News Category 2071/09/03

चुरे वन संरक्षणको नाममा सामुदायिक वन खोस्न खोजेको आरोप

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २ पुस । 
सरकारले चुरे वन संरक्षणको नाममा सामुदायिक वन खोस्न खोजेको एक कार्यक्रमका सहभागिहरुले आरोप लगाएका छन । 
चुरे संरक्षण क्षेत्र घोषणा फिर्ता गर, राष्ट्रपति चुरे तराई मधेश समिति खारेज गर लगायतका विभिन्न नारा सहित सामुदायिक वन उपभोक्ता महासंघ नेपालद्वारा बुधबार राजविराजमा आयोजित एक विरोध कार्यक्रमलाई सम्बोधन गर्दै सहभागिहरुले यस्तो आरोप लगाएका हुन । 
कार्यक्रममा सहभागि बक्ताहरुले वनको नाममा रकम लुट्ने कार्य गर्दै आएको आरोप लगाउँदै जनताको अधिकार सरकारले खोस्ने दुप्रयास गरेमा कडा आन्दोलनमा ओर्लेने चेतावनी समेत दिएका छन् । 
महासंघका जिल्ला अध्यक्ष लक्ष्मीकान्त चौधरीको अध्यक्षता तथा महासंघका केन्द्रिय महासचिव भारती पाठकको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष हरि प्रसाद न्यौपाने, जिविस प्रतिनिधि कृष्ण जोशी, नेकपा एमालेका अध्यक्ष गोविन्द न्यौपाने, बलारदह वन समितिका आशाराम चौधरी, सुकुम्बासी समस्या समाधान आयोगका मुरारी कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश खतिवडा लगायतका बक्ताहरुले आ–आफनो धारणा राख्नुभएको थियो । 
बिरोध सभा अघि सामुदायिक वन उपभोक्ता महासंघको नेतृत्वमा  एक बिरोध ¥याली निकाली राजविराज नगरको परिक्रमा गरेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट