News Category 2071/09/20

तीन बालबालिकाको शव पोखरीमा फेला

दैनिक समाचारदाता

राजविराज÷सप्तरीको बैरवा गाविसस्थित सप्तकोशी नदीको पश्चिम तटबन्धनको छेउमा रहेको दोभान पोखरीमा शनिबार ३ जना बालबालिकाको शव फेला परेको छ ।
सो पोखरीमा डुबेर ६ बर्षीय एक बालक, अढाई बर्षीय र ६ महिनाको २ जना बालिका मृत अवस्थामा लाश फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको हो । 
जिल्ला प्रहरी कार्यालय सप्तरी र ईलाका प्रहरी कार्यालय कन्चनपुरबाट खटेको संयुक्त प्रहरी टोलीले मृतक तीनै जना बालबालिकाको शवलाई आवश्यक कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमका लागी राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । यता मृतकहरुको सनाखत हुन नसकेको सप्तरी प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट