News Category 2071/09/04

गा“जा तस्कर र प्रहरीबिच दोहरो भिडन्त एक सय चालिस किलो गा“जा बरामद, तस्कर फरार

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, ३ पुस ।
सप्तरीको कविलासा गाविसमा बिहिबार बिहान प्रहरी र गाँजा तस्करबिच दोहरो भिडन्त भएको छ । 
कविलासा गाविस वडा नं. १ र ७ को विचमा पर्ने जुरी खोलाको किनारामा गाँजा तस्करीहरुले गाँजा ओसार पसार गरी भारततर्फ लैजादै गरेको अवस्थामा प्रहरी र गाँजा तस्करबिच दोहरो भिडन्त भएको हो । 
गाँजा तस्करी गरी भारततर्फ लैजादे गरेको जानकारी प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय सप्तरीबाट सादा पोशाकका प्रहरी र ईलाका प्रहरी कार्यालय पातोबाट समेत प्रहरी टोली खटी गई उक्त स्थानमा पुग्दा गाँजा तस्करीले प्रहरीहरुलाई देख्नासाथ गोली फायर गरेको प्रहरीले जनाएको छ । 
सोही क्रममा प्रहरीले समेत जवाफी फायर गरी तस्करीहरुले लैजादै गरेको ७ पोकामा गरि जम्मा १ सय ४० किलो गाँजा घटनास्थलबाट प्रहरीले बरामत गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
यसैबिच गाँजा तस्करीहरु फरार रहेको तथा उनीहरुको खोजी कार्य तिव्र रुपमा भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी केदार ढकालले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट