News Category 2071/10/15

पूर्ण रुपमा शान्ति सुरक्षा दिलाउने प्रतिबद्धता

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १४ माघ । 
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक शिशिर कुमार कर्माचार्यले जिल्लामा शान्ति सुरक्षाको पुर्ण रुपमा प्रत्याभुति दिलाउँने प्रतिवद्धता जनाउँनु भएको छ । 
जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा भर्खरमै जिल्ला आउनु भएका प्रहरी उपरिक्षक कर्माचार्यले यस्तो प्रतिवद्धता जनाउँनुभएको हो । उहाँले आफु बसुन्जेलसम्म निःस्वार्थ भावनाले सम्पुर्ण जिल्लाबासीहरुको सेवा गर्ने जिकिर गर्नुभयो । 
प्रहरी र पत्रकारबिच नङ्ग मासुको सम्बन्ध रहेको बताउँदै उहाँले पत्रकारहरुबाट पनि निःस्वार्थ भावनाले सहयोग हुने अपेक्षा उहाँले गर्नुभयो । प्रहरी उपरिक्षक कर्माचार्यले ब्लाक मेलिङ्ग पत्रकारिता नगर्न सम्पुर्ण पत्रकारहरुसँग अनुरोध गर्नुहुँदै स्वच्छ, निष्पक्ष रुपमा सुचना प्रवाह गर्न आग्रह गर्नुभयो । 
सोही पत्रकार सम्मेलनमा डिएसपी केदार ढकालले २०७१ साउनदेखी हालसम्म जिल्लाका विभिन्न स्थानहरुबाट ८७ हजार ७ सय ५२ वटा गाँजाको बोट प्रहरीले नष्ट गरेको जानकारी दिनुहुँदै उहाँले १ हजार ६० लिटर घरेलु मदिरा समेत विभिन्न स्थानबाट नष्ट गरेको बताउँनुभयो । 
त्यस्तै जिल्लाको विभिन्न स्थानबाट अवैध काठ, सुर्ति सहितका समानहरु समेत बरामद गरेको बताउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट