बुहारी हत्याको आरोपमा पक्राउ परेका सासु ससुरामाथी मुद्दा चलाइयो

राजविराज राजविराज
|
बुधबार, श्रावण २२, २०७६
|
|
२० पटक हेरिएको
Shares

सारांश

  •     १९ वर्षिया बुहारी रन्जु यादवको हत्या गरेको आरोपमा ५५ वर्षिय ससुरा महेन्द्र यादव र ४५ वर्षिया सासु लिलादेवीमाथी प्रहरीले बुधबार जिल्ला अदालत सप्तरीबाट म्याद थप गरि कर्तव्य ज्यान मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले जानकारी दिएका छन् ।
  •       मृतक रन्जुका दाजु रामसेवक यादवको जाहेरी तथा घटना मुचुल्का र प्राप्त विभिन्न सूचनाका आधारमा मंगलबार प्रहरीले दुबैलाई पक्राउ गरेको थियो ।
  •       गत साउन ५ गते रन्जुको शंकास्पद मृत्यु भएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २२ साउन । 
    सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ३ मा आफ्नै बुहारीको हत्या गरेको आरोपमा पक्राउ परेका सासु–ससुरामाथी कर्तव्य ज्यान मुद्दा अन्तरगत कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    १९ वर्षिया बुहारी रन्जु यादवको हत्या गरेको आरोपमा ५५ वर्षिय ससुरा महेन्द्र यादव र ४५ वर्षिया सासु लिलादेवीमाथी प्रहरीले बुधबार जिल्ला अदालत सप्तरीबाट म्याद थप गरि कर्तव्य ज्यान मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले जानकारी दिएका छन् । 
    मृतक रन्जुका दाजु रामसेवक यादवको जाहेरी तथा घटना मुचुल्का र प्राप्त विभिन्न सूचनाका आधारमा मंगलबार प्रहरीले दुबैलाई पक्राउ गरेको थियो । 
    गत साउन ५ गते रन्जुको शंकास्पद मृत्यु भएको थियो । सासु, ससुरासँग सम्बन्ध बिग्रिएका कारण छुटिएर रन्जु र उनका पति दिनेश गाउँमै अर्को घरमा भाडामा कोठा लिई बस्दै आएका थिए । 
    प्रहरीका अनुसार घटनाका दिन रन्जु घरमा एक्लै थिइन् । पति दिनेश कामका शिलशिलामा बजारतर्फ गएका थिए । घरमा कोही नभएको बेला पुगेका सासु ससुरासँग भएको विवाद र कुटपिटका क्रममा रन्जुको ज्यान गएको अनुसन्धानको क्रममा खुलेको डिएसपी रिमालले जानकारी दिए । 
    घटना लुकाउन सासु ससुराले नै एक्कासी बेहोस भएको भन्दै उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल पु¥याएका थिए । तर, चिकित्सकले रन्जुलाई मृत घोषणा गरेका थिए । घाँटी र शरीरमा देखिएको घाँउ, चोट, मृत्युको प्रकृति र घटनास्थलबाट प्राप्त विवरणहरुले त्यो मृत्यु नभई हत्या भएकोतर्फ संकेत गर्दछ, डिएसी रिमालको भनाई छ । 
    यसअघि तीन दिन अघि मात्र सप्तरीको डाकनेश्वरी नगरपालिका १ की २६ वर्षिया कंचनकुमारी यादवको रहस्यमय मृत्यु भएको थियो । उनको पनि सासु, ससुरा र पतिले मिलेर हत्या गरेको आरोप लगाउँदै अघिल्लो दिन मात्र आफन्तले शवसहित प्रदर्शन गरेका थिए । 
    सो घटनाका आरोपी पति अरबिन्द पक्राउ परेपनि सासु र ससुरा भने अझै फरार छन् । पछिल्लो केही दिन यता सप्तरीमा महिला हिंसाका घटना बढेपछि प्रहरीको टाउँको दुखाईको विषय बनेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दातापक्ष विभाजित हुँदा क्याम्पस दिवस स्थगन, झडप तथा क्यम्पसमा तालाबन्दी
दातापक्ष विभाजित हुँदा क्याम्पस दिवस स्थगन, झडप तथा क्यम्पसमा तालाबन्दी
मुर्ती बिनाको मन्दिर जीर्ण बन्दै 
मुर्ती बिनाको मन्दिर जीर्ण बन्दै 
वडाध्यक्षसहित तीनै जना धरौटीमा रिहा
ठक्करले पतिको मृत्यु, पत्नी घाइते
सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति  जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति  जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
किसानका लागि बितरण गर्न राखिएको अनुदानको गहुँको बिऊ लुटिए
किसानका लागि बितरण गर्न राखिएको अनुदानको गहुँको बिऊ लुटिए
स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
पार्टी निर्माणमा जुट्न कार्यकर्ताहरुलाई जसपा अध्यक्ष राईको आग्रह, सत्ता बिना बस्नु पर्दा पानी बिना माछा जस्तो छटपटी ः मन्त्री यादव
पार्टी निर्माणमा जुट्न कार्यकर्ताहरुलाई जसपा अध्यक्ष राईको आग्रह, सत्ता बिना बस्नु पर्दा पानी बिना माछा जस्तो छटपटी ः मन्त्री यादव
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा स्पिनर अजय यादबको उत्कृष्ट बलिङले सप्तरी बिजयी 
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा स्पिनर अजय यादबको उत्कृष्ट बलिङले सप्तरी बिजयी 
रकम अभावले उपचार गर्न नपाएकी खंगको मृत्यु
रकम अभावले उपचार गर्न नपाएकी खंगको मृत्यु