News Category 2071/09/23

बन्ध्याकरण गराउने महिलाहरुको संख्यामा बृद्धि

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २२ पुस । 
राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा बन्ध्याकरण गराउने महिलाहरुको संख्यामा बृद्धि भएको छ । 
चिसोसँगै अस्पतालमा बन्ध्याकरण गराउने महिलाहरुको संख्यामा निकै बृद्धि भएको अस्पतालले जनाएको छ । तीन दिनमा ६५ जना महिलाहरुले बन्ध्याकरण गराएका छन् । 
हाल दिनहु २५ जना महिलाहरुलाई बन्ध्याकरण गराउने गरेको अस्पतालका चिकित्सकहरुको भनाई छ । अस्पतालमा प्रति दिन करिब एक सयको हाराहारीमा बन्ध्याकरण गराउन महिलाहरु आएपनि चिकित्सकको अभावमा प्रत्येक दिन २५ जनालाई मात्र बन्ध्याकरण गरिन्छ ।  
यसअघि गत वर्ष १ हजार १ सय जना भन्दा बढी महिलाहरुले बन्ध्याकरण गराएको अस्पतालले जनाएको छ । चिसो मौसमा बन्ध्याकरण गराउदा घाउ नहुने तथा सजिलै निको हुने भएकाले बढी महिलाहरुले बन्ध्याकरण गराउन आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । 
यसरी अस्पतालमा बन्ध्याकरण गराउने सेवागा्रहीहरुलाई प्रति ब्यक्ति १ सय ५० रुपैया प्रोत्साहन भत्ता स्वरुप दिने गरेको अस्पतालले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट