घुरबाट सल्केको आगोले एक महिला  घाइते, आधा दर्जन घर नष्ट

राजविराज राजविराज
|
सोमबार, पौष १४, २०७६
|
|
३२ पटक हेरिएको
Shares

सारांश

  •     सुरुङ्गा नगरपालिका ४ मधुपट्टी टोलमा सोमबार बिहान ६ बजेतिर भएको सो घटनामा सोही वडा निवासी ४९ वर्षिया इश्वरीदेबी राम घाइते भएकी छिन् ।
  • उनको स्थानिय पोलिक्निकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
  •       आगो ताप्दै गएको बेला उनले लगाएको लुगामा आगो सल्केर उनी घाइते भएको प्रहरीको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, १४ पुस । 
    चिसो छल्न बालिएको घुर सल्केर आगलागि हुँदा सप्तरीको सुरुङ्ग नगरपालिकामा एक महिला घाइते भएकी छिन् भने आधा दर्जन घर जलेर नष्ट भएको छ । 
    सुरुङ्गा नगरपालिका ४ मधुपट्टी टोलमा सोमबार बिहान ६ बजेतिर भएको सो घटनामा सोही वडा निवासी ४९ वर्षिया इश्वरीदेबी राम घाइते भएकी छिन् । उनको स्थानिय पोलिक्निकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
    आगो ताप्दै गएको बेला उनले लगाएको लुगामा आगो सल्केर उनी घाइते भएको प्रहरीको भनाई छ । 
    चिसो हावासँगै सोही घुरबाट फैलिएको आगोले सोही वडाका फतुरी रामको ४, दुर्गानन्द राम र  हरेराम रामको फुसको संरचना भएको एक एक गरि ६ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    प्रहरीले आगलागिबाट लत्ता कपडा, खाद्यान्न र भाँडाकुँडा समेत जलेर नष्ट भई करिब ६ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । बारुणयन्त्र, स्थानीयवासी र प्रहरीको मद्दतले एक घण्टाको प्रयासपछि आगोमाथी नियन्त्रण लिई बस्तिलाई थप क्षतिबाट जोगाइएको डिएसपी तिलक भारतीले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१७ लाख भन्दा बढी मुल्य बराबरको चाँदीको गरहगनासहित दुई पक्राउ
१७ लाख भन्दा बढी मुल्य बराबरको चाँदीको गरहगनासहित दुई पक्राउ
राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार महासंघ सप्तरीकी उपाध्यक्ष दाहाल सम्मानित  
राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार महासंघ सप्तरीकी उपाध्यक्ष दाहाल सम्मानित  
सुरक्षित स्वच्छ खानेपानी युक्त बस्तीको शुभारम्भ
सुरक्षित स्वच्छ खानेपानी युक्त बस्तीको शुभारम्भ
विद्यालयसम्म ल्याउनका लागि गरिब विपन्न विद्यार्थीलाई कपी डटपेन सहयोग
विद्यालयसम्म ल्याउनका लागि गरिब विपन्न विद्यार्थीलाई कपी डटपेन सहयोग
भारतीय बजारबाट लागुऔषध  बोकेर आउँदै गरेका यूवक पक्राउ
भारतीय बजारबाट लागुऔषध  बोकेर आउँदै गरेका यूवक पक्राउ
तपेश्वरीमा पहिलो पटक  मिनि महोत्सव हुँदै
तपेश्वरीमा पहिलो पटक  मिनि महोत्सव हुँदै
आगलागिमा तीन घर जलेर नष्ट
आगलागिमा तीन घर जलेर नष्ट
दाईजोका कारण श्रीमतीलाई घर निकालासम्म गरेको कसुरमा श्रीमान पुर्पक्षका लागी कारागार चलान
दाईजोका कारण श्रीमतीलाई घर निकालासम्म गरेको कसुरमा श्रीमान पुर्पक्षका लागी कारागार चलान
१२ सीटका लागि १ सय ७६ जना चुनावी प्रतिस्पर्धामा
१२ सीटका लागि १ सय ७६ जना चुनावी प्रतिस्पर्धामा
आचारसंहिता विपरीत झुण्ड्याइएका प्रचार सामग्रि प्रहरीद्वारा हटाइयो
आचारसंहिता विपरीत झुण्ड्याइएका प्रचार सामग्रि प्रहरीद्वारा हटाइयो