पाँच महिनादेखीको तालाबन्दीले सप्तरीको खेलकुद क्षेत्र लथालिङ्ग

राजविराज राजविराज
|
बुधबार, कार्तिक ६, २०७६
|
|
२५ पटक हेरिएको
Shares
पाँच महिनादेखीको तालाबन्दीले सप्तरीको खेलकुद क्षेत्र लथालिङ्ग

सारांश

  •     सप्तरी भारोत्तोलन संघले बुधबार खेलाडीहरलाई भेला गरी दिपावली तथा छठ पर्वको शुभकामना तथा जिल्ला खेलकुद विकास समितिमा गरिएको तालाबन्दी तथा खेलाडीहरुले भोग्नु परिरहेको समस्या बारे जानकारी लिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा संघका पदाधिकारी तथा खेलाडीहरुबाट सो गुनासो आएको हो ।
  •       भारोत्तोलनका स्वर्णपदक विजेता समेत रहेका खेलाडी मनोज यादवले भारोत्तोलन तर्फ यस अघि पटक पटक स्वर्णपदक जित्न सफल भएका सप्तरीका खेलाडीहरु विगत ५ महिनादेखि निरन्तरको तालाबन्दीका कारण विभिन्न समस्या सँग जुध्नु परेको गुनासो गरे ।
  • उनले खेलाडीहरुको मनोबल समेत घटेको दुखेको पोखे ।

दैनिक समाचारदाता
राजविराज, ६ कात्तिक । 
    सप्तरीका भारोत्तोलनका खेलाडी तथा संघका पदाधिकारीहरुले जिल्ला खेलकुद विकास समिति सप्तरीको कार्यालयमा विगत ५ महिनादेखी गरिएको तालाबन्दीका कारण खेलकुद क्षेत्रलाई ठुलो क्षति भएको गुनासो गरेका छन् । 
    सप्तरी भारोत्तोलन संघले बुधबार खेलाडीहरलाई भेला गरी दिपावली तथा छठ पर्वको शुभकामना तथा जिल्ला खेलकुद विकास समितिमा गरिएको तालाबन्दी तथा खेलाडीहरुले भोग्नु परिरहेको समस्या बारे जानकारी लिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा संघका पदाधिकारी तथा खेलाडीहरुबाट सो गुनासो आएको हो । 
    भारोत्तोलनका स्वर्णपदक विजेता समेत रहेका खेलाडी मनोज यादवले भारोत्तोलन तर्फ यस अघि पटक पटक स्वर्णपदक जित्न सफल भएका सप्तरीका खेलाडीहरु विगत ५ महिनादेखि निरन्तरको तालाबन्दीका कारण विभिन्न समस्या सँग जुध्नु परेको गुनासो गरे । उनले खेलाडीहरुको मनोबल समेत घटेको दुखेको पोखे । 
    भारोत्तोलनका प्रशिक्षक पुन्ती यादवले तालाबन्दीकै कारण खेलाडीहरुको अभ्यास समेत प्रभावित हुने गरेको तथा अन्य सुविधाहरुबाट समेत बञ्चित हुनुपरेको गुनासो गरे । अन्य जिल्लामा तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने खेलाडीहरु उच्च मनोबलका साथ तयारीमा जुटेका छन् तर, सप्तरी खेलकुदमा लामो समयदेखि गरिएको तालाबन्दी अझै खुल्न नसक्दा खेलाडी र प्रशिक्षक दुवैमा निरासा छाएको उनको भनाई छ । 
    यस्तै भारोत्तोलन संघ सप्तरीका अध्यक्ष महेश यादवले खेलकुद समितिमा लामो समयदेखि तालाबन्दी हुनु र सम्बद्घ निकाय मौन भएर बस्नु दुर्भाग्यपूर्ण रहेको भन्दै तिहार सकिए लगतै खेलकुदसँग आवद्घ अन्य संघ संस्थाका प्रतिनिधिको वृहत भेला गरी दवावमूलक कार्यक्रमहरु गर्ने तयारी गरिएको बताए । 
    उनले खेलाडीहरुले भोग्नु परिरहेको समस्या र आवश्यक सुविधाको विवरण समेटि सुझावपत्र तयार गर्ने र सो सुझाव पत्र सम्बद्घ निकायलाई बुझाउने गृहकार्य समेत थालिएको बताउँदै खेलकुदलाई राजनीतिक अखाडा नबनाउन सम्बद्घ पक्षलाई आग्रह समे गरे । 
    कार्यक्रममा नेपाल खेलकुद पत्रकार मंच सप्तरीका अध्यक्ष मनोज कुमार माझी, कराते प्रशिक्षक संजय परियार, भारात्तोलन संघका उपाध्यक्ष प्रेम यादव, सचिव गोपाल गुप्ता, सल्लाहकार सुर्यनाथ यादवलगायतले पनि लामो समयदेखिको तालाबन्दीले खेलगतिविधि ठप्प भई नयाँ खेलाडी उत्पादन रोकिनुका साथै पुराना खेलाडी पनि पलायन हुन थालेको भन्दै अबिलम्ब खेलकुदमा लगाइएको  तालाबन्दी खोलाउन सम्बद्घ निकायले पहल गर्नुपर्ने माग गरे । 
    २०७६ साल जेठ ७ गते जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष धिरेन्द्र बर्माको नेतृत्वमा समितिका बहुमत पदाधिकारीले अध्यक्ष अमर खवास र कार्यालय प्रमुख दिनेश भुजेलको कार्यशैलीको विरोध गर्दै तालाबन्दी गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति  जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति  जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
स्नान गर्न तथा मेला भर्न सप्तकोशीमा भिड
स्नान गर्न तथा मेला भर्न सप्तकोशीमा भिड
एमालेले नागरिकता  विधेयकमा दोहोरो चरित्र  देखायो ः जसपा अध्यक्ष यादव
एमालेले नागरिकता  विधेयकमा दोहोरो चरित्र  देखायो ः जसपा अध्यक्ष यादव
वर्षाका कारण प्रदेशस्तरीय टि–ट्वान्टी  कप क्रिकेट प्रतियोगिता रोकियो
वर्षाका कारण प्रदेशस्तरीय टि–ट्वान्टी  कप क्रिकेट प्रतियोगिता रोकियो
रुपनी मेयर कपको फाइनलमा 
आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
फागुन २० गते हुने काँग्रेस सप्तरीको अधिवेशनका लागि उम्मेदवार अन्तिम चरणको प्रचारमा जुटे
फागुन २० गते हुने काँग्रेस सप्तरीको अधिवेशनका लागि उम्मेदवार अन्तिम चरणको प्रचारमा जुटे
छिमेकीद्वारा विदेशमै ठगिएपछी नजिबुल्लाको परिवार विचल्लीमा  परिवार विचल्लीमा 
छिमेकीद्वारा विदेशमै ठगिएपछी नजिबुल्लाको परिवार विचल्लीमा  परिवार विचल्लीमा 
बातावरण दिवसमा बृक्षारोपन
बातावरण दिवसमा बृक्षारोपन
विधेयक फिर्ता लिन माँग गर्दै संचारकर्मीले  बुझाए प्रमलाई हस्ताक्षरित ब्यानर
विधेयक फिर्ता लिन माँग गर्दै संचारकर्मीले  बुझाए प्रमलाई हस्ताक्षरित ब्यानर