• एमाले नेता नेपालबाट गरिने स्वास्थ्य शिविर उद्घाटन कार्यक्रमको बजार समिति र मधेशी मोर्चाबाट प्रतिकार गर्ने निर्णय 12/30/2016

    दैनिक समाचारदाता राजविराज, १४ पुस । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबाट शुक्रबार सप्तरीको खरचुहिया बजारमा स्वास्थ्य शिविरको उद्घाटन गर्ने कार्यक्रमको बजार समिति खरचुहियाले प्रतिकार गर्ने निर्णय गरेको छ । ....

  • गोविन्दपुर पहिलो बालविवाहमुक्त वडा घोषणा 12/30/2016

    दैनिक समाचारदाता राजविराज, १४ पुस । सप्तरीको छिन्नमस्ता गाविसस्थित एउटा वडा जिल्लाकै पहिलो बालविवाहमुक्त वडा घोषणा गरिएको छ । छिन्नमस्ता ४ गोविन्दपुरमा बुधबार आयोजित एक कार्यक्रममा उक्त वडालाई बालबिवाहमुक्त वडा घोषणा गएिको हो । ....

  • सबल नेपालको बार्षिक समिक्षा सम्पन्न 12/30/2016

    दैनिक समाचारदाता राजविराज, १४ पुस । सप्तरीको कुशहा गाविसमा एक कार्यक्रमबीच सेभ द चिल्ड्रेनसँगको सहकार्यमा सबल नेपालद्वारा संचालित स्पोन्सरसिप कार्यक्रम अन्र्तगत बर्ष २०१६ मा गरिएका गतिबिधिहरुको बिहीबार बार्षिक समिक्षा गरिएको छ । .....

  • एम्नेष्टीले बैदेशिक रोजगारीमा ठगिएकाहरु बारे पहल गर्ने 12/29/2016

    दैनिक समाचारदाता राजविराज, १३ पुस । एम्नेष्टी इन्टरनेशनल नेपालले बैदेशिक रोजगारमा गएका आफन्तजन तथा पीडितहरुसँग विभिन्न समस्याप्रति परामर्श गरि आवश्यक पहल गर्ने जनाएको छ । एम्नेष्टी इन्टरनेशनल नेपालको बुधबार राजविराजमा आयोजना गरेको “बैदेशिक रोजगारको चुनौती र हाम्रो भूमिका” विषयक अन्तरक्रियामा सो पहल गर्ने जनाएको हो । .....

  • नयाँ १४ किर्तिमानसहित भारत्तोलन सम्पन्न सेना प्रथम, प्रहरी दोश्रो र पूर्वाञ्चल तेश्रो 12/29/2016

    दैनिक समाचारदाता राजविराज, १३ पुस । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राजविराजमा संचालित पुरुष तथा महिला भारत्तोलनमा १४ वटा नयाँ किर्तिमान कायम गर्दै बुधबार सम्पन्न भएको छ । प्रतियोगिताका क्रममा विभिन्न तौल समुहमा गरी १४ वटा नयाँ किर्तिमान कायम भएको भारत्तोलन संघका केन्द्रिय सचिव तिलक वहादुर राउतले जानकारी दिनुभयो ।....

  • सेनाको दुई र प्रहरीको एक किर्तिमान स्वर्ण, मध्य पश्चिमाञ्चलको एक स्वर्ण 12/27/2016

    दैनिक समाचारदाता राजविराज, ११ पुस । सातौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राजविराजमा सञ्चालन भइरहेको भारोत्तोलन प्रतियोगितामा सोमबार सेनाले दुई र नेपाल प्रहरीले एक किर्तिमान स्वर्ण पदक हात पारेका छन् । यस्तै मध्य पश्चिमाञ्चलले समेत एक स्वर्ण हात पार्न सफल भएको छ । .....

  • लौनियाँ पूर्ण सतप्रतिशत विद्यालय भर्ना घोषणा गाविस 12/27/2016

    दैनिक समाचारदाता राजविराज, ११ पुस । “शिक्षा पाउन सम्पुर्ण बालबालिकाको नैसार्गीङ्क अधिकार हा”े भन्ने नाराका साथ सोमबार सप्तरीको लौनिया गाविसलाई पूर्ण सत प्रतिशत बिद्यालय भर्ना घोषणा गरिएको छ । ....

  • राष्ट्रिय भारत्तोलन प्रतियोगिता सुरु पूर्वाञ्चल र सेनालाई स्वर्ण 12/26/2016

    दैनिक समाचारदाता राजविराज, १० पुस । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत राजविराजमा आइतबारदेखी राष्ट्रिय पुरुष तथा महिला भारत्तोलन प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन महिला र पुरुष दुवैतर्फ सम्पन्न एक एक खेलमा पूर्वाञ्चल र नेपाली सेनाले एक एक स्वर्ण पदक हासिल गरेको छ । ....

  • हात्तीले कुल्चेर एकको मृत्यु 12/26/2016

    दैनिक समाचारदाता राजविराज, १० पुस । जंगली हात्तीको आक्रमणबाट शनिबार राती सप्तरीमा एक किसानको मृत्यु भएको छ । राती घरमा सुतिरहेको अवस्थामा जिल्लाको भारदह गाविस ९ स्थित भलुवा टोलका ५५ वर्षिय रघुनाथ खंगलाई कोसी टप्पु वन्य जन्तु आरक्षबाट आएका दुईवटा जंगली हात्तीले कुल्चेर मारेको प्रहरीले जनाएको छ । ....

  • सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा सुरु 12/24/2016

    दैनिक समाचारदाता राजविराज, ८ पुस । पटक पटक स्थगित हुदै आएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता शुक्रबारदेखी पूर्वाञ्चलमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन विराटनगरस्थित शहिद रंगशालामा भएको छ भने समापन धरानस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को खेल मैदानमा हुनेछ । .....

  • एमाले उत्पीडित समुदायको अधिकार बिरुद्ध लागेको समाजवादी फोरमका वरिष्ठ नेता राईको आरोप 12/24/2016

    दैनिक समाचारदाता राजविराज, ८ पुस । संघीय समाजवादी फोरम नेपालका बरिष्ठ नेता अशोक राईले एमालेले संसद अवरुद्ध गरेर मधेशी, आदिवासी, थारु, मुस्लिम लगायतका उत्पीडित समुदायको अधिकार बिरुद्ध लागेको आरोप लगाउँनुभएको छ ।....

  • हुनै लागेको बालविवाह रोकिए 12/24/2016

    दैनिक समाचारदाता राजविराज, ८ पुस । सप्तरीमा शुक्रबार हुँदै गरेको एक बालविवाह महिला बालबालिका सेवा केन्द्र र इन्सेकको पहलमा रोकिएको छ । जिल्लाको देउरी भरुवा गाविस ५ की १५ वर्षीया बालिका र सुनसरी अर्नामा गाविसका २० वर्षीय मो. आरिफ मन्सुरीबीच हुन लागेको सो बालविवाह रोकिएको हो । ....

  • राष्ट्रिय भारत्तोलन खेलको सम्पूर्ण तयारी पुरा 12/23/2016

    दैनिक समाचारदाता राजविराज, ७ पुस । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत सप्तरीमा पुस १० देखी १३ गतेसम्म हुने भारत्तोलन खेलको सम्पूर्ण तयारी पुरा भएको छ । भारत्तोलन संघ सप्तरी र सप्तरी जिल्ला खेलकुद विकास समितिले संयुक्त रुपमा बिहीबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी दएको हो । ....

  • विभिन्न १० बुँदे माग राख्दै संघसंस्थाद्वारा प्रधानमन्त्रीलाई ज्ञापन 12/23/2016

    दैनिक समाचारदाता राजविराज, ७ पुस । सप्तरीका विभिन्न संघ संस्थाहरुले नगरको विकास तथा सो कार्यमा व्यापक अनियमितता भएको भन्दै बिहिबार विभिन्न १० बुँदे माँग सहित जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएका छन ।....

  • राज्यबाट पाउने सेवा सुविधा नपाउँदा एकै परिवारका पाँच अपाङता भएका व्यक्ति बिचल्लीमा 12/22/2016

    दैनिक समाचारदाता राजविराज, ६ पुस । सप्तरीको गम्हरीया प्रवाहा गाबिस वडा न. ४ पटी टोलका एकै परिवारका पाँच जना अपाङ्गहरुले सरकारबाट पाउने सेवा र सुबिधा नपाउँदा बिचल्लीमा परेका छन । एउटै परिवारका दुई दाजु भाई, उनका बहिनी, श्रीमति र छोरा सहित पाँच जना अपाङ्ग रहेका छन । तर, ती अपाङ्गहरुले राज्यबाट पाउनुपर्ने सेवा र सुविधाहरु अझै पाउन नसक्दा उनीहरुको बिच्चली भएको छ । ....

  • व्यावसायिक कृषकको छनोटमा आर्थिक अनियमितता भएको भन्दै अख्तियारद्वारा छानबिन 12/22/2016

    दैनिक समाचारदाता राजविराज, ६ पुस । कृषि मन्त्रालयअन्तर्गत रहेको व्यावसायिक कृषि परियोजना (प्याक्ट)द्वारा पूर्वाञ्चलको चारवटा जिल्लामा व्यावसायिक कृषकको छनोटमा आर्थिक अनियमितता भएको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ । ....

  • संविधान संशोधन बिना चुनाव हुन सक्दैन् ः तमसपा अध्यक्ष यादव 12/21/2016

    दैनिक समाचारदाता राजविराज, ५ पुस । तराई मधेश सद्भावना पार्टी (तमसपा) का अध्यक्ष महेन्द्र राय यादवले संविधान संशोधन बिना चुनाव हुन नसक्ने बताउनु भएको छ । ....

  • गाविस सचिव बिरुद्ध बभनगामाकट्टीका स्थानियद्वारा जिविसमा उजुरी 12/21/2016

    दैनिक समाचारदाता राजविराज, ५ पुस । सप्तरीको बभनगामाकट्टी गाविसका जनताहरुले सचिव गाविस जाने नगरेको र विकासीय बजेटहरु समेत पारदर्शी नगरेको भन्दै मंगलबार जिल्ला विकास समिति सप्तरीमा उजुरी दिएका छन् ।....

  • सप्तरीमा जिल्ला शिक्षा योजना बन्ने 12/21/2016

    दैनिक समाचारदाता राजविराज, ५ पुस । शिक्षालाई प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले सप्तरीमा जिल्ला शिक्षा योजना बन्ने भएको छ । आसमान नेपालको सहकार्यमा जिल्ला शिक्षा कार्यालय सप्तरीको मंगलबार बसेको बैठकले जिल्ला शिक्षा योजना बनाउने निर्णय गरेको हो । ....

  • २५ जना तेश्रोलिंगीबाट फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता 12/20/2016

    दैनिक समाचारदाता राजविराज, ४ पुस । जिल्ला निर्वाचन कार्यालय सप्तरीले फोटो सहितको मतदाता नामावली तथा अद्यावधिक कार्यक्रम पुस १० गतेदेखी सप्तरी जिल्ला भरि संचालन गर्न लागेको छ । सोही कार्यक्रमको जानकारी दिने उद्देश्यले निर्वाचन कार्यालय सप्तरीले सोमबार राजविराजमा सरोकारवालाहरुसँगको अन्तरक्रिया समेत गरेको छ । ....

  • जिल्लाका राजनीतिक दल र सांसदले बजेटको ब्रहमलुट गर्दैछन् ः एलडिओ 12/19/2016

    दैनिक समाचारदाता राजविराज, ३ पुस । स्थानीय विकास अधिकारी सुदेव पोखरेलले सप्तरीका राजनीतिक दल तथा सांसदहरुमाथी आक्रमक शैलीमा जिल्लाको बजेटमाथी ब्रहमलुट गरिरहेको आरोप लगाउनुभएको छ । साथै उहाँले जिल्लाका पत्रकारले समेत त्यस्ता कार्यको समर्थन गर्दै ब्रहमलुट बारे “टोनिक” भेटेपनि कलम नचलाएको आरोप लगाउनु भयो । ....

  • अन्तराष्ट्रिय आप्रवासि कामदार दिवस सम्पन्न 12/19/2016

    दैनिक समाचारदाता राजविराज, ३ पुस । सामी हेल्भेटास नेपालको सहयोगमा सबल नेपाल राजबिराजद्धारा संचालित बैदेशिक रोजगार सम्बन्धि “सुरक्षित बैदेशिक रोजगारको प्रतिबद्धताः हामी सवैको एक्यबद्धता” भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस २०१६ आइतबार सम्पन्न भएको छ ।....

  • सप्तरीका ३७ प्रतिशत जनता कुपोषित 12/18/2016

    नवीनकुमार गुप्ता राजविराज÷नेपालको पूर्व क्षेत्रको पाँच जिल्ला मध्ये सप्तरी जिल्ला कुपोषणमा अगाडी देखिएको छ । पूर्वको झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीको कुल जनसंख्याको ३७ प्रतिशत जनता कुपोषित छन् । जस मध्ये सप्तरीमा कुल जनसंख्याको ३७ प्रतिशत जनता कुपोषणको शिकार भएका छन् ।....

  • ६ बुँदे घोषणा पत्र जारी गर्दै महिला शिक्षक भेला सम्पन्न 12/18/2016

    राजविराज÷६ बुँदे घोषणा पत्र जारी गर्दै सप्तरीमा पहिलो पटक महिला शिक्षकहरुको भेला राजविराजमा शनिबार सम्पन्न भएको छ । ....

  • जिल्लामा पहिलो पटक महिला शिक्षकहरुको भेला सुरु 12/17/2016

    दैनिक समाचारदाता राजविराज, १ पुस । सप्तरीमा पहिलो पटक महिला शिक्षकहरुको भेला राजविराजमा शुक्रबारदेखी सुरु भएको छ । जिल्ला शिक्षा कार्यालय सप्तरीको आयोजनामा तथा सेभ द चिल्ड्रेनको सहयोगमा उक्त दुई दिने महिला शिक्षकहरुको भेला सुरु भएको हो । ....

  • उपप्राध्यापक गुप्ताको दुई पुस्तक विमोचित 12/17/2016

    दैनिक समाचारदाता राजविराज, १ पुस । महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसका उपप्राध्यापक सुरेन्द्र गुप्ताद्वारा लिखित दुई पुस्तकको शुक्रबार एक कार्यक्रम बीच विमोचन गरिएको छ । उपप्राध्यापक गुप्ताको दुई पुस्तक “व्यावहारीक हिन्दी पत्रकारिता” र “हिन्दी के मुहावरे तथा लोकोक्तियाँ” पुस्तकको विमोचन गरिएको हो । ...

  • ८ वर्षिय बालकको अपहरणपछि हत्या, तीन पक्राउ 12/16/2016

    दैनिक समाचारदाता राजविराज, ३० मंसिर । सप्तरीका एक ८ वर्षिय बालकको अपहरणपछि हत्या गरिएको प्रहरीले जनाएको छ । हत्या भएको २० दिनपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले बालकको शव शौचालयको सेप्mटी ट्याङकबाट बरामद गरेकोपछि विहीबार पत्रकार सम्मेलनको आयोजना गरि सो घटना बारे सार्वजनिक गरेको हो ।....

  • न्यानो कपडा र आगो बाल्ने दाउराको उचित प्रबन्ध गर्न माग 12/16/2016

    दैनिक समाचारदाता राजविराज, ३० मंसिर । संघीय समाजवादी फोरम नेपाल तराई मधेश प्रदेश तदर्थ समितिका मुख्य सचिव शम्भु झाले शीतलहर बढेसँगै तराई मधेशका विपन्न बस्तीमा अहिले न्यानो कपडाको अभावका कारण सर्वसाधारण घुरको सहारामा जाडोसँग लड्न बाध्य भएको बताउनु भएको छ । ....

  • बैदेशिक रोजगारीमा जाने ५० जनाले लिए निशुल्क सीप तालिम 12/16/2016

    दैनिक समाचारदाता राजविराज, ३० मंसिर । सप्तरीमा विगत तिन वर्षमा बैदेशिक रोजगारका लागि जाने ५० जना व्यक्तिहरुले निशुल्क सीप तालिम लिएका छन् । सुरक्षित बैदेशिक रोजगार सम्बन्धी सरोकारवालाहरुसँग समन्वय बैठकमा सो कुराको जानकारी दिइएको छ । ....

  • स्थानीय निर्वाचनको मिति घोषणा हुन्छ ः प्रधानमन्त्री दाहाल 12/15/2016

    दैनिक समाचारदाता सिरहा, २९ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले अबको केही दिनभित्रै स्थानीय निर्वाचनको मिति घोषणा हुने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल सिरहाद्वारा बुधबार लहानमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यसबारे तीन दलबीच गम्भीर रुपमा छलफल भइरहेकोले छिट्टै सहमतिमा निर्वाचनको मिति घोषणा हुने बताउनुभयो ।....

  • छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु 12/15/2016

    दैनिक समाचारदाता राजविराज, २९ मंसिर । सप्तरी, सुनसरी र झापामा भएको छुट्टाछुट्टै दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । सप्तरीको कंचनपुरमा मंगलबार मोटरसाइकल र साइकल ठोक्किंदा मोटरसाइकल पछाडी सवार एक जनाको मृत्यु भएको छ भने साइकलयात्रीसहित अन्य दुई जना घाइते भएका छन् । ....

  • मानवअधिकार उल्लंघनका घटनामा बृद्धि ः इन्सेक सप्तरी 12/14/2016

    दैनिक समाचारदाता राजविराज, २८ मंसिर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीले जिल्लामा पछिल्लो समय मानवअधिकार उल्लंघनका घटनामा बृद्धि भएको जनाएको छ । इन्सेक सप्तरीका प्रतिनिधी मनोहर पोखरेलले मंगलबार वर्ष पुस्तकको पूर्व समिक्षा र जिल्लाको मानवअधिकारको अवस्था विषयक छलफलमा सार्वजनिक गर्नुभएको प्रतिवेदन अनुसार सप्तरीमा पछिल्लो एक वर्षमा तीन सय ७९ वटा मानवअधिकार हनन्को भएको उल्लेख छ ।.....

  • चिसो बढेसँगै धुनियाहरुलाई सिरक डस्ना बनाउन भ्याई नभ्याई 12/14/2016

    दैनिक समाचारदाता राजविराज, २८ मंसिर । मौसम परिवर्तनसँगै विगत एक सातादेखी वढेको चिसो, शीतलहर र हुस्सुका कारण सप्तरीको जनजीवन कष्टकर वनेको छ । ....

  • गुणस्तरिय तथा समावेशी शिक्षाको लागि महिला शिक्षकहरुको भेला हुने 12/13/2016

    दैनिक समाचारदाता राजविराज, २७ मंसिर । जिल्ला शिक्षा कार्यालय सप्तरीको आयोजना तथा सेभ द चिल्डे«नको सहयोगमा आगामी पुस १ र २ गते सप्तरीमा गुणस्तरिय तथा समावेशी शिक्षाको लागि महिला शिक्षकहरुको भेला हुने भएको छ । ....

  • अनशनको १७ औं दिन तिवारीको समर्थनमा दिनहुँ प्रदर्शन 12/10/2016

    दैनिक समाचारदाता राजविराज, २४ मंसिर । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल सुधारको माग गर्दै विगत १७ दिनदेखि अनशनरत नेपाल सदभावना पार्टी (गजेन्द्रवादी) का केन्द्रिय अध्यक्ष विकास तिवारीको समर्थनमा दिनहुँ प्रदर्शन भइरहेको छ । ....

  • क्षेत्रीय भारत्तोलन सुरु, आमा प्रथम छोरी दोश्रो 12/10/2016

    दैनिक समाचारदाता राजविराज, २४ मंसिर । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि राजविराजमा शुक्रवारदेखि पुर्वाञ्चल क्षेत्रीय भारत्तोलन प्रतियोगिता सुरु भएको छ । शुक्रबार सम्पन्न महिलातर्फको खेलमा आमा छोरी सहभागि भई उत्कृष्ट प्रदर्शन गरेका छन् ।.....

  • सिँचाई मँत्री गिरीद्वारा खाडो नदी नियन्त्रण आयोजनाको उद्घाटन 12/10/2016

    दैनिक समाचारदाता राजविराज, २४ मंसिर । सिंचाईमन्त्री दिपक गिरीले जल उत्पन्न प्रकोप ब्यवस्थापन विभाग अन्र्तगत सप्तरी जिल्लामा स्थापना गरिएको खाडो नदी नियन्त्रण आयोजनाको शुक्रबार राजविराजमा उद्घाटन गर्नुभएको छ । ....

  • बस दुर्घटनामा चारको मृत्यु 12/10/2016

    दैनिक समाचारदाता उदयपुर, २४ मंसिर । उदयपुर जिल्लाको लेखानी गाविस ५ भदौरे भन्ने स्थानमा शुक्रबार विहान बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । ....

  • विधेयक परिमार्जन गरेर पारित गरिएपनि मधेशीको आंशिक माग मात्र पूरा हुने ः अध्यक्ष झा 12/9/2016

    दैनिक समाचारदाता राजविराज, २३ मंसिर । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले संसदमा दर्ता गरिएको गरिएको संविधान सशंोधन विधेयक परिमार्जन गरेर पारित गर्नुपर्ने बताउनु भएको छ । नेपाल सद्भावना पार्टी सप्तरी जिल्ला कार्य समिति सप्तरीको बिस्तारित बैठक अघि बिहीबार गरिएको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनु भएको हो । ....

  • डा. गोविन्द केसीको नेतृत्वमा उच्चस्तरीय समिति निर्माणको माग राष्ट्रपति भण्डारी र पूर्व प्रधानमन्त्री डा. भट्टराईबाट चासो व्यक्त 12/8/2016

    दैनिक समाचारदाता राजविराज, २२ मंसिर । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सुधारको माग गर्दै विगत १५ दिनदेखि आमरण अनसनमा बस्नु भएका नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकास तिवारीले डा. गोविन्द केसीको नेतृत्वमा एक उच्चस्तरीय समिति निर्माण हुनु पर्ने माग अघि सार्नु भएको छ । ....

  • तिवारीको मागप्रति बौद्धिक व्यक्तित्व एवं अधिकारकर्मीद्वारा ऐक्यबद्धता 12/8/2016

    दैनिक समाचारदाता राजविराज, २२ मंसिर । विभिन्न बौद्धिक व्यक्ति तथा अधिकारकर्मी सि.के. लाल, दमननाथ ढुंगाना, खगेन्द्र संग्रौला, पदम रत्न तुलाधर, विजय कान्त कर्ण, डा. भाष्कर गौतम, रुपा झा, रिता साह, दिपेन्द्र झा, दिग्विजय मिश्रा र तुला नारायण साहले एक संयुक्त विज्ञप्ति जारि गर्दै तिवारीकोे दिनप्रतिदिन बिग्रिदै गएको स्वास्थ्य अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जायज मागप्रति ऐक्यवद्धता रहेको जनाइएको छ । ....

  • मानवअधिकार आयोगद्वारा तिवारीको जीवन रक्षा गर्न सरकारलाई ध्यानाकर्षण 12/8/2016

    दैनिक समाचारदाता राजविराज, २२ मंसिर । राष्ट्रिय मानवअधिकार आयोगले स्वास्थ्य क्षेत्रको समग्र सुधारको माग राख्दै १५ दिनदेखि आमरण अनसनरत विकास तिवारीको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।...

  • प्रहरी प्रमुखको आत्मलोचनापछि पत्रकारको आन्दोलन स्थगित 12/7/2016

    दैनिक समाचारदाता राजविराज, २१ मंसिर । विगत ११ दिनदेखी आन्दोलनमा रहेका सप्तरीका पत्रकारहरु मंगलबारदेखी आन्दोलनलाई स्थगित गरेका छन् । सप्तरीका प्रहरी प्रमुख एसपी दिवेश लोहनीले राजविराजस्थित नेपाल पत्रकार महासंघको सभाहलमा गएर आत्मलोचना गर्दै घटनाबाट दुःखी भएको बताएपछि नेपाल पत्रकार महासंघ शाखा सप्तरीको बृहत बैठकले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित भएको जनाएको छ । ....

  • “घर फुसको तर, चर्पी पक्कीको” 12/7/2016

    दैनिक समाचारदाता राजविराज, २१ मंसिर । खुल्ला दिसा मुक्त अभियान अन्तरगत सप्तरीको पातो गाविसमा अधिकांश स्थानियले घरको अवस्था दयनिय रहे पनि चर्पी भने पक्कीको निर्माण गरेका छन् । ....

  • पत्रकारको आन्दोलनप्रति बिभिन्न पेशागत संघ–संगठनका पदाधिकारी एवं राजनीतिक दलका नेताहरुद्वारा ऐक्यबद्वता 12/6/2016

    दैनिक समाचारदाता राजविराज, २० मंसिर । सप्तरीका पत्रकारहरुद्वारा थालिएको आन्दोलनप्र्रति बिभिन्न पेशागत संघ–संगठनका पदाधिकारी एवं राजनीतिक दलका नेताहरुले ऐक्यबद्वता जनाएका छन् । योग गुरु रामदेव सप्तरीको छिन्नमस्ता आउँदा गत मंसिर ११ गते एसपी दिवेश लोहनीले सप्तरीका पत्रकार चन्दन यादवलाई कुट्दै अन्य पत्रकारहरुसँग दुव्र्यबहार गरेका थिए ।....

  • पार्टीको गतिविधिलाई निषेध गर्न खोज्नु निरंकुशताको पराकाष्टा भएको एमाले सप्तरीको ठहर 12/6/2016

    दैनिक समाचारदाता राजविराज, २० मंसिर । मधेशी मोर्चा सप्तरीको नाममा केही मधेशवादी दलहरुले नेकपा एमालेको सप्तरी जिल्लामा कुनै पनि गतिविधी गर्न नदिने निर्णय गरेकोप्रति सो पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । ....

  • एसपी विरुद्ध पत्रकारहरुद्धारा दिउँसै मैनबत्ति जुलुस प्रदर्शन 12/5/2016

    दैनिक समाचारदाता राजविराज, १९ मंसिर । जिल्ला प्रहरी कायाृलय सप्तरीका प्रमुख दिवेश लोहनीको सरुवाको माँग गर्दै आईतबार राजविराजमा दिउँसै पत्रकारहरुले मैनबत्ति जुलुस प्रदर्शन गरेको छ ।...

  • एमालेको कार्यक्रम सप्तरीमा मधेशी मोर्चाले बिथोलिने 12/5/2016

    दैनिक समाचारदाता राजविराज, १९ मंसिर । मधेश विरोधीको रुपमा आफुलाई अघि सारेको नेकपा एमाले पार्टीको जुनसुकै कार्यक्रमलाई सप्तरीमा निषेध गर्ने संयुक्त लोकतान्त्रीक मधेशी मोर्चा सप्तरीले जनाएको छ ।....

  • पत्रकारको बिरोध जारि आज मैनबत्ति र लालटेन जुलुस 12/4/2016

    राजविराज÷पत्रकारलाई कुटपिट गर्ने सप्तरीका प्रहरी प्रमुखको सरुवा माग गर्दै नेपाल पत्रकार महासंघ सप्तरी शाखाले पनि बिरोध प्रदर्शन गरेको छ । सप्तरीका नयाँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिवेश लोहनीले मंसिर ११ गते योगगुरु रामदेवको समाचार संकलन गर्न जिल्लाको छिन्नमस्ता मन्दिर पुगेका पत्रकार चन्दन यादव र अरुण यादवलाई हातपात गर्दै दुव्र्यबहार गरेको घटनाको बिरोधमा सप्तरीका संचारकर्मीहरु आन्दोलित हुँदै बिरोधमा उत्रेका हुन् ।....

  • तिवारीको अनसनप्रति मोर्चाको ध्यानाकर्षण 12/4/2016

    राजविराज÷अस्पताल सुधारको माग गर्दै विगत ११ औं दिनदेखी आमरण अनसनमा बस्नु भएका नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास तिवारीको अवस्था गम्भिर बन्दै गइरहेकोप्रति संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीको ध्यानाकर्षण भएको छ । ....

  • मो. इस्लामको अध्यक्षतमा मुलनिवासी मुक्ति पार्टीको घोषणा 12/4/2016

    राजविराज÷आममुल निवासी मुक्ति मोर्चाको नाममा राजनीति गर्दै आएका मो. इस्लामको अध्यक्षतामा “मुलनिवासी मुक्ति पार्टी” घोषणा गरिएको छ । राजविराजमा शनिवार आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका नेताहरुले निर्वाचन आयोगमा पार्टी दत्र्ता प्रक्रिया पुरा भईसकेको बताएका छन् ।...

  • एसपीलाई कारवाहीको माग गर्दै पत्रकारद्वारा प्रदर्शन 12/3/2016

    दैनिक समाचारदाता राजविराज, १७ मंसिर । पत्रकारलाई कुटपिट गर्ने सप्तरीका प्रहरी प्रमुखको सरुवा माग गर्दै नेपाल पत्रकार महासंघ सप्तरी शाखा आन्दोलनमा उत्रेको छ । सप्तरीका नयाँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिवेश लोहनीले मंसिर ११ गते योगगुरु रामदेवको समाचार संकलन गर्न जिल्लाको छिन्नमस्ता मन्दिर पुगेका पत्रकार चन्दन यादव र अरुण यादवलाई हातपात गर्दै दुव्र्यबहार गरेको घटनाको बिरोधमा सप्तरीका संचारकर्मीहरु आन्दोलित भएका हुन् । ....

  • तिवारीद्वारा १० औं दिन पनि आमरण अनसनलाई निरन्तरता 12/3/2016

    दैनिक समाचारदाता राजविराज, १७ मंसिर । अस्पताल सुधारको माग गर्दै शुक्रबार १० औं दिन पनि नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास तिवारीले अनसनलाई निरन्तरता दिनु भएको छ ।....

  • झापा र कंचनपुर पहाडी प्रदेशमा र चितवन केन्द्र शासित हुनुपर्छ ः अध्यक्ष गिरी 12/3/2016

    दैनिक समाचारदाता राजविराज, १७ मंसिर । नेपाल सद्भावना पार्टीकी राष्ट्रिय अध्यक्ष सरिता गिरीले दक्षिणीलाई प्रभाव पार्ने गरि संसदमा संविधान संशोधन विधेयक दर्ता भएको आरोप लगाउनु भएको छ । जिल्ला कार्य समिति सप्तरीले शुक्रबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो आरोप लगाउँदै अध्यक्ष गिरीले विधेयक दर्ताले मधेशको समस्या समाधान नहुने दाबी समेत गर्नुभयो । ...

  • चार सय बोतल कोरेक्ससहित दुई पक्राउ 12/2/2016

    दैनिक समाचारदाता राजविराज, १६ मंसिर । सप्तरी प्रहरीले बिहीबार लागु औषध कोरेक्ससहित दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटेको प्रहरी टोलीले हनुमाननगर योगिनिमाइ नगरपालिका ८ मा चेकजाँच गर्ने क्रममा ४ सय बोतल कोरेक्ससहित दुई जनालाई पक्राउ गरेको हो । ....

  • संशोधन विधेयकले आन्दोलरत पक्षको माग सम्बोधन गरेन ः अध्यक्ष यादव 12/1/2016

    दैनिक समाचारदाता राजविराज, १५ मंसिर । सङ्घीय समाजवादी फोरम नेपालले सरकारले संसद्मा दर्ता भएकोे संविधान संशोधन विधेयकले आन्दोलनरत पक्षको माग सम्बोधन नगरेको बताउनुभएको छ । ...

  • हरिपुर गाविस जिल्लाकै पहिलो “पूर्ण विद्यालय भर्ना” 12/1/2016

    दैनिक समाचारदाता राजविराज, १५ मंसिर । सप्तरीको हरिपुर गाविस जिल्लाकै पहिलो पूर्ण विद्यालय भर्ना घोषणा भएको छ । यसअघि हरिपुर गाविस जिल्लाकै पहिलो खुल्ला दिसा मुक्त क्षेत्र र पूर्ण खोप गाविस घोषणा भइसकेको छ । ...

  • बृहत लाठी जुलुस प्रदर्शन 12/31/2015

    दैनिक संवाददाता राजविराज, १५ पुस । मधेशी मोर्चा सप्तरीले बुधवार राजविराजमा बृहत लाठी जुलुस प्रदर्शन गरेको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार स्थानीय शिव मन्दिर प्राङ्गणबाट निकालिएको जुलुस नगरको विभिन्न भाग परिक्रमा पश्चात् स्थानिय जनआन्दोलन चौकमा बिरोध सभा सम्पन्न गरेको छ । .....

  • ‘मिथिलारत्न’ बाट आचार्य सम्मानित 12/31/2015

    दैनिक संवाददाता राजविराज, १५ पुस । विगत लामो समयदेखि साहित्यिक क्षेत्रमा क्रियाशील नन्दलाल आचार्यलाई नेपाली भाषाको क्षेत्रमा विशिष्ट योगदान पु¥याए वापत भारतको मुम्बईमा ‘मिथिलारत्न’ बाट सम्मानित गरिएको छ ।....

  • पत्रकार यादवकी आमाको अन्त्येष्टि 12/31/2015

    दैनिक संवाददाता राजविराज, १५ पुस । नेपाल सद्भावना पार्टीकी जिल्ला सदस्य समेत रहेकी पत्रकार शुभनारायण यादवकी आमा मुनेश्वरीको पार्थिव शरीरमा बुधबार पार्टीका केन्द्रीय सदस्यद्वय सुरेश कुमार सिंह, जयप्रकाश सिंह, जिल्ला अध्यक्ष सुबी यादव, जिल्ला उपाध्यक्ष अमरनाथ मण्डल, जिल्ला सचिव मनोज झा, सदस्य बिरेन्द्र कुमार यादवलगायतले झण्डा ओढाएका छन् । .....

  • सद्भावना अध्यक्ष महतोको स्वास्थ्यलाभको कामना गर्दै मृत्युञ्जय पाठ 12/30/2015

    दैनिक संवाददाता राजविराज, १४ पुस । प्रहरीको लाठी प्रहारबाट घाइते हुनुभएका सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै मंगलबार राजविराजमा मृत्युञ्जय पाठ गरिएको छ । .....

  • पत्रकार यादवलाई मातृशोक 12/30/2015

    दैनिक संवाददाता राजविराज, १४ पुस । राजविराज दैनिकका संवाददाता एवं नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य पत्रकार शुभनारायण यादवलाई मातृशोक परेको छ । .....

  • “मधेस देश“ को नारा अगाडी बढ्न सक्ने चेतावनी ः वक्ताहरु 12/29/2015

    दैनिक संवाददाता राजविराज, १३ पुस । जारी मधेश आन्दोलनलाई निष्कर्षमा पु¥याई छाड्ने नभए “मधेस देश“ को नारा अगाडी बढ्न सक्ने एक कार्यक्रमका वक्ताहरुले चेतावनी दिएका छन् । मधेशी युवा विद्यार्थी मोर्चा सप्तरीको आयोजनामा सोमबार राजविराजस्थित गजेन्द्र चौकमा आयोजित युवा विद्यार्थी मधेश तहत मुक्ति जनजागरण अभियान अन्तर्गत मधेश क्रान्ति साँस्कृतिक कार्यक्रममा सहभागि अधिकांश बक्ताहरुले सो चेतावनी दिएका हुन् ।.....

  • तपलोपाद्वारा शाहदत परिवारजन सम्मानित 12/29/2015

    दैनिक संवाददाता राजविराज, १३ पुस । तराई मधेश लोकतान्त्रिक पार्टीको ८ औं स्थापना दिवसको अवसरमा सोमबार राजविराजमा आयोजित कार्यक्रममा जारि मधेश आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका परिवारहरुलाई सम्मानित गरिएको छ । ....

  • आगलागिमा एक बालकको मृत्यु 12/29/2015

    दैनिक संवाददाता राजविराज, १३ पुस । सप्तरीको सिम्रहा सिग्यौनमा आईतबार राती आगलागि हुँदा एक जना बालकको मृत्यु भएको छ । ....

  • हतियारसहित दुई पक्राउ 12/29/2015

    दैनिक संवाददाता राजविराज, १३ पुस । सप्तरी प्रहरीले हतियारसहित आइतबार राती दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरीको हर्दिया गाविस वडा नं. ६ बस्ने २३ वर्षिय राम भरोस यादव र सोही स्थान निवासी २० वर्षिय सुशिल खपाङ्गी मगर रहेका छन् । ....

  • महतोमाथी भएको प्रहरी दमनको चर्को बिरोध जिल्ला प्रशासन कार्यालयको समेत कामकाज बन्द 12/28/2015

    दैनिक संवाददाता राजविराज, १२ पुस । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमाथि शनिबार बिराटनगरस्थित रानी नाकामा धर्ना बसेका क्रममा प्रहरीबाट सांघातिक आक्रमण भएको विरोधमा आइतबार बिहानैदेखि सप्तरीको विभिन्न स्थानमा चर्को बिरोध प्रदर्शन भएको छ ।.....

  • गठबन्धनले “भैंसी”लाई नौं सूत्रिय माग बुझायो 12/28/2015

    दैनिक संवाददाता राजविराज, १२ पुस । संघीय समावेशी मधेसी गठबन्धनले सरकारी रवैया बिरुद्ध आइतबार राजविराजमा भैंसीलाई ज्ञापन पत्र बुझाएको छ । स्थानिय शिव मन्दिरको प्राङ्गणमा गठबन्धनका तर्फबाट राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डलले भैसी अगाडी सो ज्ञापन पढेर सुनाउनु भएको थियो । .....

  • अध्यक्ष महतोमाथी प्रहरीले गरेको दमनको गजेन्द्रवादीद्वारा बिरोध 12/28/2015

    दैनिक संवाददाता राजविराज, १२ पुस । रानी नाकामा शान्तिपूर्ण रुपमा धर्ना बसेका सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो सहितका आन्दोलनकारीहरूमाथि प्रहरीद्वारा गरिएको अन्धाधुन्द लाठी प्रहार तथा अत्यधिक प्रहरी दमनप्रति नेपाल सद्भावना पार्टी गजेन्द्रवादीले ध्यानाकर्षण जनाउँदै घोर भत्र्सना गरेको छ । ....

  • युवा संघको भेलामा मधेशी मोर्चाको अवरोध माघ २ मा प्रधानमन्त्री राजविराज आउने 12/26/2015

    दैनिक संवाददाता राजविराज, १० पुस । नेकपा एमालेका भातृ संगठन युवा संघ सप्तरीले शुक्रवार जिल्लाका विभिन्न स्थानमा राखेको भेलालाई आन्दोलनरत मधेसी मोर्चा सप्तरीले अवरोध पु¥याएको छ । यता अवरोधका बाबजुद पनि संघले आफूहरुको कार्यक्रम सम्पन्न भएको दावी गरेको छ ।....

  • बन्दको अवज्ञा नगर्न मधेशी मोर्चा सप्तरीको आग्रह पत्रकारमाथि प्रहरीले गरेको कुटपिटको मोर्चाद्वारा भत्र्सना 12/26/2015

    दैनिक संवाददाता राजविराज, १० पुस । अधिकार प्राप्तिको निर्णायक मधेश आन्दोलनलाई थप सशक्त बनाउन घोषित कार्यक्रमहरुमा सहयोग तथा सहभागिताका लागि मधेशी मोर्चा सप्तरीले आग्रह गरेको छ ।....

  • पत्रकार झालाई प्रहरीले कुटपिट गरि घाइते बनाएको प्रति विभिन्न संस्थाद्वारा भत्र्सना 12/26/2015

    दैनिक संवाददाता राजविराज, १० पुस । प्रेस युनियनका केन्द्रिय सदस्य एवं कान्तिपुर दैनिकका संवाददाता अवधेश कुमार झालाई बिहीबार बिराटनगरमा आन्दोलनको समाचार संकलन गर्ने क्रममा प्रहरीले गरेको कुटपिट नश्लिय चिन्तन र साम्प्रदायिक सोचले ग्रसित भएको ठहर गरिएको छ । ....

  • मसाल जुलुस प्रदर्शन 12/25/2015

    दैनिक संवाददाता राजविराज, ९ पुस । मधेशी मोर्चाले शुरु गरेको अन्तिम धाक्को रुपमा निर्णायक आन्दोलन अन्तर्गत बिहिबार युवा विद्यार्थी मोर्चाको अगुवाईमा राजविराजमा मसास जुलुस प्रदर्शन गरिएको छ । राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट निकालिएको मसाल जुलुस नगरको विभिन्न भागको परिक्रमा पश्चात जनआन्दोलन चौकमा पुगेर बिरोध सभामा परिणत भएको थियो ।....

  • बैंकहरु सोमबार खुल्ने र पेट्रोलियम पदार्थ शनिबार ल्याउन दिने मोर्चाको निर्णय 12/25/2015

    दैनिक संवाददाता राजविराज, ९ पुस । क्रिसमसको अवसरमा शुक्रबार सरकारी विदा परेकोले मधेशी मोर्चा सप्तरीले साताको एक दिन शुक्रबार बैंकहरु खोल्ने निर्णयलाई परिवर्तन गरि सोमबार बैंक खोल्ने निर्णय गरेको छ । मधेशी मोर्चा सप्तरीका संयोजक कपिलदेव यादवको अध्यक्षतामा सम्पन्न मोर्चाको बैठकले सो निर्णय गरिएको हो । ....

  • यातायात व्यवसायी भन्छन्, “कसैलाई काखा कसैलाई पाखा किन ?” ब्याज, कर तथा जरिवाना मिनहाका लागि मोर्चालाई अनुरोध 12/24/2015

    दैनिक संवाददाता राजविराज, ८ पुस । सप्तरीका यातायात व्यवसायीहरुले मधेशी मोर्चा सप्तरीलाई सम्बोधन गरि सार्वजनिक गरेको विज्ञप्ति मार्फत मधेश आन्दोलनका अवधिभरीको लाग्ने ब्याज, कर तथा जरिवाना मिन्हाको लागि अनुरोध गरेको छ । .....

  • सर्वस्वीकार्य संविधान निर्माण नभएसम्म आन्दोलन नरोकिने ः अध्यक्ष भण्डारी प्रेस काउन्सिल पनि सम्प्रदायिक चिन्तनबाट मुक्त छैन् ः पूर्व संचारमन्त्री यादव 12/24/2015

    दैनिक संवाददाता राजविराज, ८ पुस । संघिय समावेशी मधेसी गठबन्धनका नेता तथा राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले सर्वस्वीकार्य संविधान निर्माण नभएसम्म आन्दोलन नरोकिने बताउनुभएको छ । .....

  • काँग्रेस जिल्ला र क्षेत्रिय समितिले छुट्टाछुट्टै मनायो संस्थापक नेताको जन्म जयन्ति 12/24/2015

    दैनिक संवाददाता राजविराज, ८ पुस । नेपाली काग्रेसका संस्थापक नेता, पुर्व सभापति एवं पुर्व प्रधानमन्त्री स्व.कृष्ण प्रसाद भट्राईको जन्म जयन्तीको अवसरमा बुधबार नेपाली काँग्रेस सप्तरी तथा क्षेत्रिय समितिले छुट्टाछुट्टै जन्म जयन्ती मनाएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति सप्तरीको आयोजनामा पार्टी कार्यालयमा मधेश समस्या र नयाँ संविधान बारेमा छलफल गरि भट्राईको जन्म जयन्ति मनाईएको हो ।.....

  • बिना शर्त मोर्चासँग सहकार्य गर्न तयार ः गठबन्धनका नेताहरु विभद नरोकिए मुलुक बिखण्डन हुने ः अध्यक्ष भण्डारी 12/23/2015

    दैनिक संवाददाता राजविराज, ७ पुस । राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले बिना शर्त मोर्चासँग सहकार्य गर्न तयार रहेको बताउनुभएको छ । मधेशी मोर्चा सप्तरीद्वारा मंगलबार राजविराजस्थित गजेन्द्र चौकमा आयोजित बिरोध सभालाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनु भएको हो । .....

  • प्रशिद्ध कलाकार जिबछ दासद्वारा राजविराजमा काग भेला 12/22/2015

    दैनिक संवाददाता राजविराज, ६ पुस । मधेशमा जारी आन्दोलन साढे चार महिनादेखि बढी समय भईसक्दा पनि मधेशको माग सम्बोधन नभएको भन्दै मिथिलाञ्चलका प्रसिद्ध कलाकार जीबछ दासले सोमबारराजविराजमा ब्यङ्ग स्वरुप काग भेला गरेका छन् । .....

  • रसिद काटेर पेट्रोलियम पदार्थ भित्राउन पाइने 12/22/2015

    दैनिक संवाददाता राजबिराज, ६ पुस । विगत केही समय यता सप्तरीको छिन्नमस्ता नाका भएर पेट्रोलियम पदार्थ चोरी तस्करी नियन्त्रण अभियानलाई रोक्नका लागि निरन्तरता दिने मधेशी मोर्चा छिन्नमस्ताले निर्णय गरेको छ । छिन्नमस्ताको सखडामा सोमबार आयोजित बृहत छलफलमा सो नाका भएर पेट्रोल, डिजल र ग्याँस चोरी तस्करी नियन्त्रण अभियानलाई रोक्नका लागि विभिन्न निर्णयहरु गरिएको छ । .....

  • युवा बिद्यार्थीहरुद्वारा बिभिन्न क्याम्पसमा अन्तरक्रियालाई निरन्तरता 12/22/2015

    दैनिक संवाददाता राजबिराज, ६ पुस । संयुतm मधेशी युवा बिद्यार्थी मोर्चा सप्तरीद्वारा जनजागरण अभियान अन्तर्गत मधेश आन्दोलनलाई सशतm र प्रभावकारी बनाउन शैक्षिक संस्थाहरुमा अन्तरक्रियालाई निरन्तरता दिएको छ । .....

  • प्रहरीको गोली लागि गौरमा एक प्रदर्शनकारीको मृत्यु 12/21/2015

    दैनिक संवाददाता रौतहट, ५ पुस । शनिबारदेखी तनाव रहेको रौतहट सदरमुकाम गौरमा आइतबार बेलुका प्रहरीले गोली चलाउँदा एक जना आन्दोलनकारीको मृत्यु भएको छ । आन्दोलनकारी र प्रहरीबीच गौरको बीपी चौकमा झडपहुँदा प्रहरीको गोली लागेर स्थानीय गाउँ विकास समिति तेजापाकड़ वार्ड नम्बर ८ निवासी फिरोज आलमको १८ वर्षीय छोरा तबरेज आलमको मृत्यु भएको हो ।......

  • पक्राउ परेकाहरुलाई रिहा नगरे प्रहरी बिरुद्ध आन्दोलन गर्ने मोर्चाको चेतावनी पक्राउ परेकाहरु लुटपाटमा संलग्न ः प्रहरी 12/21/2015

    दैनिक संवाददाता राजविराज, ५ पुस । मधेशी मोर्चा सप्तरीले प्रहरीले झुठा मुद्दा लगाएर आफ्ना कार्यकर्ताहरुलाई पक्राउ गरेकोप्रति भत्र्सना गर्दै दुई दिनभित्र उनीहरुलाई रिहा नगरे प्रहरी बिरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । मोर्चाले आइतबार दिउँसो राजविराज पत्रकार सम्मेलनको आयोजना गरि सप्तरीको भारदह १ काकृष्णा पाइक, भारदह ९ का संजिव कुमार मण्डल र पोर्ताहा ६ का मनराज मण्डललाई प्रहरीले लुटपाटको झुठा मुद्दा लगाएर पक्राउ गरेको जानकारी दिएको छ । .....

  • काँग्रेसद्वारा ससंसदमा पेश गरेको संशोधन सम्बन्धि बिधेयकको प्रतिलिपी मोर्चाले जलाए 12/21/2015

    दैनिक संवाददाता राजविराज, ५ पुस । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सार्वजनिक गरेको कार्यक्रम अनुसार आइतबार जिल्लाको सदरमुकाममा जनतालाई भ्रमित गर्न नेपाली काँग्रेस र सरकारले संयुक्त रुपमा संसदमा ल्याएको संविधान संशोधन सम्बन्धि बिधेयकको प्रति जलाएका छन् । घोषित कार्यक्रम अनुसार सप्तरीमा मधशी मोर्चा सप्तरीको नेतृत्वमा स्थानिय जनआन्दोलन चौकमा प्रदर्शन गर्दै विधेयकको प्रतिलिपी जलाएका हुन् । .....

  • दश बुँदे मागसहित हरुवा चरुवा समुदायद्वारा प्रदर्शन 12/21/2015

    दैनिक संवाददाता राजविराज, ५ पुस । हरुवा चरुवा समुदायको मुक्तिको घोषणा गरि कम्तिमा एक पटक सुरक्षित गाँस, वास र कपासको व्यवस्था मिलाउन माग गर्दै आइतबार राजविराजमा प्रदर्शन गरिएको छ । स्थानिय शिव मन्दिरको प्राङ्गणबाट निस्केको जुलुसले नगर परिक्रमा गर्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टलाई १० बुँदे मागसहित ज्ञापन बुझाएको हो । .....

  • युवा बिद्यार्थी मोर्चाद्वारा बिभिन्न क्याम्पसमा संगठन बिस्तार 12/21/2015

    दैनिक संवाददाता राजविराज, ५ पुस । मधेश आन्दोलनलाई सशतm र प्रभावकारी बनाउनका लागी युवा बिद्यार्थीे मोर्चा सप्तरीले निरर्धारित कार्यक्रम अन्तर्गत राजबिराजका दुईवटा उच्च.मा.बि मा संगठन निमार्ण गरेको छ । जनजागरण अभियानका लागी मोर्चाको कार्य बिभाजन अनुसार टोली नं १ को अगुवाई अशोक यादब, र शंभु यादब सहितका नेता र टोली नं २ मा किशोर कुमार यादब, तथा तारकेश्वर यादबको अगुवाई मा मोडेल क्याम्पस र मिसन कलेजमा मोर्चाको संगठन बिस्तार गरेको हो ।.....

  • राष्ट्रपतिका अंगरक्षक तथा सुरक्षाकर्मीहरु जूत्ता चप्पल, छालाका बेल्ट लगाएर मन्दिर भित्र प्रवेश गरेकोप्रति मिथिला संस्कृतिमाथिको प्रहार ः महन्थ 12/20/2015

    जनकपुर÷जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले ’रामजानकी विवाह महोत्सव’को क्रममा गत बुधवार विवाह महोत्सवमा सहभागी भएकी राष्ट्रपति विद्यादेवी भण्डारीका निजी अंङरक्षक तथा सुरक्षार्थ खटिएका अन्य सुरक्षाकर्मीहरु जूता चप्पल, छालाका बेल्टआदि लगाएर मन्दिर भित्र प्रवेश गरेकोप्रति मिथिला संस्कृतिमाथिको प्रहार भएको बताउनुभएको छ ।......

  • संयुतm मधेशी युवा बिद्यार्थी मोर्चाले जनजागरण अभियान संचालन गर्ने 12/20/2015

    राजविराज÷संयुतm मधेशी युवा बिद्यार्थी मोर्चा सप्तरीले पुस ५ देखी १३ गते सम्म जिल्लाका सरकारी क्याम्पस, उच्च मा.बि, स्वास्थ संस्थाका कलेज, मा.बि बिद्यालय, तथा गाँउ, नगर, क्षेत्र, वडाहरुमा तथा मधेश क्रान्ति सांस्कृति कार्यक्रम राजबिराजको गजेन्द्र चौकमा पुस १३ गते गरी जनजागरण अभियानको रुपमा संगठित शतmी निर्माण गरी बिरोधका कार्यक्रम गर्ने सहितका बिभिन्न निर्णय गरेको छ । .....

  • सरकारसँग वार्ताको औचित्य समाप्त, अबको वार्ता मधेशमै ः मोर्चा मन्त्रीदेखी सांसदसम्मको कार्यक्रम अवरुद्ध गर्ने निर्णय सार्वजनिक 12/19/2015

    दैनिक संवाददाता राजविराज, ३ पुस । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको शुक्रबार सम्पन्न बैठकले सरकारसँग अहिलेसम्म औपचारिक अथवा अनौपचारिक वार्ताको १५ भन्दा बढी पटकसम्म वार्ता गरिसकेको तर, वार्ता परिणाममुखी हुन नसकेको भन्दै विभिन्न आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गरेको छ । कार्यक्रम सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले अबको वार्ता काठमाडौंमा नभएर मधेशमै हुने उद्घोष समेत गर्नुभयो । .....

  • मोर्चाद्वारा राजविराजमा प्रदर्शन 12/19/2015

    दैनिक संवाददाता राजविराज, ३ पुस । मधेशी मोर्चा सप्तरीले शुक्रबार बिहान राजविराजमा बिरोध जुलुस प्रदर्शन गरेको छ । विगत चार महिना भन्दा बढी दिनदेखि मधेशमा आन्दोलन भईरहदा पनि वर्तमान सरकारले कुनै ध्यान नदिएको भन्दै मोर्चाका नेता तथा कार्यकर्ताहरुले राजविराजमा प्रदर्शन गरेको हो । .....

  • स्थानिय प्रशासन र संघर्ष समितिबीच तीन बुँदे सहमति पश्चात् अस्पतालको आन्दोलन स्थगित 12/18/2015

    दैनिक संवाददाता राजविराज, २ पुस । स्थानिय प्रशासन र संघर्ष समितिबीच तीन बुँदे सहमति भएपछि बिहीबार साँझदेखी विगत २५ दिनदेखी बन्द रहेको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालसहित सप्तरीका सम्पूर्ण स्वास्थ्य संस्थाहरु खुलेको छ । .....

  • साताको एक दिन बैंकहरु खोल्ने सप्तरी मोर्चाको निर्णय 12/18/2015

    दैनिक संवाददाता राजविराज, २ पुस विगत चार महिना भन्दा बढी दिनदेखि मधेशमा जारी आन्दोलनलाई मध्य नजर गरी सर्वसाधारण जनताको हितका लागि मधेशी मोर्चा सप्तरीले साताको एक दिन बैंकहरु खोल्ने निर्णय गरेको छ । मधेशी मोर्चा सप्तरीका संयोजक कपिलदेव यादवको अध्यक्षतामा बिहिबार बसेको मोर्चाको बैठकले सर्वसाधारणको हितमा तथा सर्वसाधारणलाई परेको मार्कालाई मध्य नजर गरी प्रत्येक साताको शुक्रबार एक दिनको लागि मात्र सम्पुर्ण बैंकहरु संचालन गर्ने जनाएको छ । .....

  • आगलागिमा तीन लाखको क्षति 12/18/2015

    दैनिक संवाददाता राजविराज, २ पुस । सप्तरीको रायपुर गाविस ८ रुपनीमा बुधबारराति आगलागी हँुदा करिब रु तीन लाख बराबरको क्षति भएको छ । रायपुर गाविस–८ निवासी घनश्याम यादवको साना किसान कृषि सहकारी संस्था लि.रुपनीमा रहेको कार्यालयको क्वाटरमा कोही नभएको अवस्थामा अचानक आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।.....

  • कडा सुरक्षकाबीच राष्ट्रपति भण्डारीद्वारा जानकी मन्दिरमा पूजा बिरोध प्रदर्शनमा प्रहरीद्वारा दमन आधा दर्जन भारतीय भक्तजनसहित दुई दर्जन घाइते 12/17/2015

    दैनिक संवाददाता जनकपुर, १ पुस । सदिऔंदेखी जनकपुरस्थित रामजानकी मन्दिरमा हर्षोउल्लासका साथ मनाइदै आएको रामजानकारी विवाह महोत्सवको अवसरमा बुधबार आन्दोलनरत पक्षले राष्ट्रपति विद्यादेवी भण्डारीको बिरोधमा गरेको प्रदर्शनको क्रममा आन्दोलनकारी, श्रद्धालु भक्तजनसहित दुई दर्जन घाइते भएका छन् । .....

  • जनकपुर घटनाको बिरोधमा राजविराजमा प्रदर्शन 12/17/2015

    दैनिक संवाददाता राजविराज, १ पुस । जनकपुरमा बुधबार भएको घटनाको बिरोधमा मधेशी मोर्चा सप्तरीले राजविराजमा राष्ट्रपति, सभामुख र प्रधानमन्त्रीको पुतला दहन गरेको छ । जनकपुरमा प्रहरीले गरेको दमन र प्रहरीले सर्वसाधारणहरु माथि गरिएको ज्यादतीको बिरोधमा मोर्चाका नेता तथा कार्यकर्ताहरुले राजविराजमा बिरोध जुलुस प्रदर्शनका साथै राष्ट्रपति विद्या देवी भण्डारी, सभामुख ओनसरी धर्ती मगर र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको हो ।.....

  • मधेशी मोर्चा सप्तरीद्वारा राष्ट्रिय दैनिक पत्रिका कब्जामा 12/17/2015

    दैनिक संवाददाता राजविराज, १ पुस । चार महिना बढीदेखी मधेशमा जारि आन्दोलनका कारण सप्तरीमा आउन बन्द भएको राष्ट्रिय दैनिक पत्रिकाहरु बुधबारदेखी आउन सुरु भएपछि मधेशी मोर्चा सप्तरीका नेता कार्यकर्ताहरुले सो पत्रिका कब्जामा लिएका छन् । मोर्चाले साउन ३० गतेदेखि नै राष्ट्रियस्तरका पत्रिकाहरुको मध्यतराईमा विक्री वितरण रोक लगाएको थियो । .....

  • मधेस आन्दोलन सफल नभए सम्म आन्दोलन नरोकिने ठाकुरको उद्घोष 12/17/2015

    दैनिक संवाददाता राजविराज, १ पुस । तराई मधेस लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष एवं संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता महन्थ ठाकुरले मधेस आन्दोलनलाई सरकारले वेवास्ता गरेको आरोप लगाएका छन् । मधेसी पत्रकार समाज पर्साले बुधबार बिहान होटल मकालुमा आयोजना गरेको पत्रकार सम्मेलनमा ठाकुर यस्तो अरोप लगाएका हुन । .....

  • केही दिनमै सप्तरीमा पेट्रोलियम पदार्थको अभाव सहज हुन्छ ः प्रजिअ भट्ट 12/16/2015

    दैनिक संवाददाता राजविराज, २९ मंसिर । सप्तरीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले अबको केही दिनमै सप्तरीमा पेट्रोलियम पदार्थको अभाव सहज हुने बताउनु भएको छ । विगत चार महिनादेखि मधेशमा जारी आन्दोलनका कारण सप्तरीमा दैनिक उपभोग्य सामग्रीसहित पेट्रोलिय पदार्थको अभाव श्रृजना भएको छ । .......

  • ट्याक्टर पल्टिँदा एकको मृत्यु हात्तिको आक्रमणमा परि एक घाइते 12/16/2015

    दैनिक संवाददाता राजविराज, २९ मंसिर । हुलाकी सडक खण्डस्थित सप्तरीको मलेकपुर गाविस ८ मा मंगलबार विहान ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने चालक गम्भिर घाइते भएका छन् । ट्याक्टरमा सवार मलेकपुर गाविस ८ बस्ने ३० वर्षीय बद्री सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्याक्टर चालक जमुनी मधेपुराका भोला राम गम्भीर घाइते भएका हुन् ।.....

  • मधेशी मोर्चा सप्तरीको संयोजकमा कपिलदेव यादव 12/16/2015

    दैनिक संवाददाता राजविराज, २९ मंसिर । स्थानीय स्तरमा तयार पारिएको अवधारणा र पालैपालो नेतृत्व गर्ने सहमति अनुसार मधेशी मोर्चा सप्तरीको संयोजकमा मोर्चाका सचिवालय सदस्य एवं तराई मधेश सदभावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादवलाई सर्वसम्मत चयन गरिएको छ । मोर्चाका सुचना तथा संचार समितिका संयोजक अमरनाथ मण्डलद्वारा जारी विज्ञप्तीमा मोर्चाको मंगलबार सम्पन्न एक बैठकले मोर्चाको संयोजकको जिम्मेवारी यादवलाई दिईएको जनाइएको छ । .....

  • स्वास्थ्यकर्मीहरुद्वारा बिरोध जुलुस प्रदर्शन माग अविलम्व सम्बोधन नगरिए कडा आन्दोलन गर्ने चेतावनी 12/15/2015

    दैनिक संवाददाता राजविराज, २८ मंसिर । विगत तीन सातादेखि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालसहित जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्थाहरु ठप्प रहँदा समेत सम्बन्धित निकायले उनीहरुको मागप्रति कुनै पहल नगरेको भन्दै सोमबार राजविराजमा बृहत प्रदर्शन गरिएको छ । संयुक्त संघर्ष समिति सप्तरीको अगुवाईमा दबाव दिनका लागि अस्पताल परिसरबाट निकालिएको बृहत जुुलुश नगरको विभिन्न भाग परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडि केहीबेर नाराबाजी समेत गरिएको थियो । ....

  • राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनको क्षेत्रिय समिति गठन 12/15/2015

    दैनिक संवाददाता राजविराज, २८ मंसिर । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनको सप्तरीले क्षेत्र न. १ र २ मा क्षेत्रिय समिति सोमबार गठन गरेको छ । गठबन्धनको क्षेत्र न. २ अन्तर्गत २ न. जोगिनिया गाविसमा स्थानीय इन्द्रिस मंसुरीको अध्यक्षता तथा गठबन्धनका अध्यक्ष इसुफ अलीको प्रमुख आतिथ्यमा आयोजित सो कमिटि गठन कार्यक्रममा जाबीर अलीको अध्यक्षतामा ३८ सदस्यीय क्षेत्रिय कमिटि गठन गरिएको छ ।....

  • बर्साइनमा बिओपीको भवन उद्घाटन 12/14/2015

    दैनिक संवाददाता राजविराज, २७ मंसिर । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट बर्साइनको नवनिर्मित भवनको आइतवार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बराहबाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक निराकारम विक्रम शाहले सो पोष्टको उद्घाटन गर्नुभएको हो । ...

  • स्वास्थ्यकर्मीहरुको मागलाई सम्बोधन गर्न मोर्चाको माग 12/14/2015

    दैनिक संवाददाता राजविराज, २७ मंसिर । मधेशी मोर्चा सप्तरीले अस्पतालको आन्दोलनप्रति दुःख ब्यक्त गर्दै अविलम्व स्वास्थ्यकर्मीहरुको मागलाई सम्बोधन गरी दोषीलाई कडा भन्दा कडा कारवाीहको लागि जोडदार रुपमा माग गरेको छ । .....

  • एक सय २ वटा बुँदाहरुमा संशोधन आवश्यक ः अनिल झा 12/13/2015

    राजविराज÷नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष अनिलकुमार झाले जारि भएको नेपालको संविधानमा १ सय २ वटा बुँदाहरुमा संशोधन गर्नु पर्ने आवश्यक रहेको बताउनु भएको छ । शनिबार बिहान राजविराजमा नेपाल सद्भावना पार्टी जिल्ला कार्य समिति सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष झाले आफूहरुको संघीय समावेशी मधेशी गठबन्धनले संविधानको एक सय २ वटा बुँदाहरुलाई समेटेर ९ बुँदे माग सरकारसमक्ष प्रस्तुत गरेको जानकारी दिनुभयो । .....

  • स्वास्थ्यर्मीहरुद्धारा बिरामीसहित प्रदर्शन, औषधी पसल समेत बन्द 12/13/2015

    राजविराज÷राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरु प्रहरीको बिरुद्धमा विगत २० दिनदेखी आन्दोलनरत छन् । जसकारण जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्था बन्द रहेको छ भने बिरामीहरुको बिचल्लीमा परेका छन् । गत मंसिर ६ गते जिल्लाको गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल हाताभित्र प्रहरीले अस्पतालका चिकित्सक, कर्मचारीहरुलाई कुटपिट गरेको कारण उनीहरु आन्दोलित भएका हुन् ।.....

  • प्रहरी विरुद्ध सप्तरीका स्वास्थ्यर्मीहरुद्वारा बिरामीसहित प्रदर्शन 12/12/2015

    दैनिक संवाददाता राजविराज, २५ मंसिर । राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुमाथि प्रहरीद्वारा गरिएको दमनको विरुद्धमा विगत २० दिनदेखी उनीहरु आन्दोलनरत रहेका छन् । जसकारण जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्था बन्द रहेको छ । गत मंसिर ६ गते जिल्लाको गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल हाताभित्र प्रहरीले अस्पतालका चिकित्सक, कर्मचारीहरुलाई कुटपिट गरेको थियो ।.....

  • हरुवा चरुवप्रति सरकार संवेदनशिल छैन् ः वक्ताहरु 12/12/2015

    दैनिक संवाददाता राजविराज, २५ मंसिर । हरुवा चरुवाको मुक्तिका लागि विगत दुई दशकदेखी संघर्ष गरिरहेको भूमिहिन हरुवा चरुवाको दोश्रो जिल्ला अधिवेशन शुक्रबार सप्तरीको मधुपट्टी गाविसमा सुरु भएको छ । हरुवा चरुवा अधिकार मञ्च सप्तरीका अध्यक्ष दशन मण्डलले हरुवा चरुवो औजारको रुपमा प्रयोग गर्ने हलो उठाएर अधिवेशनको उद्घाटन गर्नुभयो । .....

  • अस्पताल भित्रका इमरजेन्सी र बाहिरका एक औषधी पसल खुल्ने 12/12/2015

    दैनिक संवाददाता राजविराज, २५ मंसिर । स्वास्थ्यकर्मीहरुको आन्दोलनलाई समर्थन गर्दै राजविराज नगरक्षेत्र भित्रका सम्पूर्ण औषधी पसलहरु शुक्रबार बिहान ६ बजेदेखी १० बजेसम्मका लागि बन्द गरिएको छ । नेपाल औषधि ब्यवसायी संघ सगरमाथा अंचल कमिटि औषधी व्यवसायी संघर्ष समितिको नेतृत्वमा मंसिर २५ गतेदेखी पुस २ गतेसम्म सो समय अवधीमा औषधी पसलहरु बन्द गर्ने निणर्य गरिएको हो । .....

  • “लेभल” मिलाएको भन्दै हरियो रुख काटिदा, गजेन्द्र चौक “कुरुप” बन्यो 12/11/2015

    दैनिक संवाददाता राजविराज, २४ मंसिर । “ग्रिन राजविराज, क्लिन राजविराज” भन्ने नारा अब नारामै सीमित हुने भएको छ । बिहीबार बिहान राजविराजस्थित गजेन्द्र चौकमा जे देखियो त्यसले सो नारा, नारा मै सीमित हुने देखिएको छ । आर्थिक वर्ष २०७१÷७२ मा राजविराज नगरपालिकाले नगर क्षेत्रलाई हराभरा गर्ने उद्देश्यले बिरुवा रोप्ने काम गरेको थियो । तर, बिहीबार बिहान सोही नगरपालिकाले नगर क्षेत्रमा दशकौंदेखी रहेको ठूला ठूला रुखहरुलाई “लेभल” मिलाएको भन्दै माथीबाट काटेको छ ......

  • चार महिनाको अवधीमा मानव अधिकारको अत्याधिक हनन् 12/11/2015

    दैनिक संवाददाता राजविराज, २४ मंसिर । मधेश आन्दोलनको चार महिनाको अवधिमा सप्तरीसहित मधेशका जिल्लाहरुमा मानवअधिकार हनन्को घटनामा बृद्धि भएको एक कार्यक्रमका सहभागि बक्ताहरुले जनाएका छन् । नेपाल मानवअधिकार संगठन सप्तरीको आयोजनामा अन्र्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा बिहिबार राजविराजमा आयोजित सप्तरीमा मानवअधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले सो कुरा जनाएका हुन ।....

  • आजदेखी बिहान १० बजेसम्म औषधी पसल बन्द 12/11/2015

    दैनिक संवाददाता राजविराज, २४ मंसिर । नेपाल औषधि ब्यवसायी संघ सगरमाथा अंचल कमिटिले शुक्रबार बिहान १० बजेसम्म सम्पूर्ण औषधी पसलहरु बन्द गर्ने निर्णय गरेको छ । गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई प्रहरीले कुटपिट गरेको भन्दै आन्दोलनरमा उत्रेका स्वास्थ्यकर्मीहरुको माग ४८ घण्टाभित्र सम्बोधन नभएको भन्दै उनीहरुे सो निर्णय गरेका हुन् । .....

  • चुरेसहितको मधेश दुई प्रदेश नभए आन्दोलन झन चर्कने ः वक्ताहरु 12/10/2015

    दैनिक संवाददाता राजविराज, २३ मंसिर । सिमांकन जुङ्गाको लडाई रहेको भन्दै पूर्व झापादेखी नारायण नदी र नारायण नदीलाई सीमा राखेर पश्चिम कंचनपुरसम्म चुरेसहितको मधेश र थरुहट प्रदेश भए मात्र मधेशी जनतालाई मान्य हुने एक कार्यक्रमका सहभागि वक्ताहरुले बताएका छन । संघीय समावेशी मधेशी गठबन्धन केन्द्रीय आह्वानमा मधेशी मोर्चा सप्तरीले बुधबार राजविराजमा आयोजना गरेको मधेशको एजेण्डा र सहमतिको प्रयास विषयको एक दिने अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले सो कुरा बताएका हुन् । ....

  • लागु औषधसहित तीन पक्राउ 12/10/2015

    दैनिक संवाददाता राजविराज, २३ मंसिर । सप्तरीको पंसेरा गाविस वडा नं. ५ बाट बुधबार बिहान लागुऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कडोरबनाको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा स्थानीय राम कृष्ण चौधरीको घरमा लागुऔषध कोरेक्स लुकाई राखेको अवस्थामा बरामद गरेको छ । ....

  • प्रहरी र गाजा तस्करबीच गोली हानाहान प्रहरीद्वारा ४० किलो गाजा बरामद 12/10/2015

    दैनिक संवाददाता राजविराज, २३ मंसिर । सप्तरीको सप्तरीको टिकुलिया ८ स्थित बलान खोलामा मंगलबार राति प्रहरी र गाजा तस्करबीच दोहरो गोली हानाहान भएको छ । सप्तरी र सिरहाको सिमानामा पर्ने बलान खोलामा गाजा लिएर तस्करी गरीरहेको अवस्थामा प्रहरी र गाजा तस्करीबिच दोहोरो गोली हानाहान भएको हो ।....

  • आन्दोलनको प्रभाव अदालतमा पनि पाँच महिनाको अवधीमा मात्र २ सय ६७ मुद्दा फर्छयौट 12/9/2015

    दैनिक संवाददाता राजविराज, २२ मंसिर । पुनरावेदन अदालत राजविराजले आर्थिक वर्ष २०७२÷७३ मा २ सय ६७ वटा मुद्दा मात्र फर्छयौैट गरेको छ । २०७२ साउनदेखी मंसिरसम्म पाँच महिनाको अवधीमा लक्ष्य भन्दा करिब १ हजार ३ सयको संख्यामा मुद्दा कम फर्छयौट भएको पुनरावेदन अदालतका रजिष्टार मान बहादुर कार्कीले जानकारी दिनुभयो । .....

  • ४८ घण्टाभित्र माग पुरा नभए औषधी व्यवसायी आन्दोलनमा उत्रने चेतावनी 12/9/2015

    दैनिक संवाददाता राजविराज, २२ मंसिर । प्रहरीले गरेको कुटपिट र दुव्यवर्हार घटनाको घोर भत्सर्ना गर्दै औषधि व्यवसायी संघर्ष समिति सप्तरीले मंगलबार प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पठाएका छन । अंचल अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीहरुको जायज माग ४८ घण्टाभित्र सम्बोधन गर्नुपर्ने माग गर्दै नेपाल औषधि ब्यवसायी संघ सगरमाथा अंचल कमिटि औषधि व्यवसायी संघर्ष समिति सप्तरीका संयोजक प्रमोद कुमार यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पठाएका हुन ।.....

  • नेपालको संविधान समावेशी हुनुपर्नेमा भारतको जोड मधेशी मोर्चाका नेताहरु दिनभरी भेटघाटमा व्यस्त 12/8/2015

    दैनिक संवाददाता राजविराज, २१ मंसिर । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालमा जारी मधेस आन्दोलन सम्बोधन भएमात्र नेपाल–भारतबीच अहिले देखिएको परिस्थिति सहज हुने बताएकी छन । भारतको निमन्त्रणामा नयाँदिल्ली आइपुगेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेतासँग आइतबार भएको भेटमा स्वराजले त्यस्तो धारणा व्यक्त गरेकी हुन् । दिल्ली आएका मोर्चाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादव र महेन्द्र यादवलाई स्वराजले नयाँदिल्लीस्थित हैदराबाद हाउसमा रात्रिभोज पनि दिएकी थिइन् ।.....

  • स्वास्थ्यकर्मीहरुको जायज मागलाई यथाशिघ्र पुरा गर्न राज्य पक्षसँग माग 12/8/2015

    दैनिक संवाददाता राजविराज, २१ मंसिर । मधेशी मोर्चाले सप्तरीले जिल्लाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको जायज मागलाई यथाशिघ्र पुरा गर्न राज्य पक्षसँग माग गरेको छ । मोर्चाका सुचना तथा संचार समितिका संयोजक अमरनाथ मण्डलद्वारा सोमबार जारी विज्ञप्तीमा सप्तरीका सम्पुर्ण संघसंस्थाहरु विगत दुई सात्तादेखि पुर्ण रुपमा ठप्प रहेका कारणले जिल्लाका विरामीहरुलाई दिनप्रतिदिन समस्या उत्पन्न हुनुका साथै बाध्यतावश धरान, विराटनगर लगायतका जिल्लामा उपचार गराउँन बाध्य भएका छन भने जिल्लावासीहरु बिचल्लीमा परिरहेको अवस्थामा सरकारी पक्षबाट हालसम्म आन्दोलनको मागलाई सम्बोधन नगर्नु सरकारी पक्षको गैर जिम्मेवारीपनको पराकाष्ठा नै नाघेको ठहर गरिएको छ ।.....

  • मोर्चाका चार नेता मधेश आन्दोलनका बारेमा जानकारी गराउन दिल्लीमा 12/7/2015

    दैनिक संवाददाता राजविराज, २० मंसिर । मधेश आन्दोलनको बारेमा भारतीय नेताहरुलाई जानकारी गराउन आइतबार दिल्ली पुगेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले त्यहाँका नेताहरुलाई भेटघाट गर्ने क्रम शुरु गरेको छ । दिल्ली पुगेपछि मध्यान्ह १२ बजे जनता दल (यू) का अध्यक्ष शरद यादवले भेटेका छन् भने त्यसपछि करण सिहलाई भेटेका छन् । ....

  • मानवअधिकारको टोली फिर्ता बोलाइएको कार्यको भत्र्सना अस्पताल सूचारु गर्न निकायलाई बौद्धिक समाजको अपील 12/7/2015

    दैनिक संवाददाता राजविराज, २० मंसिर । बौद्धिक समाज सप्तरीले नेपालमा जारि मधेश आन्दोलनका क्रममा राष्ट्रिय मानवअधिकार आयोगले मधेशबाट आफ्नो अनुगमन टोली फिर्ता बोलाएको कार्यप्रति भत्र्सना गरेको छ । आइतबार राजविराजमा पत्रकार सम्मेलन गरि समाजका संयोजक अमरकान्त झाले मधेशी जनताको विश्वमै उदाहरणीय रहेको शान्तिपुर्ण आन्दोलनलाई बदनाम गराउन र दमनकारी सरकारलाई सहयोग पु¥याउने उद्देश्यले मधेशमा शान्ति सुरक्षाको प्रत्याभूति नभएको भन्दै आयोगको टोलीलाई फिर्ता बोलाउने कार्यको घोर भत्र्सना गर्दै आफ्नो दायित्व अनुसार दायित्वको निर्वाह गर्न राष्ट्रिय मानव अधिकार आयोगलाई अनुरोध समेत गरेको छ । ....

  • मधेश आन्दोलनको समर्थन र सरकारको बिरोधमा मधेशका जिल्लाहरुमा मानव साङ्गलो प्रदर्शन 12/6/2015

    राजविराज÷मधेशमा जारी आन्दोलनलाई समर्थन गर्दै मधेशका जिल्लाहरुमा अहिले मानव साङ्गलो प्रदर्शन गर्ने कार्यलाई निरन्तरता दिएको छ । यसअघि काठमाडौंमा भारतको अघोषित नाकाबन्दीको बिरोधमा विद्यार्थीहरुलाई सडकमा ओरालिएको थियो । मधेशका जिल्लाहरु धनुषा, महोत्तरी, सिरहा, पर्सामा मानव साङ्गलो प्रदर्शन गरि मधेश आन्दोलनको समर्थन गरिएको छ । .....

  • दुईसाता बित्न लाग्दा समेत स्वास्थ्य संस्थाको समस्याप्रति निकाय मौन 12/6/2015

    राजविराज÷प्रहरी दमनको बिरोधमा विगत १४ दिनदेखी सप्तरीका सम्पूर्ण निजि तथा सरकारी अस्पताल, क्लिनिक, स्वास्थ्य चौकीहरु बन्द रहेको छ । गत मंसिर ६ गते राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचलका चिकित्सक तथा कर्मचारीहरुलाई प्रहरीले अस्पताल हातिभित्रै गालि गलौज गर्दै कुटपिट गरेको बिरोधमा जिल्लाका सम्पूर्ण टे«ड युनियन पदाधिकारीहरु आन्दोलित भएका हुन् ।.....

  • शहादत प्राप्त गरेकाहरुप्रति श्रद्धाञ्जली व्यक्त 12/5/2015

    दैनिक संवाददाता राजविराज, १८ मंसिर । मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका सप्तरीका ६ वटै शहिदहरुप्रति मधेशी मोर्चा सप्तरीले शुक्रबार राजविराजस्थित गजेन्द्र चौकमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहिदहरु सप्तरीको भारदह निवासी राजिव राउत, रामकृष्ण राउत, जमुनी मधेपुरा ९ छपकी टोल निवासी नागेश्वर यादव, डाढा गाविस ४ बलिया बथनाहा निवासी बिरेन्द्र राम, जमुनी मधेपुरा प्रसाही टोल निवासी शिवशंकर दास र राजविराज १ निवासी दिलिप साहप्रति श्रद्धाञ्जली ब्यक्त गर्न सो श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो ।.....

  • राष्ट्रिय मानवअधिकार आयोगले मधेशबाट टोली फिर्ता बोलायो 12/5/2015

    दैनिक संवाददाता राजविराज, १८ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगले मधेस आन्दोलनमा अनुगमनमा खटिएका आफ्ना पाँच वटा टोलीलाई फिर्ता बोलाएको छ । आयोगकी सदस्य तथा प्रवक्ता मोहना अन्सारीद्वारा शुक्रबार जारी विज्ञप्तीमा बिहीबार सर्लाहीको नवलपुरमा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले आयोगको कर्मचारीमाथि आक्रमण गरी गाडी समेत जलाएपछि आयोगले यस्तो निर्णय गरेको जनाइएको हो ।.....

  • १३ दिनदेखी स्वास्थ्य संस्था ठप्प खोलाउन तर्फ निकाय मौन 12/5/2015

    दैनिक संवाददाता राजविराज, १८ मंसिर । प्रहरीले अस्पतालका कर्मचारी, चिकित्सकहरुलाई अस्पताल परिसरमै छिरेर कुटपिट गरेको बिरोधमा १३ दिनदेखी सप्तरीका सम्पूर्ण निजि तथा सरकारी अस्पताल, क्लिनिक, स्वास्थ्य चौकीहरु बन्द रहेको छ । १३ दिनदेखी स्वास्थ्य संस्था बन्द रहेको बारे स्थानिय प्रशासनले हालसम्म कुनै प्रकारको पहल नगरेको स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन् । यता जिल्लाको अस्पताल लगायत सम्पूर्ण स्वास्थ्य केन्द्रहरु बन्द रहदा बिरामीहरु स्वास्थ्य सेवा पाउनबाट बञ्चित रहेका छन् । ....

  • मोर्चाद्वारा सप्तरीका शहिदहरुप्रति मौन धारण गर्दै श्रद्धाञ्जली व्यक्त 12/4/2015

    दैनिक संवाददाता राजविराज, १७ मंसिर । मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहिदहरुप्रति मधेशी मोर्चा सप्तरीले बिहिबार जिल्लाभरिकै चौक चौकलगायत राजविराजमा सामुहिक रुपमा मौन धारण गरि श्रद्धाञ्जली व्यक्त गरेको छ । मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहिदहरु सप्तरीको भारदह निवासी राजिव राउत, रामकृष्ण राउत, जमुनी मधेपुरा ९ छपकी टोल निवासी नागेश्वर यादव, डाढा गाविस ४ बलिया बथनाहा निवासी बिरेन्द्र राम, जमुनी मधेपुरा प्रसाही टोल निवासी शिवशंकर दास र राजविराज १ निवासी दिलिप साहप्रति सामुहिक रुपमा ५ मिनेट मौन धारण गरी श्रद्धाञ्जली व्यक्त गरियो । ......

  • मोर्चाद्वारा शहिद परिवारलाई २५ हजार सहयोग प्रदान 12/4/2015

    दैनिक संवाददाता राजविराज, १७ मंसिर । मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका शहिदका परिवारलाई मधेशी मोर्चा सप्तरीले २५ हजार आर्थिक सहयोग प्रदान गरेको छ । मोर्चाको सम्पन्न बैठकले प्रत्येक शहिद परिवारलाई तत्काल २५÷२५ हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने निर्णय अनुसार बिहिबार सप्तरीको जमुनी मधेपुरा गाविस ९ छपकी टोल निवासी नागेश्वर यादवलाई सो आर्थिक सहयोग प्रदान गरिएको हो ।.....

  • नवलपुरस्थित आमसभा स्थलमै गोली चल्यो 12/4/2015

    दैनिक संवाददाता सर्लाही, १७ मंसिर । मधेसी मोर्चाले बिहिवार पूर्व पश्चिम राजमार्गको नवलपुरमा मावनसागर उतारेर शक्ति प्रदर्शन गरेको छ । सो क्रममै गोली समेत चलेको छ । सो गोली प्रहारबाट आधा दर्जन व्यक्ति घाइते भएका छन् । घाइतेहरुलाई मलंगवा अस्पताल पु¥याइएको छ । यस अघि १० दिन पहिला राजमार्गको फुलजोरमा धर्ना बस्दा चुरे भावरले विथोलेपछि मोर्चाले विरोध सभासंगै शक्ति प्रदर्शन गरेको हो । शक्ति प्रदर्शनमा विशेष तयारी गरेर मोर्चा नवलपुरमा आएको थियो । हरेक गाउँवाट सभामा सहभागी हुन हजारौं सहभागी थिए ।......

  • सिमांकन नै वार्ताको बटमलाइन ः उपेन्द्र यादव 12/3/2015

    दैनिक संवाददाता राजविराज, १६ मंसिर । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त लोकतान्त्रिक मेधशी मोर्चा आफ्नो मागप्रति अधिकतम लचकता अपनाएको दाबी गर्नुभएको छ । मधेशी पत्रकार संघ सप्तरीको आयोजनामा बुधबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले लचकताको सवालमा ११ बुँदे मागलाई कुनामा राखेर विगतमा भएको ८ बुँदे सम्झौतालाई नै कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले विगतमा भएको सो सम्झौता पनि अधिकतम लचकतामै भएको सरकारलाई स्मरण समेत गराउनुभयो । ....

  • मोर्चाको ढल्केवरमा बिरोध सभा राज्यसत्ताले सधैं ठग्दै आएकोमा यसपटक नठगिने ः अध्यक्ष महतो 12/3/2015

    दैनिक संवाददाता धनुषा, १६ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बुधबार धनुषाको ढल्केवरमा बिरोधसभाको आयोजना गरेको छ । सभालाई मोर्चामा आवद्ध चारै दलका शीर्ष नेताहरु सम्बोधन गरेका छन् । राजमार्ग केन्द्रित आन्दोलनलाई थप सशक्त बनाउने उद्देश्यले मोर्चाले पूर्व पश्चिम राजमार्ग अन्तरगत धनुषाको ढल्केबरमा सभाको आयोजना गरेको हो । सो सभामा उल्लेख्यीय जनसहभागिता रहेको थियो । ....

  • मधेशी र थारु समुदायमाथि भएको प्रहरी दमनबिरुद्ध लन्डनमा प्रर्दशन 12/3/2015

    दैनिक संवाददाता लन्डन, १६ मंसिर । एसोसिएसन अफ नेपलिज मधेशीज् इन दि यूकेले नेपालमा मधेशी र थारु समुदायमाथि चरम अत्याचार, दमन र मानवअधिकार हनन भइरहेको जनाउंदै अन्तर्राष्ट्रिय समुदायसमक्ष ध्यानाकर्षण गराएको छ । लन्डनस्थित नेपाली दूतावासमा एक ज्ञापनपत्र बुझाउंदै एसोसिएसनले निर्दोष मधेशी र थारुहरुको आधारभूत मानवअधिकार समेत ख्याल नगरि दमन गरिएको दावी गरेको हो । .....

  • सिरहामा सरकारको बिरुद्ध मानव साङ्गलो 12/3/2015

    दैनिक संवाददाता सिरहा, १६ मंसिर । सिरहामा सरकारको विरुद्धमा मानव सांगलो प्रदर्शन गरिएको छ । जारी मधेश आन्दोलनको सम्बोधन गराउन सरकारलाई थप दवाब दिने उद्देश्यले बुधबार बिहान मानव सांङ्गलो प्रदर्शन गरिएको हो । तराई मधेशमा तिन महिना भन्दा बढी समयदेखि आन्दोलन जारी रहेपनि सरकारले मधेशको माग सम्बोधन गर्न नचाहेकोले तत्काल माग सम्बोधन गरि समस्याको समाधान गर्न मानब सांङ्गलो प्रदर्शन गरि सरकारलाई ध्यानार्कषण गराइएको छ । ....

  • आन्दोन अझ सशक्त बनाउनुपर्छ ः महतो 12/3/2015

    दैनिक संवाददाता राजविराज, १६ मंसिर । सदभावना पार्टीका राष्ट्रीय अध्यक्ष राजेन्द्र महतोले जारी मधेश आन्दोलनलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको छ । सप्तरीको हनुमाननगरमा पार्टीका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिदै अध्यक्ष महतोले सो कुरामा जोड दिनुभएको हो ।....

  • चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आन्दोलमा फोरम अध्यक्ष यादवको एक्यबद्धता “शासक वर्गको नश्लबादी चरित्र प्रदर्शन” 12/2/2015

    दैनिक संवाददाता राजविराज, १५ मंसिर । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रहरी दमनको बिरुद्व आन्दोलनमा उत्रेका सप्तरीका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आन्दोलप्रति एक्यबद्धता जनाउनु भएको छ । विगत १० दिनदेखि आन्दोलनरत स्वास्थ्यकर्मीहरुले मंगलबार आयोजना गरेको अन्तरकृया कार्यक्रमस्थलमा सहभागि भएर अध्यक्ष यादवे सो एक्यबद्धता जनाउनु भएको हो ।.....

  • सप्तरीका ६ वटै शहिदप्रति श्रद्धाञ्जली व्यक्त 12/2/2015

    दैनिक संवाददाता राजविराज, १५ मंसिर । बौद्धिक समाज सप्तरीले मंगलबार राजविराजमा ¥याली निकालेर मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका विर शहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । मधेश आन्दोलनका क्रममा सप्तरीमा शहादत प्राप्त गरेका ६ वटै विर शहिदहरुप्रति श्रद्धाञ्जली ब्यक्त गर्नका लागि बौद्धिक समाज सप्तरीले राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट ¥याली निकालेर नगरको विभिन्न भागको परिक्रमा पश्चात् जनआन्दोलने चौकमा पुगेर विरोध सभामा परिणत भएको थियो । .....

  • फोरम अध्यक्ष यादवद्वारा शहिद परिवार तथा घाइतेसँग भेटघाट 12/2/2015

    दैनिक संवाददाता राजविराज, १५ मंसिर । मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका विर शहिदका परिवारसग संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भेटघाट गर्नुभएको छ । फोरम नेपालका अध्यक्ष यादवले मंगलबारै सप्तरीको जमुनी मधेपुरा गाविस ९ छपकी टोल निवासी नागेश्वर प्रसाद यादव, जमुनी मधेपुरकै शिवशंकर दास, डाढा गाविस बलिया बथनाहाका बिरेन्द्र कुमार राम रराजविराज ३ का दिलिप कुमार साहका परिवारसँग भेटघाट गर्नुभएका हो । .....

  • ५० लाख भन्दा बढीको चोरी 12/2/2015

    दैनिक संवाददाता राजविराज, १५ मंसिर । राजविराज वडा नं. १ स्थित एक घरबाट ५० लाख बढीको गरगहना चोरी भएको छ । राजविराजको मुटुमा रहेको मेनरोडमा रहेको सिता साहको घरमा करिब एक सय तोला सुनको गरगहाना र दुई किलो चाँदी चोरी भएको पीडितले दाबी गरेकी छन् । .....

  • सम्वादबाट समस्याको समाधान गर्नुको साटो राज्य दमनमा उत्रेको काँग्रेस सप्तरीको ठहर 12/2/2015

    दैनिक संवाददाता राजविराज, १५ मंसिर । नेपाली काँग्रेस सप्तरीले विगत लामो समयदेखी मधेशमा अधिकार र प्रतिनिधित्वको सुनिश्चितताका लागि भइरहेको शान्तिपूर्ण आन्दोलनलाई सार्थक सम्वादबाट समाधान गर्नुको साटो राज्य दमनको बाटोमा उत्रेर निहत्था आन्दोलनकारीमाथी लाठी, बुट र गोली बर्साउने तथा मानव नरसंहारमा उत्रेको ठहर गर्दै त्यस्ता गतिविधि अविलम्ब रोक्न माग गरेको छ । .....

  • जनकपुरपछि, विरगन्जमा विद्यार्थीद्वारा मानव साङ्गलो बनाएर सरकारको विरोध 12/1/2015

    दैनिक संवाददाता वीरगन्ज, १४ मंसिर । विद्यार्थीले वीरगन्जको मुख्य सडकमा सोमबार बिहान मधेश आन्दोलनको समर्थन गर्दै मानव साङ्गलो बनाएर सरकार बिरुद्ध प्रदर्शन गरेका छन् । मधेस आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै वीरगन्जमा अध्ययनरत विद्यार्थीले विभिन्न नारा लेखिएका प्लेकार्डसहित वीरगन्ज परवानीपुरको मुख्य सडकखण्डमा मानव साङ्गलो बनाएर विरोध प्रदर्शन गरेका हुन् । .....

  • आन्दोलनका क्रममा प्रहरीको गोली लागेका साफीको अवस्था चिन्ताजनक 12/1/2015

    दैनिक संवाददाता राजविराज, १४ मंसिर । मंसिर ५ गते आईतबार जारि मधेश आन्दोलनका क्रममा प्रहरीको गोलीबाट गम्भिर घाईते सप्तरीको २ न. योगिनिया निवासी श्रवण साफीको अवस्था चिन्ताजनक रहेको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदहमा मंसिर ५ गते राति राजमार्ग केन्द्रित आन्दोलनमा प्रहरीले चलाएको गोली साफीको पेटमा लागेको थियो ।.....

  • अहिंसाको बाटोबाट मधेशलाई स्वतन्त्र गराएर छाड्ने डा. राउतको प्रतिवद्धता 12/31/2014

    दैनिक संवाददाता राजविराज, १५ पुस । डा. सि.के. राउतले अहिंसाको बाटोबाट मधेशलाई स्वतन्त्र गराएर छाड्ने प्रतिवद्धता जनाउँनुभएको छ । स्वतन्त्र मधेश गठबन्धन डा. सि.के. राउत बचाउ संघर्ष समितिद्वारा मंगलबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले मधेशलाई स्वराज अर्थात मधेशमा वाक स्वतन्त्रता हुनुपर्नेमा जोड दिनुभयो । ...

  • पुनरावेदन अदालतका लागि सार्वजनिक जग्गा दिएकोमा मलेठवासीद्वारा स्वागत 12/30/2014

    दैनिक संवाददाता राजविराज, १४ पुस । सप्तरीको मलेठ गाविस ७ स्थित सार्वजनिक जग्गामा पुनरावेदन अदालत, सरकारी वकिलको कार्यालय, प्रहरी विटको कार्यालयहरुको भवन निमार्णको लागि सार्वजनिक जग्गा उपलब्ध गराउने सबै पक्षबाट सहमतिको आधारमा भएको निर्णय प्रति स्थानीयहरुले स्वागत गरेका छन् । ...

  • दलित महिलाको आयआर्जनको माध्यम बन्यो नाङ्लो 12/30/2014

    शुभ नारायण यादव राजविराज, १४ पुस । “मेहनत गरेपछि विदेशको कमाई स्वदेशमै कमाउन” सकिन्छ, भन्ने उखानलाई हिजोआज सप्तरीको रम्पुरा मल्हनिया गाविसकी दलित महिलाहरुले पुष्टि गर्न सफल भएकी छिन । घरेलु तथा साना उघोग कार्यालय सप्तरीले सो गाविसमा नाङ्लो बनाउँने सम्बन्धित १५ दिने आधारभुत तालिम दिएपछि हिजो आज रम्पुरा मल्हनिया गाविस ६ की महिलाहरु नाङ्लोबाट मासिक रु.१० देखि १५ हजार सम्म घरमै बसेर कमाउँदै आएकी छिन । ...

  • माघ ८ गते सहमति नभए प्रक्रिया पु¥याएर पनि संविधान जारि हुन्छ ः मन्त्री डा. खड्का 12/29/2014

    दैनिक संवाददाता राजविराज, १३ पुस । शहरी विकास मन्त्री डा. नारायण खड्काले तोकिएकै समयमा संविधान जारी हुने दाबी गर्नुभएको छ । राष्ट्रिय सरसफाई समन्वय समिति र क्षेत्रिय खानेपानी सरसफाई स्वच्छता समन्वय समिति धनकुटाको आयोजनामा सप्तरीको कुशहा गाविसमा आईतबार आयोजित मधेश तराई सरसफाई प्रवद्र्धन कार्यशालामा प्रमुख अतिथिको आसन्नबाट बोल्दै मन्त्री खड्काले माघ ८ गते सहमति नभए प्रक्रिया पु¥याएर पनि संविधान जारि गर्ने दाबी गर्नुभयो । ...

  • बेन्च डेस्कको अभावमा चिसो भु“इमै पढ्दै बालबालिका 12/29/2014

    शुभ नारायण यादव राजविराज, १३ पुस । भौतिक पूर्वाधारको अभावमा सप्तरीको छिन्नमस्ता गाविस–७ मोहनपुरस्थित जनता राष्ट्रिय प्राथमिक विद्यालयका बालबालिकाहरु चिसो भुइँमा अध्ययन गर्न बाध्य भएका छन् । वि.सं. २०६६ सालमा स्थापना भएको उक्त विद्यालयका बालबालिकाहरु भौतिक पूर्वाधारको अवभाका कारण चिसोमा पनि छाप्रामुनि भुँइमै बसेर पढ्न बाध्य भएका छन् । ...

  • का“ग्रेस र एमालेले २०४७ सालकै संबिधान ल्याउन खोजेको सभासद् यादवको आरोप 12/27/2014

    दैनिक संवाददाता राजविराज, ११ पुस । एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा सभासद् उमेश कुमार यादवले काँग्रेस र एमालेले दुई तिहाईको बहुमतको आधारमा २०४७ सालकै संबिधान ल्याउन खोजेको आरोप लगाउनु भएको छ । ...

  • चिसोका कारण अस्पतालमा बिरामीहरुको सख्यामा बृद्धि 12/27/2014

    दैनिक संवाददाता राजविराज, ११ पुस । विगत केही समय यता सप्तरी सहित तराईका जिल्लाहरुमा बढेको अत्यधिक चिसो र शितलहरका कारण जनजीवन कष्टकर बन्नुका साथै स्थानीय अस्पतालमा बिरामीहरुको संख्यामा बृद्धि भएको छ । ...

  • प्र्रजातन्त्र सेनानी पाण्डेको निधन भएको पा“च दिन बितिसक्दा समेत सप्तरी का“ग्रेस बेखबर 12/26/2014

    नवीनकुमार गुप्ता राजविराज, १० पुस । नेपाली काग्रेसका सक्रिय कार्यकर्ता तथा प्रजातन्त्र सेनानी रामनारायण पाण्डेको निधन भएको पाँच दिन बितिसक्दा पनि नेपाली कागे्रस सप्तरीका एक जना पनि नेता तथा कार्यकर्ताले सम्वेदना समेत प्रकट गर्न सकेका छैनन् । ...

  • चिसोले कठयाङग्रिएर मृत्यु भएकाहरु बारे कानुनी प्रक्रिया पुरा गरेर लिखित जानकारी आए मात्र राहत पाउने ः प्रजिअ यादव हालसम्म एउटा पनि निवेदन आएको छैन् ः प्रहरी 12/25/2014

    नवीनकुमार गुप्ता राजविराज, ९ पुस । तराई मधेशको जिल्लामा अहिले अत्याधिक चिसोका कारण जनजिवन कष्टर बन्दै गएको छ । यसको अत्याधिक असर गरिब निमुख्खा जनतामाथी परिरहेको छ । बिहान कमाउने र बेलुका छाक टार्ने अधिकांश गरिब जनताहरु चिसोले प्रभावित भइरहेका छन् । ...

  • माघ ८ भित्रै संविधान जारी हुने सम्भावना ः अध्यक्ष थापा 12/24/2014

    दैनिक संवाददाता राजविराज, ८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामि माघ ८ गते भित्रै संविधान जारी हुन सक्ने सम्भावना रहेको बताउँनुभएको छ । मेची महाकाली श्री पशुपतिनाथ रथयात्राका लागी पूर्वको झापा जाने क्रममा मंगलवार सप्तरीको विरेन्द्र बजारमा संचारकर्मीहरुसँगको कुराकानीमा उहाँले सो कुरा बताउँनुभएको हो ।....

  • सर्वदलिय बैठकबाट सात बु“दे निर्णय 12/24/2014

    दैनिक संवाददाता राजविराज, ८ पुस । राष्ट्रिय मधेश समाजवादी पार्टी कार्यालयमा सम्पन्न सर्वदलिय बैठकले जिल्लाको समसामयिक विभिन्न सात वटा प्रस्तावमाथि छलफल गरि निर्णय गरेको छ । ...

  • नौ दिनदेखि आमरण अनसनमा बसेका अनसनकारीहरुको स्वास्थ्य अवस्था गम्भिर, सम्बन्धित निकाय मौन 12/23/2014

    दैनिक संवाददाता राजविराज, ७ पुस । विभिन्न पाँच बुँदे माँगहरु अघि सार्दै विगत नौ दिनदेखि आमरण अनसनमा बसेका दैनिक ज्यालादारी कर्मचारीहरुको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । विगतमा पटक पटक भएको सम्झौता अबिलम्ब कार्यान्वयन गर्नुपर्ने लगायतका माग राख्दै १५ दिनदेखी विभिन्न चरणका आन्दोलन गर्दै आइरहेपनि सम्बन्धित पक्षले कुनै सुनुवाई नगरेको भन्दै दैनिक ज्यालादारी कर्मचारीहरु अनिश्चितकालिन आमरण अनसनमा बसेका हुन् । ...

  • बोरिया गाविस सचिवले लाखौ रकम भ्रष्टाचार गरेको आरोप 12/23/2014

    दैनिक संवाददाता राजविराज, ७ पुस । सप्तरीको बोरिया गाविसका सचिव नन्दी यादवले गाविसको लाखौ रकम अनियमितता गरेको आरोप स्थानीयहरुले लगाएका छन । नेपाल पत्रकार महासंघ राजविराजमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी बोरिया गाविसका निवर्तमान अध्यक्ष गुलाब प्रसाद देव, स्थानीय रामलखन यादव, मिलिश्रलाल यादव सहितले सचिव यादवले आर्थिक वर्ष २०५३÷०५४ को ३ लाख ८० हजार ५ सय ६० र गाविसको श्रेस्ता नै गायब गरी रकम भ्रष्टाचार गरेको आरोप लगाएका छन । ...

  • भारदह पूर्ण खोपयुक्त गाविस घोषणा 12/22/2014

    दैनिक संवाददाता राजविराज, ६ पुस । सप्तरीको भारदह गाविसलाई आइतबार पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ । सो गाविसका १२ देखी २३ महिनासम्मका बालबालिकाहरुलाई पुस ६ गतेसम्म सबै किसीमको खोप लगाएपछि आइतबार एक कार्यक्रमबीच खोपयुक्त गाविस घोषणा गरिएको हो । यसअघि विहीबार मात्र सप्तरीको हरिपुर गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएकाृ थियो भने सप्तरीको बोरिया गाविस पनि पूर्ण खोपयुक्त गाविस घोषणा भईसकेको छ । ...

  • मन्दिरको अतिक्रमण रोक्नुपर्ने माग 12/22/2014

    दैनिक संवाददाता राजविराज, ६ पुस । सप्तरीको सदरमुकाम राजविराज १ स्थित हरिनन्देश्वर महादेव मन्दिरलाई अतिक्रमणबाट जोगाउनुपर्ने माँग गरिएको छ । हरिनन्देश्वर महादेव मन्दिरका संरक्षक महन्थ राजेश्वर भारतीले एक विज्ञप्ती प्रकाशन गरी उक्त मन्दिरलाई पटक पटक अतिक्रमण गर्ने गरेकाले त्यसलाई जोगाउँनका लागि सम्बन्धित सबै पक्षसँग आग्रह गरिएको छ । ...

  • प्रेम विवाह गरी श्रीमान् फरार भएपछि बिच्चलीमा रितु 12/20/2014

    शुभ नारायण यादव राजविराज, ४ पुस । प्रेम विवाह गरेर श्रीमान फरार भएपछि एक दलित युवती बिच्चलीमा परेकी छिन । सप्तरीको फर्सैठ गाविस वडा न. २ का बसन्त सदाकी १८ वर्षिया छोरी रितु कुमारी सदाको यसरी बिच्चली परेकी हुन । ...

  • गा“जा तस्कर र प्रहरीबिच दोहरो भिडन्त एक सय चालिस किलो गा“जा बरामद, तस्कर फरार 12/19/2014

    दैनिक संवाददाता राजविराज, ३ पुस । सप्तरीको कविलासा गाविसमा बिहिबार बिहान प्रहरी र गाँजा तस्करबिच दोहरो भिडन्त भएको छ । कविलासा गाविस वडा नं. १ र ७ को विचमा पर्ने जुरी खोलाको किनारामा गाँजा तस्करीहरुले गाँजा ओसार पसार गरी भारततर्फ लैजादै गरेको अवस्थामा प्रहरी र गाँजा तस्करबिच दोहरो भिडन्त भएको हो । ...

  • कम्बल र न्यानो कपडा वितरण 12/19/2014

    दैनिक संवाददाता राजविराज, ३ पुस । तराईका जिल्लाहरुमा बढेको अत्यधिक चिसो र शितलहरबाट जोगिन न्यानो संसार अभियान अन्तर्गत नेपाल शेयर नामक संस्थाले सप्तरीको दुई गाविसमा कम्बल र न्यानो कपडा वितरण गरेको छ । ...

  • एक महिनापछि महतो सकुशल मुक्त अपहरणका मुख्य अभियुक्त मामा पर्ने पक्राउ 12/18/2014

    दैनिक संवाददाता राजविराज, २ पुस । अपहरण भएको एक महिनापछि सिरहाको लहान नगरपालिका ३ निवासी गाडी व्यवसायी गुरुदयाल महतो अपहरण मुक्त भएका छन् । उनलाई बुधबार बिहान भारतको सुपौल जिल्लास्थित चुडीवनबाट सप्तरी र सिरहा प्रहरीको सहयोगमा सकुशल मुक्त गराइएको हो । ...

  • अनशनमा बसेका कर्मचारीको अवस्था चिन्ताजनक 12/18/2014

    दैनिक संवाददाता राजविराज, २ पुस । आमरण अनशनमा बसेका कोसी पम्प, चन्द्र नहर सिँचाइ व्यवस्थापन डिभिजन नं २ राजविराजका पाँचजना दैनिक ज्यालादारी कर्मचारीको अवस्था चिन्ताजनक बन्दै गएको छ । आफूहरूको माग पूरा नगरेको भन्दै कर्मचारी मंसिर १५ देखी विभिन्न चरणको आन्दोलन पश्चात् गत आइतबारदेखि कार्यालय परिसरमा आमरण अनशनमा बसेका छन् ।...

  • चुरे वन संरक्षणको नाममा सामुदायिक वन खोस्न खोजेको आरोप 12/18/2014

    दैनिक संवाददाता राजविराज, २ पुस । सरकारले चुरे वन संरक्षणको नाममा सामुदायिक वन खोस्न खोजेको एक कार्यक्रमका सहभागिहरुले आरोप लगाएका छन । चुरे संरक्षण क्षेत्र घोषणा फिर्ता गर, राष्ट्रपति चुरे तराई मधेश समिति खारेज गर लगायतका विभिन्न नारा सहित सामुदायिक वन उपभोक्ता महासंघ नेपालद्वारा बुधबार राजविराजमा आयोजित एक विरोध कार्यक्रमलाई सम्बोधन गर्दै सहभागिहरुले यस्तो आरोप लगाएका हुन । ...

  • कारागारमा मानिस बस्ने अवस्था छैन् ः आयुक्त पाठक 12/17/2014

    दैनिक संवाददाता राजविराज, १ पुस । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदिप पाठकलगायत सम्मिलित एक टोलीले मंगलबार राजविराजस्थित सप्तरी कारागारको निरिक्षण गर्नुभएको छ । निरिक्षणको क्रममा मानवअधिकार आयोगका आयुक्त सुदिप पाठकले कारागार पूर्ण रुपले जिर्ण भइसकेको अवस्थामा सरकारले अविलम्ब यहाँका कैदीबन्दीलाई नयाँ भवनमा सार्नु पर्ने जानकारी दिनुभएको छ । उहाँले कारागारमा मानव बस्ने अवस्था नै नरेहकोले कुनै पनि बेला भवनमा दुर्घटना समेत हुन सक्ने सम्भावना पनि उत्तिकै रहेको जानकारी दिनुभयो ।...

  • सप्तरी कारागारमा समस्यै समस्या 12/17/2014

    दैनिक संवाददाता राजविराज, १ पुस । मुलुकमा रहेको अन्य कारागार मध्ये एक पुरानो सप्तरी कारागार विभिन्न समस्याले पिरोलिदै गएको छ । यस कारागारमा भवन, कर्मचारी, जग्गा अतिक्रमण लगायतका अन्य समस्याहरु रहेको छ । सप्तरी कारागारमा हाल क्षमता भन्दा दोब्बर कैदी बन्दीहरु रहेका छन् । ...

  • जिल्लाको समग्र विकासलगायत ४९ सुत्रिय मागसहित नेकपा संयुक्तद्वारा प्रधानमन्त्रीलाई ज्ञापन 12/16/2014

    दैनिक संवाददाता राजविराज, २९ मंसिर । जिल्लाको समग्र विकाससहित विभिन्न ४९ सूत्रिय माग अघि सार्दै नेकपा संयुक्तले सोमबार जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । धर्मनिरपेक्ष, संघीयता, लोकतान्त्रिक, गणतन्त्रमा आधारित जनपक्षिय संविधान निर्माणको कार्य तोकिएकै समयअवधीभित्र सम्पन्न गराउनलगायतका माग राख्दै नेकपा संयुक्त जिल्ला कार्य समिति सप्तरीको नेतृत्वमा जनदबाब अभियान अन्तरगत ¥याली निकाली राजविराज नगर परिक्रमा गर्दै प्रशासन कार्यालयमा सो ज्ञापन बुझाएको हो । ...

  • जिल्लाको पुरानो विद्यालय पविउमावि अब इन्टरनेटमा 12/15/2014

    दैनिक संवाददाता राजविराज, २८ मंसिर । सप्तरी जिल्लाको सबै भन्दा पुरानो विद्यालय पविमावि (हाल पविउमावि) ले विद्यालयको सम्पूर्ण गतिविधी र सूचना वेवसाइट निर्माण गरि सार्वजनिक गरेको छ । भर्खरै निर्माण गरिएको वेवसाइटमा विद्यालयको सम्पूर्ण भौतिक संरचना, शिक्षकहरुको नामावली, भविष्यको योजना लगायत सूचनाहरु धधध।उदmद।भमग।लउ वेवसाइटमा राखिएको छ । सो वेवसाइटको पहिलो पेजमा विद्यालयका प्रअ स्व. रामचन्द्र झाको शालिक भएको तस्बिर राखिएको छ । जसको उद्घाटन तत्कालिन प्रधानमन्त्रि डा. बाबुराम भट्टराईले गर्नुभएको थियो ।...

  • सप्तरीका किसानहरु बेमौसमी तरकारी खेतितर्फ आकर्षित 12/14/2014

    शुभ नारायण यादव राजविराज÷बढ्दो बेरोजगारीका कारण सप्तरीका युवाहरु बिदेश पलायन भईरहेको बेला जिल्लाको मलेठ गाविसका युवाहरु बेमौसमी तरकारी खेतीतर्फ आकर्षित हुँदै गएका छन् । मेहनत गरेपछि बिदेशको जस्तो स्वदेशमा पनि आम्दानी गर्न सक्ने सोचका साथ मलेठ गाविस २ का युवाहरु अहिले बैमौसमी तरकारी खेती गर्ने तर्फ आकर्षित भएका हुन । बास्तवमा मेहनतको फल मिठो हुन्छ भनेझै यहाँका युृवाहरु बेमौसमी तरकारी खेतिबाट घरमै बसेर लाखौ आम्दानी गर्दै आएका छन । ...

  • एउटै परिवारमा ६ जना अपाङ्ग राज्यबाट पाउने सम्पूर्ण सेवा सुविधाबाट बञ्चित 12/12/2014

    नवीनकुमार गुप्ता राजविराज, २५ मंसिर । सुन्दा आश्चर्य लाग्छ, तर कुरा बास्तविक हो । सप्तरीको गम्हरिया प्रवाहा गाविस वडा न. ४ स्थित एउटा परिवारमा ६ जना अपाङ्गता भएका ब्यक्तिहरु रहेका छन् । स्थानीय स्व.बौकु मण्डलका दुई छोरा, दुई बुहारी, एक छोरी र एक नाति अपाङ्ग रहेका छन् । ६ जनामध्ये पाँच जना दृष्टिविहिन छन् भने एक जना शारीरिक अपाङ्ग छन् ।...

  • तीन सय भन्दा बढी पशु चौपायामा खोरैत रोग देखाप¥यो 12/11/2014

    शुभ नारायण यादव राजविराज, २४ मंसिर । सप्तरीको उत्तरी भेगका पाँच गाविसमा करिब तीन सय भन्दा बढी पशु चौपायामा देखिएको खोरैत अर्थात बजहा रोगका कारण त्यहाँका किसानहरु चिन्तित बनेका छन । विगत दुई सातादेखि जिल्लाको जण्डौल, सितापुर, प्रसवनी, बकधुवा र हरिहरपुर गाविसका तीन सय भन्दा बढी गाई, भैसी, बाख्रा, बाछा, बाछीहरुमा सो रोगको प्रकोप देखा परेको स्थानीय किसानहरुले बताएका छन् ।...

  • खेलकुद अध्यक्ष गुप्ताको अन्त्यष्टि खेलकुदद्वारा दुःख व्यक्त 12/11/2014

    दैनिक संवाददाता राजविराज, २४ मंसिर । जिल्ला खेलकुद विकास समिति सप्तरीका अध्यक्ष दशरथ प्रसाद गुप्ताको बुधबार अन्त्यष्टि गरिएको छ । गुप्ताको शवमा बुधबार नेकपा एमालेका जिल्ला अध्यक्ष गोविन्द न्यौपानेले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिनुभयो । सो अवसरमा पार्टीका जिल्ला स्तरिय नेता तथा कार्यकर्ताहरु समेतको उपस्थिति रहेको थियो । ...

  • छाडा पशु चौपायाबाट दश हजार जरिवाना असुली, ५५ सु“गुर मारिए 12/10/2014

    दैनिक संवाददाता राजविराज, २३ मंसिर । नगरमा बढ्दो छाडा पशु चौपायाहरुको नियन्त्रणका लागि राजविराज नगरपालिका विगत केही समय यता सक्रिय भएको छ । सोही क्रममा राजविराज नगरपालिकाले विगत एक साताको अवधिमा नगरको विभिन्न स्थानबाट दर्जनौ पशु चौपायालाई नियन्त्रणमा लिई १० हजार राजस्व असुली गरेको छ । ...

  • जिल्ला खेलकुद विकास समिति सप्तरीका अध्यक्ष गुप्ताको निधन 12/10/2014

    दैनिक संवाददाता राजविराज, २३ मंसिर । जिल्ला खेलकुद विकास समिति सप्तरीका अध्यक्ष दशरथ प्रसाद गुप्ताको मंगलबार दिउँसो १ बजे निधन भएको छ । ५२ वर्षिय अध्यक्ष गुप्ताको राजविराज ८ स्थित आफ्नै घरमा हृदयघातबाट निधन भएको हो । उहाँ विगत तीन वर्षदेखी मुटु सम्बन्धि रोगले पीडित हुनुहुन्थ्यो । ...

  • दुईवटा स्वास्थ्य चौकीको भवन निर्माण कार्य समयमा सम्पन्न भएन स्थानियहरु सेवा सुविधा पाउनबाट बञ्चित 12/9/2014

    नवीनकुमार गुप्ता राजविराज, २२ मंसिर । सप्तरीको दुईवटा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण कार्य समयमा सम्पन्न हुन नसक्दा राज्य पक्षबाट स्थानियहरुले पाउने सेवा सुविधाबाट बञ्चित भएका छन् । सप्तरीको पश्चिम पिप्रा र फत्तेपुर स्वास्थ्य चौकीको नयाँ भवन निर्माणका कार्य पाएका ठेकेदार कम्पनीले समयमा पूरा गर्न नसक्दा सरकारले दिने गरेको सेवा सुविधाबाट स्थानियहरु बञ्चित भएका हुन् ।

  • दैनिक ज्यालादारी कर्मचारीहरुको रिले अनसन जारी 12/9/2014

    दैनिक संवाददाता राजविराज, २२ मंसिर । विगतमा भएको सम्झौता अबिलम्ब कार्यान्वयन गर्नुपर्ने लगायतका विभिन्न पाँच बुँदे माँगहरु अघि सारी दैनिक ज्यालादारी कर्मचारी इकाई समितिको रिले अनसन सोमबार पनि जारी रहेको छ । कोशी पम्प चन्द्र नहर सिंचाई व्यवस्थापन डिभिजन न. २ अन्तर्गत दैनिक ज्यालादारी कर्मचारी इकाई समितिले विगत एक सातादेखि कार्यालयको कामकाज ठप्प पारी रिले अनसनमा बसेका हुन । ...

  • दुई सशस्त्र समूहले हतियार बुझायो हतियार बुझाएर संविधान निर्माण प्रक्रियामा सहयोग ः संयोजक ढुङ्गाना 12/8/2014

    दैनिक संवाददाता राजविराज, २१ मंसिर । सरकारसँग वार्तारत दुई वटा सशस्त्र समुहले आईतबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा हतियार बुझाएका छन् । मधेश राष्ट्र जनतान्त्रिक पार्टी क्रान्तिकारी र तराई संयुक्त जनतान्त्रिक पार्टी नेपालले आइतबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा आयोजित एक कार्यक्रममा विभिन्न हतियारहरु बुझाएका हुन । ...

  • जल उपभोक्ता समन्वय समितिमा विवाद एक मनोनित एक निर्वाचित अध्यक्ष भएको दाबी 12/8/2014

    दैनिक संवाददाता राजविराज, २१ मंसिर । कोशी पम्प नहर जल उपभोक्ता समन्वय समिति राजविराजमा हरेक वर्ष जस्तै यो वर्ष पनि आन्दोलन, अनसन र विवाद भएको छ । सोही क्रममा एक पक्षले आफू निर्वाचित त अर्को पक्षले आफू निर्विरोध भएको दाबी गरेको छ । एक पक्षले राजविराजमा साधारण सभा गरि समिति पुर्नगठन गरेको छ भने अर्को पक्षले सप्तरीको मलेकपुर गाविसस्थित खुरहुरियामा निर्वाचन प्रक्रिया गरि निर्वाचित भएको दाबी गरेको छ । ...

  • सर्वोच्च अदालतको सेवालाई छिटो छरितो पार्न अनलाईन र एसएमएस सेवा सुरु 12/8/2014

    दैनिक संवाददाता राजविराज, २१ मंसिर । सर्वोच्च अदालतले अबदेखि न्यायिक कार्यलाई छिटो छरितो एवं सहज र प्रभावकारी बनाउन सुचना प्रविधिको प्रयोग गरी अनलाईन र एसएमएस सेवा सुरु गरेको छ । सर्वोच्च अदालतले अनलाईन तारिख तथा तामेली व्यवस्थापन सेवा र साउट म्यासेज सर्भिस अर्थात एसएमएस सेवा सुचारु गरिएको हो । ...

  • सप्तरीको समग्र विकास गर्ने सरोकारबालाहरुको सामुहिक प्रतिवद्धता “डन” प्रविधिलाई अन्त्य गर्न आवश्यक ः सभासद् यादव 12/6/2014

    दैनिक संवाददाता राजविराज, १९ मंसिर । सप्तरीको समग्र सामाजिक, आर्थिक, राजनैतिक, संस्कृतिक, धार्मिक तथा भाषिक विविधतालाई स्विकार्दै जिल्लाको समग्र विकासमा जिल्लाका सम्पुर्ण सरोकारबाला निकायहरुले प्रतिवद्धता जनाएका छन् । ...

  • मधेश छुट्टै राष्ट्र हुनुपर्छ ः डा. राउत 12/5/2014

    दैनिक संवाददाता राजविराज, १८ मंसिर । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउतले स्वतन्त्र मधेशको अडानलाई कायमै राख्दै मधेशको आप्mनो छुट्टै राष्ट्र हुनुपर्नेमा जोड दिनुभएको छ । बैज्ञानिक डा. सिके राउतद्वारा बिहिबार राजविराजस्थित शिवमन्दिरको प्राङ्गनमा आयोजित जन सम्बोधन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली राष्ट्रियतालाई तोडेर मधेशी राष्ट्रियता बनाउन जरुरी नरहेको बताउँदै मधेशलाई स्वतन्त्र बनाउनुपर्ने जिकिर गर्नुभयो । ...

  • कोशी नदीबाट गा“जा सहित पा“च तस्कर पक्राउ 12/5/2014

    दैनिक संवाददाता राजविराज, १८ मंसिर । सप्तरीको भारदह गाविस १ स्थित कोशी नदीबाट ठुलो परिमाणमा गाँजा सहित पाँच जनालाई सप्तरी प्रहरीले बुधबार राती पक्राउ गरेको छ । कोशी नदीको बाटो भएर डुङ्गामा गाँजा लिएर भारततर्फ लैजादै गर्दा सप्तरी प्रहरीले घेराबन्दी हाली ७ वटा पोकामा रहेको १ सय ७२ किलो गाँजासहित दुई भारतीय र ३ नेपाली नागरिकलाई पक्राउ गरेको हो । ...

  • आवश्यकता परेमा भुमिगत समेत हुन्छौं ः सिपी गजुरेल 12/5/2014

    दैनिक संवाददाता राजविराज, १८ मंसिर । नेकपा–माओवादीका केन्द्रिय उपाध्यक्ष सिपि गजुरेलले संविधान सभाको औचित्य समाप्त भईसकेको बताउँदै माघ ८ मा कुनै पनि हालतमा संविधान जारी नहुने ठोकुवा गर्नुभएको छ । नेकपा–माओवादी जिल्ला समिति सप्तरीले राजविराजमा आयोजना गरेको प्रशिक्षण कार्यक्रम पश्चात् बिहिबार गरेको पत्रकार सम्मेलनमा उहाँले सो ठोकुवा गर्नुभएको हो । ...

  • महिलाको रहस्यमय मृत्यु प्रहरीद्वारा अनुसन्धान सुरु 12/3/2014

    शुभ नारायण यादव राजविराज, १६ मंसिर । मुलुकभरी महिला हिंसा सम्बन्धि १६ दिने अभियान मनाईरहेको बेला सप्तरीमा एक जना महिलाको रहस्यमय तरिकाबाट मृत्यु भएको छ । सात महिना अघि प्रेम विवाह गरेकी सप्तरीको दिघवा गाविस १ बिरौल निवासी सुरज साहकी १८ वर्षिया श्रीमति पुनम चौधरीको दाइजोका कारण उनका आप्mनै श्रीमान र सासु मिलेर रहस्यमय तरिकाबाट हत्या गरिएको आरोप पीडित परिवाजनले लगाएका छन् ।...

  • सप्तरीमा नया“ नगरपालिका थपियो 12/3/2014

    दैनिक संवाददाता राजविराज, १६ मंसिर । मन्त्रि परिषद्को मंगलबार बसेको बैठकले थप ६१ वटा नगरपालिका घोषणा गरेको छ । अब नेपालमा नगरपालिकाको संख्या १ सय ९१ पुगेको छ भने इटहरी, धरान, जनकपुर, नेपालगंज, हेटौडा, भरतपुर र बुटवललाई महानगरपालिका बनाइने जनाइएको छ । ...

  • भारतीय मजदुरबाट सप्तरीका किसान धान कटाउन बाध्य 12/2/2014

    शुभ नारायण यादव राजविराज, १५ मंसिर । युवाहरु बिदेशिएका कारण मजदुरको अभावमा सप्तरीका किसानहरुलाई धान काट्न समस्या भएको छ । बढ्दो बेरोजगारीका कारण यहाँँका अधिकांश युवाहरु बिदेशिएपछि अहिले धान काट्ने बेलामा मजदुरको अभावमा धान काटनमा किसानहरुलाई समस्या भएको छ । मजदुर नपाउँदा छिमेकी भारतबाट मजदुरहरु ल्याएर धान काटन बाध्य छन यहाँका किसानहरु । ...

  • राष्ट्रिय मिडिया पत्रकार सञ्जाल गठन 12/2/2014

    दैनिक संवाददाता राजविराज, १५ मंसिर । सप्तरीबाट राष्ट्रिय मिडियामा कार्यरत संचारकर्मीहरुको एक भेलाले सोमबार राष्ट्रिय मिडिया पत्रकार सञ्जाल गठन गरेको छ । राष्ट्रिय मिडियाका सम्पूर्ण जिल्ला प्रतिनिधिहरु सदस्य रहने गरि कान्तिपुर दैनिकका सप्तरी संवाददाता जितेन्द्र खड्गाको संयोजकत्वमा सो संजाल गठन गरिएको हो । ...

  • युवाहरुलाई बिदेश जानुको सट्टा आप्mनै मुलुकमा काम गर्न सुझाव ः एलडिओ धमला 12/1/2014

    दैनिक संवाददाता राजविराज, १४ मंसिर । सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्रको आईतबार एक कार्यक्रमबीच उद्घाटन भएको छ । गणेशमान सिंह स्मारक फाउण्डेशन र सबल नेपालको संयुक्त आयोजनामा आयोजित एक कार्यक्रमबिच स्थानीय विकास अधिकारी कोमल प्रसाद धमलाले उद्घाटन गर्नुभयो । ...

  • विद्युत चुहावट गर्ने १० पक्राउ 12/31/2013

    दैनिक संवाददाता राजविराज, १५ पुस । हुकिङ गरि बिद्युत चोरी गरेको आरोपमा बिद्युत प्राधिकरणको टोलीले सप्तरीको नकटी रायपुर र कटैया गाविसबाट १० जनालाई पक्राउ गरेको छ । बिद्युत प्राधिकरण कार्यालय राजविराजबाट खटिएको चुहाबट नियन्त्रण टोलीले बिद्युत चोरी गरेको आरोपमा नकटी रायपुर गाविसबाट ७ जना र कटैया गाविसबाट ३ जनालाई पक्राउ गरेको हो । ...

  • संविधान निर्माणमा दलहरु जुट्नुपर्नेमा जोड 12/30/2013

    दैनिक संवाददाता राजविराज, १४ पुस । संबिधान निर्माणमा दलहरुलाई जुट्नुपर्ने आइतबार राजविराजमा आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् ।...

  • जाडोले सप्तरीमा थप एक जनाको मृत्यु 12/30/2013

    दैनिक संवाददाता राजविराज, १४ पुस । अत्यधिक चिसोका कारण सप्तरीमा शनिवारराती थप एक जनाको मृत्यु भएको छ । पछिल्लो पटक शनिवारराती अत्यधिक चिसोका कारण सप्तरीको नेगड गाविस–५ निवासी ५५ बर्षीय मिश्रिलाल सदाको मृत्यु भएको छ । ...

  • आगलागिमा बाबु छोराको मृत्यु 12/29/2013

    राजविराज÷सप्तरीको धरमपुर गाविसमा गएराति आगलागि हुँदा बाबु छोराको जलेर मृत्यु भएको छ । सप्तरीको घोघनपुर गाविसका स्थायी निवासी ६० वर्षिय नागेश्वर साह र उनका छोरा १८ वर्षिय खेलानन्द साहको धरमपुर ४ स्थित बलुवामा रहेको किराना पसलमा आगलागि हुँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ...

  • चिसोका कारण सप्तरीमा एक जनाको मृत्यु, बिरामीको संख्या बढ्यो 12/29/2013

    राजविराज÷बिगत एक सातादेखि बढेको अत्यधिक चिसोका कारण सप्तरीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नकटी रायपुर गाविस ८ निवासी ६५ बर्षीय रघुनाथी यादव रहेका छन् । अत्यधिक चिसोका कारण बिहीवार राती यादवको घरमै कठ्याङिग्रएर मृत्यु भएको स्थानियवासीले जानकारी दिएका छन् । मंसीरको अन्तिम साताबाट सुरु भएको चिसो क्रमशः बढ्दैै जाँदा जिल्लाको जनजीवन प्रभावित भएका छन् भने स्थानियहरु बिरामी पर्न थालेका छन् ।...

  • नगरपालिकाद्वारा सडकपेटीका पसलहरु हटाउने अभियान जारी 12/28/2013

    दैनिक संवाददाता राजविराज, १२ पुस । राजविराज नगरपालिका कार्यालयले सडकपेटीमा रहेको फुटफाँट पसल र छाप्रोहरु हटाउने अभियानलाई तिब्रता दिएको छ ।...

  • गाविस प्रोफाइल नआउ“दा वेभ पेज बनेन 12/28/2013

    दैनिक संवाददाता राजविराज, १२ पुस । सप्तरीका गाविस सचिवहरुको ल्यापटप खरिद प्रकरणमा पहिलो पटक ल्यापटपका लागि सम्झौता गरेका मध्ये एक कालिका कम्प्युटर एण्ड सप्लायर्स राजविराजले शुक्रबार आफ्नो धारणा राखेको छ ।...

  • सत्य निरुपण तथा मेलमिलाप आयोग गठनमा कुनै पनि सरकारले ध्यान नदिएको आरोप 12/27/2013

    दैनिक संवाददाता राजविराज, ११ पुस । राष्ट्रिय मानवअधिकार आयोगका निवर्तमान सदस्य रामनगिना प्रसाद सिंहले दलका नेताहरुको उदासिनताका कारण सत्य निरुपण तथा मेलमिलाप आयोग गठन हुन नसकेको बताउनु भएको छ ।...

  • प्रहरीद्वारा एक ट्रक काठ नियन्त्रण 12/27/2013

    दैनिक संवाददाता राजविराज, ११ पुस । प्रहरीको गस्ती टोलीले बुधबारराती सप्तरीको फत्तेपुरबाट एक ट्रक खयरको काठ नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक बिजय कुमार यादवको नेतृत्वमा खटिएको गस्ती टोलीले ना. ४ ख ६१७ नम्बरको ट्रकमा लोड गरी उदयपुर तर्फ लैजाँदै गरेको अवस्थामा काठसहित ट्रक नियन्त्रणमा लिएको जनाएको छ । ...

  • दैवी प्रकोप उद्दार समितिलाई नगद तथा रबरको बोट प्रदान 12/27/2013

    दैनिक संवाददाता राजविराज, ११ पुस । कोशी पिडीत समाज सप्तरीले लुथरन विश्व फेडरेसन, नेपालको सहयोगमा जिल्ला दैवी प्रकोप उद्दार समिति सप्तरीलाई बाढी प्रकोप उद्दार सामग्री, रबरको बोट तथा आर्थिक सहयोग प्रदान गरेको छ ।...

  • सप्तरीका सभासद् र कार्यालय प्रमुखबीच १२ बु“दे निर्णय 12/26/2013

    दैनिक संवाददाता राजविराज, १० पुस । सप्तरीका सभासद् र कार्यालय प्रमुखहरुबीच भ्रष्टाचार अन्त्य गर्न र जिल्लामा विकासीय गतिविधि बढाउन बुधवार १२ बुँदे निर्णय भएको छ ।...

  • झाको दोश्रो निबन्ध संग्रह “सङ्खघोष” को विमोचन 12/26/2013

    दैनिक संवाददाता राजविराज, १० पुस । नेपाली निबन्ध सङ्ग्रह ‘सङ्खघोष’ को बुधवार एक कार्यक्रमबीच राजविराजमा विमोचन गरिएको छ । ...

  • निर्माण भएको १७ महिनामै पुल चर्कियो 12/25/2013

    दैनिक संवाददाता राजविराज, ९ पुस । सत्र महिना बित्न नपाउँदा सप्तरीको सिम्रहा सिगियोन गाविसस्थित घोडदह नदीमा निर्माण भएको पक्की पुल चर्किन थालेको छ । नेपाल सरकार र एसियाली विकास बैंकको सहयोगमा सञ्चालित व्यवसायिक कृषि विकास आयोजना सम्भाग १ अन्तर्गतको कमर्सियल एग्रीकल्चर एलाइन्स (सिएए) को ४९ दशमलव २१ प्रतिशत, जिल्ला विकास समिति सप्तरीको १७ दशमलव ३५ र गाविस उपभोक्ताको ३४ दशमलव ४४ प्रतिशत लगानीमा गत २०६९ साल असार २९ गते निर्माण सम्पन्न भएको उक्त पुल चर्किन थालेको हो । ...

  • रुख कटान गरिरहेका दुई पक्राउ 12/25/2013

    दैनिक संवाददाता राजविराज, ९ पुस । वन कर्मचारीको टोलीले इलाका वन कार्यालय रुपनगर अन्तर्गतको सामुदायिक वन क्षेत्रमा अबैध रुपमा रुख फडानी गरिरहेको अवस्थामा सोमवाररातीे दुई जनालाई पक्राउ गरेको छ । ...

  • गाविस सचिवले कामै नगरी रकम झ्वाम्म पारेको खड्गपुरबासीको आरोप 12/24/2013

    दैनिक संवाददाता राजविराज, ८ पुस । सप्तरीको खड्गपुर गाविसका सचिव मो. अहमद हुसेनले कामै नगरी लाखौ रुपैयाँ भ्mवाम्म पारेको स्थानियबासीहरुले आरोप लगाएका छन् ।...

  • जातीय छुवाछुत र भेदभाव बिरुद्ध पैरवी रणनीति तयार 12/24/2013

    दैनिक संवाददाता राजविराज, ८ पुस । जातीय छुवाछुत र भेदभाव बिरुद्ध आवाज उठाउँदै आएका दलित समुदायका युवाहरुले सोमवार राजविराजमा पैरबी सम्बन्धित रणनीति बनाएका छन् ।...

  • सप्तरीमा २ सय ५० उम्मेदवार मध्ये १९ जना उम्मेदवारले मात्र खर्च बिवरण बुझाए 12/23/2013

    दैनिक संवाददाता राजविराज, ७ पुस । संबिधानसभा निर्वाचनको परिणाम घोषणा भएको ३६ दिनभित्र चुनावमा भएको खर्च बिवरण निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था रहेपनि सप्तरीमा २ सय ३१ जना उम्मेदवारहरुले अझै निर्वाचनको खर्च बिवरण पेश गरेका छैनन् । ...

  • कुनौली बा“ध र राजविराज विमानस्थलको अवलोकन पश्चात सभासद् यादवद्वारा सञ्चारकर्मीस“ग अन्तरक्रिया 12/22/2013

    राजविराज÷एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा सप्तरी क्षेत्र नम्बर ३ का नवनिर्वाचित सभासद् उमेश यादवले शनिवार सप्तरीको रम्पुरा मल्हनियाँ गाविसस्थित कोशी नदीको पलारमा सञ्चारकर्मीहरुसँग जिल्लाको बिकासको सन्दर्भमा अन्तरक्रिया गर्नुभएको छ ।...

  • न्यायका लागि बृद्ध साह प्रहरी कार्यालय अगाडी अनसनमा 12/21/2013

    दैनिक संवाददाता राजविराज, ५ पुस । पारिवारिक बिवादका कारण घर निकाला गरिएका एक बृद्धले इलाका प्रहरी कार्यालय रुपनी अगाडी शुक्रवारदेखि अनसन शुरु गरेका छन् । आफ्नै श्रीमती तथा तीन छोराहरुबाट घर निकाला गरिएका सप्तरीको रायपुर गाविस ८ निवासी ६४ वर्षिय रामप्रसाद साह तेलीले इलाका प्रहरी कार्यालय अगाडी ठेला गाडीमा अनसन शुरु गरेको हो । ...

  • स्थानीय निकायको निर्वाचनका लागि ऐन तथा नियम संशोधनको खाका तयार 12/20/2013

    दैनिक संवाददाता काठमाडौँ, ४ पुस । स्थानीय निकायको निर्वाचनका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आवश्यक ऐन तथा नियम संशोधनको खाका तयार गरेको छ । ...

  • :yflgox?n] s'6lk6 u/]sf] eGb} dlxnfåf/f ph'/L ... 12/20/2013

    दैनिक संवाददाता राजविराज, ४ पुस । प्रतिरोधको भावनाबाट प्रेरित भई केटाकेटी बिचको झगडालाई निहुँ बनाएर आफ्ना छोरासहित आफुलाई स्थानिय ब्यक्तिहरुले कुटपिट गरेको भन्दै सप्तरीको नेगड गाविसकी एक दलित महिलाले न्यायका लागि प्रहरीमा उजुरी दिएकी छिन् । ...

  • श्रीमती र छोराहरुबाट घर निकाला 12/19/2013

    नवीनकुमार गुप्ता राजविराज, ३ पुस । पारिवारिक विवादका कारण श्रीमती, सासु, बुहारी घर निकाला गरिएको घटना व्यापक रुपमा सुन्ने र देख्ने गरेका छौं तर सोही विवादका कारण घरका मुखिया भनिने श्रीमान् वा पितालाई नै घर निकाला गरिएको घटना सुन्दा अचम्म लाग्न सक्छ । ...

  • विपन्न परिवारहरुलाई कम्बलसहित विभिन्न सामाग्री वित्तरण 12/19/2013

    दैनिक संवाददाता राजविराज, ३ पुस । नेपाल प्रहरी परिवार महिला संघ र न्यानो संसारको संयुक्त प्रयासमाा सप्तरीको १० गाविसमा ५ सय १५ थान कम्बल बितरण गरिएको छ । सप्तरीमा सितलहरबाट प्रभावित हुनसक्ने विपन्न परिवारलाई मंगलबार कम्बल लगाएत अन्य समाग्री वितरण गएिको हो । ...

  • प्रहरी परिवार महिला संघद्वारा कम्बल र औषधी वितरण 12/18/2013

    दैनिक संवाददाता राजविराज, २ पुस । चिसोबाट बच्न नेपाल प्रहरी परिवार महिला संघ र न्यानो संसारले संयुक्त रुपमा सप्तरीको भारदह, बक्धुवा, हनुमाननगर गाविसका बिपन्न परिवारलाई कम्बल तथा औषधी बितरण गरेको छ । ...

  • चिसो बढेपछि सिरक, डस्ना बनाउन धुनिया“हरुलाई भ्याई नभ्याई 12/18/2013

    दैनिक संवाददाता राजविराज, २ पुस । एक्कासी चिसो बढेपछि अहिले सप्तरीमा सिरक, डस्ना बनाउन धुनियाँहरुलाई भ्याई नभ्याई भएको छ । सप्तरी सदरमुकाम राजविराजमा अहिले धुनियाँहरु दिनमा १० देखी १५ वटा सिरक, डस्ना बनाउन लागिपरेका छन् । सोमबारबाट सुरु भएको चिसोका कारण सप्तरीमा सिरक डस्नाको माग ह्वातै बढेको हो । ...

  • सभासद् मण्डलद्वारा क्षेत्रको समग्र विकासको सन्दर्भमा सर्बपक्षिय अन्तरक्रिया 12/17/2013

    दैनिक संवाददाता राजविराज, १ पुस । एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा सप्तरी क्षेत्र नम्बर २ का नवनिर्वाचित सभासद् अशोक कुमार मण्डल(अमर)ले सोमवार सँगै चुवान लडेका बिभिन्न दलका प्रतिष्पर्धी, स्थानिय अगुवा तथा सञ्चारकर्मी लगायतसँग सो क्षेत्रको समग्र बिकासको सन्दर्भमा अन्तरक्रिया गर्नुभएको छ ।...

  • सरसफाई र शिक्षा ध्यान दिन दलित समुदायस“ग सभासद् यादवको आग्रह 12/17/2013

    दैनिक संवाददाता राजविराज, १ पुस । एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा सप्तरी क्षेत्र नम्बर ३ का नवनिर्वाचित सभासद् उमेश कुमार यादवले बस्तीको सरसफाईमा ध्यान दिन र बालबालिकाहरुलाई नियमित बिद्यालय पठाउन डुम तथा मेहत्तर समुदायसँग आग्रह गर्नुभएको छ । राजविराज कारागारसँगै टाँसिएको डुम तथा मेहतर जातीको बस्तीमै पुगेर सभासद् यादवले यस्तो आग्रह गर्नुभएको छ ।...

  • घा“स कार्यक्रम अन्तर्गत कृषकहरुलाई बिऊ बितरण गर्न शुरु 12/16/2013

    दैनिक संवाददाता राजविराज, ३० मंसिर । राष्ट्रिय घाँस मिसन कार्यक्रम सप्तरीमा शुरु भएको छ । कार्यक्रम अन्तर्गत जिल्ला पशु सेवा कार्यालय सप्तरीले सप्तरीको घाँस उत्पादनका लागि बिऊ बितरण शुरु गरेको छ । जिल्लाको महुली, बदगामा, १ नम्बर योगिनियाँ, फतेपुर, कञ्चनपुर, त्रिकोल, लोहजार लगायतका गाविसका करिब ३० बिघा भन्दा बढी जग्गामा घाँस खेतीका लागि बिऊ लगाइएको जिल्ला पशु सेवा कार्यालय सप्तरीका प्रमुख डा. काशीनाथ यादवले जानकारी दिनुभयो ।...

  • पुस १३ गते उपराष्ट्रपति राजविराज आउने 12/16/2013

    दैनिक संवाददाता राजविराज, ३० मंसिर । साह सेवा सदन सप्तरीको पुष १३ गते उपराष्ट्रपति परमानन्द झाबाट उद्घाटन हुने भएको छ । प्रचार प्रसार विभागका संयोजक आमेप्रकाश साहद्वारा आइतबार जारि विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ । ...

  • पार्टीलाई असहयोग गरेको छैन् ः बिजय यादव 12/15/2013

    राजविराज÷राष्ट्रिय मधेश समाजवादी पार्टीका राष्ट्रिय सचिव बिजय यादवले आफूले निर्वाचनमा कुनै अन्तरघात नगरेको दाबी गर्नुभएको छ । शनिबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आफूमाथि गलत आरोप लगाएर पार्टीले निष्काशन गरेको भन्दै आफूलाई समानुपातिक तर्फबाट सभासद् नबनाउने षडयन्त्र मात्र भएको आरोप समेत लगाउनुभयो । ...

  • पार्टी छोडेर गएका सम्पूर्णलाई फर्कन वरिष्ठ नेता नेपालको आग्रह 12/14/2013

    दैनिक संवाददाता काठमाडौँ, २८ मंसिर । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले एमाले छाडेर अन्य पार्टीका गएका सबै नेता तथा कार्यकर्तालाई मूल घरमा फर्कन आग्रह गर्नुभएको छ ।...

  • बालकहरुलाई फलफूल र शैक्षिक सामग्री वितरण 12/14/2013

    दैनिक संवाददाता राजविराज, २८ मंसिर । जेसीज सप्ताह अन्तरगत राजविराज जेसीजले शुक्रबार बाल कल्याण गृहका आश्रित बालकहरुलाई फलफूल तथा शैक्षिक सामग्री वितरण गरेको छ । जेसीज सप्ताहअन्तर्गत छैठो दिन बाल कल्याण गृहमा आयोजित एक कार्यक्रमका बीच फलफूल तथा शैक्षिक सामग्री वितरण गरिएको हो ।...

  • न्याय माग्दै लिलादेवी सदरमुकाममा 12/13/2013

    दैनिक संवाददाता राजविराज, २७ मंसिर । आफुलाई कुटपिट गरी पतिले अर्काेपछि न्याय माग्न सप्तरीको काचन गाविसकी लिला यादव सदरमुकाम राजविराज आईपुगेकी छिन् । घरायसी बिवादमा आफुलाई शारिरीक र मानसिक यातना दिई आफ्ना पति सप्तरीको काचन गाविस– ९ निवासी हरिनारायण यादवले अर्काेसँग बिवाह गरेपछि आफु बिजोगमा परेको लिलादेवीको दुखेसो छ । ...

  • गुप्तामाथि भएको आक्रमणको सभासद् मण्डलद्वारा भत्र्सना 12/13/2013

    दैनिक संवाददाता राजविराज, २७ मंसिर । आफ्ना पार्टीका मिथिला राज्य समिति सदस्य हिरण्य प्रसाद गुप्तामाथि भएको संघातिक आक्रमणको एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा सप्तरी क्षेत्र नम्बर २ का नवनिर्वाचित सभासद् अशोक कुमार मण्डल (अमर) ले भत्र्सना गर्नुभएको छ ।...

  • नवनिर्वाचित सभासद् यादवको ‘द ग्रेट सप्तरी, द बेस्ट सप्तरी, ग्रीन राजविराज, क्लिन राजविराज”” अभियान शुरु 12/12/2013

    दैनिक संवाददाता राजविराज, २६ मंसिर । एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा सप्तरी क्षेत्र नम्बर ३ का नवनिर्वाचित सभासद् उमेश कुमार यादवले सप्तरीको समग्र विकासका लागि ‘‘द ग्रेट सप्तरी, द बेस्ट सप्तरी, ग्रीन राजविराज, क्लिन राजविराज” अभियान शुरु गर्नुभएको छ ।...

  • जोन डेयर टि २० क्रिकेटको आयव्यय सार्वजनिक 12/12/2013

    दैनिक संवाददाता राजविराज, २६ मंसिर । जोन डेयर टि २० क्रिकेट प्रतियोगिताको आय व्यय सप्तरी क्रिकेट संघले बुधबार सार्वजनिक गरेको छ । सप्तरी क्रिकेट संघका सचिव आयूष श्रेष्ठद्वारा जारि विज्ञप्तिमा सो प्रतियोगिताको आय–व्यय आम्दानी तर्फ बिभिन्न प्रायोजक, संघ, संस्था, भुपु खेलाडि तथा खेलप्रेमीहरुबाट १ लाख १ हजार ५ सय ५० रुपैया संकलन भएको जनाइएको छ । ...

  • का“ग्रेसका कुनै नेता तथा कार्यकर्तालाई कारवाही भएन् 12/10/2013

    दैनिक संवाददाता राजविराज, २४ मंसिर । संबिधानसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको भन्दै नेपाली काँग्रेस सप्तरीको क्षेत्र नम्बर ३ को समिक्षा बैठकले कार्वाहीका लागि सिफारिस गरेका चार जना नेता कार्यकर्तामाथि केन्द्रीय समितिले कार्वाही गरेको छैन् ।...

  • रामसपाका राष्ट्रिय सचिव यादव पार्टीबाट निष्काशित 12/10/2013

    दैनिक संवाददाता राजविराज, २४ मंसिर । राष्ट्रिय मधेश समाजवादी पार्टीले आफ्ना केन्द्रीय सचिव बिजय कुमार यादवलाई पार्टीको साधारण सदस्यत समेतबाट निष्कासन गरेको छ । सो पार्टीको सोमवार राजधानीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले संबिधानसभा निर्वाचनमा असहयोग गरेको भन्दै यादवलाई निष्कासन गरेको हो । ...

  • दलितको १३ प्रतिशत प्रतिनिधित्व सुनिश्चितताको माग गर्दै प्रदर्शन 12/9/2013

    दैनिक संवाददाता राजविराज, २३ मंसिर । संबिधानसभामा दलितको १३ प्रतिशत प्रतिनिधित्व सुनिश्चितताको माग सहित दलितहरुले आईतवार राजविराजमा प्रदर्शन गरेका छन् । राजविराजस्थित शिवमन्दिर प्राङगणबाट निष्केको जुलुश बिभिन्न नारासहित नगरपरिक्रममा पश्चात पुनः सोही ठाउँमा पुगी सभामा परिणत भएको थियो । ...

  • “प्रहरी पोशाक बा” परियारको निधन 12/9/2013

    दैनिक संवाददाता राजविराज, २३ मंसिर । नेपाल प्रहरीको पोशाक सिलाईका लागि चर्चित राजविराज नगरपालिका–३ निवासी बिन्दु परियार (बिनवा) को शनिवारराती निधन भएको छ ।...

  • गहु“को बिऊ समयमा उपलब्ध नहु“दा किसान मर्कामा 12/7/2013

    दैनिक संवाददाता राजविराज, २१ मंसिर । समयमा गहुँको बिऊ उपलब्ध नहुँदा सप्तरीका किसानहरु मार्कामा परेका छन् । जिल्ला कृषि विकास कार्यालय सप्तरीले जिल्लामा चाहिने आवश्यक बिऊको आपूर्ति गर्न नसक्दा किसानहरु मर्कामा परेको बताएका छन् । ...

  • बस र म्याजिक ठोकिदा“ एकको मृत्यु, दुई घाइते 12/7/2013

    दैनिक संवाददाता राजविराज, २१ मंसिर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको मोहनपुर सडक खण्डमा शुक्रबार विहान यात्रुबाहक बस र म्याजिक ठोकिदाँ एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाईते भएका छन् ।...

  • तीन जना महिला पत्रकार सम्मानित, साङ्लो जुलुस प्रदर्शन 12/7/2013

    दैनिक संवाददाता राजविराज, २१ मंसिर । अखिल नेपाल महिला संघ सप्तरीले शुक्रबार महिला अधिकारका लागि लडिरहेको भन्दै सप्तरीका तीन जना महिला पत्रकारहरुलाई एउटै मञ्चमा सम्मान गरेको छ । ...

  • चार मधेशवादी दलबिच एकीकरण हुने 12/6/2013

    दैनिक संवाददाता राजविराज, २० मंसिर । संबिधानसभा निर्वाचनमा पराजय भोगेको साना चार मधेसवादी दलबीच एकीकरण हुने भएको छ । मधेसी जनअधिकार फोरम गणतान्त्रिक, संघीय सद्भावना, मधेश तराई फोरम र नेपाल सद्भावना पार्टी एकीकरण हुने भएको हो । ...

  • कुटपिट गरी घरनिकाला गरेको भन्दै एक महिलाद्वारा उजुरी दत्र्ता 12/6/2013

    दैनिक संवाददाता राजविराज, २० मंसिर । सप्तरीको मलेकपुर गाविस–६ की एक महिलाले परिवारजनद्वारा कुटपिट गरि घर निकाला गरेको उजुरी दिएकी छिन् । मलेकपुर गाविस–६ निवासी ३२ वर्षीया शान्तिदेवी ठाकुरले परिवारका सदस्यहरु मिलेर कुटपिट गरी घरनिकाला गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।...

  • सहकारी बैंकको ३१ औं शाखा राजविराजमा 12/4/2013

    दैनिक संवाददाता राजविराज, १८ मंसिर । राजविराजमा मंगलबारदेखि राष्ट्रिय सहकारी बैंकको ३१ औं शाखाको रुपमा सञ्चालन भएको छ । बैंकको मंगलबार एक कार्यक्रमका बीच राष्ट्रिय सहकारी संघका अध्यक्ष तथा पूर्वमन्त्री केशब बडालले उद्घाटन गर्नुभयो । ...

  • सप्तरी का“ग्रेस र एमालेमा नेता कार्यकर्ता निष्काशनको होडबाजी 12/3/2013

    दैनिक संवाददात राजविराज, १७ मंसिर । मंसिर ४ गते सम्पन्न दोश्रो संविधान सभा निर्वाचनको परिणामसँगै ठुला पार्टीमा नेता कार्यकर्ताहरुलाई निष्कासन गर्ने होडबाजी नै चलेको छ । निर्वाचनमा असहयोग गरेको भन्दै नेपाली काँग्रेस सप्तरी र नेकपा एमाले सप्तरीमा आफ्ना विभिन्न तहका नेता तथा कार्यकर्ताहरुलाई निष्काशन गर्ने होडबाजी चलेको छ । ...

  • नेपाली का“ग्रेस सप्तरीमा पुनः विवाद चर्कियो 12/2/2013

    दैनिक संवाददाता राजविराज, १६ मंसिर । पटक पटक बिवादित बन्दै आएको नेपाली काँग्रेस सप्तरीमा संबिधानसभा निर्वाचनको बिषयलाई लिएर पुनः बिवाद चर्केको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सप्तरी क्षेत्र नम्बर ३ का प्रत्यासी रामकुमार चौधरीको उपस्थितिमा शनिवार बसेको समिक्षा बैठकले काँग्रेस क्षेत्र नम्बर ३ का सभापतिसहितका चार जना नेता कार्यकर्तालाई कार्वाहीको सिफारिस गरेको थियो ।...

  • एचआईभी संक्रमणका कारण सप्तरीमा १७ जनाको मृत्यु 12/2/2013

    दैनिक संवाददाता राजविराज, १६ मंसिर । २६ औं विश्व एड्स दिवसको अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले आईतवार बिभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । “एचआइभीको नयाँ सङ्क्रमण, भेदभाव र एड्सबाट हुने मृत्युलाई शून्यमा पु¥याऔँ” नाराका साथ २६ औँ विश्व एड्स दिवस आइतबार राजविराजमा चेतनामूलक कार्यक्रम गरी मनाइयो ।...