दैनिक समाचारदाता
राजविराज, २० मंसिर ।
प्रदेश सभा सदस्य रुबी कुमारी कर्णले राजविराज ९ स्थित दलित विद्यार्थीको घर घर पुगी आवश्यक जानकारी लिएकी छिन ।
जिल्लामा भर्ना अभियानका वेला विभिन्न राजनीतिक दलका पदाधिकारी, सासद, मन्त्रि र पुर्व मन्त्रिहरुले अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरु विभिन्न समस्याले गर्दा विद्यालय सम्म नपुगि रहेको गुनासो आईरहेको वेला सांसद कर्ण आफु र आफुसगै मन्त्रि र पुर्व मन्त्रिले अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरुको अवस्था वुझन घर घर पुगेकी हुन ।
गत ५ बैशाखमा श्री राष्ट्रिय प्राथमिक विद्यालय गढिया मलेठमा भएको सार्वजनिक भर्ना अभियान कार्यक्रममा सांसद कर्णले स्थनिय सुरज कुमार सदाको अभिभाकत्व ग्रहण गरेकी थिइन भने शिक्षा मन्त्रि गिरिराज मणि पोखरेलले टिंकु मरीक, पूर्व शान्ती मन्त्री विश्वनाथ साहले श्याम सुन्दर सदा, पूर्व शिचाई मन्त्री उमेश कुमार यादवले राजा कुमार सदा र राजविराज नगरपालिकाको प्रमुख शम्भु प्रसाद यादवले कुलानन्द सदाको अभिभावकत्व ग्रहण गरेका थिए ।
प्रदेश सभा सदस्य कर्ण विहीवार ती विद्यार्थीहरुको घर पुग्दा टिंकु मरिक विद्यालय जानुको सटा घरको काम काज गरिरहेका थिए भने सोही वस्तीका दुइजना बालक सडकमै खेलकुदमा रमाइ रहेका थिए । सो अवस्था देखेपछि सांसद कर्णले अभिभावकलाइ बोलाई सम्झाइ वुझाइ वालकहरुलाइ विघालय पठाउन लगाएकी थिइन ।
पढाईको खर्च सरकार र आफु समेत व्यहोर्ने भन्दै सांसद कर्णले उपस्थित दलितसमुदायका अभिभावकहरुलाइ आश्वत पार्दै पढाइका लागी खर्चको चिन्ता नलिन र सन्तानलाइ नियमित विद्यालय पठाउनु अनरोध गरिन् ।
उनले बालवालिकाहरुलाई शैक्षिक सामग्रीका साथै न्यानो लुगा, झुल, विस्कुट, चाउचाउ, लगायतका सामग्रीहरु समेत वितरण गरेकी थिइन ।
अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरु घर घरमा पुगिन् प्रदेश सांसद कर्ण
सारांश
- जिल्लामा भर्ना अभियानका वेला विभिन्न राजनीतिक दलका पदाधिकारी, सासद, मन्त्रि र पुर्व मन्त्रिहरुले अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरु विभिन्न समस्याले गर्दा विद्यालय सम्म नपुगि रहेको गुनासो आईरहेको वेला सांसद कर्ण आफु र आफुसगै मन्त्रि र पुर्व मन्त्रिले अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरुको अवस्था वुझन घर घर पुगेकी हुन ।
- गत ५ बैशाखमा श्री राष्ट्रिय प्राथमिक विद्यालय गढिया मलेठमा भएको सार्वजनिक भर्ना अभियान कार्यक्रममा सांसद कर्णले स्थनिय सुरज कुमार सदाको अभिभाकत्व ग्रहण गरेकी थिइन भने शिक्षा मन्त्रि गिरिराज मणि पोखरेलले टिंकु मरीक, पूर्व शान्ती मन्त्री विश्वनाथ साहले श्याम सुन्दर सदा, पूर्व शिचाई मन्त्री उमेश कुमार यादवले राजा कुमार सदा र राजविराज नगरपालिकाको प्रमुख शम्भु प्रसाद यादवले कुलानन्द सदाको अभिभावकत्व ग्रहण गरेका थिए ।
- प्रदेश सभा सदस्य कर्ण विहीवार ती विद्यार्थीहरुको घर पुग्दा टिंकु मरिक विद्यालय जानुको सटा घरको काम काज गरिरहेका थिए भने सोही वस्तीका दुइजना बालक सडकमै खेलकुदमा रमाइ रहेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
हराएका २६ जना मध्ये २० जना फेला
निःशुल्क सिलाई मेसिन वितरण
बाढीको जोखिममा रहेका बनरझुल्लाबासी विपद्सँग जुध्न तयार
खुश्वुको हत्या आरोपमा एक पक्राउ
अस्पतालको सेवा सुधारको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ
प्रतिक्रिया
० प्रतिक्रिया