News Category 2071/09/04

कम्बल र न्यानो कपडा वितरण

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३ पुस ।
तराईका जिल्लाहरुमा बढेको अत्यधिक चिसो र शितलहरबाट जोगिन न्यानो संसार अभियान अन्तर्गत नेपाल शेयर नामक संस्थाले सप्तरीको दुई गाविसमा कम्बल र न्यानो कपडा वितरण गरेको छ । 
प्रहरी महिला संघको सहकार्यमा शितलहरबाट जोगिन न्यानो संसार अभियान अन्तर्गत नेपाल शेयर नामक संस्थाले जिल्लाको पकरी गाविसमा करिब पााच् सय र भगवतपुरको बडहरीमा २ सय ८० वटा कम्बल र न्यानो कपडा वितरण गरेको हो । 
प्रहरी महिला संघको सहकार्यमा शितलहरबाट जोगिन न्यानो संसार अभियान अन्तर्गत नेपाल शेयर नामक संस्थाले जिल्लाको कोचाबखारी, पकरी, छिन्नमस्ता, बरही बिरपुर, लालापटी, गोबरगाढा, मधवापुर, फकिरा, कोईलाडी, जोगिनिया, शम्भुनाथ नगरपालिकाको रामपुर जमुवा, बसलपुर, भगवतपुर सहितका स्थानमा तीन हजार कम्बल र न्यानो कपडा वितरण गर्ने संस्थाका मुख्य स्वयंसेवक म्याक्स दिपेन्द्र खत्रीले जानकारी दिनुभयो । 
उहाँले तराईका जिल्लाहरुमा विगत केही दिन यता बढेको अत्यधिक चिसो र शितलहरबाट जोगिन सप्तरीका २० स्थानमा तीन हजार र सिरहाका १७ गाविसमा २ हजार कम्बल र न्यानो कपडा वितरण गर्ने बताउँनुभयो । खासगरी चिसो र शितलहरका कारण गरीब, दलित, विपन्नको कठयाङ्गिएरम वर्षेनी सयौ जनाको मृत्यु हुने गरेकाले त्यसबाट जोगिन उनीहरुलाई गुन्द्री बनाएर ल्याउने परिवारलाई कम्मल र न्यानो कपडा वितरण गर्ने जानकारी दिनुभयो । 
संस्थाले कम्बल र न्यानो कपडा वितरण गरेपछिक त्यहाँका स्थानीयबासीहरुले खुशि ब्यक्त गरेका छन । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट