News Category 2070/03/23

सुन्दरी खोलाको बाढी सर्वसाधारणको घरमा पस्यो, जीवनयापनमा समस्या

दैनिक समाचारदाता

राजविराज÷शुक्रबार परेको अविरल बर्षाका कारण स्थानीय सुन्दरी खोलामा आएको बाढीले सप्तरीको बरमझिया गाविसका करिब डेढ दर्जन व्यक्तिको घरमा पानी पसेको छ ।
बाढीले बरमझिया–२ का किसुनदेव खंगको चार वटा घरमा पानी पसेको छ । उनको एउटा घर लडेको छ ।
यस्तै कविनाथ मैरबताको ३, रामेश्वर खंग, श्री खंग, देवन खेरवार, कवितलाल बिराजी, रुन्दी खंग २, दुःखी खंग २, भरत खंग, दुखी खंग, कपिलदेव यादव, कवितलाल यादव र रामेश्वर यादवको २÷२ वटा घर बाढीले डुबानमा परेका छन् भने बालेश्वर खंग, डम्बर खंग, डोमरी खंंग, खुशिलाल बिराजी र बुढेस खंगको १÷१ घरमा पानी पसेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । कवित लाल विराजीको घरको टाटी भत्केको छ ।
शुक्रबार दिनभर परेको पानीका कारण सुन्दरी खोलामा बाढी आएको हो । बाढी बस्तीतर्फ बगेपछि घरमा पानी पसेको हो । घरभित्र पानी पसेपछि खाना पकाउन र सूतन समेत समसया भउको स्थानीयहरुले बताएका छन् । अधिकांश घर ढल्ने अवस्थामा पुगेको स्थानीयवासी बाढीपीडित खुशीलाल यादवले बताउनुभयो । दुईवटा घरसूगै नजिकै रहेको पाखेरीको सबै माछा पनि बाढीले बगाइदिएको श्री यादवले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट