News Category 2071/09/21

बसलमको जन्म जयन्ती दिवसमा ¥याली, रक्तदान र कम्बल बितरण

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २० पुस ।
मुस्लिम धर्मका अन्तिम सन्देष्टा मोहम्मद सल्लाहो अलैह बसलमको जन्म जयन्ती दिवस आईतबार सप्तरीको राजविराजमा विभिन्न कार्यक्रम गरी मुस्लिम समुदायले मनाएका छन् ।
स्थानीय नुरी जामे मस्जिदको नेतृत्वमा मुिस्लम समुदायका बच्चादेखि वृद्धवृद्धाहरुको सहभागितामा बिहान निकालिएको ¥याली नगरको विभिन्न भागको परिक्रमाका साथै शान्ति जुलुस प्रदर्शन गरिएको थियो । 
मुलुक र संसारभरिमा शान्तिको कामना गर्ने उद्देश्यसहितको सन्देश प्रवाह गर्ने काम गर्नुभएकोले आफुहरु वर्षेनी अन्तिम सन्देष्टा बसलमको जन्म जयन्ती दिवस मनाउँदै आएको स्थानीय मुस्लिम समुदायको कथन छ ।
यसैबीच सोही अवसरमा राजविराजमा रक्तदान र चिसो पीडितलाई कम्बलसमेत वितरण गरिएको छ । अन्तिम सन्देष्टा बसलमको सम्झनामा स्थानीय गरिब विपन्न परिवारलाई कम्बल बितरण गरिएको मुदी मोहरम मेमोरियल ट्रस्टका सदस्य इरसाद अन्सारीले कम्बल प्रदान गर्नुभएको थियो ।
सो कार्यक्रम ट्रष्टका अध्यक्ष मुसा अन्सारीको अध्यक्षतमा सम्पन्न भएको थियो । 
यसैगरि नुरी कब्रीस्तान कमिटी राजविराजले आयोजना गरेको रक्तदान कार्यक्रममा मुस्लिम महिलाहरुसहित २९ जना रक्तदान गर्नु भएको थियो ।
सोही अवसरमा तरतिला बानो, जावेद अन्सारी, नेहा अन्सारी, खलिल अन्सारी, बसिम अन्सारी, मो. इम्तियाज, मुन्ना आलम, महमुद आलम, अमजद अन्सारी, मुख्तर आलम, मो. सनाउल्ला वारसी, नाहीद प्रविण, प्रवेज सिद्धिकी, इरफान अन्सारी, मेराज अन्सारी, सलिम जावेद, मो. रिजवान, गुलशन अन्सारी, प्रवाना अन्सारी, समीर अन्सारी, विकरम साह, नुर आलम, फैयाज अन्सारी, मो. जैस, जमिल अख्तर, इरफान अन्सारी, सद्दाम हुसैन, सकिल अन्सारी र सोना अन्सारीले रक्तदान गर्नुभएको जनाइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट