News Category 2070/03/29

दुर्घटनामा दुईको मृत्यु, दुई गम्भीर घाइते

दैनिक समाचारदाता

दैनिक संवादादता
रुपनी (सप्तरी), २८ असार ।
सप्तरीको छुट्टाछुट्टै ठाउँमा भएको सबारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सीतापुर २ मा ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना. १ ख ११०५ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको स २ प २२६३ नम्बरको मोटरसाईकललाई बिहीबार राति ठक्कर दिएको हो । ठक्करले मोटरसाइकल चालक उदयपुरको त्रिबेणी गाविस ५ घर भई सप्तरीको तेरहौता ५ मा बस्दै आएको भक्तबहादुर मगर रहेका छन् । ३५ बर्षीय मगरको घट्नास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
सोही मोटरसाइकलको पछाडि सबार तेरहौता ५ कै दिनेश राईका १३ बर्षीय छोरा मन्दिप राई गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।
यस्तै पूर्व पश्चिम राजमार्गको भंगहा सडक खण्डमा ओभरटेक गर्दै आएको एक बसले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
अत्यधिक दू्रत गतिमा सिरहा माडडरबाट बिराटनगरतर्फ जाँदै गरेको ना४ख १४६० नम्बरको बसले अर्काे बसलाई ओभरटेक गर्ने क्रममा स.२प ११३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
ठक्करले मोटरसाइकल चालक सप्तरीको जमुनी मधेपुरा गाविस ५ बस्ने योगेन्द्र यादवको मृत्यु भएको छ । ठक्करले गम्भीर घाइते भएका यादवलाई उपचारका लागि घोपा क्याम्प धरान पु¥याएको केहि बेरमै मृत्यु भएको हो ।
पछाडि सबार धनिकलाल यादव गम्भीर घाइते भएका छन् । उनको रायपुरस्थित यूनिक अस्पतालमा प्राथमिक उपचार गराई थप उपचारका लागि घोपा क्याम्प धरान पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट