News Category 2071/09/22

मदन आश्रित राष्ट्रिय टि ट्वान्टी किक्रेट प्रतियोगिता भोलीदेखी

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २१ पुस । 
सप्तरीमा खेलकुद गतिविधी न्यून भइरहको बेला पुस २३ गतेदेखी राजविराजमा मदन आश्रित राष्ट्रिय टि ट्वान्टी किक्रेट प्रतियोगिता सुरु हुने भएको छ । 
युवा संघ नगर कमिटि राजविराजको आयोजना र सप्तरी क्रिकेट संघको समन्वयमा आयोजित प्रतियोगिताको तयारी बारे जानकारी दिन सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगितामा नेपाल र भारतका १२ वटा टिमहरुको सहभागिता रहने जानकारी दिइएको छ । सो प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले उद्घाटन गर्ने जनाइएको छ । 
सो पत्रकार सम्मेलनमा क्रिकेट संघका सचिव आयुष श्रेष्ठले प्रतियोगितामा नेपालको १० वटा र भारतको २ वटा टिमको सहभागिता रहने जानकारी दिनुभयो । प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टिमलाई दुई समूहमा बाडिएको छ । जसमा समूह “ए” मा नेपालको पूर्वाञ्चल एकेडेमी मोरङ, युवा संघ सप्तरी, कलैया क्लब बारा, महोत्तरी क्लब जलेश्वर, राजदेवी एकेडेमी सप्तरी र लहान स्पोर्टस क्लब सिरहा तथा समूह “बी” मा भारतको कटिहार, पूर्णिया, नेपालको जनकपुर, मोरङको होरिजन एकेडेमी, झापाको मिलन क्लब र काठमाडौंको सिद्धार्थ भ्याली रहेका छन् । 
प्रतियोगितामा नेपालका दुई दर्जन अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रतियोगितामा कुल खर्च करिब १२ लाख हुने अनुमान गरिएको छ भने उद्घाटन बाहेकका खेलहरुमा रु. १० को टिकटको व्यवस्था गरिएको जनाइएको छ । 
पुस २३ गतेदेखी २९ गतेसम्म संचालन हुने उक्त प्रतियोगिता नकआउट चरणमा हुनेछ । २९ गते हुने फाइनल खेल उद्योग मन्त्री महेश बस्नेतले समापन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट