News Category 2070/03/29

नया“ एसपीमा खत्रीको आगमन

दैनिक समाचारदाता

दैनिक संवादादता
राजविराज, २८ असार ।
सप्तरी प्रहरी प्रमुख (एसपी) का रुपमा शरद खत्री यहाँ आउनुभएको छ ।
एसपी खत्री शुक्रबार जिल्ला प्रहरी कार्यालय राजविराजमा आइसक्नुभएको छ । उहाँलाई काजमा यहाँ पठाइएको बताइएको छ ।
यसअघिका प्रहरी प्रमुख संजयसिंह बस्नेत चीनबाट आउनेबित्तिकै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा पर्नुभएका कारण अर्काे एसपीलाई पठाइएको छ ।
बस्नेतले अकुत सम्पत्ति आर्जन गरेको बिषयमा छानबिन गर्न अख्तियारले उहाँलाई आयोगमा बोलाएको थियो । बिहीबार अख्तियारमा हाजिर भएका बस्नेतको बिषयमा छानबिन जारी रहने बताएपछि खत्रीलाई एसपीको रुपमा यहाँ पठाइएको छ । खत्री पुर्व क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरबाट यहाँ आउनुभएको हो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट