दैनिक समाचारदाता
राजविराज, १० माघ ।
मधेशका मसीहा स्व.गजेन्द्र नारायण सिंहको १७ औं पुण्यतिथि एवं भारतको ७० औं गणतन्त्र दिवसको अवसरमा बिहीबार राजविराजमा नेपाल भारत मैत्री युवा संघ सप्तरीले रक्तदान कार्यक्रम गरेको छ ।
सो कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिश कुमार सिंह, नेपाल भारत मैत्री युवा संघ सप्तरीका अध्यक्ष किशोर कुमार यादव, सचिव सप्तरी श्रवण कुमार देव, सचिव संजिव बिक्रम साह, सहसचिव मिथिलेश कुमार साह, राजपाका यूवा नेता रामनाथ यादव, सदस्य दिनेश कुमार शर्मा, मधेशी पत्रकार समाज सप्तरीका पूर्व अध्यक्ष शैलेन्द्र कुमार सिंह, सचिव शैलेश कुमार कर्ण, सतेन्द्र कुमार यादव, दिपेश कुमार यादव, संजीव कुमार यादवले रक्तदान गरेका थिए ।
यसैबीच नेपाल भारत मैत्री युवा संघ सप्तरीका अध्यक्ष किशोर कुमार यादवको अध्यक्षत तथा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा प्रदेश सांसद नेत्रविक्रम साह, जिल्ला समन्वय समितिका सभापति प्रभाकर यादव, राजविराज नगरपालिका प्रमुख शम्भू यादव, वाल कल्याण समिति सदस्य एवं प्राध्यापक सुरेन्द्र प्रसाद गुप्ता, राजपा नेपालका केन्द्रीय नेतालगायतको उपस्थितिमा गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालस्थित रक्त संचार केन्द्रमा सो रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल भारत मैत्री युवा संघ सप्तरीद्वारा रक्तदान
सारांश
- सो कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिश कुमार सिंह, नेपाल भारत मैत्री युवा संघ सप्तरीका अध्यक्ष किशोर कुमार यादव, सचिव सप्तरी श्रवण कुमार देव, सचिव संजिव बिक्रम साह, सहसचिव मिथिलेश कुमार साह, राजपाका यूवा नेता रामनाथ यादव, सदस्य दिनेश कुमार शर्मा, मधेशी पत्रकार समाज सप्तरीका पूर्व अध्यक्ष शैलेन्द्र कुमार सिंह, सचिव शैलेश कुमार कर्ण, सतेन्द्र कुमार यादव, दिपेश कुमार यादव, संजीव कुमार यादवले रक्तदान गरेका थिए ।
- यसैबीच नेपाल भारत मैत्री युवा संघ सप्तरीका अध्यक्ष किशोर कुमार यादवको अध्यक्षत तथा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा प्रदेश सांसद नेत्रविक्रम साह, जिल्ला समन्वय समितिका सभापति प्रभाकर यादव, राजविराज नगरपालिका प्रमुख शम्भू यादव, वाल कल्याण समिति सदस्य एवं प्राध्यापक सुरेन्द्र प्रसाद गुप्ता, राजपा नेपालका केन्द्रीय नेतालगायतको उपस्थितिमा गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालस्थित रक्त संचार केन्द्रमा सो रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
खुश्वुको हत्या आरोपमा एक पक्राउ
अस्पतालको सेवा सुधारको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ
ठूलो परिमाणको गाजा बरामद, एक पक्राउ
राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कार
ग्यास सिलिण्डर सहज रुपमा बिक्रि बितरण नगरिए कारवाही ः जिप्रका
प्रतिक्रिया
० प्रतिक्रिया