News Category 2071/09/28

बन्दको पूर्व सन्ध्यामा मसाल जुलुस सखडमा प्रहरीद्वारा हस्तक्षेप

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २७ पुस । 
पहिचानसहितको सहमतिय संविधानको माग गर्दै एमाओवादी, मधेशी दलसहित ३० दलिय मोर्चाद्वारा बन्दको पूर्व सन्ध्यामा सप्तरी सदरमुकाम राजविराजसहित जिल्लाको विभिन्न स्थानमा मशाल जुलुस प्रदर्शन गरेको छ । 
राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट संघीय मधेशी मोर्चाका संयोजक सुनिल झाको नेतृत्वमा निकालिएको मशाल जुलुस नगरको विभिन्न भागको परिक्रमा पश्चात् जनआन्दोलन चौकमा पुगेर बिरोध सभामा परिणत भएको थियो । 
सो सभामा सभासद उमेश कुमार यादव, विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, जिल्ला सदस्य ललन यादव, मधेशी जनअधिकार फोरम नेपालका जिलला सचिव उमेश कुमार यादव, तमलोपाका मनिष कान्त झा, केन्द्रिय नेता विपी यादव, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका युवा नेता हुलसित कुमार यादव, लगायतका बक्ताहरुले सहमतिय संविधान नआए मुलुकमा ठुलो जनयुद्ध हुने चेतावनी दिनुभएको छ । 
यसैगरि सप्तरीको पत्थरगाढामा फोरम नेपालका अमर यादवको नेतृत्वमा, पातोमा फोरम लोकतान्त्रिका जागेश्वर यादवको नेतृत्वमा, बनौनिया शान्ति चौकबाट एमाओवादीका चन्द्रदेव मण्डलको नेतृत्वमा तथा रायपुरको रुपनीबाट सिस्वारी गाविसको लालपत्तासम्म मोटरसाइकल ¥याली पश्चात् मसाल जुलुस र बिरोध सभा भएको जनाइएको छ । सो सभामा रामसपाका केन्द्रिय सदस्य हरेकृष्ण भगत र सद्भावनाका जिल्ला सचिव हरेराम यादव, एमाओवादीका मिथिला राज्य समिति सदस्य अनिल साहलगायतले बोल्नु भएको थियो ।  
यसैबीच सप्तरीको सखडमा निकालिएको मसाल जुलुसमा प्रहरी ले हस्तक्षेप गरेको छ । प्रहरी चौकी सखडाका सई लोकबहादुर प्रधानले हस्तक्षेप गरेका हुन् । उनले मसाल जबरजस्ति खोसेर निभाउने कार्य गर्नुका साथै मोर्चाका नेता तथा कार्यकर्तालाई गालीगलौज समेत गरेको स्थानिय नेता रामसपाका विद्यार्थी नेता विद्यानन्द चौधरीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट