News Category 2071/10/03

मृतक तीन छोराछोरीकी आमा फेला परिन्

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २ माघ । 
हत्या गरि पोखरीमा फ्यालिएका तीन जना छोराछारीकी आमा सप्तरीको तेरहौता गाविस ३ निवासी २६ वर्षिया कुडी भनिने सजनी देवी सदालाई प्रहरीले फेला पारेको छ । 
सप्तरीको बैरवा गाविस.वडा नं. ८ डुबानबाट ईलाका प्रहरी कार्यालय कन्चनपुरको प्रहरी टोलीले फेला पारेको जनाएको छ । यता फेला परेकी सदाको स्वास्थ्य अवस्था अत्यन्त कमजोर रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ । 
प्रहरीले स्वास्थ्य अवस्था कमजोर भएकी सदालाई धर्मेश्वर अस्पताल ठेलीयामा आफ्नो निगरानीमा उपचार गराइरहेको जनाएको छ भने थप अनुसन्धान समेत गररहेको बताएको छ । 
गत पुस १९ गते सप्तरीको बैरवा गाविसस्थित सप्तकोशी नदीको पश्चिम तटबन्धनको छेउमा रहेको दोभान पोखरीमा कुडी सदाले ६ वर्षीय छोरा संतोष, ३ वर्षीया छोरी संतोषी र ६ महिने छोरी छोटकीको शव मृत अवस्थामा फेला परेको थियो । सो स्थानमा एक थान बिषादीको बोतल, चप्पल, साडी लगायत फेला परेको थियो ।
यता हालसम्म प्रहरीले तीनै जना बालबालिकाको हत्या भएको घटना बारे खुलाउन सकेको छैन् । श्रोतका अनुसार कुडी सदा फेला परेपछि घटनाको सत्यतथ्य सार्वजनिक हुने विश्वास गर्न सकिन्छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट