News Category 2071/10/11
चार दिनको नवजात शिशुलाई नहरमा फाल्ने आमा पक्राउ
राजविराज÷सप्तरीको सदरमुकाम राजविराज २ स्थित कोशी पश्चिमी नहरमा शनिबार बिहान एक बेबारिसे नवजात शिशुको शव फेला परेको छ ।
राजविराज नगरपालिका ९ निवासी भैयालाल रजककी श्रीमति गिता रजकको नव जात शिशु नहरमा बेवारिसे अवस्थामा फेला परेको हो । सो शिशु गत मंगलबार जन्मिएकी हुन् ।
गिताका श्रीमान विगत केही महिनादेखि बैदैशिक रोजगारको शिलशिलामा मलेसियामा रहेका छन् । अवैध यौनसम्पर्कबाट गर्भवति भएकी गिताले मंगलबार राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा शिशुलाई जन्म दिएकी थिईन । तर, जन्मेको चार दिन नबित्दै नवजात शिशुको घर नजिककैको नहरमा आमाले नै फालेपछि शुक्रबार बिहान सो नवजात शिशु रोएपछि स्थानीयबासीहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
चिसो मौसममा नहरमा फालेपछि शिशुको अवस्था गम्भिर रहेको तथा हाल राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा चिन्ताजनक अवस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
शिशुलाई उपचारको लागि अस्पतालमा लगेपछि अस्पतालका स्वास्थ्यकर्मीहरुले गत मंगलबार उक्त शिशुको अस्पतालमै जन्म भएको बताएपछि खोजतलाश गर्दा शिशुका आमा गिता रजकलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरेको हो ।
पक्राउ परेकी रजकले आप्mनो छोरीको मृत्यु भएको भन्दै नहरमा फालेको बताएको प्रहरीले जनाएको छ ।
यता गिताको दुई छोरी समेत रहेको तथा श्रीमान् बिदेशमा हुदाँ पर पुरुषसँग अवैध सम्पर्क रहेकाले उक्त नवजात शिशुलाई जन्मिनै बित्तिकै फालेको स्थानीयहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2080/12/11 सकरपुराले जित्यो तिलाठी कोईलाडी पालिका कप
- 2080/12/11 पोखरीमा डुबेर चार वर्षिय बालकको मृत्यु
- 2080/12/10 बंश वृद्धिका लागि आरक्ष क्षेत्रमा छाडिए भाले गैंडा
- 2080/12/09 जसरी भएपनि सत्तामा पुग्न र सत्ता टिकाउनका लागी वर्तमान गठबन्धन ः राप्रपा अध्यक्ष लिङदेन
- 2080/12/09 राजविराजमा काठ बिक्री डिपो कार्यालय पुनःसंचालन
- 2080/12/09 सप्तरीमा दिनाभद्री जन्मोत्सव मनाइने
- 2080/12/08 मधेसको दलहरूले मधेसी जनताको लागि केही गर्न सकेन ः अध्यक्ष लिङ्देन
- 2080/12/07 प्रहरीबाट रिहा भएको १२ घण्टा नबित्दै युवकले गरे आफ्नै बुबाको हत्या
- 2080/12/07 काँग्रेस र एमाले मुलुकको स्थिरता र सुशासनका लागी अघि बढ्नु आवश्यक ः काँग्रेस नेता डा.संग्रौला
- 2080/12/07 कैद जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ