News Category 2071/09/23

स्वास्थ्यकर्मीद्वारा आन्दोलनलाई निरन्तरता

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २२ पुस । 
आन्दोलनरत स्वास्थ्यकर्मीहरुले आन्दोलनलाई मंगलबार पनि निरन्तरता दिई धर्नामा बसेका छन् ।
विभिन्न १२ बुँदे माँगहरु अघि सार्दै स्वास्थ्य क्षेत्रमा कार्यरत रहेका स्वास्थ्यकर्मीहरुको संयुक्त ट्रेड युनियन संजाल सप्तरीद्वारा आन्दोलनको घोषणा गरेका हुन् । 
सम्बन्धित तहमा स्तर बृद्धि भएका स्वास्थ्यकर्मीहरुको सोही पदमा तत्काल पदस्थापना गर्नुपर्ने, स्वेछिक आकास योजनाको सुचना तत्काल प्रकाशित गर्नुपर्ने लगायतका विभिन्न माँगहरु अघि सारि उनीहरु आन्दोलनमा ओर्लेका हुन । 
नेपाल स्वास्थ्यकर्मी युनियन सप्तरी, अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी संगठन, स्वास्थ्यकर्मी संघ, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल र नेपाल स्वास्थ्य प्राविधिक संघ सप्तरीले संयुक्त रुपमा विज्ञप्ती प्रकाशन गरी आन्दोलनमा ओर्लेको जनाएका छन् । 
आन्दोलनका कार्यक्रम अन्तरगत मंगलबार स्वास्थ्यकर्मीहरुले जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीमा माँग पत्रको ब्यानर सहित धर्नामा बसेका छन् । 
यता स्वास्थ्यकर्मीहरुको आन्दोलनले गर्दा राष्ट्रिय कार्यक्रमदेखी सेमिनार गोष्ठी लगायतका कार्यहरु प्रभावित भइरहेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट