News Category 2071/10/20

मोर्चाको विभिन्न कार्यक्रमहरु सार्वजनिक

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १९ माघ । 
३० दलिय बृहत गठबन्धन मोर्चा सप्तरीको सोमबार सम्पन्न बैठकले आन्दोलन गर्ने विभिन्न निर्णयहरु गरेको छ । 
सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झाको अध्यक्षतामा सम्पन्न बैठकले जिल्लाका ६ वटै निर्वाचन क्षेत्रको विभिन्न स्थानहरुमा संयुक्त रुपमा अगुवा कार्यकर्तालाई अन्तरक्रिया तथा प्रशिक्षक दिईने निर्णय गरेको जनाएको छ । 
सम्पन्न बैठकले क्षेत्र न. १ मा २०७१ माघ २२ गते कंचनपुरमा, क्षेत्र न. २ मा माघ २३ गते बिपिमावि भारदहमा, क्षेत्र न. ३ मा माघ २६ गते राजविराजमा, क्षेत्र न. ४ मा माघ २७ गते पत्थरगाडामा, क्षेत्र न. ५ मा माघ २४ गते कठौना बजारमा र क्षेत्र न. ६ मा माघ २५ गते बर्साइनमा बिहान ११ बजे गर्ने मोर्चाका प्रचार प्रसार प्रमुख गजेन्द्र मण्डलद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट