News Category 2071/10/18

३० दलिय मोर्चाद्वारा साक्षर अभियान कार्यक्रम बहिष्कार गर्ने निर्णय

दैनिक समाचारदाता

राजविराज÷माओवादी, मधेशी दलसहितका आन्दोलनरत ३० दलिय मोर्चाले आज हुने भनिएको सघन सप्तरी साक्षर अभियान जिल्ला अनौपचारिक शिक्षा समितिको कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको छ । 
मोर्चाको शनिबार बसेको बैठकले जिल्ला शिक्षा कार्यालय सप्तरीको आयोजनामा हुने सो कार्यक्रमको प्रमुख अतिथि शिक्षा मन्त्रि चित्रलेखा यादव रहेकाले बहिष्कार गर्ने निर्णय गरेको मोर्चाका प्रचार प्रसार विभाग संयोजक गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो । 
उहाँले भन्नुभयो, “हामी अहिले आन्दोलनमा छौं, सरकारका कोही पनि मन्त्रिको सहभागिता रहने कुनै पनि कार्यक्रममा हामी सहभागि हुने छैनौं ।”
बहुमतबाट नभएर सहमतिबाट संविधान जारि गर्न माग गर्दै अहिले मोर्चा आन्दोलनरत रहेको छ । सहमतिय संविधान निर्माणका लागि अहिले संविधानसभामा रहेका विपक्षि दलहरु आन्दोलनमा रहेका छन् ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट