News Category 2071/10/10

सत्तारुढ दलले ग¥यो सर्वपक्षिय सहमतिको उलंघन

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ९ माघ । 
सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेका नेता कार्यकर्ताले शुक्रबार राजविराजमा स्थानिय प्रशासन र एमाओवादी, मधेशी दलसहितका ३० दलिय मोर्चासँग गरेको सर्वपक्षिय सहमतिको खुलेआम उलंघन गरेका छन् । 
शुक्रबार बिहान स्थानिय प्रशासन, सत्तारुढ दलहरु र मोर्चाले राजविराजमा जुलुस प्रदर्शन नगर्ने तथा उत्तेजित नाराहरु नलगाउने सहमति गरेको तीन घण्टा पनि नबित्दै सत्तारुढ दल काँग्रेस र एमालेका नेता कार्यकर्ता सम्मिलित जुलुसले नारासहित गजेन्द्र चौकमा सभा गर्दै स्थानिय प्रशासनसँग गरेको सहमतिको उलंघन गरेको हो ।
यता ३० दलिय मोर्चाका नेता तथा कार्यकर्ताहरुले स्थानिय जनआन्दोलन चौकमा सभा गरेरै आफ्नो राजनीतिक कार्यक्रमलाई बिश्राम दिएको छ । 
माघ ८ गते विभिन्न राजनीतिक दलहरुले गरेको वाचा तथा प्रतिबद्धता पुरा नभएपछि स्थानिय प्रशासनले जिल्लामा कुनै किसिमको घटना हुन नदिन शुक्रबार बिहानैदेखी राजविराजको अति व्यस्त सडकमा काँडे तारको घेरा हाली नगरलाई प्रहरी ब्यारेकमा परिणत गरेको थियो । 
यता सत्तारुढ दलले सहमतिको उलंघन गरेको प्रश्नमा सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले यस सम्बन्धमा चाडै नै सत्तारुढ दललाई बोलाएर सोधपुछ गरिने जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट