तिलाठीमा सामुदायिक विपद् प्रतिकार्य तालिम

राजविराज राजविराज
|
बुधबार, माघ २२, २०७६
|
|
२५ पटक हेरिएको
Shares
तिलाठीमा सामुदायिक विपद् प्रतिकार्य तालिम

सारांश

  •     गाउँपालिका वडा नं.
  • १ तिलाठीमा आयोजना भएको तालिम उद्घाटनको अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले गाउँपालिका विपद्बाट अति प्रभावित रहेको हुँदा युवाहरुलाई आफ्नो समुदायमा आइपर्ने विपद्को सामना गर्न पूर्वतयारी गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको जानकारी दिएका छन् ।
  •       त्यस्तै भीमदल गणका गणपति गुप्तबहादुर कुँवरले विपद्का बेला उद्धार तथा खोजतलासमा युवाहरुले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताउँदै उनीहरुलाई तालिम दिई सक्षम बनाउनु आवश्यक भएकोले पालिकाहरुसँगको समन्वयमा तालिम सञ्चालन गरिएको जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २१ माघ । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र राजविराजस्थित नेपाली सेनाको भीमदल गणको संयुक्त आयोजनामा मंगलबारदेखी सामुदायिक विपद् प्रतिकार्य तालिम सञ्चालन भएको छ ।
    गाउँपालिका वडा नं. १ तिलाठीमा आयोजना भएको तालिम उद्घाटनको अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले गाउँपालिका विपद्बाट अति प्रभावित रहेको हुँदा युवाहरुलाई आफ्नो समुदायमा आइपर्ने विपद्को सामना गर्न पूर्वतयारी गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको जानकारी दिएका छन् । 
    त्यस्तै भीमदल गणका गणपति गुप्तबहादुर कुँवरले विपद्का बेला उद्धार तथा खोजतलासमा युवाहरुले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताउँदै उनीहरुलाई तालिम दिई सक्षम बनाउनु आवश्यक भएकोले पालिकाहरुसँगको समन्वयमा तालिम सञ्चालन गरिएको जानकारी दिए । 
    गणपति कुँवरले नेपाली सेनामा प्रवेश गर्ने सम्बन्धमा आम जनतामा जानकारीको अभाव रहेको, नेपाली सेनाप्रति अपनत्वको भावना जागृत गर्न तथा सेनामा प्रवेश सम्बन्धी प्रक्रियाको बारेमा समेत जानकारी गराए । 
    सो तालिममा नेपाली सेनाको १ नम्बर विपद् ब्यवस्थापन गण सुन्दरीजल काठमाण्डौका हरिप्रसाद जैसी, सनिर कार्की, गणेश सुनार, रामजी विष्ट, हरि सुनार, सागर थापासहितकाले सहजीकरण गर्ने तिलाठी कोइलाडी गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए । तालिममा गाउँपालिकाको विभिन्न वडाका गरी ५५ जना युवाको सहभागिता रहेको छ ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेवि संघ र तरुण दलको समिति  विधान सम्वत गठन ः प्रवक्ता यादव
नेवि संघ र तरुण दलको समिति  विधान सम्वत गठन ः प्रवक्ता यादव
कनकपट्टीमा ३४ सुकुम्वासी दलित परिवारका  लागि सुरक्षित भवन निर्माण हुँदै
कनकपट्टीमा ३४ सुकुम्वासी दलित परिवारका  लागि सुरक्षित भवन निर्माण हुँदै
सामाजिक संजालमार्फत धमाधम  उम्मेदवारी घोषणा हुँदै 
सामाजिक संजालमार्फत धमाधम  उम्मेदवारी घोषणा हुँदै 
प्रसाही–थलही जोड्ने सडक तीन  करोड २० लाखको लगानीमा बन्दै
प्रसाही–थलही जोड्ने सडक तीन  करोड २० लाखको लगानीमा बन्दै
एनएमबी बैंकको दुई स्थानमा शाखारहित बैकिङ कारोबार सुरु
एनएमबी बैंकको दुई स्थानमा शाखारहित बैकिङ कारोबार सुरु
सहुलियत दरका १ सय ३८ बोरा मल कालोबजारी गर्न भण्डारण गरिराखेको अवस्थामा बरामद
सहुलियत दरका १ सय ३८ बोरा मल कालोबजारी गर्न भण्डारण गरिराखेको अवस्थामा बरामद
जनमतका कार्यकर्तालाई रोक्न खोज्दा प्रहरीको दाँत भाच्यो, जनमतका पाँच जना घाइते
जनमतका कार्यकर्तालाई रोक्न खोज्दा प्रहरीको दाँत भाच्यो, जनमतका पाँच जना घाइते
बिपन्न सुमदायका महिलाहरू पोषण सम्बन्धी एकीकृत तालिम 
बिपन्न सुमदायका महिलाहरू पोषण सम्बन्धी एकीकृत तालिम 
तिलाठीको सकरपुरामा आगलागि हुँदा चार घरसहित ७ तोला सुन र २ किलो चाँदी जलेर नष्ट हुँदा ३३ लाख ७० हजार मुल्य बराबरको क्षति 
तिलाठीको सकरपुरामा आगलागि हुँदा चार घरसहित ७ तोला सुन र २ किलो चाँदी जलेर नष्ट हुँदा ३३ लाख ७० हजार मुल्य बराबरको क्षति 
पाँच रुँपैयादेखी २० हजार रुँपैयासम्म जरिवाना  गरिएका ४० फरार प्रतिवादी पक्राउ
पाँच रुँपैयादेखी २० हजार रुँपैयासम्म जरिवाना  गरिएका ४० फरार प्रतिवादी पक्राउ