर, पोखरा, बिरगंज र ललितपुर गरि चार उपमहानगरपालिका रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट