News Category 2071/09/10

चिसोले कठयाङग्रिएर मृत्यु भएकाहरु बारे कानुनी प्रक्रिया पुरा गरेर लिखित जानकारी आए मात्र राहत पाउने ः प्रजिअ यादव हालसम्म एउटा पनि निवेदन आएको छैन् ः प्रहरी

दैनिक समाचारदाता

नवीनकुमार गुप्ता
राजविराज, ९ पुस ।
तराई मधेशको जिल्लामा अहिले अत्याधिक चिसोका कारण जनजिवन कष्टर बन्दै गएको छ । यसको अत्याधिक असर गरिब निमुख्खा जनतामाथी परिरहेको छ । बिहान कमाउने र बेलुका छाक टार्ने अधिकांश गरिब जनताहरु चिसोले प्रभावित भइरहेका छन् । 
गाँस, वास र कपासको अभावमा ती जनताहरु अत्याधिक चिसोका कारण मृत्युको संघारमा समेत पुग्ने गरेका छन् । अहिले तराई मधेशका जिल्लाहरुमा त्यस्ता जनताहरुको अत्याधिक चिसोका कारण कठयाङग्रिएर मृत्यु समेत भइरहेको छ । चिसोका कारण मृत्यु भएकाहरुका लागि राज्यले राहत स्वरुप रु. २५ हजार नगद दिने व्यवस्था समेत मिलाएको कुरा जनताहरुलाई जानकारी समेत रहेको छ । 
यद्दपी त्यस्ता निमुख्खा जनताका परिवारसँग मृत्यु भइसकेकालाई कपडा समेत खरीद गर्ने रकम हुँदैन् । तर पनि कुनै न कुनै माध्यमबाट उनीहरु मृतकको दाहसंस्कार गर्ने गरेका छन् । सरकारले चिसोबाट कठयाङग्रिएर मृत्यु भएका परिवारलाई राहत स्वरुप प्रदान गर्ने रु. २५ हजार नगद कुन प्रक्रियाबाट दिने गरेको अधिकांश जनतालाई थाहा समेत छैन् । 
सप्तरीमा मात्र गत वर्ष ३२ जनाको चिसोबाट ज्यान गएको विभिन्न संचार माध्यमबाट सार्वजनिक भइसकेको छ । तर जिल्ला प्रशासन कार्यालय सप्तरीमा गत वर्ष चिसोबाट कठयाङग्रिएर मृत्यु भएका परिवारजनबाट एउटा पनि निवेदन नआएको सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले जानकारी दिनुभयो ।  
उहाँले चिसोबाट मृत्यु भएको कारण स्पष्ट रुपमा पोष्टमार्टमको रिपोर्ट, प्रहरीको रिपोर्ट र गाउँ स्तरिय दैवी प्रकोप उद्दार समितिको प्रतिवेदन सहित जिल्ला प्रशासन कार्यालयमा निवेदन लिएर आउने मात्र पाउने स्पष्ट पार्नुभयो । 
चmस्यत्रो लामो प्रक्रिया पुरा गर्ने बारे त्यस्ता गरिब जनताहरुलाई हालसम्म जानकारी रहेको छैन् । गत वर्ष मृत्यु भएका जिल्लाको बरही बिरपुर गाविस ४ का देव नारायण रायको पनि चिसोबाट कठयाङग्रिएर मृत्यु भएको थियो, तर राज्यबाट पाउँने सुबिधा हाल सम्म पनि नपाएको मृतक परिवारजनको गुनासो रहेको छ । राय जस्तै जिल्लाका करिब दुई दर्जनको चिसोबाट कठयाङग्रिएर मृत्यु भएपनि यस्तो लामो प्रक्रिया पुरा नगरेका कारण एक जना पनि सरकारबाट पाउने राहत पाउँन सकेका छैनन् । 
यसैबिच जिल्ला प्रहरी कार्यालय सप्तरीमा प्रहरी नायव उपरिक्षक केदार ढकालले चिसोबाट कठयाङग्रिएर मृत्यु भएपछि प्रहरीलाई जानकारी गराउँदा प्रहरी खटाएर मुचुल्का उठाउने, पोष्टमार्टम गर्ने र गाविस सचिवको सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरेपछि मात्र राहत पाउने ब्यवस्था रहेको जानकारी दिनुभयो । तर त्यस्तो प्रक्रिया पुरा गराएर एउटा पनि हाल सम्म निवेदन नआएको उहाँको भनाई छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट