• उदयपुर र गुल्मीमा भएको छुट्टाछुट्टै दुर्घटनामा १८ को मृत्यु 10/31/2017

    दैनिक समाचारदाता राजविराज, १३ कात्तिक । उदयपुर र गुल्मीमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी सोमबार १८ को मृत्यु भएको छ । उदयपुरमा सुमो जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी मेघराज कार्कीले जानकारी दिनुभयो । .....

  • पूर्व क्याम्पस प्रमुख झाको निधन 10/31/2017

    दैनिक समाचारदाता राजविराज, १३ कात्तिक । महेन्द्र बिन्देश्वरी क्याम्पस राजविराजका पूर्व क्याम्पस प्रमुख डा. सुनिल कुमार झाको सोमबार उपचारका क्रममा निधन भएको छ । लामो समयदेखी बिरामी रहनुभएका ७५ वर्षिय डा. झाको जनकपुरस्थित अस्पतालमा निधन भएको हो । .....

  • विद्यापती स्मृती पर्व स्थगित 10/31/2017

    दैनिक समाचारदाता राजविराज, १३ कात्तिक । प्रत्येक वर्ष मैथिली भाषाको महाकवी विद्यापतीको स्मृती दिवसको अवसरमा मैथिली साहित्य परिषदद्वारा मनाउँदै आईरहेको विद्यापती स्मृती पर्व २०७४ यस वर्षको लागि अर्को सूचना प्रकाशित नहुन जेल सम्मको लागि स्थगित गरिएको छ । ....

  • सप्तरीमा बाम गठबन्धनले माओवादी ६, एमाले ५ र एक स्वतन्त्रको भाग मिलायो 10/31/2017

    दैनिक समाचारदाता राजविराज, १३ कात्तिक । एमाले र माओवादी केन्द्रले प्रदेश २ मा प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेका छन् । प्रदेश २ मा प्रतिनिधिसभाका ३२ र प्रदेशसभाको ६४ सिट छन् । कार्यदल स्तरमा भएको छलफललाई शीर्ष नेताहरुले टुंगो लगाएको माओवादी नेता मातृका यादवले जानकारी दिनुभयो ।....

  • बस दुर्घटनामा निधन भएका मध्ये ९ जनाको कोशी किनारमा अन्त्येष्टि 10/30/2017

    दैनिक समाचारदाता राजविराज, १२ कात्तिक । शनिबार भएको बस दुर्घटनामा परी मृत्यु भएका ३१ जना मध्ये २४ जना सप्तरीकै बासिन्दा रहेका छन् । २४ जना मध्ये १२ जनाको शव आइतबार घरमा ल्याईसकिएको सप्तरीका प्रहरी प्रमुख मुकेश कुमार सिंहले जानकारी दिनुभएको छ । ....

  • मैनबत्ति प्रज्जवलन गर्दै श्रद्वाञ्जली व्यक्त 10/30/2017

    दैनिक समाचारदाता राजविराज, १२ कात्तिक । बस दुर्घटनामा परि तीन दर्जनको ज्यान गएपछि उनीहरुको स्मरणमा राजविराजस्थित गजेन्द्र चौकमा आइतबार साँझ मैनबत्ति प्रज्जवलन गर्दै श्रद्वाञ्जली व्यक्त गरिएको छ ।....

  • त्रिशुलीमा बस खस्दा ३१ को मृत्यु, २९ को सनाखत, १६ जनाको जिवितै उद्दार 10/29/2017

    राजविराज÷राजविराजबाट काठमाडौंतर्फ हिडेको एक यात्रुबाहक बस शनिबार बिहान त्रिशुली नदीमा खस्दा बसमा सवारमध्ये १६ जनाको जिवित्तै उद्दार गरिएको छ । धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा ना. ६ ख. १४६७ नम्बरको बस खस्दा त्यसमा सवार करिब ५० यात्रु मध्येबाट ३१ जनाको शव निकालि प्रहरीले २९ जनाको सनाखत भएको छ । दुई जनाको सनाखत हुन बाँकी रहेको धादिङ प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता शव भेटिएका शवहरुमा ११ पुरुष, ८ महिला, ५ बालक र ५ बालिका रहेका छन् । .....

  • एकै परिवारका पाँच र ससुरालीका तीन गरि आठको मृत्यु, चार छोरीहरु पनि दुर्घटनामा परे 10/29/2017

    राजविराज÷छठ पर्व मनाएर आफ्नो जन्म थलो छाडेर कर्मथलो तर्फ प्रस्थान गरेका सप्तरीका एकै परिवारका पाँच जनाको अकालमै मृत्यु भएपछि अहिले परिवारजन शोकाकुल छन् । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठीका पण्डित रमानाथ झाका छोरा संजित कुमार झासहित उनका सम्पूर्ण परिवारको शनिबार बिहान बस दुर्घटनामा दुःखद निधन भएको छ । .....

  • राजविराज नगरपालिकाले कामकाज बन्द गरि एक दिन शोक मनाउने 10/29/2017

    राजविराज÷बस दुर्घटनामा परि सप्तरीका दर्जनौं व्यक्तिको दुःखद निधन भएकोप्रति राजविराज नगरपालिकाले एक दिन शोक मनाउने निर्णय गरेको छ । ....

  • सप्तरीबाट मेधशी दलका “हेभीवेट” नेताहरु चुनावी मैदानमा, फोरम अध्यक्ष यादवसँगै राजपा उपाध्यक्षद्वय तथा महासचिवद्वय चुनावी प्रतिष्पर्धामा 10/28/2017

    दैनिक समाचारदाता राजविराज, १० कात्तिक । प्रतिनिधीसभा र प्रदेशसभाको समानुपातिक तर्फको उम्मेदवार मनोनयनसँगै चुनावी सरगर्मी बढेको छ । सप्तरीमा फोरम र राजपाको तालमेल हुने निश्चित भएदेखी नै आम मतदाता उत्साहित भएका छन भने केही आकाँक्षी उम्मेदवारहरुमा त्यति उत्साह देखिदैन् किन भने उनीहरु राष्ट्र र पार्र्टी भन्दा ब्यक्तिगत स्र्वाथमा लिप्त रहेका छन् । ....

  • फोरम अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट चुनाव लड्ने 10/26/2017

    दैनिक समाचारदाता राजविराज, ८ कात्तिक । अन्ततः विभिन्न अड्कलबाजीका बाबजुद संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आप्mनो जन्मथलो सप्तरीबाट प्रतिनिधी सभाका लागी उम्मेदवारी दिने भएका छन् । ....

  • निर्वाचन रोकिने कार्य महाअपराध हो ः प्रमुख निर्वाचन आयुक्त 10/26/2017

    दैनिक समाचारदाता राजविराज, ८ कात्तिक । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अब कुनै पनि हालतमा नरोकिने बताउनु भएको छ । निर्वाचन तयारीको क्रममा गृह जिल्ला सप्तरी आउनुभएका डा. यादवले बुधबार राजविराजमा आयोजित अन्तरक्रिया कार्यक्रममा सो कुरा बताउँदै चुनाव रोकिने कार्य अब महाअपराध हुने जिकिर समेत गर्नुभयो । .....

  • राजविराजका जनप्रतिनिधीको सुस्तीले नगरवासीको सपना ... 10/26/2017

    दीपककुमार गुप्ता राजविराज, ८ कात्तिक । राजविराज नगरपालिकाका स्थानीय जनप्रतिनिधीहरु निर्वाचित भएको एक महिना पुग्दा पनि नगरप्रमुुुख, उपप्रमुख लगायतका जनप्रतिनिधीले स्थानीय बुद्धिजीवी तथ सरोकारवालाहरुसंग छलफल गरी नगरका समस्या, समाधान र चुनौती तथा नगर विकासका लागी यथासिघ्र, अल्पकालिन, दिर्घकालिन (मास्टर प्लान) बनाउने तर्फ कुनै अग्रसरता सतहमा देखिएको छ्रैन । .....

  • राजविराज वडा नं. २ र ८ को कार्यालय उद्घाटन 10/26/2017

    दैनिक समाचारदाता राजविराज, ८ कात्तिक । राजविराज नगरपालिका वडा नं. २ र ८ का नवनिर्वाचित वडा अध्यक्षहरुले बुधबार छुट्टछुट्टै कार्यक्रमबीच पदभार ग्रहण गरेका छन् । राजविराज वडा नं. ८ को कार्यालय अनावरणसहित वडा नवनिर्वाचित वडा अध्यक्ष जयनाराण मण्डलले पदभार ग्रहण गर्नुभएको हो । ....

  • सप्तरीको बरसाइनवासी आइरन युक्त पानी पिउन बाध्य 10/26/2017

    दैनिक समाचारदाता राजविराज, ८ कात्तिक । सप्तरीको बरसाइनमा खानेपानीको समस्या भएको छ । जसकारण स्थानियहरु आइरन युक्त खानेपानी पिउन बाधय भएका छन् । .....

  • छठपर्वका लागि पोखरी सरसफाई गरी पूजाघाट सजाउँदै 10/26/2017

    दैनिक समाचारदाता राजविराज, ८ कात्तिक । दशमी, दीपावली र भाइटिका सकिए लग्तै छठपर्व सुरु भएपछि सप्तरीको राजविराजसहित जिल्लाको बिभिन्न ताल तलाउ, खोला र नदीहरुमा बुधबार सरसफाई गर्दै पूजाघाट बनाउने कार्य तिव्र रुपमा सुरु भएको छ । .....

  • छठ पर्व अन्तरगत आज खरना गरिँदै 10/25/2017

    दैनिक समाचारदाता राजविराज, ७ कात्तिक । आस्थाको महापर्व छठ अन्तर्गत आज खरना गरिँदै छ । यसअघि मंगलबार ब्रतालुहरुले नहाय–खाय विधि गरेका छन् । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन अरबा–अरबाइन, दोस्रो दिन खरना, तेस्रो दिन बेलुकी अस्ताउन लागेको र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजा गरिन्छ ।....

  • छठ पर्वमा केराको व्यापारमा बृद्धि 10/25/2017

    दैनिक समाचारदाता राजविराज, ७ कात्तिक । मंगलबारदेखि सुरु भएको छठ पर्वको अवसरमा स्थानीय बजारहरुमा केराको कारोबारमा निकै बृद्धि भएको छ । छठ पर्वमा केरा र त्यसको घरी अनिवार्य रुपमा चढाउनु पर्ने भएकोले सप्तरी जिल्लामा केराको बिक्रि बितरणमा निकै बृद्धि भएको ब्यापारीहरुले बताएका छन ।.....

  • आजदेखी विधिवत रुपमा छठ पर्व सुरु छठ सामाग्रि किनमेल गर्न चहलपहल बढ्यो 10/24/2017

    दैनिक समाचारदाता राजविराज, ६ कात्तिक । छठ पर्व आजदेखि विधिवत रुपमा सुरु भएको छ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन अरबा–अरबाइन, दोस्रो दिन खरना, तेस्रो दिन बेलुकी अस्ताउन लागेको र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजा गरिन्छ ।....

  • फोरम नेपाल क्षेत्र नम्बर २ को भेला सम्पन्न 10/24/2017

    दैनिक समाचारदाता राजविराज, ६ कात्तिक । सङ्घीय समाजवादी फोरम नेपाल प्रतिनिधीसभा निर्बाचन क्षेत्र नम्बर २ सप्तरीको अगुवा नेता तथा कार्यकर्ता भेला सोमबार राजबिराजमा सम्पन्न भएको छ । फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेश कुमार यादबको अध्यक्षता तथा केन्द्रिय सदस्य एवं राजनीतिक समिती सदस्य शैलेन्द्र प्रसाद साहको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा नेताहरुले राजपासँग तालमेल गरेर चुनाब लड्ने बताएका छन । ....

  • सप्तरी क्रिकेट संघमा पुरानै कार्यसमितिलाई निरन्तरता 10/24/2017

    दैनिक समाचारदाता राजविराज, ६ कात्तिक । सप्तरी क्रिकेट संघको सोमबार सम्पन्न तेस्रो साधारणसभाले पुरानै कार्यसमितिलाई निरन्तरता दिँदै केहि नयाँ सदस्यलाई थप गरेको छ । सो सभाले अध्यक्षमा शैलेश चौधरी, उपाध्यक्षमा सचिन्द्र यादव, सचिवमा आयुष श्रेष्ठ र कोषाध्यक्षमा राधेश्याम यादवलाई यथावत राखेको छ ।....

  • भारतीय व्यापारीसँग तीन करोड फिरौती माँग गर्ने तीन अपहरणकारी हतियारसहित पक्राउ 10/23/2017

    दैनिक समाचारदाता राजविराज, ५ कात्तिक । भारतीय एक व्यापारीलाई अपहरण गरि तीन करोड फिरौती रकम माँग गर्ने अपहरणकारीको योजना सप्तरी प्रहरीले विफल पारेको छ । करिब एकसाताअघि अपहरणमा परेका एक भारतीय व्यापारीलाई सप्तरी प्रहरीले जिल्लाको कञ्चनरुप नगरपालिकाबाट सकुशल मुक्त गराएपछि उनीहरुको योजना विफल भएको हो । .....

  • म्यादी प्रहरी भर्नाका लागि परिक्षा सुरू 10/23/2017

    दैनिक समाचारदाता राजविराज, ५ कात्तिक । सप्तरीमा म्यादी प्रहरी भर्नाको लागि आवेदन दिएकाहरूका लागि आईतबारवाट शरीरिक परिक्षा सुरू भएको छ । मँसिर २१ गते हुन गईरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गराउनका लागि म्यादी प्रहरी भर्ना लिन लागिएको हो ।....

  • राजपाका महासचिव झालगायत पार्टीप्रति असन्तुष्टि जनाउँदै धर्नामा 10/19/2017

    दैनिक समाचारदाता राजविराज, १ कात्तिक । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव केशव झा लगायत अन्य नेताहरु मधेश आन्दोलनको भावना विपरित पार्टी नेतृत्वले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक उम्मेदवारको सूचीमा जात र पैसाका आधारमा नाम समावेश गरेको भन्दै रिले अनसन सुरु गरेका छन् ।....

  • बालक बेपत्तामा आफ्नो कुनै संलग्नता नरहेको दावी 10/19/2017

    दैनिक समाचारदाता राजविराज, १ कात्तिक । राजविराज ८ निवासी २४ वर्षिय राहुल यादवले बालक बेपत्ता भएको घटनामा आफ्नो कुनै संलग्नता नरहेका स्पष्ट पारेका छन् ।ष्स् बुधबार नेपाल पत्रकार महासंघ सप्तरीको भवनमा पत्रकार सम्मेलनको आयोजना गरि उनले सो कुरा स्पष्ट पारेका हुन् ।....

  • कैलालीका थारु नेताहरु राजपामा प्रवेश लेखी सप्तरीबाट प्रतिनिधिसभाका लागि लड्दै 10/19/2017

    दैनिक समाचारदाता राजविराज, १ कात्तिक । कैलाली जिल्लामा थरुहट आन्दोलनको बेला घटेको टिकापुर घटनाको आरोपित भनिएकाहरुलाई राज्यले झुठो मुद्दा लगाएर जेल जीवन बिताउन बाध्य पारिएका थारु युवा नेता लक्ष्मण थारु, राम प्रसाद थारु लगायतको नेता तथा कार्यकर्ताहरु राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)मा प्रवेश गरेका छन् । ....

  • लागु औषध, हतियार तथा मानव तस्करीमा पक्राउ परेका ३८ जनालाई कारवाही 10/18/2017

    दैनिक समाचारदाता राजविराज, ३१ असोज । जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न समयमा लागु औषध, हतियार तथा मानव तस्करीको आरोपमा पक्राउ गरेको ३८ जना व्यक्तिलाई कारवाही गरेको छ । अबैध लागु औषध नाईट्रोसन ट्याबलेट थान ३२८, नाईट्राभेट ट्याबलेट थान २१२, कोरेक्स थान ४, फेनारगरन एम्पुल थान ११३, लुपीजेसिक एम्पुल थान ८८, डाईजिल्याब एम्पुल थान ९४, स्पास्मो प्रोसिभन ट्याबलेट थान २८ र गाँजा ८ के.जी ७०० ग्रामसहित फेला परेका २४ जना मानिसहरुलाई पक्राउ गरी आवश्यक कार्बाही गरेको प्रहरीले जनाएको छ । ....

  • ग्लोबलद्वारा सुविधायुक्त एम्बुलेन्स सेवा संचालन 10/18/2017

    दैनिक समाचारदाता राजविराज, ३१ असोज । ग्लोबल बहुमुखी संस्था लिमिटेड राजविराजले मंगलवारदेखि सर्वसुविधायुक्त एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । संस्था परिसरमा मंगलबार आयोजित कार्यव्रmममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेय र राजविराज नगरपालिकाकी उपमेयर साधना झाले संयुक्त रुपमा रिवन काटेर सो सेवाको उद्घाटन गर्नुभयो । ....

  • एक्काइस दिनदेखी वेपत्ता वालक फेला परेनन् छोराको अवस्था पत्ता लगाई दिन वावुको आग्रह 10/17/2017

    दैनिक समाचारदाता राजविराज, ३० असोज । सप्तरीको विष्णुपुर गाउँपालिका ५ का एक वालक वेपत्ता भएको २१ दिन भइसक्दा पनि हालसम्म उनको अवस्था बारे कुनै पत्तो लाग्न सकेको छैन् । यता बालक फेला पर्न नसकेपछि छोरालाई पत्ता लगाई दिन सोमवार वावु रामेश्वर यादवले पत्रकार सम्मेलन मार्फत सबैलाई आग्रह गर्नुभएको छ । ....

  • सप्तरीमा म्यादी प्रहरीमा भर्नाका लागि १२ हजार ४८ आवेदन 10/17/2017

    दैनिक समाचारदाता राजविराज, ३० असोज । म्यादी प्रहरीमा भर्ना हुनका लागि सप्तरीका युवा, बृद्धा तथा महिलाहरुले उल्लेख्य मात्रामा आवेदन दिएका छन् । आउँदो मंसिर १० र २१ गते हुने प्रतिनिनिधिसभा र प्रदेशसभाका लागि सरकारले ९८ हजार २ सय ६८ जना म्यादी प्रहरीको आवेदन आहवान गरेसँगै सप्तरीमा १२ हजार ४८ जनाको आवेदन परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरिक्षक रमेश बस्नेतले जानकारी दिनुभयो । ....

  • पुल निर्माणमा किर्ते हस्ताक्षर गरि बैंकबाट रकम निकासा, अख्तियारद्धारा छानबिन सुरु 10/16/2017

    दैनिक समाचारदाता राजबिराज २९, असोज । सप्तरीको प्रसवनी ४ मा पुल निर्माण सम्बन्धी गठित उपभोक्ता समितिका पदाधिकारीद्वारा चेकमा किर्ते हस्ताक्षर गरि बैंकबाट रकम झिकेको बिषयमा अख्तियार दुरुपयोग अनुसान्धान आयोग क्षेत्रीय कार्यालय इटहरीमा छानबिन गर्न माग गरिएको छ । ....

  • विश्व हात धुने दिवसमा हात धुने विधी बारे जानकारी 10/16/2017

    दैनिक समाचारदाता राजबिराज २९, असोज । सप्तरी युथ नेपालले विश्व हात धुने दिवसको अवसर पारेर राजविराजमा हात धुने विधीको बारेमा जानकारी गराएको छ । स्थानीय शिब मन्दिर प्राङ्गणमा आयोजना गरिएको कार्यक्रमको प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले हात धोएर उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले हात धोएर खाना खाए बिभिन्न रोगबाट बाँच्न सकिने भएकाले सबैले हात धुन बिर्सन नहुनेमा जोड् दिनुभयो ।....

  • राजविराजको मेनरोडबाट ९ लाख ५० हजार लुटिए 10/11/2017

    दैनिक समाचारदाता राजविराज, २४ असोज । राजविराजस्थित माइक्रो स्टेण्ड नजिकैबाट मंगलबार एक जना व्यक्तिले बैंकबाट निकालेको ९ लाख ५० हजार रकम लुटिएको छ । राजविराज नगरपालिका ९ मलेठस्थित नहरचौक निवासी मोहम्द इजलास मियाँले हार्डवेयर पसल संचालन गर्नको लागि बैकबाट निकालिएको रु ९ लाख ५० हजार रकम लुटिएको हो । ....

  • नेपाली काँग्रेस महासमिति सदस्य सुरेन्द्र यादवसहित दर्जनांै राजपामा प्रवेश 10/11/2017

    दैनिक समाचारदाता राजविराज, २४ असोज । स्थानिय तह निर्वाचनमा विष्णुपुर गाउँपालिकाबाट अध्यक्षका स्वतन्त्र उम्मेदवार सुरेन्द्र प्रसाद यादव मंगलबार राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा प्रवेश गर्नुभएको छ । नेपाली काँग्रेस महासमिति सदस्य तथा पूर्व मलेकपुर गाबिस अध्यक्ष समेत रहनुभएका यादबसहित दर्जनौ नेता तथा कार्यकर्ता राजपामा प्रवेश गरेको हो । ....

  • हिन्दु राष्ट्र स्थापनाको माँग गर्दै ज्ञापन 10/10/2017

    दैनिक समाचारदाता राजविराज, २३ असोज । हिन्दु राष्ट्र स्थापनाको माँग गर्दै रााष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री समक्ष सोमबार ज्ञापनपत्र बुझाएका छन । राप्रपाका जिल्ला अध्यक्ष आकाश यादवको नेतृत्वमा निकालिएको ¥याली नगरको विभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी जनक कोइरालामार्फत प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापन पत्र बुझाएका हुन ।....

  • निर्माण व्यवसायीका केन्द्रिय अध्यक्षको हत्याको भत्र्सना, दोषिलाई कारवाहीको माँग 10/10/2017

    दैनिक समाचारदाता राजविराज, २३ असोज । निर्माण व्यवसायी संघ सप्तरीले नेपाल निर्माण ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष एवं डाँफे कन्स्ट्रक्सनका प्रोपराइटर शरद गौचनको हत्याको भत्र्सना गर्दै दोषिलाई कडा कारवाहीको माँग गरेको छ । ....

  • शिक्षालाई सुधारका लागि जनप्रतिनिधिहरुको एक्यबद्धता 10/10/2017

    दैनिक समाचारदाता राजविराज, २३ असोज । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुले शिक्षालाई सुधार गर्नका एक्यबद्ध भएर लाग्ने बताएका छन् । ....

  • जिल्लाका सबै नवनिर्वाचित प्रतिनिधिहरु सम्मानित 10/9/2017

    दैनिक समाचारदाता राजविराज, २२ असोज । सप्तरीको १८ वटै स्थानीय तहका नवनिर्वाचित नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुखहरुलाई आईतबार सप्तरी युथले सम्मान गरेको छ । झण्डै दुई दशकदेखि जनप्रतिनिधि बिहिन रहेको अवस्थामा भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई एक कार्यक्रमबीच सप्तरी युथ नेपालले सम्मान पत्र, दोसल्लाह र मायाको चिनो प्रदान गरि सम्मानित गरेको हो ।...

  • कुटपिट तथा लुटपाट मुद्दामा कुनै सुनुवाई नभएको पीडितको आरोप 10/9/2017

    दैनिक समाचारदाता राजविराज, २२ असोज । राजविराज नगरपालिका वडा नं. १३ निवासी देवकुमार यादवले जिल्ला प्रहरी कार्यालय सप्तरीमा ज्यान मार्ने उद्योगको जाहेरी दिएपनि हालसम्म कुनै सुनुवाई नभएको गुनासो गरेका छन । ...

  • जिससका लागि काँग्रेसले सबै पक्षसँग पहल गर्ने 10/9/2017

    दैनिक समाचारदाता राजविराज, २२ असोज । जिल्ला समन्वय समिति निर्वाचनका लागि ताजा अभिमत पाएका सम्पुर्ण पक्षसँग वार्ताको लागि नेपाली काग्रेसले पहल गर्ने निर्णय गरेको छ । काग्रेसका कार्यालय सचिव भुपेन्द्र नारायण यादवले आईतबार एक विज्ञप्ती प्रकाशन गरी सो निर्णय गरेको जनाइएको छ ।...

  • अपहरण मुद्दा लागेका बाबुछोरा साधारण तारेखमा रिहा 10/8/2017

    राजविराज÷अपहरणको मुद्दा लागेका सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका १ तिलाठी निवासी देवनारायण यादव र उनका छोरा अजय यादव एक हप्तापछि शनिबार साधारण तारेखमा रिहा भएका छन् । भारतको विरपुरस्थित अनुमण्ड्लिय व्यवहार न्यायालयका सहायक न्यायाधिश अभिषेख रन्जनको एकल इजलासले बाबु छोरालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । ....

  • झुठा मुद्दा लगाएर पक्राउ गरिएको लक्ष्मणकी श्रीमतीको आरोप 10/8/2017

    राजविराज÷राजविराज नगरपालिका वडा न. १३ बिषहरीया निवासी लक्ष्मण यादवलाई प्रहरीले जर्वजस्ती घरायसी विवादका कारण हतियारसहित पक्राउ गरेको उनका परिवारजनले आरोप लगाएका छन । नेपाल पत्रकार महासंघ राजविराजमा शनिबार पीडितकी श्रीमति चिना देवी यादवले पत्रकार सम्मेलनको आयोजना गरी सो आरोप लगाएका हुन ।....

  • सरसफाई अभियानमा मेयर, उपमेयर समेत लागे 10/8/2017

    राजविराज÷सप्तरी यूथको अगुवाइमा सुरु भएको सरसफाई अभियान अन्तरगत शनिबार ५६ औं हप्ता राजविराजस्थित कल्टुदास पोखरीको सफाई गरिएको छ । ....

  • संघीय समाजवादी फोरम र राजपा नेपालबीच चुनावी गठबन्धन 10/7/2017

    दैनिक समाचारदाता राजविराज, २० असोज । दलहरूबीच गठबन्धन गर्ने प्रक्रिया जोडतोडले अगाडि बढिरहेका बेला संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच पनि नयाँ गठबन्धन बनेको छ । ....

  • नवनिर्वाचित पदाधिकरीद्वारा पदभार ग्रहण 10/7/2017

    दैनिक समाचारदाता राजविराज, २० असोज । राजविराज नगरपालिकाका नवनिर्वाचित पदाधिकारीहरुले शुक्रबार पदभार ग्रहण गरेका छन् । राजविराज नगरपालिकामा आयोजित एक कार्यक्रममा पदस्थापना गराइएको छ । ....

  • अझ झाडापखाला नियन्त्रणमा आएन् 10/7/2017

    दैनिक समाचारदाता राजविराज, २० असोज । एक महिना अघि बाढी पस्दा सर्वाधिक प्रभावित बनेको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ३ सकरपुराकामा झडापखालाको प्रकोप फैलिएको तीन दिन बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन् । ....

  • एमाले र मुलवासी मुक्ति पार्टीबिच चुनावी तालमेल 10/7/2017

    दैनिक समाचारदाता राजविराज, २० असोज । नेकपा एमाले र मुलवासी मुक्ति पार्टीबिच विभिन्न तीन बुँदै सहमतिसहित चुनावी चालमेल शुक्रबार भएको छ ।....

  • मुद्दा सुनुवाईमा ढिलाई हुँदा बाबु छोराको जेलबास लम्बियो 10/6/2017

    दैनिक समाचारदाता राजविराज, १९ असोज । सप्तरीको कोइलाडी तिलाठी गाउँपालिका १ का देवनारायण यादव र उनको छोरा अजयको मुद्दा सुनुवाईमा ढिलाई हुँदा उनीहरुको कारागारबास लम्विएको छ । मुद्दा हेर्ने भारत विरपुर न्यायालयका न्यायिक दण्डाधिकारी लालबहादुर प्रसाद अनुपस्थित रहँदा यादव बाबु छोराको कारागारबास लम्विएको हो ।...

  • सरसफाइमा ध्यान नदिएकै कारण झाडापखाला 10/6/2017

    दैनिक समाचारदाता राजविराज, १९ असोज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा न. ३ सकरपुरामा फैलिएको झाडापखालाका कारण बिरामीहरुको संख्यामा बृद्धि भएको छ ।....

  • सकरपुरामा झाडापखालाको प्रकोप दुई गम्भिर, एक दर्जन बिरामी 10/5/2017

    दैनिक समाचारदाता राजविराज, १८ असोज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका ३ सकरपुरामा झाडापखालाको प्रकोप फैलिदा दुई जना गम्भिर हुनुका साथै एक दर्जन भन्दा बढी बिरामी परेका छन् । घर नजिकैको नदीमा माछा मारेर खाँदा फैलिएको झाडापखालाको प्रकोपले तिलाठी कोईलाडी गाउँपालिका वडा न. ३ सकरपुराका मनोज मण्डल र उनकी श्रीमति गिता देवी मण्डल गम्भिर घाईते भएका छन । ....

  • न्यायाधिश उपस्थित नभएकाले देवनारायणको मुद्दामाथी बहस भएन् 10/5/2017

    दैनिक समाचारदाता राजविराज, १८ असोज । भारतीय प्रहरीद्वारा पक्राउ परेका सप्तरीको तिलाठी निवासी देवनारायण यादव र उनका छोरा अजय यादव बुधबार पनि रिहा भएनन् । अपहरण मुद्दा लागेका बाबु छोरालाई भारतीय प्रहरीले बिरपुर थानामा राखेको छ । ....

  • मेयरको आश्वासनपछि आन्दोलनमा उत्रेका विद्यार्थीको अनसन केही घण्टामै स्थगित 10/5/2017

    दैनिक समाचारदाता राजविराज, १८ असोज । शिक्षा क्षेत्रको सुधारको माग गर्दै सप्तरीका बाल क्लबका विद्यार्थीले बुधबारबाट राजविराजमा सुरु गरेको आन्दोलन केही घण्टामै स्थगित भएको छ । राजविराज नगरपालिकाका नवनिर्वाचित मेयर शम्भु कुमार यादवले जायज माँगलाई दुई दिन भित्र सम्बोधन गर्ने आश्वासन दिएपछि बुधबार साँझ आन्दोलन स्थगित गरिएको हो । ....

  • हतियारसहित लक्ष्मण यादव पक्राउ 10/5/2017

    दैनिक समाचारदाता राजविराज, १८ असोज । राजविराज नगरपालिका वडा न. १३ स्थित बेल्हीका ५४ वर्षिय लक्ष्मण यादवलाई प्रहरीले अवैध हतियारसहित पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीको गस्ती टोलीले चेकजाँच तथा खानतलाशीको क्रममा यादव सुत्ने कोठाभित्रबाट खाटमा सिरानी मुनी प्लाष्टिकको पोकामा राखिएको पेस्तोल एक थान र सोमा लाग्ने गोली समेत बरामद गरेको जनाएको छ ।....

  • सम्पूर्ण कम्युनिष्ट पार्टीलाई एकताबद्ध हुन आव्हान एमाले, माअ‍ोवादी केन्द्र र नयाँ शक्तिबीच पार्टी एकिकरणका लागि ६ बुँदे सहमति 10/4/2017

    दैनिक समाचारदाता राजविराज, १७ असोज । तीन पार्टीबीच एकिकरणका लागि मंगलबार ६ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीले मंगलबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरि सो सहमति पत्र सार्वजनिक गरिएको हो । ...

  • देवनारायणको रिहाका लागि सप्तरी प्रशासन र भारतीय पक्षबीच छलफल 10/4/2017

    दैनिक समाचारदाता राजविराज, १७ असोज । भारतीय प्रहरीद्वारा पक्राउ परेका सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका १ तिलाठी निवासी देवनारायण यादव र उनका छोरा अजय यादवलाई रिहा गराउन बारे स्थानिय प्रशासन सप्तरीले मंगलबार भारतीय पक्षसँग छलफल गरेको छ । ....

  • कुनौली थानामा अपहरण मुद्दा दर्ता भएको आधारमा देवनारायण र उनका छोरा पक्राउ 10/3/2017

    दैनिक समाचारदाता राजविराज, १६ असोज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका १ तिलाठी निवासी देवनारायण यादव र उनका छोरा अजय यादवलाई भारतीय प्रहरीले अपहरणको मुद्दामा पक्राउ गरेको छ । देवनारायणका छोराले नाबालिकालाई भगाएर विवाह गरेको आरोपमा केटीपक्षले कुनौली थानामा अपहरणको मुद्दा दर्ता गराएपछि बाबुछोरा पक्राउ परेका हुन् ।....

  • चिकित्सकको लापर्वाहीले २३ वर्षिया ललिताको मृत्यु, परिवारजनद्वारा दोषिलाई कारवाहीको माँग 10/2/2017

    दैनिक समाचारदाता राजविराज, १५ असोज । काठमाण्डौस्थित किष्ट मेडिकल कलेजका चिकित्सकको लापर्बाहीका कारणले सप्तरीको रामपुर जमुवा ६ राजपुर टोलकी २३ वर्षिया ललिता कुमारी चौधरीको मृत्यु भएको छ । मृतकका परिवारजनले आईतबार नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा एक पत्रकार सम्मेलनको आयोजना गरी सो कुरा बताएका हुन् । ....

  • कंकालिनीमा यस वर्ष झण्डै पाँच सय राँगाको बली प्रदान 10/2/2017

    दैनिक समाचारदाता राजविराज, १५ असोज । मुलुकको प्रसिद्ध शक्तिपीठ मध्ये सप्तरीको हनुमानगर कंकालिनी नगरपालिकालि भारदहस्थित कंकालिनी मन्दिरमा यस वर्ष ४ सय ९८ सय राँगा तथा १२ हजार खसीबोकाको बलि प्रदान भएको छ ।....

  • देवनारायण यादव भारतमा पक्राउ 10/2/2017

    दैनिक समाचारदाता राजविराज, १५ असोज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका १ तिलाठी निवासी पूर्व क्षेत्रपाल एवं समाजसेवि देव नारायण यादव र उनका छोरालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लास्थित कुनौली थानाले आईतबार देव नारायण यादव र उनका छोरा अजय कुमार यादवलाई पक्राउ गरेको हो । ....

  • बस्तीलाई मिसाएर पनि सीमांकन विवाद टुंग्याउनुपर्छ ः महतो 10/30/2016

    राजविराज÷सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पाँच जिल्लाका पहाडी वस्तीलाई पहाडमा र मधेसी वस्तीलाई मधेसमा मिसाएर भए पनि सीमांकनको विवाद टुंग्याउनुपर्ने बताउनु भएको छ । ....

  • एउटा मन्दिरमा दुई समिति उपसभामुखले छोरालाई अध्यक्ष बनाएको आरोप 10/30/2016

    राजविराज÷सप्तरीको हनुमाननगर योगनीमाई नगरपालिकास्थित जोगिनीमाई मन्दिर सेवा समितिमा एउटा समिति हुँदा हुँदै उपसभामुख गंगाप्रसाद यादवले आफ्नो छोराको अध्यक्षतामा पुनः अर्को समिति निर्माण गरिएको आराप लगाइएको छ ।...

  • मधेशी मोर्चाद्वारा अस्पतालको सुधारका लागि १९ सुत्रिय मागसहित अल्टिमेटम 10/29/2016

    दैनिक समाचारदाता राजविराज, १२ कात्तिक । मधेशी मोर्चा सप्तरीले गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल सूधारका निम्ति १७ सूत्रिय माग अघि सार्दै अस्पतालको सुधार कार्य सम्बन्धमा अल्टिमेटम दिएको छ । ....

  • छठपछि आन्दोलन ः अध्यक्ष महतो 10/29/2016

    दैनिक समाचारदाता राजविराज, १२ कात्तिक । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन अविलम्ब हुनुपर्ने माग गर्नुभएको छ । सप्तरीको रम्पुरा मल्हनिया गाविसमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्नहुँदै उहाँले यस्तो माग गर्नुभएको हो ।....

  • २५ केजी चरेस बरामद, तस्कर फरार 10/29/2016

    दैनिक समाचारदाता राजविराज, १२ कात्तिक । सीमा सुरक्षा कार्यालय सशस्त्र प्रहरी राजविराजले सप्तरीको मानराजाबाट २५ किलो लागु औषध चरेस नियन्त्रणमा लिएको छ । ....

  • मधेश समस्या समाधानका लागि संविधान संशोधन गर्नै पर्छ ः शान्ति मन्त्री यादव 10/28/2016

    दैनिक समाचारदाता राजविराज, ११ कात्तिक । शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादवले मधेश समस्या समाधानका लागि संविधान संशोधन गर्नै पर्ने बताउनु भएको छ । नेपाली काँग्रेस राजविराज नगर समितिद्वारा बिहीबार राजविराजमा दीपावली एवं छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री यादवले वर्तमान सरकार संविधान संशोधनकै लागि बनेको र संशोधन नगरिए जारि संविधान कार्यान्वयन नहुने बताउनुभयो । ....

  • गणपतिलाई एमपिएल दोश्रो संस्करणको उपाधी 10/28/2016

    दैनिक समाचारदाता राजविराज, ११ कात्तिक । मधेश प्रिमियर लिगको दोश्रो संस्करणको उपाधी गणपति क्रिकेट टिमले हात पारेको छ । सो उपाधीसँगै गणपतिले नगद रु. १ लाख २० हजार समेत प्राप्त गरेको छ । राजबिराजमा बिहीबार सम्पन्न फाइनल खेलमा गणपति क्रिकेट टिमले मेसुलंका क्रिकेट टिम सप्तरीलाई ५ विकेटले पराजित गरेपछि सो उपाधी चुमेको हो । ....

  • कानुन अनुसार विवाह गर्ने उमेर नपुगेकी बालिकालाई अदालतले नै गरायो नाता प्रमाािणत 10/27/2016

    दैनिक समाचारदाता राजविराज, १० कात्तिक । सिरहाको खरुकयाही १ निवासी मोहित मण्डलकी छोरी सिमरन मण्डलले सप्तरीको इनरुवा फुलवरीया ९ निवासी मो. ज्याउलका छोरा मो. इरसादसँग प्रेम विवाह गरेका छन । यद्दपी उनीहरु दुबैले प्रेम विवाह गरे पनि समाजका विभिन्न व्यक्ति तथा प्रहरी प्रशासनबाट निकै ठूलो कष्ट झेल्नु परेको बुधबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि उनीहरु दुबैले बताएका छन् । ....

  • १३ बुँदे घोषणापत्र जारि गर्दै हरुवा चरुवाको राष्ट्रिय सम्मेलन सम्पन्न १५ सदस्यीय केन्द्रिय समिति गठन 10/27/2016

    दैनिक समाचारदाता राजविराज, १० कात्तिक । मंगलबारदेखी राजविराजमा सुरु भएको हरुवा चरुवाको प्रथम राष्ट्रिय सम्मेलन १३ बुँदे घोषणापत्र जारि गर्दै बुधबार सम्पन्न भएको छ । सोही सम्मेलनको बन्द सत्रबाट दसन मण्डलको अध्यक्षतामा १५ सदस्यीय केन्द्रिय समिति समेत गठन गरेको छ । ....

  • जिविसको कार्यक्रम संचारकर्मीद्वारा बहिष्कार 10/27/2016

    दैनिक समाचारदाता राजविराज, १० कात्तिक । जिल्ला विकास समिति सप्तरीले बुधबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रम संचारकर्मीहरुले बहिष्कार गरेका छन् । ....

  • कात्तिक २६ देखी “राजविराज महोत्सव २०७३” हुने 10/27/2016

    दैनिक समाचारदाता राजविराज, १० कात्तिक । आउँदो कात्तिक २६ गतेदेखी राजविराजस्थित रंगशालामा “राजविराज महोत्सव २०७३” हुन गइरहेको छ । राजविराजमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरि महोत्सव तयारी बारेमा जानकारी दिइएको हो । ....

  • मैथिली कथा संग्रह “बुलबुल” को लोकार्पण 10/27/2016

    दैनिक समाचारदाता राजविराज, १० कात्तिक । धनुषाका पत्रकार एवं साहित्यकार सुजीत झाद्वारा लिखित मैथिली कथा संग्रह “बुलबुल” को बुधबार एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । पत्रकार एवं साहित्यकार झो यो सातौं कृती हो । ....

  • हरुवा चरुवा अधिकार मञ्चको प्रथम राष्ट्रिय सम्मेलन हरुवा चरुवाको मुक्तिप्रति राजनीतिक दल बेइमान ः बलदेव राम 10/26/2016

    दैनिक समाचारदाता राजविराज, ९ कात्तिक । नेपालमै सबैभन्दा बढी दलितहरुको बसोवास रहेको सप्तरी जिल्लामा मंगलबारदेखी हरुवा चरुवा अधिकार मञ्चको प्रथम राष्ट्रिय सम्मेलन सुरु भएको छ । जिल्ला सदरमुकाम राजविराजमा सुरु भएको उक्त सम्मेलनमा पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी र सुनसरीसहित ९ जिल्लाका हरुवा चरुवाहरुको सहभागिता रहेको छ । ....

  • एमपिएल उपाधीका लागि मेसुलंका र गणपति भिड्ने फाइनल खेलमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आउने 10/26/2016

    दैनिक समाचारदाता राजविराज, ९ कात्तिक । एमपिएलको टि ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा मेसुलंका राजबिराज र गणपति क्रिकेट क्लव फाईनलमा प्रतिष्पर्धा गर्ने भएको छ । उक्त फाईनल खेलमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको उपस्थितीमा रहने आयोजक समितिका पवन दासले जानकारी दिनुभयो ।....

  • दिवा खाजाप्रति बालबालिकाहरुको आकर्षण बढ्दै 10/26/2016

    दैनिक समाचारदाता राजविराज, ९ कात्तिक । सप्तरीको गम्हरीया प्रवाहा गाविसका बालबालिकाहरुको दिवा खाजाप्रति आकर्षण बढ्दै गएको छ । गम्हरीया प्रवाहा गाविस १ स्थित निमावि प्रवाहा विद्यालयका अध्ययनरत बालबालिकाहरुको अहिले दिवा खाजाप्रति आकर्षण बढ्दै गएको हो ।....

  • चार लाख भारुसहित एक भारतीय पक्राउ 10/25/2016

    दैनिक समाचारदाता राजविराज, ८ कात्तिक । गैरकानुनी तरीकाले भारतबाट ल्याउँदै गरिएको चार लाख भारतीय रुँपैयासहित एक भारतीय नागरिकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । जिल्लाको तिलाठी गाविस वडा नं ८ स्थित सडक खण्डमा आइतबार भारतबाट नेपालतर्फ आईरहेका भारतको युपि मेरठ जिल्ला बिसोला निवासी ३८ वर्षिय रजनिस कुमार चौधरीलाई उक्त नोटसहित प्रहरीले पक्राउ गरेको जनाएको छ । ....

  • ट्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु 10/25/2016

    दैनिक समाचारदाता राजविराज, ८ कात्तिक । पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको बक्धुवा ८ स्थित सडकखण्डमा ट्याक्टरको ठक्करबाट सोमबार एक साइकलयात्रीको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आईरहेको स.१.त ४९०७ न.को ट्याक्टरले सोहि दिशातर्फ आईरहेको साईकलयात्रीलाई ठक्कर दिएको हो । ....

  • उद्योग मन्त्रिलाई कालो झण्डा 10/25/2016

    दैनिक समाचारदाता राजविराज, ८ कात्तिक । उद्योग मन्त्री नविन्द्रराज जोशीलाई सोमबार सप्तरीमा मधेशवादी दलका नेता तथा कार्यकर्ताहरुले कालो झण्डा देखाएर विरोध गरेका छन । ....

  • प्रहरीद्वारा पटाका र भन्सार छलेको सामान बरामद 10/25/2016

    दैनिक समाचारदाता राजविराज, ८ कात्तिक । सप्तरी प्रहरीले दीपावलीमा पड्काउने पटाका र भन्सार छलेर ल्याउँदै गरेको सामानहरु जिल्लाको छुट्टाछुट्टै स्थानबाट बरामद गरेको छ । प्रहरी चौकी झुटकीबाट खटिएको प्रहरी टोलीले झुटकी गाबिस वडा नं ६ बाट अन्दाजी ५ हजार ५ सय मुल्य बराबरको पटाका बरामद गरेको छ । ....

  • नेपालमै सबैभन्दा बढी दलितहरुको बसोवास रहेको सप्तरीमा हरुव चरुवा प्रथम राष्ट्रिय सम्मेलन हुँदै 10/24/2016

    दैनिक समाचारदाता राजविराज, ७ कात्तिक । नेपालमै सबैभन्दा बढी दलितहरुको बसोवास रहेको सप्तरी जिल्लामा हरुवा चरुवा अधिकार मञ्चको प्रथम राष्ट्रिय सम्मेलन हुने भएको छ । जिल्ला सदरमुकाम राजविराजमा कात्तिक ९ र १० गते सो सम्मेलन हुन गइरहेको हरुवा चरुवा अधिकार मञ्च प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिले आइतबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । ....

  • मातृ मृत्युदर र शिशु मृत्युदर न्युनिकरण गर्नमा जोड 10/24/2016

    दैनिक समाचारदाता राजविराज, ७ कात्तिक । सप्तरीको गम्हरीया प्रवाहा गाविसमा मातृ मृत्युदर र शिशु मृत्युदर न्युनिकरण एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । ....

  • प्रहरीको अनुशिक्षण तालिम सुरु 10/24/2016

    दैनिक समाचारदाता राजविराज, ७ कात्तिक । जिल्ला प्रहरी कार्यालय सप्तरीले प्रहरी कर्मचारीलाई अपराध अनुसन्धान तथा नियन्त्रण बिशेष अनुशिक्षण (घुम्ति शिबिर) पहिलो समुहको तालिम आईतबारदेखि राजविराजमा शुरु गरेको छ ।....

  • देशमा पुनः शान्ति आउदैछ ः राष्ट्रपति भण्डारी 10/23/2016

    राजविराज÷राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा विगतको दुई दशक यता अशान्ति भइरहेकोमा अब मुलुकमा पुनः शान्ति आउने विश्वास व्यक्त गर्नुभएको छ । मुलुककै प्रसिद्ध शक्तिपीठ सप्तरीको छिन्नमस्ता मन्दिरमा पुजापाठ एवं लक्ष्यचण्डी रुद्रीमहायज्ञ हवणकुन्ड स्थलको शिलान्यास गर्न शनिबार आउनु भएकी राष्ट्रपति भण्डारीले सो विश्वास व्यक्त गर्नुभएको हो । ....

  • ब्रहमपुर २९ औं खुल्ला दिसा मुक्त गाविस घोषणा 10/23/2016

    राजविराज÷सप्तरीको ब्रहमपुर गाविस जिल्लाको २९ औं खुल्ला दिसा मुक्त गाविसको रुपमा शनिबार घोषणा भएको छ । ब्रहमपुर गाविसमा शनिबार आयोजित एक कार्यक्रमका बीच स्थानिय विकास अधिकारी सुदेव कुमार पोखरेलले सो गाविसलाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्नुभएको हो । ....

  • जन ज्योतीको पाँचौं साधारण सभा सम्पन्न संस्थाको प्रवद्र्धन विकासमा योगदान पु¥याएका पाँच जना सम्मानित 10/23/2016

    राजविराज÷जनज्योती कृषि सहकारी संस्था मलेठको पाँचौं साधारण सभा शनिबार सम्पन्न भएको छ । जिल्लाको मलेठ गाविस ३ स्थित संस्थाको कार्यालयमा आयोजित साधारण सभाको उद्घाटन सत्रमा वक्ताहरुले जनताहरुसँग सुमधुर सम्बन्ध कायम गरि कुनै पनि संस्थाले आफ्नो गतिविधी संचालन गरे संस्थाले प्रगति गर्न सक्ने सम्भावनालाई नकार्न नसकिने धारणा व्यक्त गरेका छन् । ....

  • राष्ट्रपति भण्डारी आज छिन्नमस्ता मन्दिरमा पुजापाठ गर्न आउँदै 10/22/2016

    दैनिक समाचारदाता राजविराज, ५ कात्तिक । राष्ट्रपति विद्या देवी भण्डारी शनिबार मुलुककै प्रसिद्व शक्तिपीठ सप्तरीको छिन्नमस्ता मन्दिरमा दर्शन तथा पुजाआजाको लागि आउदै हुनुहुन्छ । राष्ट्रपति भण्डारी मन्दिरको दर्शन गर्न आउने निश्चित् भएपछि यहाँको सुरक्षाका व्यवस्था अत्यन्त कडा पारिएको छ ।....

  • रामसपाको जिल्ला अध्यक्षमा सतिश सिंह चयन 10/22/2016

    दैनिक समाचारदाता राजविराज, ५ कात्तिक । राष्ट्रिय मधेश समाजवादी पार्टी सप्तरीको राजविराजमा दुई दिनसम्म चलेको विस्तारीत बैठकबाट नयाँ कार्य समिति चयन गरेको छ । उपाध्यक्ष सतिश कुमार सिंहको अध्यक्षतामा ५७ सदस्यीय नयाँ जिल्ला कार्य समितिको चयन गरिएको छ । गठित नयाँ कार्य समितको उपाध्यक्षमा सात जनालाई चयन गरिएको छ ।....

  • दर्ता नगरिएका १३ सिटी सफारी प्रहरी नियन्त्रणमा 10/22/2016

    दैनिक समाचारदाता राजविराज, ५ कात्तिक । बिना दर्ताको संचालनमा रहेको १३ वटा सिटी सफारीलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिई कार्बाही गरेको छ । ....

  • छाडा चौपायाका कारण खेतीमा क्षति भएको भन्दै प्रजिअलाई ज्ञापन तीन दर्जन चौपाया स्थानियको नियन्त्रणमा 10/21/2016

    दैनिक समाचारदाता राजविराज, ४ असोज । छाडा पशु चौपायाका कारणले सप्तरीको रम्पुरा मल्हनिया गाविसका सयौं विगहा धान खेतीमा क्षति भएपछि त्यहाँका किसानहरु चिन्तित बनेका छन् । छाडा पशु चौपायाले बर्षेनी मेहनत साथ खेतमा लगाईएको धानबालीलाई क्षति गर्ने गरेको भन्दै स्थानीय किसानहरुले बिहिबार सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम समक्ष ज्ञापन पत्र समेत बुझाएका छन् । ....

  • आयोगले निर्धारण गरेको हिमाल, पहाड र मधेशको जनसंख्यामा गाउँपालिका, नगरपालिका र जिल्ला सदरमुकाम न्यायसंगत छैन् ः स्वजातिय घोषणापत्र 10/19/2016

    दैनिक समाचारदाता राजविराज, २ कात्तिक । यादव सेवा समिति केन्द्रिय कार्यालय राजविराजको सम्पन्न गोष्ठीमा स्वजातिय संघसंस्थाको तर्फबाट आएको सुझावहरुलाई समेटिएर ९ बुँदे राजविराज घोषणा पत्र जारी गरिएको छ । मंगलबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि प्रा. अमरकान्त झाले सो घोषणा पत्र जारि गर्नुभएको हो । ....

  • चाँदीका गरगहनासहित एक भारतीय पक्राउ 10/19/2016

    दैनिक समाचारदाता राजविराज, २ कात्तिक । प्रहरी चौकी तिलाठीबाट खटिएको गस्ति टोलीले एक भारतीय नागरिकलाई अवैध भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको चाँदीका गरगहनासहित पक्राउ गरेको छ । ....

  • सहिद पत्नीद्वारा एमपिएलको दोश्रो सिजन उद्घाटन 10/19/2016

    दैनिक समाचारदाता राजविराज, २ कात्तिक । एमपिएलको दोस्रो सिजनको मंगलबार राजविराजमा दोस्रो मधेश आन्दोलनका शहिद राजिव राउतकी पत्नी निलम देवी राउत र रामकृष्ण राउतकी पत्नी सुदामा देवी राउतबाट संयुक्त रुपमा उद्घाटन गरिएको छ । ....

  • मधेशवादी दललाई विश्वासमा लिनु आवश्यक ः सांसद कर्ण 10/19/2016

    दैनिक समाचारदाता राजविराज, २ कात्तिक । सांसद एवं नेवि संघका पूर्व अध्यक्ष रञ्जित कुमार कर्णले असन्तुष्ट बनेका मधेशवादी दलहरुलाई विश्वासमा नलिई स्थानीय निकायको सीमा निर्धारण गरे मुलुकमा राजनीतिक अस्थिरता रहिरहने बताउनुभएको छ । ....

  • बेमौसमी तरकारी खेति गरेर बार्षिक लाखौं आम्दानी गर्दै ग्रामिण महिला 10/18/2016

    दैनिक समाचारदाता राजविराज, १ कात्तिक । मधेशी समुदायका महिलाहरुको लागि सप्तरीको सकरपुरा गाविसकी महिलाहरु खेतीपातीबाट मगन्य आम्दानी गरि उदाहरणीय काम गरेका छन ।....

  • भारतीय नागरिकको सात लाख लुटिए 10/18/2016

    दैनिक समाचारदाता राजविराज, १ कात्तिक । कोशी पश्चिमी नहर सडक खण्ड अन्तर्गत सप्तरीको गम्हरिया प्रवाहा र झुटकी गाविसस्थित गजरा धार नजिक सोमबार दिउँसो एक भारतीय नागरिकको ७ लाख नगद लुटिएको छ ।....

  • मधेश प्रिमियर लिग क्रिकेट टुर्नामेन्ट प्रहरीद्वारा रोक 10/18/2016

    दैनिक समाचारदाता राजविराज, १ कात्तिक । एमपीएल दोस्रो सिजनको उद्घाटन खेल मंगलबारदेखी जनकपुरस्थित चुरोट कारखानाको खेल मैदानमा सुरु हुने भनिएपछि सशस्त्र प्रहरीले खेलमा रोक लगाएको छ ।....

  • छठ पर्वका लागि विभिन्न सामग्री बनाउनमा व्यस्त डोम समुदाय 10/17/2016

    दैनिक समाचारदाता राजविराज, ३० असोज । नजिकिदैं गरेको छठ पर्वका लागि सप्तरीका डोम समुदायलाई बाँसका विभिन्न सामग्रीहरु बनाउन भ्याई नभ्याई भएको छ । जिल्लाको कोचाबखारी गाविस ८ का डोम समुदायहरु अहिले दिनरात एक गरेर बाँसका विभिन्न सामग्रीहरु बनाउँनमा व्यस्त रहेका छन् ।....

  • मुसहर समुदायका बालबालिकाहरु अझैं शिक्षाको पहुँचबाट टाढा 10/15/2016

    दैनिक समाचारदाता राजविराज, २८ असोज । सरकारले मुलुकमा सबै भन्दा बढी शिक्षामा लगानी गरेपनि सप्तरीको कोचाबखारी गाविस ७ का मुसहर समुदायका सयौं बालबालिकाहरु अझैं शिक्षाको पहुँचबाट टाढा रहेका छन ।....

  • कंकालिनी मन्दिरको इतिहासमै यस वर्ष सबै भन्दा बढी राँगाको बली प्रदान 10/14/2016

    दैनिक समाचारदाता राजविराज, २७ असोज । मुलुकको प्रसिद्ध शक्तिपीठ मध्ये सप्तरीको भारदहस्थित कंकालिनी मन्दिरमा यस वर्ष ५ सय ५३ राँगाको बलि प्रदान गरिएको छ । यो संख्या अहिलेसम्मको उच्च रहेको छ । बाराको गढीमाईपछि दोश्रो राँगा बलीमा अग्रणी रहेको कंकालिनी मन्दिरमा यस वर्ष दशैंको नवमीका दिन उक्त संख्यामा राँगाको बली प्रदान गरिएको कंकालिनी मन्दिर विकास समितिका कोषाध्यक्ष सत्यनारायण मण्डलले जानकारी दिनुभयो ।.....

  • डलवा टोलका सयौं परिवार अझै विद्युतविहीन 10/14/2016

    दैनिक समाचारदाता राजविराज, २७ असोज । सप्तरीको रम्पुरा मल्हनिया गाविस ४ डलवा टोलका सयौं परिवार अझै विद्युत उपभोग गर्न पाएका छैंनन् । विद्युतको पोल जडान भएको बर्षौं बितिसक्दा पनि त्यहाँका करिब एक सय भन्दा बढी परिवार अझै विद्युत उपभोग गर्न पाएका छैनन् ।....

  • ६ महिनाभित्र सम्पूर्ण सरकारी अस्पतालमा फार्मेसी सञ्चालन गर्न मन्त्रालयको निर्देशन 10/14/2016

    काठमाडौँ, २७ असोज । स्वास्थ्य मन्त्रालयले आफू मातहतका केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय, अञ्चल एवम् जिल्लास्तरका सबै अस्पतालमा फार्मेसी निर्देशिका अनुसार आफ्नै औषधि पसल (फार्मेसी) सञ्चालन गर्न निर्देशन दिएको छ । ....

  • मुस्लिम समुदाय असन र हुसेनको सम्झनामा मुहरम पर्व मनाउँदै घरेलु हतियार कला प्रदर्शन, बिभिन्न स्थानमा दाहा मेला 10/13/2016

    दैनिक समाचारदाता राजविराज, २६ असोज । एतवे दुवा माँगै छी अल्लाह मिथिलेमे तुँ हमरा जनम दियह जनम–जनम धरि हमरा मौला मिथिलेमा तुँ जनम दियह..... यति बेला मिथिलाको पावन धर्ति मुहर्रम पर्वको धूमले गुञ्जायमान भएको छ ।....

  • राजविराजबाट चोरी भएको मोबाईलसहित सिरहाबाट एक पक्राउ 10/13/2016

    दैनिक समाचारदाता राजविराज, २६ असोज । सिरहा प्रहरीले सप्तरी जिल्लाबाट एक साताअघि चोरी भएको मोवाईल फोनसहित एक जनालाई पक्राउ गरेको छ । ....

  • प्रेस सेन्टरद्वारा शुभकामना आदान प्रदान कार्यक्रम 10/7/2016

    दैनिक समाचारदाता राजविराज, २० असोज । माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल जिल्ला कार्य समिति सप्तरीको आयोजनामा बिहिबार वडा दशै, शुभ दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।....

  • भारतका पूर्व निर्वाचन प्रमुख कुरेसी र नेपालका निर्वाचन आयुक्त इलाबीच बिहे हुने ! 10/7/2016

    दैनिक समाचारदाता काठमाडौं, २० असोज । आगामी फागुन चैत भित्रमा स्थानीय चुनाव हुने हुने निश्चित नभए पनि निर्वाचन आयोगकी आयुक्त इलाशर्माको विहे चाँहि भारतीय निर्वाचन आयोयका पूर्व आयुक्तसँग गर्ने निश्चित भएको छ ।....

  • आगलागिमा तीन लाखको क्षति 10/7/2016

    दैनिक समाचारदाता राजविराज, २० असोज । सप्तरीको छिन्नमस्ता गाविस २ का इजराइल मन्सुरीको घुम्ति पसलमा बिहिबार बिहान आगलागी हुदाँ तीन लाख मुल्य बराबरको क्षति भएको छ ।.....

  • ब्रहमाकुमारीद्वारा ¥याली तथा शुभकामना आदान प्रदान कार्यक्रम 10/7/2016

    दैनिक समाचारदाता राजविराज, २० असोज । हिन्दुहरुको महान चाड बिजया दशमी, शुभ दिपावली एवम् छठ पर्वको अवसरमा ब्रहमाकुमारी राजयोग सेवा केन्द्र राजविराजद्धारा याली तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।....

  • बडा दशैको पाँचौ दिन विभिन्न शक्तिपिठहरुमा श्रद्धालु भक्तजनको संख्यामा बृद्धि 10/6/2016

    दैनिक समाचारदाता राजविराज, १९ असोज । नेपालीहरुको महान चाड विजया दशमीको पाँचौ दिन बुधबार प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिरका साथै अन्य धार्मिक स्थानहरुमा श्रद्धालु भक्तजनहरुले संख्यामा बृद्धि भएको छ । ....

  • खुल्ला ठाउँमा दिसा गर्ने तीन जनालाई १ हजार ५५ रुपैयाँ जरिवाना 10/5/2016

    दैनिक समाचारदाता राजविराज, १८ असोज । खुल्ला ठाउँमा दिसा पिसाव गरेको कारणले सप्तरीका ब्रहमपुर गाविसमा थप तीन जनालाई पक्राउ गरी १ हजार ५५ रुपैयाँ जरिवाना तिर्नुपरेको छ ।.....

  • सशस्त्र द्वन्द्वका क्रममा घाइते, अंगभंग भएकाहरुको निःशुल्क उपचार हुने 10/5/2016

    दैनिक समाचारदाता राजविराज, १८ असोज । सशस्त्र द्वन्द्वका क्रममा घाइते, अंगभंग भएकाहरुलाई निःशुल्क उपचारका लागि स्थानिय शान्ति समितिले पहल गर्ने भएको छ । सप्तरी जिल्लामा द्वन्द्व प्रभावित व्यक्तिहरुको खोजी गरी उनीहरुलाई उपचारका लागि सहयोग गर्न स्थानीय शान्ति समितिले पहल गर्ने जनाएको छ ।....

  • मलेशियामा नेपालीहरुबाटै अपहरणमा परेका महतो मुक्त पश्चात् घर फर्किए अपहरणको योजनामा संलग्न एक पक्राउ 10/4/2016

    दैनिक समाचारदाता राजविराज, १७ असोज । बैदेशिक रोजगारका लागि मलेशिया गएका सप्तरीका एक यूवक अपहरण पश्चात् प्रहरीको सहयोगमा मुक्त भएका छन् । करिब दुई वर्ष अघि सप्तरीको हर्दिया गाविस ७ निवासी २३ वर्षिय ओम प्रकाश महतो रोजगारीका लागि मलेशिया गएका थिए । अस्वस्थका कारण उनी जागिर अवधी अघि नै काम छोडेर यही असोज ८ गते घर फर्कने बेलामा मलेशियाको एक होटलमा वास बसेको बेला अपहरणमा परेका थिए । .....

  • राजविराजमा फुटबल क्लिनिक संचालन हुने 10/4/2016

    दैनिक समाचारदाता राजविराज, १७ असोज । युकेएडको आर्थिक सहयोगमा सर्च फर कमन ग्राउण्डले पहुँच परियोजना अन्तर्गत नेपाल प्रहरी र स्थानीय संस्था सबल नेपाल सप्तरीको सहकार्यमा तिन दिने हाम्रो टिम मैदानमा नामक फुटवल क्लिनिक आयोजना हुने लागेको छ ।....

  • सगरमाथा प्रहरी पत्रकारिता पुरस्कारका लागि छनौट समिति गठन 10/4/2016

    दैनिक समाचारदाता राजविराज, १७ असोज । सगरमाथा प्रहरी पत्रकारिता पुरस्कारका लागि सोमबार बसेको बैठकले वरिष्ठ पत्रकार अनिल कुमार अनलको संयोजकत्वमा पाँच सदस्यीय पुरस्कार छनौट समिति गठन भएको छ । सगरमाथा अंचल प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरिक्षक उत्तम बहादुर सिंहको अध्यक्षतामा बसेको बैठकले सो समिति गठन गरेको हो । .....

  • नाकको फुली बेचेर सनिचरी मरिकले चर्पी बनाईन 10/4/2016

    दैनिक समाचारदाता राजविराज, १७ असोज । भनिन्छ त जहाँ ईक्छा त्यहाँ उपाय ठिक यस्तै सप्तरीको ब्रहमपुर गाविस ६ की सनिचरी देवी मरिक डोमले नाकको फुल बेचेर चर्पी बनाएकी छिन ।....

  • चेतनामुलक सडक नाटक प्रदर्शन 10/4/2016

    दैनिक समाचारदाता राजविराज, १७ असोज । बालविवाह, बहुविवाह, घरेलु हिंसाबिरुद्ध सडक नाटक “बालविवाह जिनगी तबाह” नाटक सप्तरीको भारदह र कडरबोनामा प्रदर्शन भएको छ । विवाह भएका बालक पढ्न शहर गएपछि उतै सँगै पढ्ने महिला साथीसँग दोस्रो विवाह गरेको र यता विवाहिता बालिकाले घरमा यौन दुव्र्यवहार, हिंसा सहनु परेको र जन्मिएको सन्तानको मृत्यु भएको कथावस्तु उक्त नाटकमा समेटिएको छ । ....

  • जेष्ठ नागरिकहरु सम्मानित 10/3/2016

    दैनिक समाचारदाता राजविराज, १६ असोज । राष्ट्र विकासमा योगदान गर्ने सप्तरीका विभिन्न क्षेत्रका जेष्ठ नागरिकलाई आईतवार एक कार्यक्रमबीच सम्मान गरिएको छ । सो कार्यक्रममा सप्तरी निवासी पूर्वमन्त्री चतुर्भुज प्रसाद सिंह, लोक सेवा आयोगका पूर्व अध्यक्ष सत्यनारायण झा, समाजसेवी गायत्री सिंह, बुद्धी सागर देव, अघोरी यादव, टुनटुन यादव, नारायण झा, सावित्री देवी चौधरी, महन्थी दास यादव र रामकरण शारदालाई दोसल्ला आढाएर सम्मान गरिएको हो । .....

  • भन्सार छलेका सामानहरु भन्सार बुझाइयो 10/3/2016

    दैनिक समाचारदाता राजविराज, १६ असोज । सप्तरी प्रहरीले आईतबार भन्सार छलेर ल्याउँदै गरेको सामानहरु भन्सार बुझाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरी र प्रहरी चौकी तिलाठीबाट खटिएको टोलीले शनिबार राती राजविराज नगरपालिका ८ कुनौली र तिलाठी गाविस ८ खाडो खोलाबाट व्यापारिक प्रयोजनका लागी भन्सार छलेर ल्याउदै गरेको बिभिन्न सामानहरु बरामद गरेको हो ।....

  • दशैंको पहिलो दिन विभिन्न मठमन्दिरमा घुँइचो सुरक्षा व्यवस्था कडा ः सप्तरी प्रहरी 10/2/2016

    राजविराज÷नेपालीहरुको महान चाड विजया दशमीको पहिलो दिन शनिवार सप्तरीको विभिन्न मन्दिर तथा शक्तिपीठहरुमा श्रद्धालु भक्तजनहरुले घुँइचो लागेको छ । पुर्वाञ्चलकै प्रशिद्ध शक्तिपिठ छिन्नमस्ता मन्दिरमा वडा दशैको पहिलो दिन शनिबार बिहानैदेखि पुजाआजाका लागि नेपाल तथा भारतका भक्तजनहरुको दिनभरीनै घुईचो लागेको छ । ....

  • छिन्नमस्ता शक्तिपीठ बारे बृत्तचित्र सार्वजनिक 10/2/2016

    राजविराज÷प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठको विषयमा तयार पारिएको ऐतिहासिक बृतचित्र ‘सखडेश्वरी छिन्नमस्ता भगवती’ शनिवार सार्वजनिक गरिएको छ । शक्तिपीठका पीठाधीश महाकान्त ठाकुर र छिन्नमस्ता भगवती संरक्षण सम्वद्र्धन समितिका कार्यवाहक अध्यक्ष रामनारायण यादवले उक्त बृतचित्रको भिडिओ सार्वजनिक गर्नुभएको हो । ....

  • दशै, तिहार र छठको अवसरमा सुरक्षा ब्यवस्थापनमा कडाई 10/1/2016

    दैनिक समाचारदाता राजविराज, १४ असोज । सप्तरी प्रहरीले दशैं, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै सप्तरी जिल्लाको सुरक्षा व्यवस्थामा कडाई गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि सुरक्षा विषयलाई लिएर प्रहरी गम्भिर रहेको जनाएको छ । ....

  • बाढी पीडितहरुको राहत र पुर्नस्थापनालाई प्रभावकारी बनाउनु पर्नेमा जोड 10/1/2016

    दैनिक समाचारदाता राजविराज, १४ असोज । वर्षापछि आएको बाढीले डुबानमा परेका सप्तरीको विभिन्न गाविसका बाढी पीडितहरुको राहत र पुर्नस्थापनालाई प्रभावकारी बनाउने विषयमा शुक्रबार राजविराजमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।....

  • आन्दोलनलाई अझ सशक्त रुपले अगाडी बढाउन बौद्धिक समाजको अपील 10/31/2015

    दैनिक संवाददाता राजविराज, १३ कात्तिक । बौद्धिक समाज सप्तरीले जारि मधेश आन्दोलनलाई अझ सशक्त रुपले अगाडी बढाउन जिल्लाका सम्पूर्ण बुद्धिजिवि, नागरिकलाई अपील गरेको छ । वरिष्ठ राजनीतिज्ञ खुशिलाल मण्डलको अध्यक्षतामा शुक्रबार राजविराजमा सम्पन्न जारि मधेश आन्दोलन बारे छलफल कार्यक्रममा सो अपील गरेको हो । .....

  • आन्दोलनलाई सशक्त बनाएर अगाडि बढेमात्र मधेशीले अधिकार पाउने ः वरिष्ठ लेखक संग्रौला 10/31/2015

    दैनिक संवाददाता राजविराज, १३ कात्तिक । वरिष्ठ लेखक एवं साहित्यकार खगेन्द्र संग्रौलाले जारी मधेश आन्दोलनलाई अझ सशक्त र निर्णायक बनाउनुपर्नेमा जोड दिनुभएको छ । मैथिली साहित्य परिषद्द्वारा राजविराजस्थित मैथिली भवनमा शुक्रवार आयोजित कार्यक्रममा बोल्दै उहाँले जारी मधेश आन्दोलनलाई सशक्त बनाएर अगाडि बढेमात्र मधेशी जनताले स्वायततासहितको स्वराज जित्न सकिने बताउनुभयो । .....

  • आप्mनै छोरी बलात्कार गरेको आरोपमा बुबा पक्राउ 10/31/2015

    दैनिक संवाददाता राजविराज, १३ कात्तिक । मदिरा सेवन गरेका सप्तरीका एक व्यक्तिले हतियार देखाएर आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुबालाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीकोे डाढा गाविसका ३८ बर्षीय एक व्यक्तिले गत कात्तिक २ गते आफ्नै छोरीलाई हतियार देखाएर बलात्कार गरेका थिए ।....

  • ७० लिटर पेट्रोल मोर्चाले नष्ट गरे 10/31/2015

    दैनिक संवाददाता राजविराज, १३ कात्तिक । दशै लगतै नाकाबन्दी तथा पेट्रोलियम पदार्थ नियन्त्रण अभियान अन्तर्गत मधेशी मोर्चाले शुक्रबार पनि सप्तरीको विभिन्न नाकामा धर्ना दिएको छ । सोहीक्रममा शुक्रबार बिहान सप्तरीको झु्टकी नर्घो नाका अन्तर्गत गम्हरिया प्रवाहा राप्रावि विद्यालय नजिक पटी टोलमा मोर्चाका नेता तथा कार्यकर्ताहरुले ७० लिटर पेट्रोेल नियन्त्रणमा लिएर नष्ट गरेको हो । .....

  • ग्यासको अवस्था बारे व्यवसायीद्वारा प्रजिअलाई ध्यानाकर्षण “माथीको आदेश भन्दै सप्तरीले पाउने ग्यास अन्यत्र पठाइदै” 10/30/2015

    दैनिक संवाददाता राजविराज, १२ कात्तिक । सप्तरीमा ग्यासको चरम अभाव भएपछि स्थानीय ग्यास व्यवसायी तथा आयल ब्यवसायीहरुले बिहिबार सप्तरीका प्रमुख जिल्ला अधिकारी अनिल ठाकुरलाई ध्यानाकर्षण गराएका छन् । विगत ७६ दिनदेखि मधेशमा जारी आन्दोलनका कारणले सप्तरीमा खाना पकाउने ग्यासको अभाव भएपछि यहाँका ग्यास व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारी समक्ष ध्यानाकर्षण गराएका हुन् । ....

  • वार्ताको औचित्य समाप्त ः उपेन्द्र यादव अब उपरान्त प्रतिरोधात्मक आन्दोलन हुने 10/30/2015

    दैनिक संवाददाता राजविराज, १२ कात्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बिहीबार सरकारी वार्ता टोलीसँग सम्पन्न वार्ता निष्कर्षबिहीन भएपछि अब वार्ताको औचित्य समाप्त भएको जानकारी दिनुभएको छ । राजविराजमा बुधबार कार्यकर्ताहरुलाई गोप्य प्रशिक्षण दिएपछि बिहीबार राजविराजमा पत्रकार सम्मेलन पश्चात् सिरहाको लाहान गएपछि संचारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सो जानकारी दिुनभएको हो । ......

  • साहित्यकार संग्रौलाद्वारा मधेश आन्दोलनलाई अझ सशक्त र निर्णायक बनाउनुपर्नेमा जोड 10/30/2015

    दैनिक संवाददाता राजविराज, १२ कात्तिक । मधेश आन्दोलनको बारेमा मधेश दौडधुपमा रहेका लेखक एवं साहित्यकार खगेन्द्र संग्रौलाले जारी मधेश आन्दोलनलाई अझ सशक्त र निर्णायक बनाउनुपर्नेमा जोड दिनुभएको छ । मधेशमा विगत ७६ दिनदेखि जारी आन्दोलनकै क्रममा बिहिबार राजविराजस्थित जनआन्दोलन चौकमा आयोजित बिरोध सभालाई प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले सो कुरामा जोड दिनुभएको हो ।.....

  • सप्तरीमा पहाडी समुदायद्वारा मधेश आन्दोलनप्रति एक्यबद्धता 10/29/2015

    दैनिक संवाददाता राजविराज, ११ कात्तिक । जारि मधेश आन्दोलनप्रति सप्तरीका ब्राहमण, क्षेत्री, आदिवासी, जनजाती, दलित पहाडी समुदायले बुधबार राजविराजमा एक्यबद्धता ¥याली निकालेका छन् । मधेश आन्दोलनको बुधबार ७५ औं दिन सप्तरी जिल्लामा पहिलो पटक पहाडी समुदायले एक्यबद्धता ¥याली निकालेको हो । ¥यालीमा पहाडी र मधेशी भाइ भाई, मधेशी पहाडी एकता जिन्दावद लगायतका नारा लगाएका थिए ।.....

  • मुक्ति रत्नबाट खड्गा, साह र सिंह पुरस्कृत अबको वार्ता प्रधानमन्त्रीसँग हुनुपर्छ ः महासचिव सुमन 10/29/2015

    दैनिक संवाददाता राजविराज, ११ कात्तिक । सप्तरीका वरिष्ठ पत्रकार, साहित्यकार, समाजसेवी एवं राजनीतिज्ञ स्व. मुक्तिनाथ मण्डलको स्मरणमा गठित मुक्तिरत्न पत्रकारीता तथा मानवअधिकार र समाजसेवा पुरस्कार बुधवार राजविराजमा एक समारोह बिच वितरण गरिएको छ । .....

  • मधेश आन्दोलनको ७५ औं दिन सप्तरीमा बृहत मसाल जुलुस प्रदर्शन 10/29/2015

    दैनिक संवाददाता राजविराज, ११ कात्तिक । मधेशमा विगत ७५ दिनदेखि जारी आन्दोलनको क्रममा बुधबार सप्तरीको राजविराजमा बृहत मसाल जुलुस प्रदर्शन गरेको छ । राजविराजस्थित शिवमन्दिरको प्राङ्गणबाट निकालिएको मसाल जुलुस नगरको विभिन्न भागको परिक्रमा पश्चात् जनआन्दोलन चौकमा पुगेर बिरोध सभामा परिणत भएको थियो । ......

  • सप्तरीका व्यवसायीद्वारा माग सम्बोधन गरी बन्द खुलाउन सरकारलाई आग्रह 10/28/2015

    दैनिक संवाददाता राजविराज, १० कात्तिक । पछिल्लो ७४ दिनदेखिको आमहड्तालले जनजजिवन अस्तव्यस्त बनिसकेको अवस्थालाई अवगत गराउँदै सप्तरीका ब्यापारी ब्यवसायीहरुले आन्दोलनरत मधेसी समुदायको माग सम्बोधन गरी परिस्थित सहज गराउन सरकारसँग आग्रह गरेका छन् । .....

  • आन्दोलन लक्ष्य नजिक पुगिसक्यो ः महासचिव सुमन 10/28/2015

    दैनिक संवाददाता राजविराज, १० कात्तिक । सदभावना पार्टीका महासचिव मनिष कुमार सुमनले जारी मधेश आन्दोलन लक्ष्य नजिक पुगिसकेकोेले अब छिट्टै मधेशको पहिचान र अधिकार सुनिश्चितता हुन सक्ने विश्वास ब्यक्त गर्नुभएको छ । .....

  • सासंदको घरमा फेला परेको बम सेनाद्वारा निस्कृय 10/27/2015

    दैनिक संवाददाता राजविराज, ९ कात्तिक । नेपाली काँग्रेस सप्तरी क्षेत्र नं ६ का सासंद सुरेन्द्र प्रसाद यादवको घरमा सोमबार बिहान सिलिण्डर बम फेला परेको छ । राजविराज ५ रुपनी रोडस्थित यादवको घर पछाडीपट्टी बारीमा सोमबार बिहान सो बम फेला परेको हो । परिवारका सदस्यहरु बिहान घर छेउमा रहेको शौचका लागि जाँदा सो बम देखेपछि प्रहरीलाई खबर गरेका थिए ।.....

  • फोरम नेपालको एकिकरण घोषणा सभा सम्पन्न ५९ सदस्यीय जिल्ला समिति गठन 10/27/2015

    दैनिक संवाददाता राजविराज, ९ कात्तिक । मधेशी जनअधिकार फोरम नेपाल, संघीय समाजवादी पार्टी नेपाल र खस समावेशी राष्ट्रिय पार्टी एकिकरण भए अनुसार सप्तरीमा समेत सोमबार एकिकरण घोषणा सभाको आयोजना गरिएको छ । .....

  • सरकार झुकिसकेको छ, आन्दोलनमा निर्णायक धक्का आवश्यक ः महासचिव सुमन 10/26/2015

    दैनिक संवाददात राजविराज, ८ कात्तिक । सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले ७२ दिनदेखी मधेशमा जारि आन्दोलनले मधेश अक्रान्त भइरहेको बेला छिमेकी मुलुक चिनले सरकारलाई समर्थन गर्दै पेट्रोलियम पदार्थ दिने तयारी गरिरहेको प्रति दुःख व्यक्त गर्नुभएको छ । ......

  • प्रहरी दमन बिरुद्ध लाठी जुलुस प्रदर्शन प्रहरीको कुटाईबाट तीनको टाउको फुट्यो 10/26/2015

    दैनिक संवाददाता राजविराज, ८ कात्तिक । स्थानीय मलेठवासीमाथि प्रहरीले लाठीचार्ज गरेको विरोधमा राजविराजमा आइतबार लाठी जुलुस प्रदर्शन गरिएको छ । शनिबार राति सदरमुकाम राजविराजसँगै रहेको जोलहरीमा स्थानीय बासिन्दाहरुले दशैंको अवसरमा आयोजना गरेको नाच हेर्न आएकालाई प्रहरीले लाठीचार्ज गरेको बिरोधमा सो जुलुस प्रदर्शन गरिएको हो । .....

  • एम्बुलेन्स र मोटरसाइकलबाट इन्धन झिकेर आगजनी 10/26/2015

    दैनिक संवाददाता राजविराज, ८ कात्तिक । पूर्वपश्चिम राजमार्गअन्र्तगत सप्तरीको भारदहस्थित सडक खण्डमा आइतबार एम्बुलेन्स र मोटरसाइकलबाट एक सय लिटर भन्दा बढी पेट्रोल झिकेर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले सडकमै आगो लगाएका छन् । मोर्चाका कार्यकर्ताहरुले विराटनगरबाट काठमाडौँतर्फ बिरामी लिएर जाँदै गरेको नं खुल्न नसकेको एम्बुलेन्समा राखिएको पेट्रोल र डिजल झिकेर सडकमै पोखी आगो लगाएका हुन् । .....

  • आजदेखी मोर्चाले सशक्त आन्दोलन गर्दै नाकादेखी यातायात, बित्तिय संस्था, बजारसमेत बन्द हुने 10/25/2015

    राजविराज÷मधेशी मोर्चा सप्तरीले आजदेखी जारि आन्दोलनलाई निरन्तरता दिँदै अझ सशक्त बनाउने जनाएको छ । दशैं अवधी भर खुकुलो पारिएको अन्दोलनलाई आजदेखी सशक्त पार्ने बारे शुक्रबार बसेको बैठकबाट सो निर्णय गरेको हो । .....

  • सप्तरीका तीन नाका पूर्ण रुपले ठप्प तीन सय लिटर पेट्रोल डिजल मोर्चाको नियन्त्रणमा 10/25/2015

    राजविराज÷दशै लगतै मधेश आन्दोलनलाई अझै सशक्त बनाउने मधेशी मोर्चाको निर्णय अनुसार शनिबार सप्तरीको विभिन्न नाका पुर्ण रुपमा ठप्प पारेका छन । सोही क्रममा शनिबार सप्तरीको तीन वटा नाका पुर्ण रुपमा ठप्प पारेका हुन । .....

  • आठ बुँदे सम्झौता कार्यान्वयन नभए सरकारबाट बाहिरिने चेतावनी ः लोकतान्त्रिक केन्द्रिय सदस्यहरु 10/25/2015

    राजविराज÷मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका केन्द्रीय सदस्यहरुले मधेशीको माग पुरा नभए आफ्नो पार्टी सरकारबाट बाहिरन सक्ने चेतावनी दिएका छन् । मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रीक जिल्ला कार्य समिति सप्तरीले शनिवार राजविराजमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा केन्द्रिय सदस्यहरुले सो चेतावनी दिएका हुन् । .....

  • राष्ट्रपति उम्मेदबारको दौडमा वर्तमान राष्ट्रपति डा. यादव पनि महन्थसहित एमालेबाट झलनाथ, विद्या, सुवासचन्द्र र काँँग्रेसबाट कुलबहादुर, मानबहादुर 10/24/2015

    दैनिक संवाददाता राजविराज, ६ कात्तिक । संविधानको संक्रमणकालीन व्यवस्थाअन्तर्गत मुलुकको दोस्रो राष्ट्रपति तथा उपराष्ट्रपति चयन गर्न रूपान्तरित संसदको बैठक आज (शनिबार) बस्दैछ । शनिबार अपराह्न ३ बजे बस्ने संसद बैठकमा सभामुखले संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईको संयोजकत्वमा निर्वाचन समिति गठन गर्नेछन् ।.....

  • मोर्चाले आइतबारदेखी आन्दोलन सशक्त पार्दै नाका ठप्पदेखी पेट्रोलियम पदार्थको कालोबजारीलाई नियन्त्रण गर्नेसम्म कार्यक्रम सार्वजनिक 10/24/2015

    दैनिक संवाददाता राजविराज, ६ कात्तिक । दशैं अवधी भर खुकुलो पारिएको अन्दोलनलाई मधेशी मोर्चा सप्तरीले पुनः आइतबारदेखी सशक्त पार्ने निर्णय गर्दै सप्तरीसँग जोडिएको भारतीय नाकाहरुलाई पूर्ण रुपले बन्द ठप्प पार्ने लगायतका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । .....

  • कंकालिनी मन्दिरमा यस वर्ष ५४ वटा कम राँगाको बलि प्रदान 10/24/2015

    दैनिक संवाददाता राजविराज, ६ कात्तिक । राँगा बलीमा अग्रणी रहेको मुलुककै प्रसिद्ध शक्तिपीठ सप्तरीको भारदहस्थित कंकालिनी मन्दिरमा यस पटक गतवर्ष भन्दा ५४ वटा राँगाको बली कम प्रदान गरिएको छ । यस पटक ३ सय ९२ वटा राँगाको बली प्रदान गरिएको छ भने गत बर्ष ४ सय ४६ राँगाको बली प्रदान भएको थियो । ....

  • सप्तरीको सखडेश्वरी र कंकालिनी मन्दिरमा श्रद्धालु भक्तजनहरुको संख्यामा बद्धि 10/20/2015

    दैनिक संवाददाता राजविराज, २ कात्तिक । सप्तरीको ऐतिहासिक छिन्नमस्ता सखडेश्वरी मन्दिरमा सोमबार वडा दशैको छठौ दिन श्रद्धालु भक्तजनहरुको संख्यामा निकै बृद्धि भएको छ । हिन्दुहरुको महान चाडपर्वको अवसरमा प्रत्येक वर्ष बडा दशै अवधिभरी मुलुककै प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी मन्दिरमा श्रद्धालु भक्तजनहरुको संख्यामा सोमबारदेखि निकै बृद्धि भएको हो ।.......

  • दशैंमा नयाँ सुरक्षा योजना लागु ः प्रहरी प्रमुख ढकाल 10/20/2015

    दैनिक संवाददाता राजविराज, २ कात्तिक । सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भिम ढकालले दशैंको बेलामा जिल्लामा शान्ति सुरक्षाका लागि सोमबारदेखी नयाँ सुरक्षा योजना लागु गरेको जानकारी दिनुभएको छ । ...

  • फोरम लोकतान्त्रिकका महासचिव, सप्तरी अध्यक्षसहित ८७ जनाद्वारा पार्टी परित्याग 10/19/2015

    दैनिक संवाददाता राजविराज, १ कात्तिक । पार्टी अध्यक्ष बिजय कुमार गच्छदारले एकलौटी निर्णय गरेको भन्दै मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका महासचिव, सप्तरी अध्यक्षसहित ८७ जनाले आइतबार पार्टीको साधारण सदस्य नरहने गरि पार्टी परित्यागको घोषणा गरेका छन् । ......

  • आन्दोलन जारि राख्दै बिरोध प्रदर्शनलाई निरन्तरता 10/19/2015

    दैनिक संवाददाता राजविराज, १ कात्तिक । मधेशमा जारी आन्दोलनको आईतबार ६५ औं दिन सप्तरीको राजविराजमा बिशाल बिरोध जुलुस प्रदर्शन गरेको छ । मधेशी मोर्चाको अगुवाईमा मोर्चासँग आवद्ध विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुद्धारा आईतबार राजविराजमा बिशाल बिरोध जुलुस प्रदर्शन गरेको हो । .....

  • सप्तरीबाट दुई मन्त्री र एक उपसभामुख 10/19/2015

    दैनिक संवाददाता राजविराज, १ कात्तिक । जारि थरुहट मधेश आन्दोलनकै क्रममा नवगठित सरकारमा सप्तरीबाट दुई जना मन्त्री तथा एकजना उपसभामुख बनेका छन् । एनेकपा माओवादीका तर्फबाट सिंचाई मन्त्रीमा सप्तरी क्षेत्र नं. ३ बाट निर्वाचित सभासद् उमेश यादव, नेकपा एमालेका तर्फबाट सप्तरीबाट समानुपातिक सभासद् बन्नु भएका सत्यनारायण मण्डल बिना विभागीय मन्त्री र राप्रपा नेपालका केन्द्रिय सदस्य तथा सप्तरीबाट सभानुपाति सभासद् गंगाप्रसाद यादव उपसभामुख बन्नु भएको छ । .....

  • सखडेश्वरी मन्दिरमा श्रद्धालु भक्तजनहरुको संख्यामा कमि 10/18/2015

    राजविराज÷लगातार ६४ दिनदेखिको मधेशमा जारी बन्द र छिमेकी भारतमा जारी बिधान सभाको निर्वाचनका कारण यस वर्ष सप्तरीको ऐतिहासिक छिन्नमस्ता सखडेश्वरी मन्दिरमा श्रद्धालु भक्तजनहरुको संख्यामा निकै कमि आएको छ ।......

  • जिल्लास्तरीय भारत्तोलन खेलाडीको छनौट सम्पन्न 10/18/2015

    राजविराज÷जिल्ला स्तरीय भारत्तोलन छनौट प्रतियोगिता शनिबार राजविराजमा सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजानमा आयोजित सो जिल्ला स्तरीय भारतोलन प्रतियोगितामा सहभागि भएका भारत्तोलनका खेलाडीहरुलाई छनौट गरी क्षेत्रिय प्रतियोगितामा सहभागिता गराउनका लागि जिल्ला स्तरीय छनौट प्रतियोगिताको आयोजना गरेको हो ।......

  • ओनसरी धर्ती सभामुख र गंगा यादव उपसभामुखमा निर्विरोध निर्वाचित 10/17/2015

    दैनिक संवाददाता राजविराज, २९ असोज । ओनसरी घर्ती नेपालको संसदीय इतिहासमा पहिलो महिला सभामुख बनेकी छिन् । व्यवस्थापिका संसदको शुक्रबारको बैठकले सत्तारुढ दलको तर्फबाट सभामुखमा उम्मेदवार बनेकी घर्ती निर्विरोध निर्वाचित भएकी हुन् ।.....

  • कंकालिनी मन्दिरमा पुजाका लागि सम्पूर्ण व्यवस्था मिलाइयो ः मन्दिर समिति राँगा बलि कात्तिक ४ गते 10/16/2015

    दैनिक संवाददाता राजविराज, २८ असोज । कंकालिनी भगवती मन्दिरमा विगतका वर्षहरु जस्तै यस वर्ष पनि विजयादशमी अवधी भर कंकालिनी भगवती मन्दिर विकास समितिले धुमधामका साथ पूजाआजा गर्ने जनाएको छ । कंकालिनी भगवती मन्दिर विकास समितिले बिहीबार राजविराजमा गरेको पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी गराउँदै विजयादशमी अवधिभर विकास समितिका पदाधिकारी, स्वयंसेवक, सुरक्षाकर्मी तथा स्थानीयहरुको विशेष उपस्थितीमा मन्दिर परिसरमा कुनै असुरक्षा नरहने जनाएको छ । .......

  • फोरम लोकतान्त्रिकका महासचिव यादवद्वारा पदबाट राजिनामा 10/16/2015

    दैनिक संवाददाता राजविराज, २८ असोज । पूर्व कृषि मन्त्री तथा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव मृगेन्द्र कुमार सिंह यादवले पार्टीबाट राजिनामा दिने घोषणा गर्नुभएको छ । मधेशी मोर्चा सप्तरी र थारु कल्याणकारीणी सभाको संयुक्त आयोजनामा बिहिबार सप्तरीको शम्भुनाथ नगरपालिकास्थित कठौना बजारमा आयोजित बिरोध सभामा सिंहले सो घोषणा गर्नुभएको हो ।.......

  • संविधानको शल्यक्रिया पुस्तक विमोचन जसरी पनि अखण्ड मधेस हुनुपर्छ ः तिवारी 10/15/2015

    दैनिक संवाददाता राजविराज, २७ असोज । नेपाल सद्भावना पार्टी(गजेन्द्रवादी)का राष्ट्रिय अध्यक्ष विकासकुमार तिवारीले जसरी भएपनि अखण्ड मधेस प्रदेश हुनुपर्ने बताउनु भएको छ । मधेस पत्रकार समाजले बुधवार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष तिवारीले यस्तो बताउनु भएको हो । ......

  • अस्पताल परिसरबाटै कुरुवाको मोटरसाइकल चोरी 10/15/2015

    दैनिक संवाददाता राजविराज, २७ असोज । श्रीमतिलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएका एक युवकको अस्पतालबाटै मोटरसाईकल चोरी भएको छ । सप्तरीको बथनाहा गाविस ८ ढिकली टोल निवासी दशरथ कुमार मण्डलले मंगलबार आप्mनो श्रीमतिलाई राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचारको लागि भर्ना गरेका थिए । मण्डलको बा.३० प ९०६५ नम्बरको सुपर स्पेलेन्डर रातो क्लरको मोटरसाईकल मंगलबारराति चोरी भएको पीडितले बताएका छन ।......

  • आन्दोलन जारि रहन्छ ः मधेशी मोर्चा 10/14/2015

    दैनिक संवाददाता काठमाडौं, २६ असोज । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलन जारी नै रहने जनाएको छ । मोर्चाले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी आफूहरुले संविधान कुनै पनि हालतमा नमान्ने र आन्दोलन जारि रहने दृढता व्यक्त गरेको छ । .....

  • “नवगठित सरकार अपवित्र गठबन्धन” 10/14/2015

    दैनिक संवाददाता राजविराज, २६ असोज । वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले नवगठित सरकारलाई अपवित्र गठबन्धनको संज्ञा दिनु भएको छ । उहाँले भन्नुभयो, “यो अपवित्र गठबन्धन धेरै दिनसम्म टिक्न सक्दैन ।” मण्डलले मंगलबार राजविराजस्थित आप्mनै निवासमा पत्रकार सम्मेलनको आयोजना गरि उहाँले सत्ता लिप्साका कारण मुलुक लामो द्वन्द्वमा फसेको आरोप समेत लगाउनुभयो । .....

  • फोरम लोकतान्त्रिकद्वारा आफ्नै पार्टीले गरेको सम्झौताप्रति आपत्ति 10/13/2015

    दैनिक संवाददाता राजविराज, २५ असोज । मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक जिल्ला कार्य समिति सप्तरीले नेकपा एमाले, एनेकपा माओवादी र फोरम लोकतान्त्रिक बीच भएको ८ बुँदे सम्झौताप्रति आपत्ति जनाएको छ । ......

  • सप्तरीका बैंकहरु खुले 10/13/2015

    दैनिक संवाददाता राजविराज, २५ असोज । जारि मधेश आन्दोलनको सोमबार ६० औं दिन सप्तरीका निजि तथा सरकारी बैंकहरु खुलेका छन् । मधेशी मोर्चा सप्तरीले चाडपर्वलाई मध्यनजर गरी सर्वसाधारणको हितका लागि सोमबारबाट पाँच दिन सम्मका लागि जिल्लास्थित बैंकहरु खोलाउने निर्णय गरेको हो । ......

  • दंगाग्रस्त क्षेत्र हटेपनि प्रहरीले मर्निङवाक गर्न निस्केका युवकसहित स्थानियलाई कुटे 10/12/2015

    दैनिक संवाददाता राजविराज, २४ असोज । दंगाग्रस्त क्षेत्र हटेको दुई दिनपछि आइतबार बिहान सप्तरीको कञ्चनपुर नगरपालिका ५ राजमार्गमा घुमफिर गर्न निस्केका एक युवकलाई प्रहरी निर्घात कुटपिट गरेको छ । कञ्चनपुर नगरपालिका–५ निवासी बालकिसुन मण्डलका १६ वर्षीय छोरा टुनानन्द मण्डललाई प्रहरीले कुटपिट गरेका हुन् । विहान ५ बजे बस तथा मालबाहक ट्रकहरुलाई स्कर्टिङ गर्ने प्रहरीको कुटाइबाट मण्डलको हातमा गहिरो घाउ भएको छ ।.......

  • आजदेखी पाँच दिनका लागि बैंकहरु खुल्ने 10/12/2015

    दैनिक संवाददाता राजविराज, २४ असोज । मधेशी मोर्चा सप्तरीले चाडपर्वलाई मध्यनजर गरी सर्वसाधारणको हितका लागि सोमबारदेखि पाँच दिनको लागि जिल्ला स्थितका बैंकहरु खोलाउने निर्णय गरेको छ । मोर्चाका जिल्ला संयोजक रामप्रित यादवको अध्यक्षतामा आईतबार बसेको मधेशी मोर्चाको बैठकले यस्तो निर्णय गरेको मोर्चाका सुचना तथा संचार समितिका संयोजक अमरनाथ मण्डलद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । ......

  • दुई दिन अघि मात्र हटाइएको दंगाग्रस्त क्षेत्र पुनः घोषणा 10/12/2015

    दैनिक संवाददाता राजविराज, २४ असोज । दुई दिन अघि मात्र स्थानीय प्रशासनले राजमार्ग क्षेत्रबाट हटाइएको दंगाग्रस्त क्षेत्र आईतबारदेखि पुनः साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म अनिश्चितकालिन घोषणा गरेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले पूर्वमा कोशी ब्यारेजदेखी पश्चिममा बलान नदीसम्म आईतबारदेखी स्थानिय प्रशासनले सो दंगाग्रस्त क्षेत्र घोषणा गरिएको सप्तरीका निमित प्रमुख जिल्ला अधिकारी चिरन्जिवी प्रसाद भटराईले जानकारी दिनुभयो । .......

  • विषादी खाना खाँदा दुई दर्जन बालबालिका सिकिस्त 10/12/2015

    दैनिक संवाददाता राजविराज, २४ असोज । राजविराज ४ स्थित रहेको मदरसामा शनिबार साँझ पकाइएको खानामा छेपारो पर्दा दुई दर्जन बालबालिकाहरु सिकिस्त बिरामी परेका छन् । होस्टलमा बसेका विद्यार्थीहरुका लागि तयार पारिएको खानामा छेपारो परेपछि पूरै खाना विषादी भएको र खाना खाएका करिब दुई दर्जन बालबालिकाहरु सिकिस्त बिरामी परेको बताइएको छ । ......

  • भारतको समर्थनमा जुलुस प्रदर्शन 10/11/2015

    राजविराज÷मधेशमा विगत ५७ दिनदेखि जारी आन्दोलनकै क्रममा शनिबार राजविराजमा नेपाल भारत मैत्री अमर रहुन भन्ने मुल नाराका साथ भारतको समर्थनमा जुलुस प्रदर्शन गरिएको छ । राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट निकालिएको समर्थन जुलुस नगरको विभिन्न स्थानमा परिक्रमा पश्चात् जनआन्दोलन चौकमा पुगेर बिरोध सभामा परिणत भएको थियो ।.......

  • बिरोधका स्वरुप फेरिदै, टुक्किपछि टर्च जुलुस 10/10/2015

    दैनिक संवाददाता राजविराज, २२ असोज । विगत ५६ दिनदेखि जारी मधेश आन्दोलनका क्रममा विभिन्न प्रकारको बिरोध जुलुसहरु प्रदर्शन गरिएको छ । जति जति आन्दोलन लम्बिदैछ, त्यति त्यति आन्दोलनका स्वरुप समेत परिवर्तन हुँदैछ । .....

  • सुरक्षाकर्मीले केरा चोरेको स्थानियहरुको आरोप 10/10/2015

    दैनिक संवाददाता राजविराज, २२ असोज । सप्तरीको भारदहका किसानहरुले काटेर ल्याई सडक छेउमा राखेका केरा पछिल्लो पन्ध्र दिनदेखि चोरी भईरहेको थियो । तर, रातीको समयमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएपनि कसले चोरी गरेको भन्ने विषयको एकिन हुन सकेको थिएन् ।.......

  • बिरगंजमा अर्धनग्न धोती जुलुस प्रदर्शन 10/10/2015

    दैनिक संवाददाता बिरगंज, २२ असोज । जारी मधेस आन्दोलनको ५६ औं दिन र नाकाबन्दीको १५ औं दिन शुक्रबार संघिय समावेसी मधेसी मोर्चा पर्साले वीरगंजमा अर्धनग्न धोती जुलुस प्रर्दशन गरेको छ । मधेस आन्दोलनको ५६ औं दिन बितिसक्दा पनि नेपाल सरकारले मुलुक आधि अवादि भएका मधेसी समुदायहरुको भावनालाई कदर नगरी नयाँ सरकार गठनको खेलमा लोगेको नाङ्गो राजनीतीका बिरुद्ध निर्धारित कार्यक्रम अन्र्तगत मोर्चाले व्यागांत्मक रुपमा सरकार नाङ्गो भईसकेको महसुस गरी मोर्चाले अर्धनग्न प्रर्दशन गरेको मोर्चाका नेता शशिकपुर मियाँले बताउनुभयो । .......

  • सद्भावना अध्यक्ष महतोको निवासमा ढुंगामुढा र पार्टी कार्यालय तोडफोड घटनाको मोर्चा तथा विभिन्न पार्टीद्वारा भत्र्सना 10/9/2015

    दैनिक संवाददाता राजविराज, २१ असोज । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोको काठमाडौं सिनामंगलस्थित निवासमा बिहीबार बिहान ढुंगामुढा तथा थापा गाउँस्थित पार्टीको केन्द्रिय सम्पर्क कार्यालयमा बुधबार राती तोडफोड गरेका छन् । ......

  • मोटरसाईकल दुर्घटनामा तीनको मृत्यु 10/9/2015

    दैनिक संवाददाता राजविराज, २१ असोज । सप्तरी, सिरहा र सुनसरीमा भएको छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुर नगरपालिका ३ मा मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोक्किदा बिहीबार बिहान एक जनाको मृत्यु भएको छ ।......

  • भारदहमा कुकुरसहित प्रदर्शन 10/9/2015

    दैनिक संवाददाता राजविराज, २१ असोज । सप्तरीमा अहिले हरेक दिन अनौठा प्रकारको प्रदर्शन भइरहेको छ । कहिले, भैसी जुलुस, तिरधनुष जुुलस, गदहा जुलुस, लाठी जुलुस लगायत हुदै छ । यसै क्रममा बिहीबार सप्तरीको भारदहमा प्रदर्शनकारीहरुले गाउभरिबाट कुकुर जम्मा पारि तिनदलका मुख्य नेताहरुको तस्वीरको प्लेकार्ड झुण्डाएर प्रदर्शन गरेका छन् । .......

  • भारदहमा चीनको झण्डा जालाईयो 10/8/2015

    दैनिक संवाददाता राजविराज, २० असोज । सप्तरीको भारदहमा बुधबार स्वतन्त्र मधेसी युवा समुह पोर्ताहा, भारदह, मधवापुरको अगुवाईमा निस्केको एक समुहले चीनको झण्डा जलाएका छन् । पोर्ताहाको कंकालीनी माबिबाट निस्केको जुलुस भारदह चौकको परिक्रमा गरि पोर्ताहा चौकमा चीनको झण्डा जलाएका हुन् । ......

  • मधेशीको अधिकार सुनिश्चित नभएसम्म आन्दोलन नरोकिने 10/8/2015

    दैनिक संवाददात राजविराज, २० असोज । संघिय समाजवादी फोरम नेपालकी उपाध्यक्ष रेणु कुमारी यादवले जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको व्यवस्था नभएसम्म मधेशमा जारी आन्दोलन नरोकिने बताउनु भएको छ । मधेशी मोर्चाद्वारा बुधबार सप्तरीको बभनगामाकटी गाविसस्थित तोपा बजारमा आयोजित बिरोध सभालाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो । ......

  • संघीय मोर्चाको हस्ताक्षर कार्यक्रम सुरु 10/7/2015

    दैनिक संवाददाता राजविराज, १९ असोज । संघीय मधेशी मोर्चाले जारि आन्दोलनलाई निरन्तरता दिँदै सप्तरीसहित सम्पूर्ण मेधशमा मंगलबारदेखी एक हप्ते हस्ताक्षर कार्यक्रम सुरु गरेको छ । मधेशमा जारी आन्दोलनको समर्थन र नेपालमा जारी गरिएको संबिधानमा मधेशी अधिकार सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघको समर्थन र सहयोगको लागि एक हप्ते हस्ताक्षर अभियान संचालन गरेको हो । ......

  • सरकार अन्धो बनेको भन्दै राजविराज र विषहरियामा डिबिया (टुक्की) जुलुस प्रदर्शन 10/7/2015

    दैनिक संवाददाता राजविराज, १९ असोज । जारि मधेश आन्दोलनको मंगलबार ५३ औं दिन सप्तरी सदरमुकाम राजविराज र जिल्लाको विषहरिया गाविसस्थित दमावत्तिमा छुट्टाछुट्टै डिबिया (टुक्की) जुलुस प्रदर्शन गरेको छ ।......

  • आन्दोलन सशक्त बनाउने बारे सप्तरी सिरहाको संयुक्त बैठक 10/7/2015

    दैनिक संवाददाता राजविराज, १९ असोज । भारतीय सिमा नाकाबन्दी र राजमार्गलाई थप सशक्त बनाउने सम्बन्धमा मधेशी मोर्चा र थारु कल्याणकारी सभा तथा सिरहाका सम्पूर्ण मधेशवादी दलहरुको बैठक सिरहाको लहानस्थित रौनियार धर्मशालामा मंगलबार सम्पन्न भएको छ ।......

  • आन्दोलनकारीको मागप्रति वर्तमान सरकार मौन रहेको भन्दै तिर धनुषसहित प्रदर्शन 10/6/2015

    दैनिक संवाददाता राजविराज, १८ असोज । मधेशमा विगत ५२ दिनदेखि आन्दोलन जारी रहदाँ वर्तमान सरकार मौन रहेको भन्दै मधेशी मोर्चा सप्तरीद्वारा सोमबार राजविराजमा बृहत तिर धनुष सहितको जुलुस प्रदर्शन गरेको छ । आन्दोलन जारी रहदा पनि वर्तमान सरकार कानमा तेल हालेर सुतेको तथा मधेशी जनताहरु अधिकार माग्दा गोली हान्ने गरेको भन्दै मोर्चाले अब मधेशी जनताहरु अधिकारका लागि तिर र धनुषबाट सरकारको प्रतिकार गर्ने उद्घोष गर्दै राजविराजमा बृहत तिर धनुष सहितको बिरोध जुलुस प्रदर्शन गरिएको हो ।......

  • जिल्लाको विभिन्न स्थानमा जितिया पर्वको अवसरमा नाचगान 10/6/2015

    दैनिक संवाददाता राजविराज, १८ असोज । सन्तानको सुख शान्ति र लामो आयुको कामना गर्दै मिथिलान्चलमा जितिया पर्वको अवसरमा विभिन्न स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाईरहेको छ । यसै अवसरमा सप्तरी सदरमुकाम राजविराज ५ स्थित युनिभर्सल बोर्डिङ्ग स्कुलमा जितिया महोत्सव २०७२ को आयोजना गरेको छ । .....

  • मधेश स्वतन्त्र देश वा अधिकार सम्पन्न मधेश प्रदेश कायम हुनुपर्छ ः मातृका यादव 10/5/2015

    दैनिक संवाददाता राजविराज, १७ असोज । नेकपा (माओवादी)का संयोजक मातृका प्रसाद यादवले मधेश स्वतन्त्र देश वा अधिकार सम्पन्न मधेश प्रदेश कायम हुनुपर्ने बताउनु भएको छ । “राष्ट्र आत्मनिर्णयको अधिकार, राष्ट्र मुक्तिको एक मात्र आधार” भन्ने मुल नाराका साथ नेकपा (माओवादी), आम मुल निवासी मुक्ति मोर्चा र थारु कल्याणकारीणी सभाको संयुक्त आयोजानमा आईतबार सप्तरीको बोदे बर्साइनमा आयोजित बिरोध सभालाई सम्बोधन गर्नुहुँदै संयोजक यादवले सो कुरामा बताउनु भएको हो । ......

  • संघीय मधेशी मोर्चाद्वारा जारि आन्दोलनलाई निरन्तरता दिँदै थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक 10/5/2015

    दैनिक संवाददाता राजविराज, १७ असोज । संघीय मधेशी मोर्चाले जारि आन्दोलनलाई निरन्तरता दिँदै थप आन्दोलनका कार्यक्रमहरु आइतबार सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको कार्यक्रमहरुमा मधेशमा जारी आन्दोलनको समर्थन र नेपालमा जारी गरिएको संबिधानमा मधेशी अधिकार सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघको समर्थन र सहयोगको लागि एक हप्ते हस्ताक्षर अभियान संचालन गर्ने भएको छ ।......

  • ट्रकसहित सुपारी र अलौची प्रहरी नियन्त्रणमा 10/5/2015

    दैनिक संवाददाता राजविराज, १७ असोज । जिल्ला प्रहरी कार्यालय सप्तरीले भारततर्फ अवैध तरिकाबाट लैजादै गरेको ट्रकसहित सुपारी र अलौची नियन्त्रणमा लिएको छ । राजविराज नगरपालिका १ स्थित को १ ख ३३५४ नंं.को ट्रकमा सुपारी र अलैची सिरहारोड हुदै दक्षिण भारतिय बोर्डरतर्फ लैजादै गरेको अवस्थामा शनिबार राति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ......

  • यूवा विद्यार्थीद्वारा राजविराजमा अर्धनग्न जुलुस प्रदर्शन 10/4/2015

    राजविराज÷जारि मधेश आन्दोलनको शनिबार ५० औं दिन मधेशी मोर्चा सप्तरी आवद्ध युवा विद्यार्थीको आयोजनामा राजविराजमा अर्धनग्न जुलुस निकालिएको छ । स्थानिय शिव मन्दिरको प्राङनबाट निकालिएको सो जुलुसमा मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । जलुसमा सहभागि युवा विद्यार्थीहरुले आफ्नो शरीरमा “मधेश सरकार” लेखेर प्रदर्शन गरेका थिए । ......

  • मधेश परिवर्तनका लागि आन्दोलन संघीयताको नाममा मधेशलाई उपेक्षित गरियो ः गुप्ता 10/3/2015

    दैनिक संवाददाता राजविराज, १५ असोज । तराई मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ताले जारि मधेश आन्दोलन मधेशको परिवर्तनका लागि रहेको भन्नुहुँदै आन्दोलन उचाईमा पुगेको दाबी गर्नुभएको छ । मधेशी पत्रकार समाज सप्तरीको आयोजना शुक्रबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा सो दाबी गर्दै उहाँले नेपाल कै इतिहास कहिले नभएको यो आन्दोलन उचाईमा पुग्दा समेत राज्य पक्ष हालसम्म गम्भिर नभएको आरोप लगाउनुभयो । ......

  • मोटरसाइकल दुर्घटनामा एकको मृत्यु 10/3/2015

    दैनिक संवाददाता राजविराज, १५ असोज । सप्तरीमा भएको छुट्टाछुट्टै घटना र दुर्घटनामा परि ७ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको कंचनरुप नगरपालिकामा बिहीबारराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ......

  • शंख फुकेर घण्टी बजाएर बिरोध 10/3/2015

    दैनिक संवाददाता राजविराज, १५ असोज । मधेशमा जारी आन्दोलनको शुक्रबार ४९ औं दिन शुक्रबार राजविराजमा बृहत शंख, घण्टी सहितको बिरोध जुलुस प्रदर्शन गरिएको छ । राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट निकालिएको बृहत शंख, घण्टी सहितको बिरोध जुलस प्रदर्शन गरेको हो । सरकारलाई मधेशको जनता अब आन्दोलनको विगुल फुकीसकेको बताउँदै शंख फुकेर बिरोध जनाएका छन । ......

  • पत्रकार महासंघका अध्यक्षमाथी अविश्वासको प्रस्ताव दर्ता 10/3/2015

    दैनिक संवाददाता राजविराज, १५ असोज । नेपाल पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष प्रकाश खतिवडामाथि शुक्रबार अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । महासंघका सल्लाहकार जितेन्द्र खड्गा लगायतले महासंघका सचिव ओमप्रकाश साहलाई ६४ जना सदस्यहरुको हस्ताक्षर र बिषेश सधारण सभाको मागसहित पत्र बुझाउनुभयो । ......

  • “लाखौंको सहभागितामा मानव साङ्लो” 10/2/2015

    दैनिक संवाददाता राजविराज, १४ असोज । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बिहीबार आयोजना गरेको मानव साङ्लो कार्यक्रममा स्वस्फूर्त लाखौंको सहभागिता रहेको छ । मानवसागर कार्यक्रम अन्तर्गत पूर्वमा सप्तरीको कोशी ब्यारेजदेखि पश्चिममा बलान नदीसम्म करिब ६० किलो मिटरसम्मको हुलाकी मार्गमा जनताहरुले आप्mनो अधिकार सुनिश्चितताका लागि सडकमा हाथमा हाथ मिलाउँदै हातेमालो कार्यक्रममा सहभागि भए । .......

  • सप्तरीको छुट्टाछुट्टै घटनामा परी एकै दिन पाँचको मृत्यु 10/2/2015

    दैनिक संवाददाता राजविराज, १४ असोज । सप्तरीको विभिन्न छुटाछुटै स्थानमा बिहिबार भएको घटनामा पाँच जनाको मृत्यु भएको छ । जिल्लाको सप्तरी कन्चनरुप नगरपालिका वडा नं. ४ बस्ने बिष्णु खंगको ३ वर्षिय छोरा आकास खंग र सोही ठाउँका दुःखीलाल खंगको २ वर्षिय छोरा रामहरि खंगको घरबाट नजिकै रहेको त्रियुगा नदिमा खेल्दै जाने क्रममा डुबेर घाईते भएका थिए । ......

  • जनकपुरमा ८ वटा शव भेटिए 10/2/2015

    दैनिक संवाददाता जनकपुर, १४ असोज । जनकपुरमा बिहीबार ८ वटा शव भेटिएका छ । रिक्साबाट गाड्न लगिएको ती शवहरु मानव साङ्लो कार्यक्रममा सहभागि हुन गएकाहरुलाई भेटेको हो । जनकपुर उपमहानगरपालिका २२ स्थिात विस्पिट्टीको हुलाकी सडकको दक्षिणी छेउमा जनकपुरमा सरसफाई गर्ने मेस्तर अक्षय डुम, रिक्साबाला श्याम सहनी र अन्य एक जनागरी तीन जना पोलोथिन र त्रिपालमा वेरेको सडेको तीन वटा शव स्थानीयले देखेपछि उनीहरुलाई नियन्त्रणमा लिएका थिए । .......

  • भगवती पोखरी अलपत्र, छठ पर्व प्रभावित हुने संकेत 10/1/2015

    दैनिक संवाददाता राजविराज, १३ असोज । हिन्दु धर्मावलम्वीहरुको महान चाड दैश, तिहार, छठपर्व नजिकिदै गर्दा पनि राजविराजको भगवति पोखरी अलपत्र र वेवारिसे अवस्थामा रहेपनि राजविराज नगरपालिकाले कुनै सक्रियता नदेखाएको आरोप लगाइएको छ । .......

  • आज अस्ताउ“दो सूर्यलाई अर्घ दिइदै 10/29/2014

    दैनिक संवाददाता राजविराज, ११ कात्तिक । निर्धनता र निःसन्तानबाट मुक्ति पाउन एवम् मानव जातिको उत्थान गर्न र अरोग्यका लागि मिथिलान्चलबासीको महान पर्व छठ पर्वको आज तेश्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिई मनाइदै छ । चार दिनसम्म मनाइने यो पर्वमा भोली बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिई सम्पन्न हुन्छ । ,...

  • मिथिलाञ्चलमा छठ पर्व सुरु आज खर्ना गरिदै 10/28/2014

    दैनिक संवाददाता राजविराज, १० कात्तिक । मिथिलाञ्चलवासीको महान् पर्व छठ सोमबारदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व मिथिलाञ्चलभरि सोमबारदेखि विधिवत रुपमा सुरु भएको हो । छठ पर्व सप्तरीको सदरमुकाम राजविराज लगायत जिल्लाका अन्य सहरी एवम् ग्रामीण क्षेत्रमा रहेको विभिन्न पोखरी, नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक छठ पर्व मनाउने चलन छ ।...

  • सुनचा“दीसहित एक भारतीय पक्राउ 10/28/2014

    दैनिक संवाददाता राजविराज, १० कात्तिक । जिल्ला प्रहरी कार्यालय सप्तरीले विषेश सूचनाको आधारमा सोमबार दिउँसो करिब एक लाख बराबरको अवैध रुपमा भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा सुन चाँदीसहित एक भारतीयलाई पक्राउ गरेको छ । ...

  • छठ पर्वको चहल पहल सुरु आज पहिलो दिन अरबा–अरबाइन 10/27/2014

    दैनिक संवाददाता राजविराज, ९ कात्तिक । छठ पर्व सोमबारदेखि विधिवत रुपमा सुरु हुँदैछ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन अरबा–अरबाइन, दोस्रो दिन खरना, तेस्रो दिन बेलुकी अस्ताउन थालेको र चौथो दिन उदाउँदो सूर्यलाई पूजा गरिन्छ ।...

  • प्रहरीद्धारा बरामद गरिएको लाखौको सामान सार्वजनिक 10/27/2014

    दैनिक संवाददाता राजविराज, ९ कात्तिक । सप्तरीको देउरी गाविसमा बुधबार प्रहरी र तस्करबिच दोहरो भिडन्तपछि बरामद गरेको लाखौंको सामानहरु आइतबार प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले आईतबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो । ...

  • सप्तरीको देउरीमा प्रहरी र तस्करबिच भिडन्त, तीन प्रहरी घाईते 10/23/2014

    दैनिक संवाददाता राजविराज, ५ कात्तिक । सप्तरीको देउरी गाविसमा बुधबार प्रहरी र तस्करबिच दोहरो भिडन्त हुदाँ तीन जना प्रहरी घाईते भएका छन् । सप्तरीको देउरी गाविस ७ बस्ने सुर्य नारायण मुखीयाको घरमा अवैध कपडाहरु रहेको सूचना पाएपछि प्रहरी टोलीले घर खानतलासी गर्दा तस्करी र तस्करीका सहयोगीहरुले प्रहरी टोली माथि ढुङ्गामुढा गर्दा उक्त भिडलाई प्रहरीले साम्य पार्न खोजेपछि सो भिडन्त भएको प्रहरीले जनाएको छ । ...

  • प्रहरीद्वारा लाखौको सुनचा“दी सहित दुई ब्यक्ति पक्राउ 10/23/2014

    दैनिक संवाददाता राजविराज, ५ कात्तिक । लाखौको गहगहना सहित सप्तरी प्रहरीले दुई जनालाई मंगलबारराति पक्राउ गरेको छ । विराटनगरबाट को.१ प ७११८ नम्बरको कारमा राजविराजतर्फ आउँदै गरेको अवस्थामा सप्तरीको भारदहस्थित प्रहरी चौकी नजिक करिब ३८ लाख मुल्य बराबरको गरगहना सहित ती ब्यक्तिहरुलाई पक्राउ गरेको हो । ...

  • सप्तरीको समग्र विकासका लागि सरोकारबाला जागरुक बन्नुपर्नेमा जोड 10/23/2014

    दैनिक संवाददाता राजविराज, ५ कात्तिक । सप्तरीको समग्र विकासका लागि यहाँका सरोकारबाला निकायहरु जागरुक बन्नुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिनुभएको छ । एमाओवादी क्षेत्र न. ३ का सभासद उमेश कुमार यादवले बुधबार शुभ दिपावली एवं छठ पर्वको अवसरमा राजविराजमा आयोजना गरेको शुभकामाना आदान प्रदान कार्यक्रममा सहभागि बक्ताहरुले सो कुरामा जोड दिनुभएको हो । ...

  • “पत्रकार र प्रहरी दुवैले आचार सहिंता भित्र रहेर काम गनुपर्छ” भारतीय लगानीको काम सम्पन्न हुन नसकेको बारे अख्तियारद्वारा छानबिन सुरु ः प्रजिअ यादव 10/22/2014

    दैनिक संवाददाता राजविराज, ४ कात्तिक । सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले पत्रकार र प्रहरीबिच नङ्ग र मासुको सम्बन्ध रहेकोले आचार सहिंता भित्र रहेर दुवै पक्षले काम गनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । नेपाल पत्रकार महासंघ शाखा सप्तरीको आयोजनामा मंगलबार राजविराजमा आयोजित पत्रकार आचार सहिंता र सुरक्षा विषयक सरोकारबालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा प्रजिअ यादवले सो धारणा व्यक्त गर्नुभएको हो । ...

  • धरौटीबाट रिहा हुन तयार नभएका डा. राउतका लागि मधेशमा रकम संकलन गरिदै 10/22/2014

    दैनिक संवाददाता राजविराज, ४ कात्तिक । पचास हजार धरौटी तिर्न नसकि डिल्लीबजार स्थित करागारमा रहेका डा.सिके राउतको रिहाईका लागि सप्तरी सहित मधेशका जिल्लाहरुमा रकम संकलन गर्न थालिएको छ । डा.राउतको रिहाईका लागि सप्तरी सदरमुकाम राजविराजका साथै जिल्लाको मुख्य मुख्य शहरहरुमा दान पेटिका राखि चन्दा संकलन गरिदै छ । ...

  • जिल्लाको विकासका लागि सभासदहरुले उद्योग बाणिज्य संघस“ग गरेको प्रतिबद्धता सार्वजनिक 10/14/2014

    दैनिक सम्वाददाता राजविराज,२७ असोज । जिल्लाको समग्र विकासका लागि सप्तरीका सभासदहरुले उद्योग बाणिज्य संघ सप्तरीसँग गरेको प्रतिबद्धता सोमबार राजविराजमा पत्रकार सम्मेलन आयोजना गरि सार्वजनिक गरिएको छ । आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष अरुण कुमार प्रधानले सप्तरीका सभासद्हरुसँग केही दिन अघि राजविराजमा गरिएको छलफल कार्यक्रममा जिल्लाको विकासका लागि सभासद्हरु प्रतिबद्ध रहेको जानकारी दिनुभयो । ...

  • अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउनुपर्नेमा जोड 10/14/2014

    दैनिक संवाददाता राजविराज,२७ असोज । सप्तरीका प्रमुख जिल्ला अधिकारी बीरेन्द्र कुमार यादवले जिल्लामा रहेका अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउँनुपर्नेमा जोड दिनुभएको छ । शहरी विकास तथा भवन निमार्ण विभाग र डिभिजन कार्यालय सप्तरीको आयोजनामा विश्व बसोबास दिवस र अन्र्तराष्ट्रिय विपद न्युनिकरण दिवसको अवसरमा राजविराजमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रजिअ यादवले सो कुरामा जोड दिनुभएको हो । ...

  • “मापसे” रोक्न लाइसेन्समा प्वाल पार्ने अभियान सुरु जनशक्ति अभावमा ट्राफिक व्यवस्थापनमा समस्या 10/13/2014

    शुभ नारायण यादव राजविराज, २६ असोज । दिन दिनै जनघनत्व बढ्दै गएको सप्तरी जिल्लामा सवारी साधनको चाँप समेत बढ्दै जादा सडक र सवारीको व्यवस्थापन गर्ने ट्राफिक प्रहरीलाई साधन र स्रोतको अभावमा खड्कीएको छ । सवारी साधनको चाप दिन दिनै बढ्दै जादा त्यसको अनुपातमा जनशक्ति नहुदाँ ट्राफिक व्यवस्थापन गर्नका लागि कठिनाई हुने गरेको जिल्ला ट्राफिक कार्यालय शम्भुनाथले जनाएको छ ।...

  • डा. राउतको रिहाईको माग गर्दै बिरोधका कार्यक्रम सार्वजनिक 10/13/2014

    दैनिक संवाददाता राजविराज, २६ असोज । डा. सिके राउतको रिहाईको माग गर्दै डा. सिके राउत रिहाई एवं जिवन रक्षार्थ संघर्ष समिति सप्तरीले विभिन्न बिरोध सभा कार्यक्रमको घोषणा गरेको छ । संघर्ष समितिका संयोजक सुरेन्द्र मधेशीद्वारा आइतबार जारि विज्ञप्तिमा डा. राउतलाई राज्यले पक्राउ गरि विशेष अदालतमा विप्लप मुद्दा दर्ता गरेको प्रति अविलम्ब सो मुद्दा फिर्ता लिन सरकारसँग माग गरिएको छ । ...

  • राष्ट्रपतिको अभिव्यक्ति प्रति नेसपा गजेन्द्रवादीको आपत्ति 10/12/2014

    राजविराज÷नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका केन्द्रिय अध्यक्ष विकास कुमार तिवारीले एक विज्ञप्ती प्रकाशन गरी राष्ट्रपति डा. रामवरण यादवले राजधानीमा सम्पन्न एक कार्यक्रममा भावी संविधानमा संघीयताको स्वरुप निर्धारण गर्दा उत्तर दक्षिणको आधारमा हिमाल, पहाड र तराई मिलाएर प्रदेशको निर्धारण हुनुपर्ने भनाईप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । ...

  • स्वायत्त प्रदेश नभए मधेश सिके राउतकै बाटोमा जान सक्छ ः उपाध्यक्ष साह 10/12/2014

    राजविराज÷सद्भावना पार्टीका राष्ट्रिय उपाध्यक्ष नवलकिशोर साह रामबाबुले डा. सिके राउतलाई पक्राउ गरेर सरकारले देशलाई गृहयुद्ध तर्फ ढकेलेको आरोप लगाउँनुभएको छ । नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा सो आरोप लगाउदै उहाँले मधेश स्वायत्त प्रदेश संविधानमा जारी नभए मधेश सिके राउतकै बाटोमा जान सक्ने धारणा समेत व्यक्त गर्नुभयो । ...

  • महाकविद्वय देवकोटा र विद्यापतिको जयन्ति मनाइने 10/12/2014

    राजविराज÷सगरमाथा अंचलकै जेठे साहित्यिक संस्था सगरमाथा साहित्य परिषद्ले आगामी कात्तिक १ गते शनिबार राजविराजमा महाकविद्वय लक्ष्मीप्रसाद देवकोटा र विद्यापति जयन्ति एकै साथ मनाउने निर्णय गरेको छ । राजविराजस्थित पवि उच्च माविमा शनिबार सम्पन्न परिषद्को प्रथम पूर्ण बैठकले महाकविद्वयको जयन्तिका अवसर पारेर साहित्य गोष्ठी र पदस्थापन समारोह गर्ने निर्णय गरेको परिषदका सचिव नन्दलाल आचार्यले जानकारी दिनुभयो ।...

  • कृषिलाई व्यवसायीकरण गर्नुपर्नेमा जोड 10/12/2014

    राजविराज÷राष्ट्रिय सहकारी बैकंका संचालक ज्ञान बहादुर तामाङ्गले सहकारी संस्थाले मुलुक र समाजमा आमुल परिवर्तन ल्याउन सक्ने भएकोले कृषिलाई व्यवसायीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ । समुदाय विकासको लागि सहकारी भन्ने मुल नाराका साथ जनज्योति कृषि सहकारी संस्था लि. मलेठ सप्तरीको शनिबार चोथौ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै संचालक तामाङ्गले सो कुरामा जोड दिनुभएको हो । ...

  • पत्रकारमाथी भएको दुरव्यवहारप्रति तीन बु“दे सहमति 10/11/2014

    दैनिक संवाददाता राजविराज, २४ असोज । पत्रकार श्याम सुन्दर यादवमाथि गरिएको दुव्र्यवहारको सम्बन्धमा भएको छलफलमा विभिन्न तीन बुँदे सहमति भएको छ । नेपाल पत्रकार महासंघका सभासद एवं नेपाल टेलिभिजन सप्तरी समाचारदाता श्यामसुन्दर यादवलाई प्रहरीले दुब्र्यबहार गरी क्यामेरा समेत खोसेको घटनाका सन्दर्भमा शुक्रबार बिहान सुरक्षा निकाय र पत्रकारबीच प्रजिअ निवास राजबिराजमा दुईपक्षिय छलफल भई तीन बुदे सहमति भएको हो । ...

  • बोक्सी भन्दै पुनः महिला कुटिइन 10/11/2014

    शुभ नारायण यादव राजविराज, २४ असोज । सप्तरीलगायत तराईका जिल्लाहरुमा बोक्सीको आरोपमा महिलाहरु कुटिने क्रम रोकिनुका साटो झन् बृद्धि हुँदै गएको छ । पछिल्लो पटक सप्तरीको बरही बिरपुर गाविस ३ हाटी टोलमा एक महिला बोक्सीको आरोपमा कुटिएकी छिन । स्थानीय मो.जमालकी ३० वर्षिया श्रीमति सहिदा खातुनलाई बोक्सीको आरोपमा बुधबार दिउँसो निर्घात कुटपिट गरिएको हो । ...

  • प्रहरीद्वारा पत्रकार यादवमाथी हाथपात महासंघद्वारा घटना सम्बन्धमा प्रजिअलाई ज्ञापन 10/10/2014

    दैनिक संवाददाता राजविराज, २३ असोज । नेपाल पत्रकार महासंघका सभासद एवं नेपाल टेलिभिजन सप्तरी समाचारदाता तथा न्युज टुडे दैनिकका समाचार सम्पादक श्यामसुन्दर यादवलाई प्रहरीले हाथपात गरेको घटनाप्रति महासंघले भत्सर्ना गरेको छ । पत्रकार यादवमाथि असोज २२ गते राजबिराज नगरपालिका १ स्थित सडकमा राति ८.१५ बजे मादक पदार्थ सेवन गरेका प्रहरीले हातपात गरी क्यामेरा समेत खोसेको घटना प्रति नेपाल पत्रकार महासंघले दुःख ब्यक्त गर्दै घटना सम्बन्धमा प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवसमक्ष बिहीबार ज्ञापन पत्र बुझाएको छ । ...

  • माघ ८ मै संविधान जारि गर्ने सभासद्हरुको प्रतिबद्धता 10/10/2014

    दैनिक संवाददाता राजविराज, २३ असोज । माघ ८ मै संविधान जारी गर्ने एक कार्यक्रममा सहभागि सप्तरीका सभासदहरुले प्रतिवद्धता जनाएका छन । इन्सेक सप्तरी, सेतो गुराँस बालविकास सेवा सप्तरीको सहयोग तथा महिला शान्ति अनुसन्धान तथा विकास केन्द्र वपरडेक विराटनगर र पुर्वान्चल मानवअधिकार संजालको आयोजनामा राजविराजमा आयोजित हाम्रो सरोकार हाम्रो संविधान जनतासँग सभासद कार्यक्रममा सहभागि सभासदहरुले यस्तो प्रतिवद्धता जनाएका हुन ।...

  • डा. राउतको रिहाईको माग गर्दै प्रदर्शन तथा बिरोध सभा 10/9/2014

    दैनिक संवाददाता राजविराज, २२ असोज । डा. सिके राउतको रिहाईको माग गर्दै बुधबार राजविराजमा प्रर्दशनका साथ बुधबार बिरोध सभा सम्पन्न भएको छ । सम्पन्न बिरोध सभामा वक्ताहरुले अभिव्यक्ति स्वतन्त्रतालाई हनन् गर्दै राज्य पक्षले डा. राउतलाई पक्राउ गरेको प्रति मधेशी जनतामाथी निरंकुशता लाद्न खोजेको आरोप लगाएका छन् । सभामा वक्ताहरुले राज्य पक्षले विगतदेखी वर्तमानसम्म मधेशी जनतासँग विभेद मात्र गरेको बताउँदै एक पटक मधेशमा फेरी विगुल फुक्नुपर्ने बताए । ...

  • सिके राउतलाई बोल्दैमा राजाका पालामा जसरी थुन्न हुदैनथ्यो ः प्रधानमन्त्री 10/9/2014

    दैनिक संवाददाता काठमाडौं, २२ असोज । प्रधानमन्त्री सुशील कोइरालाले राज्यद्रोहको अभियोगमा थुनामा रहेका डा. सीके राउतको रिहाइबारे गृहमन्त्रीसँग कुरा गर्ने आश्वासन दिनुभएको छ । प्रधानमन्त्री कोइरालाले राउतको परिवार र नागरिक समाजका अगुवा गणेश मण्डलसँगको भेटमा यस्तो आश्वासन दिनुभएको हो । भेटमा राउत परिवारका साथै कानुन व्यवसायी दीपेन्द्र झा र सुरेन्द्र महतो समेत हुनुहुन्थ्यो ।...

  • माघ ८ भित्र सहमतिका आधारमा नभए बहुमतको आधारमा पनि संविधान जारी गर्न सकिन्छ ः सभासद् कर्ण 10/8/2014

    दैनिक संवाददाता राजविराज, २१ असोज । नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष तथा सभासद रन्जित कर्णले माघ ८ भित्र सहमतिका आधारमा नभए बहुमतको आधारमा पनि संविधान जारी गर्न सकिने बताउँनुभएको छ । आप्mनो गृह जिल्ला सप्तरी सदरमुकाम राजविराजमा मंगलबार वडा दशै, बकरईद, शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा सभासद कर्णले सो कुरा बताउनु भएको हो ।...

  • करिब एक करोड बराबरको ट्रकसहित सुपारी नियन्त्रणमा 10/8/2014

    दैनिक संवाददाता राजविराज, २१ असोज । नेपालबाट अवैध रुपमा भारततर्फ निकासी गरिरहेको एउटा ट्रक सहित करिब एक करोड मुल्य बराबरको अवैध सुपारी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । ...

  • ग्रामिण भेगमा अवैध मदिरा व्यापार फस्टाउ“दै, कार्बाही गर्ने निकाय मौन 10/8/2014

    शुभनारायण यादव राजविराज, २० असोज । चाडपर्वको समयमा सप्तरी सदरमुकाम राजविराजका साथै जिल्लाको विभिन्न ग्रामिण भेगहरुमा अवैध मदिराको प्रयोग बढ्दै गएको छ । मदिरा प्रयोगकै कारण शान्ति सुरक्षामा खलल पु¥याउँनुका साथै जनस्वास्थ्यमा समेत उतिकै असर पुर्याउँने भए पनि यसको प्रयोग भने दिनप्रतिदिन बढ्दै गएको छ । सप्तरी जिल्लाका प्रमुख बजार र आसपासका क्षेत्रमा अबैध मदिराको व्यापार मौलाउँदै गएको छ । ...

  • मुस्लिम समुदाय बकरईद पर्वमा रमाए 10/7/2014

    दैनिक संवाददाता राजविराज, २० असोज । मुस्लिम समुदायले सोमबारदेखि तीन दिनसम्म बकरइद पर्व उत्साह र उमङगका साथ मनाउँदैछन् । मुिस्लम समुदायको दोश्रो ठूलो पर्व मानिने बकरईद अर्थात् जनावरलाई वली दिने दिनको रुपमा मनाउने गरिन्छ ।...

  • दुर्घटनामा शसस्त्र प्रहरी हवल्दारको मृत्यु 10/7/2014

    दैनिक संवाददाता राजविराज, २० असोज । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तगर्त सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. ५ स्थित सडक खण्डमा कार र मोटरसाईकल एक आपसमा ठोकिदाँ एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भिर घाईते भएका छन । ...

  • मुस्लिम समुदायको महान पर्व बकरईद आज मनाइदै 10/6/2014

    दैनिक संवाददाता राजविराज, १९ असोज । मुस्लिम समुदायको ईद पछिको महान पर्व बकरईद अर्थात इदुजोहा सोमबार देशभरका मुस्लिम समुदायले धुमधामसँग मनाउँदै छन् । यो पर्व तीन दिनसम्म मनाइन्छ । यस पर्वमा मुसलमानहरूले खासगरी कुरबानी गर्नुपर्ने नियम छ । आर्थिक अवस्था राम्रो हुनेहरू हज गर्न साउदी अरबको मक्का–मदिना जाने गर्दछन् । यस वर्ष नेपालबाट एक हजार भन्दा बढी मुसलमानहरू हजका निम्ति मक्का मदिना गएका छन् ।...

  • छुट्टाछुट्टै दुर्घटनामा बाबुछोरीसहित तीनको मृत्यु 10/6/2014

    दैनिक संवाददाता राजविराज, १९ असोज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको बक्धुवा गाविस ८ महुलीमा शनिबार टाटासुमो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबुछोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको धनगढी ३ निवासी २८ वर्षीय प्रमोद ठाकुर र उनकी चार वर्षीया छोरी शुभेच्छा कुमारी ठाकुर रहेको प्रहरी चौकीका सई रामबाबु यादवले जानकारी दिनुभयो ।...

  • चाडपर्वमा सुरक्षा व्यवस्था कडा पारिएको छ ः प्रजिअ यादव 10/1/2014

    दैनिक संवाददाता राजविराज, १४ असोज । वडा दसैंको शुभअवसरमा मंगलबार प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले सम्पूर्ण जिल्लावासीका शुभकामना व्यक्त गर्नुभएको छ । प्रजिअ निवासमा मंगलबार दिउँसो आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रजिअ यादवले चाडपर्वको बेला जिल्लामा शान्ति सुव्यवस्था कायम राख्न सम्पूर्ण सुरक्षा निकाय प्रतिबद्ध रहेको जानकारी दिनुभयो । ...

  • एनसेल नेटवर्कमा समस्या 10/1/2014

    दैनिक संवाददाता राजविराज, १४ असोज । सप्तरीको भारदह १ स्थित एनसेलको नेटवर्कमा आएको समस्याका कारण त्यस भेगका स्थानीयबासीहरु समस्यामा परेका छन । विगत ५ वर्ष अघि भारदह १ स्थित निमार्ण गरिएको एनसेलके नेटवर्क त्यस भेगमा काम गर्न छाडेपछि त्यस भेगका विभिन्न गाविसका हजारौ मोवाईल उपभोक्ताहरु समस्यामा परेका हुन । ...

  • बिभिन्न दलको समानुपातिकतर्फको बन्दसुचीमा सप्तरीका दर्जनौ व्यक्तिको नाम 10/27/2013

    राजविराज÷आगामी संबिधानसभाका लागि तीन ठुला दल र मधेशबादी दलबाट समानुपातिक तर्फ सप्तरीबाट करिब तीन दर्जनको हाराहारीमा उम्मेदवार सिफारिस गरेका छन् । निर्वाचन आयोगद्वारा सार्वजनिक बिभिन्न दलहरुको समानुपातिक तर्फको बन्दीमा सप्तरीका ४० जना भन्दा बढीको नाम सिफारिस गरिएको छ ।...

  • सप्तरी का“ग्रेसबाट कोषाध्यक्ष, सचिवपछि उपसभापतिद्वारा पार्टी परित्याग 10/27/2013

    राजविराज÷नेपाली काँग्रेस सप्तरीका उपसभापति निरु पोखरेलले शनिबार पार्टीको साधारण सदस्यता समेत परित्याग गर्नुभएको छ ।...

  • सप्तरीको ६ वटै क्षेत्रमा कडा प्रतिष्पर्धा हुने 10/26/2013

    दैनिक संवाददाता राजविराज, ८ कात्तिक । आगामी मंसीर ४ गते हुने संबिधानसभा निर्वाचनमा सप्तरीको ६ वटै निर्वाचन क्षेत्रमा कडा प्रतिष्पर्धा हुने सम्भावना देखिएको छ । ...

  • नेकपा–माले (समाजवादी) का उम्मेदवारमाथि कुटपिट 10/25/2013

    दैनिक संवाददाता राजविराज, ७ कात्तिक । सप्तरी क्षेत्र नं. ५ का नेकपा–माले (समाजवादी) पार्टीको तर्फबाट उम्मेदबार बन्नु भएका सिंहेश्वर प्रसाद साहमाथि बुधबार राती कुटपिट भएको छ ।...

  • आफ्नो पार्टी मधेशको एक नम्बर पार्टी बन्छ ः अध्यक्ष महतो 10/24/2013

    दैनिक संवाददाता राजविराज, ६ कात्तिक । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आगामी मंसीर ४ गते हुने संबिधानसभा निर्वाचनमा आफ्नो पार्टी मधेशको एक नम्बर पार्टी बन्ने बताउनुभएको छ । ...

  • बैद्य माओवादीका तीन जनाद्वारा पार्टी परित्याग 10/24/2013

    दैनिक संवाददाता राजविराज, ६ कात्तिक । मोहन बैद्य नेतृत्वको नेकपा–माओवादी सप्तरी क्षेत्र नम्बर २ का एरिया सेक्रेटरी सुरेन्द्र प्रसाद यादव सहित तीन जनाले बुधवार सो पार्टी परित्याग गरेका छन् ।...

  • आचार संहिता उल्लंघन गरेको भन्दै निर्वाचन कार्यालयले राजनीतिक दलका उम्मेदवारहरुस“ग स्पष्टीकरण माग्यो 10/23/2013

    दैनिक संवाददाता राजविराज, ५ कात्तिक । निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै जिल्ला निर्वाचन कार्यालय सप्तरीले विभिन्न राजनीतिक दलका उम्मेदवारहरुलाई लिखित तथा मौखिक स्पष्टीकरण सोधेको छ । ...

  • निर्वाचन अधिकृतको टोलीद्वारा विभिन्न क्षेत्रको अनुगमन 10/23/2013

    दैनिक संवाददाता राजविराज, ५ कात्तिक । आगामी मंसीर ४ गते हुन गईरहेको संविधानसभाको निर्वाचनको आचार संहिता उल्लघंन सम्बन्धी सप्तरीका ४ वटा निर्वाचन क्षेत्रमा अनुगमन सम्पन्न गरिएको छ ।...

  • एक महिला र तीन पुरुष प्रतिबन्धित लागु औषधीसहित पक्राउ 10/22/2013

    दैनिक संवाददाता राजविराज, ४ कात्तिक । प्रहरीको गस्ति टोलीले सप्तरीको मल्हनिया गाविसबाट तीनजनालाई प्रतिबन्धित लागु औषध तथा सोही आरोपमा एकजना महिलालाई समेत पक्राउ गरेकोे छ । ...

  • जनज्योति सहकारीको साधारण सभा सम्पन्न 10/22/2013

    दैनिक संवाददाता राजविराज ४ कात्तिक । सप्तरीको मलेठ गाविस २ मा रहेको जनज्योति कृषि सहकारी संस्थाको तेस्रो बार्षिक साधारण सभा सोमबार सम्पन्न गरेको छ । ...

  • धामीको खुकुरी प्रहार गरी हत्या 10/21/2013

    दैनिक संवाददाता राजविराज, ३ कात्तिक । झारफुक गर्न गएका एक जना बिरामीले सप्तरीको फत्तेपुरमा धामीको घाँटी रेटी हत्या गरेका छन् ।...

  • म्यादी प्रहरीमा भर्ना हुन आएकी महिलालाई बलात्कार गरेको अभियोगमा तीन पक्राउ 10/18/2013

    दैनिक संवाददाता राजविराज, ३१ असोज । म्यादी प्रहरीमा भर्ना हुन आएकी महिलालाई बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सप्तरीले तीन जनालाई बिहीबार सार्वजनिक गरेको छ । ...

  • नाबालिकालाई जबरजस्ती गर्ने बृद्ध प्रहरी नियन्त्रणमा 10/18/2013

    दैनिक संवाददाता राजविराज, ३१ असोज । यसैगरि राजविराज नगरपालिका ३ निवासी एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा ४५ वर्षिय बयोबृद्धलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ...

  • गोली प्रहारबाट एक गम्भिर 10/18/2013

    दैनिक संवाददाता राजविराज, ३१ असोज । सप्तरीको गोबरगाढा गाविसमा एकजना गोलीप्रहारबाट गम्भिर घाइते भएका छन् । ...

  • अंचल अस्पताल फोहर भएको भन्दै बिरामीद्वारा अनसन 10/17/2013

    दैनिक संवाददाता राजविराज, ३० असोज । राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल अहिले चिकित्सक, कर्मचारी र अस्पताल विकास समितीको लापारवाहीले फोहर र दुर्घन्धित बन्दै गएको छ । ...

  • निर्वाचनको सम्पूर्ण तयारी पुरा ः आयुक्त यादव 10/17/2013

    दैनिक संवाददाता राजविराज, ३० असोज । निर्वाचन आयोगका आयुक्त डा. अयोधी प्रसाद यादवले आसन्न संबिधानसभाको निर्वाचनका लागि मतपत्र छपाई बाहेक सम्पुर्ण तयारी पुरा भईसकेको बताउनुभएको छ । ...

  • साझा प्रकाशनको मूख्य शाखा कार्यालयको उद्घाटन 10/12/2013

    दैनिक संवाददाता राजविराज, २५ असोज । साझा प्रकाशनको मूख्य शाखा कार्यालय राजविराजको शुक्रबार एक कार्यक्रमबीच उद्घाटन भएको छ । साझा प्रकाशनकी अध्यक्ष एवं महाप्रबन्धक ममता झाले सो भवनको उद्घाटन गर्नुभएको हो । ...

  • सद्भावनाका अंसारीले गरे आचार सहिताको उल्लंघन 10/12/2013

    दैनिक संवाददाता राजविराज, २५ असोज । सद्भावना पार्टीको तर्फबाट क्षेत्र नम्बर ३ का उम्मेदवार अनिस अन्सारीले निर्वाचन आचार संहिताको उल्लंघन गरेका छन् ।...

  • विगतको भन्दा यस पटक झण्डै दोब्बर उम्मेदबारले प्रतिस्पर्धा गर्ने 10/11/2013

    दैनिक संवाददाता राजविराज, २४ असोज । आगामी मंसीर ४ गते हुने दोश्रो संबिधानसभा निर्वाचनमा सप्तरीको ६ वटै क्षेत्रमा प्रत्यक्षतर्फ २ सय ५० जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । ...

  • निर्वाचन आचार संहिता र सुरक्षाबारे छलफल 10/11/2013

    दैनिक संवाददाता राजविराज, २४ असोज । आगामी मङ्सिर ४ गते हुने संविधानसभा निर्वाचनको सिलसिलामा बिहीबार उम्मेदबारहरु, सुरक्षा निकाय, प्रमुख जिल्ला अधिकारी र निर्वाचन कार्यालयबीच आचार संहिता र सुरक्षा रणनीतिबारे छलफल सम्पन्न भएको छ । ...

  • सप्तरीमा २ सय ५० जना उम्मेदबार आठ जनाद्वारा उम्मेदवारी फिर्ता, दुईको रद्द 10/10/2013

    दैनिक संवाददाता राजविराज, २३ असोज । निर्वाचन आयोगले बुधवार प्रत्यक्षतर्फका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ ।...

  • बागी उम्मेदवारी दिने का“ग्रेसबाट निष्कासित 10/10/2013

    दैनिक संवाददाता राजविराज, २३ असोज । नेपाली काँग्रेस सप्तरीले पार्टीका उम्मेदवार बिरुद्ध बागी उम्मेदवारी दिएको भन्दै उम्मेदवार र उहाँका प्रस्तावक समर्थकलार्ई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरेको जनाएको छ ।...

  • एक बागि र एक पार्टीका उम्मेदवारसहित सात जनाले लिए उम्मेदवारी फिर्ता 10/9/2013

    दैनिक संवाददाता राजविराज, २२ असोज । आगामी मंसीर ४ गते हुने संबिधानसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ सप्तरीको बिभिन्न क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता गराएका संघीय समाजवादी पार्टीका एक जना, एनेकपा माओवादीबाट बागि उम्मेदबारको रुपमा दर्ता गराएका एकजना र ५ जना स्वतन्त्र गरी सात जनाले उम्मेदवारी फिर्ता लिएका छन् । ...

  • छोटी भन्सार कार्यालय पुर्नस्थापना 10/9/2013

    दैनिक संवाददाता राजविराज, २२ असोज । स्थानियहरुको सक्रियतामा सप्तरीको रामनगर कोदरकट्टीस्थित छोटी भन्सार कार्यालय पुर्नस्थापना गरिएको छ ।...

  • ज्वाला सिंहको जिल्ला कमाण्डर पक्राउ 10/8/2013

    दैनिक संवाददाता राजविराज, २१ असोज । संविधानभा निर्वाचनको मिति नजिकैजाँदा सप्तरीमा अपराधिक प्रवृतीका मानिसहरुको आगमन भइरहेको सूचना पाएपछि प्रहरीले सशस्त्र भूमिगत समूह ज्वाला सिंह नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाका जिल्ला कमाण्डरलाई पक्राउ गरेको छ । ...

  • गणतान्त्रिक र अखण्ड नेपालका दुई जना उम्मेदवारको उम्मेदवारी रद्द 10/8/2013

    दैनिक संवाददाता राजविराज, २१ असोज । संबिधानसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन दत्र्ता गराएका सप्तरीका दुई जना उम्मेदवारको उम्मेदवारी रद्द गरिएको छ । ...

  • सप्तरीमा चुनाव प्रचारप्रसार तीव्रता उम्मेदवारहरु गाउ“ गाउ“मा 10/8/2013

    दैनिक संवाददाता राजविराज, २१ असोज । आगामी मंसीर ४ गते हुने संविधानसभा निर्वाचनका लागि प्रत्यक्षतर्पmको उम्मेदवारी मनोनयन दत्र्तासँगै सप्तरीमा चुनावको प्रचारप्रसारले तीव्रता पाएको छ ।...

  • जिशिकाले ग¥यो बार्षिक समिक्षा 10/7/2013

    दैनिक संवाददाता राजविराज, २० असोज । जिल्ला विकास समिति सप्तरीले आर्थिक बर्ष २०७०÷०७१ को बार्षिक अभिमुखीकरण कार्यक्रम आईतवार राजविराजमा आयोजना गरेको छ ।...

  • सप्तरीमा सुरक्षा सर्तकर्ता बढाइयो 10/6/2013

    राजविराज÷चुनावी सुरक्षाको दृष्टिकोणले उच्च संबेदनशील जिल्लाको रुपमा समेत रहेको सप्तरीमा सुरक्षा निकायले सुरक्षा सर्तकर्ता बढाएको छ ।...

  • पा“च जना बागी उम्मेदबार 10/5/2013

    दैनिक संवाददाता राजविराज, १८ असोज । संविधानसभा निर्वाचनका लागि सप्तरीमा स्वतन्त्र उम्मेदबार मध्ये पाँच जनाले पार्टीले टिकट नदिएपछि वागी उम्मेदबारको रुपमा मनोनय दर्ता गराएका छन् । ...

  • सप्तरीमा २ सय ६० जनाद्वारा उम्मेदवारी, ४३ जना स्वतन्त्र 10/5/2013

    दैनिक संवाददाता राजविराज, १८ असोज । आसन्न संबिधानसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न सप्तरीको ६ वटै क्षेत्रबाट २ सय ६० जनाले उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।...

  • प्रहरी दिवसमा एक दर्जन प्रहरी पुरस्कृत, अक्षय कोष स्थापनाको घोषणा 10/5/2013

    दैनिक संवाददाता राजविराज, १८ असोज । ५८ औं प्रहरी सेवा दिवसको अवसरमा सगरमाथा अञ्चल प्रहरी कार्यालय राजविराजले आफ्ना माहतको प्रहरी कार्यालयहरुमा रहेर उत्कृष्ट काम गर्ने एक जना प्रहरी प्रहरी हवल्दार र दश जना प्रहरी जवानहरुलाई पुरस्कृत गरेको छ । ...

  • सप्तरीमा २ सय ५५ जनाले गराए मनोनयन दर्ता 10/4/2013

    दैनिक संवाददाता राजविराज, १७ असोज । आगामी मंसीर ४ गते हुने संबिधानसभाको निर्वाचनका लागि सप्तरीको ६ बटै क्षेत्रमा बिभिन्न दल तथा स्वतन्त्र गरी अढाई सयभन्दा बढीले मनोनयन दर्ता गराएका छन् ।...

  • सहमतिपछि संघर्ष समितिको आन्दोलन स्थगित 10/4/2013

    दैनिक संवाददाता राजविराज, १७ असोज । स्थानीय निकायको कर्मचारीहरुको विभिन्न माँगहरु समयमै पुरा गराउन सम्बन्धित निकायमा गई पहल गर्न ६ सदस्यीय प्रतिनिधी मण्डल गठन गर्ने सहितका सहमति भएपछि बिगत एक महिनादेखि आन्दोलनरत स्थानिय निकाय कर्मचारी संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । ...

  • चार जनाले बुझाए हतियार 10/3/2013

    दैनिक संवाददाता राजविराज, १६ असोज । आसन्न संविधानसभाको निर्वाचनलाई मध्य नजर राखि सप्तरी प्रहरीले जारि गरेको सूचनाका अनुसार सप्तरीका चार जनाले इजाजत प्राप्त हतियार बुझाएका छन् । ...

  • निर्वाचन क्षेत्र भित्र हतियार निषेध 10/3/2013

    दैनिक संवाददाता राजविराज, १६ असोज । जिल्ला प्रहरी कार्यालय सप्तरीले असोज १७ गतेदेखी मंसिर ११ गतेसम्म निर्वाचन क्षेत्र भित्र हातहतियार प्रवेश गर्नेमाथी रोक लगाएको छ । ...

  • सप्तरी क्षेत्र नम्बर २ बाट फोरम अध्यक्ष यादव चुनाव नलड्ने 10/2/2013

    दैनिक संवाददाता राजविराज, १५ असोज । मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आगामी मंसिर ४ गते हुने संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नं. २ बाट नलड्ने भएको छ ।...

  • हत्याका आरोपीहरु कारागार चलान 10/2/2013

    दैनिक संवाददाता राजविराज, १५ असोज । कृष्ण अष्टमीको दिन साँझ मेला हेर्न आएका सप्तरीको इटहरी विष्णुपुर १ निवासी अनिल मण्डललाई छुरा प्रहार गरि हत्या गरेको आरोपमा पक्राउ परेका ६ जना मध्ये ३ जनालाई जिल्ला अदालत राजविराजले पुर्पक्षका लागि राजविराज करागार चलान गरेको छ । ...

  • सप्तरीको ६ वटै क्षेत्रबाट का“गे्रस, एमाले र फोरम नेपालको उम्मेदवार चयन 10/1/2013

    दैनिक संवादादता राजविराज १४ असोज । आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनका लागि सप्तरीको ६ वटै क्षेत्रबाट नेपाली काँग्रेस, नेकपा एमाले, मधेशी जनअधिकार फोरम नेपालको उम्मेदबारहरुको नाम लगभग चयन भएको छ । ...

  • उम्मेदबार चयनप्रति एमाले जिल्ला उपाध्यक्षको आपत्ति 10/1/2013

    दैनिक संवादादता राजविराज १४ असोज । नेकपा एमाले सप्तरीका उपाध्यक्ष अब्दुल मजिद साकिरले आगामी मंसिर ४ गते हुने संविधानसभा निर्वाचनका लागि केन्द्रिय कमिटिले सप्तरीबाट पठाइएको उम्मेदबारहरुको नामलाई वेवास्ता गरि आफ्नै मनमानीले उम्मेदबार चयन गरेको प्रति आपत्ति ब्यक्त गर्नुभएको छ । ...