News Category 2071/10/07

एमाले पार्टी कार्यालयमा आगजनी

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ६ माघ । 
नेकपा एमाले जिल्ला कार्य समिति सप्तरीको पार्टी कार्यालयमा मंगलबार आगलागि भएको छ । 
अज्ञात समूहले राजविराज ५ स्थित मदननगरमा रहेको पार्टी कार्यालयमा आगलागि गर्दा त्यहा रहेको सम्पूर्ण कागजात तथा फर्निचरहरु जलेर नष्ट भएको छ । पार्टी कार्यालयका तीन वटा कोठामा रहेको फर्निचर र कागजातहरु जलेको छ । 
कार्यालयमा आगो लागेपछि प्रहरीले स्थानियहरुको सहयोगमा पानी हाली आगो नियन्त्रणमा लिने प्रयास गरेको थियो । आगो नियन्त्रणमा लिने प्रयास गर्दा गर्दै कागजात तथा फर्निचर जलेको हो । 
यता पार्टीका जिल्ला अध्यक्ष गोबिन्द न्यौपानेले यस्ता अपराधिक क्रियाकलाप गर्नेहरुले मुठभेड निम्त्याउन खोजेको आरोप समेत लगाउनुभयो । 
यस्तै नेकपा एमालेका भातृ संगठन युवा संघ नेपालका केन्द्रिय सदस्य निरन्जन झाको नेतृत्वमा गएको टोलीले सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवलाई आगजनी प्रति जानकारी गराएको छ । 
यसैबीच संयुक्त आन्दोलन परिचालन समिति सप्तरीका प्रचार प्रसार संयोजक गजेन्द्र कुमार मण्डलले यस आगजनीप्रति आफ्नो गठबन्धनको कुनै भूमिका नरहको जानकारी दिँदै आन्दोलनलाई मत्थर बनाउन अन्य समूहले आगजनी गरेको दाबी गर्नुभएको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट