दैनिक समाचारदाता
राजविराज, २७ जेठ ।
सप्तरी जिल्लास्थित रक्तसंचार सेवा केन्द्रमा रगतको अभाव भएको छ ।
रगतको अभावले विशेष गरि ग्रामिण भेगका सुत्केरी महिला र अन्य बिरामीलाई समस्या भइरहेकोले सहयोग गर्न विभिन्न संघ संस्थाहरुलाई रक्तसंचार सेवा केन्द्रले आग्रह समेत गरेको छ ।
यता सामाजिक नागरिक उत्तरदायित्व अन्तरगत एक गैरसरकारी संस्थाले मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
“रक्तदान जिवनदान, रगतको अभावमा कसैले नगुमाओस् ज्यान” भन्ने नाराका साथ ग्रिन नेपाल नामक संस्थाले छिन्नमस्ता अस्पताल तथा रक्त संचार सेवा केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् ।
एकातिर कोरोनाको त्रास, अर्कोतिर बढ्दो गर्मीसँगै बिरामीको चाप ह्वातै बढेपछि रक्तसंचार केन्द्रमा रगतको चरम अभाव भएको केन्द्रका इन्चार्ज नविन झाले बताएका छन् ।
यस्तै ग्रिन नेपालका अध्यक्ष खेलानन्द दासले जिल्लाको एक मात्र रक्तसंचार सेवा केन्द्रमा रगतको अभाव भएपछि रगत अभावमा कुनै पनि व्यक्तिको मृत्यु नहोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।
स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालको हाताभित्र रेडक्रस सोसाइटी शाखा सप्तरीद्वारा संचालित उक्त रक्तसंचार सेवा केन्द्रमा लकडाउन लागु भए यतादेखी रगतको चरम अभाव भएको हो ।
सप्तरीमा रगतको अभाव
सारांश
- रगतको अभावले विशेष गरि ग्रामिण भेगका सुत्केरी महिला र अन्य बिरामीलाई समस्या भइरहेकोले सहयोग गर्न विभिन्न संघ संस्थाहरुलाई रक्तसंचार सेवा केन्द्रले आग्रह समेत गरेको छ ।
- यता सामाजिक नागरिक उत्तरदायित्व अन्तरगत एक गैरसरकारी संस्थाले मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
- “रक्तदान जिवनदान, रगतको अभावमा कसैले नगुमाओस् ज्यान” भन्ने नाराका साथ ग्रिन नेपाल नामक संस्थाले छिन्नमस्ता अस्पताल तथा रक्त संचार सेवा केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
विशेष साधारण सभाको कुनै औचित्य छैन् ः सप्तरी जिल्ला बार
पत्रकार महासंघले छठ पर्वपछि चरणबद्ध आन्दोलन गर्ने
करेन्ट लागेर घाइते भएका सुदर्शनलाई आर्थिक सहयोग
सामुदायिक प्रयासले पुनर्जीवन पायो सकरपुराको ऐतिहासिक पोखरी
निजि विद्यालयद्वारा परम्परालाई निरन्तरता
बालक मृत अवस्थामा फेला
सामुदायिक पहल र परियोजनाको सहयोगले पोखरीको मुहार फेरियो
प्रतिक्रिया
० प्रतिक्रिया