News Category 2071/10/19

सशस्त्र प्रहरीद्वारा तीन थान हतियार बरामद

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १८ माघ । 
सप्तरीको बनैनियाँ गाविस ६ स्थित कमलपुरबाट शनिबारराति सशस्त्र प्रहरीले तीन थान हतियार र सोमा प्रयोग हुने ५ राउण्ड गोली बरामद गरेको छ । 
दैनिक उपभोग्य सामाग्रि भित्र लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा सादा पोशाकमा रहेका सशस्त्र प्रहरीका असई सरोज यादवको टोलीले सो हतियारहरु बरामद गरेको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय राजविराजका प्रहरी नायब उपरिक्षक निरकृष्ण अधिकारीले जानकारी दिनुभयो । 
बरामद गरिएको हतियारहरुमा दुई वटा नलकटुवा, एक थान रिभल्वर र पाँच थान सोमा प्रयोग हुने गोली रहेको प्रहरी उपरिक्षक अधिकारीले जानकारी दिनुभयो ।
सादा पोशाकका प्रहरीलाई देख्ने बित्तिकै मोटरसाइकलमा रहेका दुईजनाले चिनि, खुर्सानी, खाने तेलसहित रहेको झोला फ्याकेर भारतको बिहार राज्य अन्तरगत सुबा टोलतर्फ भागेको उहाँले बताउनुभयो ।
केही समयदेखी सप्तरीमा अवैध रुपमा हतियारहरु भित्रिने सूचना पाएपछि सशस्त्र प्रहरीले भारतीय नाकाहरुमा सादा पोसाकका प्रहरीहरु खटाइएको उहाँले जानकारी दिनुभयो । 
फ्याकिएको झेला चेकचाज गर्दा त्यसमा हतियार फेला परेपछि सो क्षेत्रलाई घेरा हालि व्यापक चेकजाच गरेको उहाँले बताउनुभयो । यसअघि सशस्त्र प्रहरी सप्तरीले ७ थान हतियारहरु बरामद गरेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट