News Category 2071/10/07

सप्तरीका सरकारी कार्यालयहरु समेत बन्द बन्दकर्ता सडकमै बसेर सामूहिक नास्ता खाए

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, ६ माघ । 
संयुक्त आन्दोलन परिचालन समितीले गरेको आमहडताका कारण मंगलबार सप्तरी लगायत सम्पूर्ण मधेशको जनजिवन पूर्ण रुपले प्रभावित भएको छ । यद्दपी बन्दका क्रममा कुनै अप्रिय घटना नभएको आन्दोलन परिचालन समितिका प्रचार प्रसार संयोजक गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो ।
एमाओवादी सहितको विपक्षी ३० दलीय मोर्चाले आह्वान गरेको नेपाल बन्दको क्रममा बन्दकर्ताहरुले सप्तरीको राजविराजस्थित तिन दर्जन भन्दा बढी सरकारी कार्यालयहरु समेत बन्द गराएका थिए ।
यसैबिच बन्दकर्ताहरुले सरकारी कार्यालय संचालन भएको भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीको चार नम्बर कोठाको झ्यालको सिसा फोडेका छन् ।
यता बिहानैदेखी सप्तरी सदरमुकाम राजविराजमा बन्दकर्ताहरु बन्द सफल पार्न सडकमा ओर्लेका थिए । राजविराज बजारको विभिन्न स्थानको परिक्रममा गर्दै बन्दकर्ताहरुले नाराबाजी गर्दै विभिन्न कार्यालयहरु बन्द गराएका थिए । 
बहुमतीय प्रणालीबाट नभएर सहमतियबाट संविधान जारि गर्नुपर्ने माग गर्दै बन्दकर्ताहरु आ–आफ्नो पार्टीको झण्डा बोकेर जुलुस प्रदर्शन गरेका थिए । 
यसैगरि बन्दका कारण सदरमुकाम राजविराजबाट चल्ने लामो तथा छोटो दुरीका सवाराीसाधनहरु चल्न सकेका थिएनन् भने सम्पूर्ण विद्यालयहरु बन्द रहेका थिए । यता नगर तथा जिल्लाको सम्पूर्ण पसलहरु बन्द रहेको थियो भने अति आवश्यक सवारीसाधनहरु मात्र चलेका थिए । 
यसैबिच बन्दकर्ताहरुले सप्तरीको सदरमुकाम राजविराजस्थित गजेन्द्र चौकमै भुजा, च्युरा र चनाको सामुहिक रुपमा नास्ता गरेका थिए । 
बन्दका कारण मुलुकभरी कै जनजिवन कष्ट बनेको छ । तराईका जिल्ला बाहेक राजधानी काठमाडौं भने दिभरी नै  तनावग्रस्त बनेको थियो । काठमाडौंमा केही सवारीसाधनहरुलाई बन्दकर्ताहरुले जलाएका छन भने एक दर्जनजतिलाई तोडफोड गरेका छन् । 
यता बन्दकर्ताहरुबाट संचारकर्मीहरुको गाडी तोडफोड भएको छ भने संचारकर्मीहरुको क्यामरा समेत फुटाएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट