News Category 2071/10/02

३० दलिय गठबन्धनको विभिन्न निर्णय सार्वजनिक

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १ माघ । 
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको पार्टी जिल्ला कार्यालय सप्तरीमा बिहिबार सम्पन्न ३० दलिय गठबन्धन आन्दोलन परिचालन समितीको बैठकले विभिन्न निर्णयहरु गरेको छ । 
सम्पन्न बैठकले आन्दोलनलाई सशक्त बनाउँदै पार्टीहरुले सम्पुर्ण शक्ति परिचालन गर्ने निर्णय गरिनुका साथै विभिन्न समितीहरु समेत गठन गरिएको प्रचार प्रसार समितीका संयोजक गजेन्द्र मण्डलशस्द्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ । 
हस्ताक्षरित विज्ञप्तीमा आन्दोलनलाई प्रभावकारी बनाउँन फोरम नेपालका राजनीती समिति सदस्य शैलेन्द्र प्रसाद साहको संयोजकत्वमा १ सय ५१ सदस्यीय जनपरिचालन समिती गठन गरेको जनाएको छ । 
त्यसैगरी सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनील झाको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिती र राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष गजेन्द्र मण्डलको संयोजकत्वमा प्रचार प्रसार समिती गठन गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । 
त्यस्तै जनपरिचालन समितीमा सवै पार्टीका केन्द्रदेखि जिल्लास्तर सम्मका नेता तथा कार्यकर्ताका साथै भातृ संगठनका पदाधिकारीहरु समेत रहने निर्णय गरिएको संयोजक मण्डलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट