गुडिरहेको सरकारी मोटरसाइकलमा आगलागि

राजविराज राजविराज
|
मंगलबार, कार्तिक २०, २०७५
|
|
२२ पटक हेरिएको
Shares
गुडिरहेको सरकारी मोटरसाइकलमा आगलागि

सारांश

  •     जिल्लाको विष्णुपुर गाउँपालिकाको नाममा रहेको स.
  • १.
  • ब.

दैनिक समाचारदता
राजविराज, २० कात्तिक ।
    सप्तरी सदरमुकाम राजविराज ८ स्थित रुपनी सडक खण्डमा मंगलबार दिउँसो ४ बजे गुडिरहेको एक सरकारी मोटरसाइकलमा अचानक आगलागि भएको छ । 
    जिल्लाको विष्णुपुर गाउँपालिकाको नाममा रहेको स.१.ब. ८८२ नम्बरको मोटरसाइकल गुडिरहँदा आफै आगलागि भएको प्रत्यक्षदर्शीले बताएका छन् । ६ महिना अघि मात्र खरीद गरिएको सो मोटरसाइकल गाउँपालिकाका कार्यकारी अधिकृत रंजितजंग अधिकारीले प्रयोग गर्दै आइरहेका थिए । 

    राजविराज ९ मलेठस्थित गिता पेट्रोल पम्पबाट १० लिटर पेट्रोल मोटरसाइकलमा हालेर पुनः फर्कदै गर्दा अचानक आगलागि भएपछि मोटरसाइकलमा सवार दुईजनाले हामफालेर ज्यान जोगाउन सफल भएको प्रत्यक्षदर्शीले बताएका छन् । 
    आगलागिको सूचना पाउने वित्तिकै घटनास्थलमा आएको राजविराज नगरपालिकाको बारुणयन्त्रले आगो नियन्त्रणमा लिए पनि आगलागिबाट मोटरसाइकल पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
    यसै क्रममा मोटरसाइकल चलाइरहेका सोही गाउँपालिका बमभोली यादवलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ । 
    यता आगलागि कसरी भएको भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने मोटरसाइकलको वायरिङ सर्ट भएर आगलागि हुन सक्ने स्थानियहरुले अनुमान गरेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपालाई थप ब्यबस्थित र संगठित बनाउन तर्दथ समिति गठन गरिदैै
राजपालाई थप ब्यबस्थित र संगठित बनाउन तर्दथ समिति गठन गरिदैै
विद्यालय तथा निजि सवारी साधनले  यात्रु ओसार्न थालेको गुनासो
विद्यालय तथा निजि सवारी साधनले  यात्रु ओसार्न थालेको गुनासो
जनतमका केन्द्रिय सदस्य शर्मा मिटरब्याजीको आरोपमा पक्राउ
जनतमका केन्द्रिय सदस्य शर्मा मिटरब्याजीको आरोपमा पक्राउ
हात्तिले क्षति पु¥याएका पीडित  परिवारलाई राहत प्रदान
हात्तिले क्षति पु¥याएका पीडित  परिवारलाई राहत प्रदान
दोषिलाई कारवाहीको माग गर्दै प्रहरी चौकीमा धर्ना 
दोषिलाई कारवाहीको माग गर्दै प्रहरी चौकीमा धर्ना 
पूर्वप्रधानपञ्चसहित एक सय भन्दा बढी जसपामा प्रवेश
पूर्वप्रधानपञ्चसहित एक सय भन्दा बढी जसपामा प्रवेश
चट्याङ लागेर मृत्यु भएका चारै जनाका  परिवारजनलाई प्रदेश सरकारको सहयोग, स्वास्थ्य जाँचमा सहयोग पुग्ने उद्देश्यले विद्यालयलाई थर्मलगन प्रदान
चट्याङ लागेर मृत्यु भएका चारै जनाका  परिवारजनलाई प्रदेश सरकारको सहयोग, स्वास्थ्य जाँचमा सहयोग पुग्ने उद्देश्यले विद्यालयलाई थर्मलगन प्रदान
अदालतबाट सजाय पाएर फरार  रहेका दुई प्रतिवादी पक्राउ
अदालतबाट सजाय पाएर फरार  रहेका दुई प्रतिवादी पक्राउ
माग पुरा गर्ने निर्णय पश्चात् मजदुरहरुको आन्दोलन फिर्ता
माग पुरा गर्ने निर्णय पश्चात् मजदुरहरुको आन्दोलन फिर्ता
उद्योग व्यवसायीको विकासका लागि  लगानीमैत्री नीति र वातावरण  आवश्यक ः मुख्यमन्त्री राउत
उद्योग व्यवसायीको विकासका लागि  लगानीमैत्री नीति र वातावरण  आवश्यक ः मुख्यमन्त्री राउत