News Category 2071/10/03

सप्तरीका ९६ मध्ये २५ गाविसको मात्र गाउँ परिषद् सम्पन्न

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २ माघ । 
पुस मसान्तभित्र गाउँ परिष्द अनिवार्य रुपमा सम्पन्न गर्नुपर्ने नियम रहेपनि सप्तरीमा पुस मसान्त सम्ममा मात्र २५ वटा गाविसले मात्र गाउँ परिषद् सम्पन्न भएको छ । 
यद्दपी स्थानीय स्वायत्त शासन ऐन तथा गाविस अनुदान सञ्चालन नियामावलीमा पुस मसान्तभित्र सबै गाविसले अनिवार्य रुपमा गाउू परिष्द सम्पन्न गर्नुपर्ने ब्यवस्था रहेको छ । 
सप्तरीको कुल ९६ गाविस मध्ये पुस मसान्त सम्ममा मात्र २५ गाविसको मात्र गाउँ परिषद सम्पन्न भएको जिल्ला विकास समिति सप्तरीका नायब सुब्बा कमलेश्वर बिराजीले जानकारी दिनुभयो । 
उहाँले पुस मसान्त भित्र गाउँ परिषद सम्पन्न गराएर एक साताभित्र जिविसलाई जानकारी गराउँनुपर्नेमा हाल पुस मसान्त भित्रमा करिब २५ गाविसले गाउँ परिषद सम्पन्न गराएको जानकारी आएको बताउँनुभयो । 
जिल्लाको बरही बिरपुर, मलेकपुर, सकरपुरा, देउरी भरुवा, बथनाहा, डाढा, रम्पुरा मल्हनिया, ईटहरी बिष्णुपुर, बेल्ही चपेना, बनैनिया, नर्घो, मलेठ, रामनगर कोदरकटी, लालापटी, छिन्नमस्ता, बोरिया, डिमन, पकरी, रायपुर लगायतका गाविसमा पुस मसान्त भित्र गाउँ परिषद सम्पन्न भएको जिविस सप्तरीले जनाएको छ । 
पुस मसान्तभित्र परिष्द नगरेमा विकासीय बजेटको ४० प्रतिशत अनुदान कट्टा हुने नियम छ । तर, विगतका वर्षहरुमा आर्थिक वर्षको अन्तिम महिना असारमा परिष्द गरी सम्पुर्ण विकासीय बजेट निकासा पाउँदै आएका कारण यसवर्ष पनि सचिवहरुले विगतकै परिपाटी अपनाउने दाउमा लागेका हुन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट