News Category 2071/08/28

सप्तरीका किसानहरु बेमौसमी तरकारी खेतितर्फ आकर्षित

दैनिक समाचारदाता

शुभ नारायण यादव
राजविराज÷बढ्दो बेरोजगारीका कारण सप्तरीका युवाहरु बिदेश पलायन भईरहेको बेला जिल्लाको मलेठ गाविसका युवाहरु बेमौसमी तरकारी खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।
मेहनत गरेपछि बिदेशको जस्तो स्वदेशमा पनि आम्दानी गर्न सक्ने सोचका साथ मलेठ गाविस २ का युवाहरु अहिले बैमौसमी तरकारी खेती गर्ने तर्फ आकर्षित भएका हुन । बास्तवमा मेहनतको फल मिठो हुन्छ भनेझै यहाँका युृवाहरु बेमौसमी तरकारी खेतिबाट घरमै बसेर लाखौ आम्दानी गर्दै आएका छन । 
मलेठ गाविस २ का जामुन मेहताले ३ कठा जग्गामा बेमौसमी काउली खेति गरेर घरमै बसेर राम्रो आम्दानी गर्दै आएको बताउँछन । शुरु शुरुमा त्यहाँका दुई चार जना किसानहरुले मात्र काउली खेति गर्ने गरेपनि हाल आएर त्यहाँका अधिकाँश किसानहरु बेमौसमी तरकारी खेतिबाट घरमै बसेर नगन्य आम्दानी गर्दै आएको अर्का किसान बिनोद कुमार मेहताको भनाई छण् स् । 
त्यस्तै त्यहाँका गुलाब चन्द्र मेहता, दशरथ मेहता, श्याम कुमार मेहता सहितका बिसानहरुले बेमौसमी काउली खेति गरेर घरमै बसेर राम्रो आम्दानी गर्दै आएका छन । 
त्यहाँका स्थानीय किसानहरुले उत्पादन गरेको काउली घर नजिकैको सदरमुकाम राजविराज तथा रुपनीमा लगेर बिक्रि वितरण गरेर राम्रो आम्दानी गर्दै आएको स्थानीय किसान श्याम नारायण मेहताको भनाई छ । मेहताका अनुसार त्यहाँका किसानहरुले आप्mनै लगानीमा बेमौसमी तरकारी खेति गर्ने गरेको तथा त्यसबाट राम्रो आम्दानी गर्दै आएको बताउँछन । 
यता किसानहरुलाई जिल्ला कृषि विकास कार्यालय सप्तरीले बेमौसमी तरकारी खेतिका लागि समुह बनाएर कृषि मोटर ट्युवेल, औषधि छर्ने टयाङ्गीका साथै प्रति ब्यक्ति ३ हजारका दरले आर्थिक सहयोग गर्दै आएको स्थानियहरु बताउँछन । 
सप्तरीको सदरमुकाम राजविराजदेखि करिब ३ किलोमिटर उत्तरमा अवस्थित मलेठ गाविसका किसानहरु बेमौसमी तरकारी खेतिमा जिल्लाकै नमुना गाविसको रुपमा मानिएको तथा त्यहाँ बेमौसमी तरकारी खेति उत्पादनतर्फ स्थानीय किसानहरु आकर्षित रहेको जिल्ला कृषि विकास कार्यालय सप्तरीका बाली अधिकृत विद्या सागर यादवको भनाई छ ।
यस्तै जिल्लाको रम्पुरा मल्हनिया गाविसका किसानहरु घर नजिकैको कोशी पलारमा बेमौसमी  तरकारी खेति गरेर राम्रो आम्दानी गर्दै आएका छन । 
त्यहाँका किसानहरुले बेमौसमी तरकारी जस्तै मुला, मुंग, आलु, काउली लगायतका विभिन्न तरकारी खेति गरेर नगन्य आम्दानी गर्दै आएका छन । रम्पुरा मल्हनिया गाविस ४ डलवाका अधिकांश किसानहरु बेमौसमी तरकारी खेति गरेर घरमै बसेर बार्षिक राम्रो आम्दानी गर्दै आएका हुन । उहाँका अनुसार आफुले यस वर्ष करिब डेढ कठा जग्गामा बेमौसमी तरकारी खेति गरेको तथा त्यसबाट मासिक राम्रो आम्दानी गर्दै आएको बताउँनुभयो । 
उहाँ जस्तै त्यहाँका मनोज कुमार यादव, दिनेश यादव, गजेन्द्र यादव, राजेन्द्र यादव सहितका ब्यक्तिहरुले बेमौसमी तरकारी खेति गरेर घरमै बसेर मासिक राम्रो आम्दानी गर्दै आएका छन । 
शुरु शुरुमा एक दुई कठामा मात्र तरकारी खेति गरे पछि राम्रो आम्दानी हुन थालेपछि हाल आएर त्यहाँका अधिकांश किसानहरुले कोशी पलारमा करिब ५ विगहा जग्गामा बेमौसमी तरकारी खेति गर्दै आएको स्थानीय कृषकहरुको भनाई छ । 
कोशी पलारमा लगाएको बेमौसमी तरकारी खेति त्यहाँका किसानहरुले घर नजिकैको कोईलाडी, हनुमाननगर, भारदह, कुनौली बोर्डर र छिमेकी भारतको कुनौली बजार सम्म पुर्याएर बिक्रि वितरण गरी नगन्य आम्दानी गर्दै आएका छन । 
यसैगरि धान काटिसकेपछि खेत बाँझ रहेको बेला अहिले सप्तरीको कोचाबखारीका किसानहरु धमाधम आलु खेति लगाउने व्यवस्त छन् । 
५ कठ्ठाबाट आलु खेति शुरु गरेका स्थानीय बिनोद साह अहिले एक विगहा जग्गामा आलु खेति गरेका छन । मंसिरको पहिलो सात्ता मै नै साहले धान काटी घर भित्राएर आलु रोपेको बताउनुभयो । उहाँले आलु खेतिबाट बार्षिक करिब दुई लाख सम्म आम्दानी गर्दै आएको जानकारी दिनुभयो ।
साहलाई व्यवसायी रुपमा आलु खेति गरेको देखेर त्यहाँका अन्य किसानहरु पनि व्यवसायी रुपमा अहिले आलु खेति गर्दै आएका छन । 
आलु खेतिबाट त्यहाँँका किसानहरु बार्षिक लाखौ आम्दानी गर्दै आएकोमा त्यस आसपासका अन्य गाविसका किसानहरु समेत हाल आएर ब्यवसायी रुपमा आलु तथा बेमौसमी तरकारी खेतितर्फ आकर्षित भएका छन । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट