News Category 2071/08/22

जल उपभोक्ता समन्वय समितिमा विवाद एक मनोनित एक निर्वाचित अध्यक्ष भएको दाबी

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २१ मंसिर ।
कोशी पम्प नहर जल उपभोक्ता समन्वय समिति राजविराजमा हरेक वर्ष जस्तै यो वर्ष पनि आन्दोलन, अनसन र विवाद भएको छ । 
सोही क्रममा एक पक्षले आफू निर्वाचित त अर्को पक्षले आफू निर्विरोध भएको दाबी गरेको छ । एक पक्षले राजविराजमा साधारण सभा गरि समिति पुर्नगठन गरेको छ भने अर्को पक्षले सप्तरीको मलेकपुर गाविसस्थित खुरहुरियामा निर्वाचन प्रक्रिया गरि निर्वाचित भएको दाबी गरेको छ । 
एक पक्षको उपभोक्ता समन्वय समितिको अध्यक्ष सुरेन्द्र यादव निर्वाचित भएको दाबी गरेका छन भने अर्को पक्षका भगवति प्रसाद यादवले आफू निर्विरोध भएको दाबी गरेका छन् । 
सुरेन्द्र यादवल पक्षधरको उपाध्यक्षमा टेकनारायण यादव निर्वाचित भएको जनाइएको छ भने सचिवमा यसअघि नै किसन यादव, सह सचिवमा गणेशकुमार चौधरी, कोषाध्यक्षमा लिलाम्बर यादव तथा सदस्यहरुमा मेदनी प्रसाद साह, ध्रुब देव र पानो देवी राम सर्वसम्मत भइसकेको दाबी गरेको छ । 
यसैगरि भगवती यादवको पक्षधरमा उपाध्यक्ष रामदेव यादव, सचिवमा देव किसुन यादव, सहसचिवमा महानन्द प्रसाद यादव, कोषाध्यक्षमा श्रीमती अंजु यादव तथा सदस्यहरुमा भन्नालाल यादव, महेन नारायण यादव र पुनम कुमारी यादव रहेको पुर्नगठन समिति संयोजक गंगाराम यादवद्वारा आइतबार जारि विज्ञप्तिमा उल्लेख छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट