News Category 2071/08/19

कोशी नदीबाट गा“जा सहित पा“च तस्कर पक्राउ

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १८ मंसिर । 
सप्तरीको भारदह गाविस १ स्थित कोशी नदीबाट ठुलो परिमाणमा गाँजा सहित पाँच जनालाई सप्तरी प्रहरीले बुधबार राती पक्राउ गरेको छ । 
कोशी नदीको बाटो भएर डुङ्गामा गाँजा लिएर भारततर्फ लैजादै गर्दा सप्तरी प्रहरीले घेराबन्दी हाली ७ वटा पोकामा रहेको १ सय ७२ किलो गाँजासहित दुई भारतीय र ३ नेपाली नागरिकलाई पक्राउ गरेको हो । 
पक्राउ पर्नेहरुमा सप्तरीको भारदह १ का ३४ वर्षिय इन्द्र नारायण माझी, २० वर्षिय सुभाष मण्डल, भारदह ६ का २४ वर्षिय रामेश्वर मेहता, भारतको सुपौल जिल्लास्थित बनैनिया गाविसका ३२ वर्षिय उमेश साह र भारतकै भवटीयाही निवासी ३० वर्षिय रविन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक केदार ढकालले जानकारी दिनुभयो । 
विगत केही समय यता तस्करहरुले ढुङ्गाबाट गाँजा तस्करी भईरहेको गोप्य सुचना पाए लगत्तै सप्तरी प्रहरीले सो क्षेत्रमा गस्ति बढाएको थियो । त्यस्तै सप्तरीमा साउन महिनादेखि मंसिर १५ गतेसम्म जिल्लाको सदरमुकाम राजविराजसहित विभिन्न ग्रामिण भेगमा गरी ३२ स्थानबाट ८२ हजार ७ सय ९५ गाँजाको बोट नष्ट गरिएको प्रहरी नायब उपरिक्षक ढकालले जानकारी दिनुभयो ।
यता पक्राउ परेका व्यक्तिहरुलाई प्रहरीले म्याद थप गरि आवश्यक अनुसन्धान प्रकृया शुरु गरिसकेको जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट