News Category 2071/09/29

लहानमा मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप पूर्वमन्त्री राजलाल यादवसहित पाँचजना घाइते

दैनिक समाचारदाता


दैनिक संवाददाता
सिरहा, २८ पुस । 
तीस दलीय गठबन्धनको आह्वानमा गरिएको मधेस बन्दका क्रममा सोमबार लहानमा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा पूर्वमन्त्री राजलाल यादवसहित पाँचजना प्रदर्शनकारी घाइते भएका छन् । 
प्रहरीको लाठी प्रहारबाट पूर्वमन्त्री राजलाल यादव, तमलोपाका नेता राकेश झा, मो. गुलाब लगायतका पाँचजना आन्दोलनकारी घाइते भएका छन् । 
पश्चिमबाट आएको सयौँ सवारीसाधन बाटोमै रोकिएपछि गन्तव्यमा लागि हिँडेका यात्रु अलपत्र परेको समयमा प्रहरीले स्कटिङ गरेर सवारीसाधनहरुलाई लैजान खोज्दा सो झडप भएको हो । 
बन्द सफल बनाउन सडकमा ओर्लेको मोर्चासँग आबद्ध नेता कार्यकर्ता र प्रहरीबीच सिरहाको लहानस्थित पेट्रोलपम्प नजिकै झडप भएको हो । 
घाइतेहरूको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट