दैनिक समाचारदाता
राजविराज, ३० भदौं ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लामा जारि निषेधाज्ञालाई ५२ दिनपछि मंगलबारदेखी हटाएको छ ।
जिल्ला स्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिस र जिल्ला सुरक्षा समितिको सोमबार साँझ बसेको बैकठले जिल्लामा गत साउन ८ गतेदेखी लगाइएको निषेधाज्ञालाई सुरक्षा र स्वास्थ्यको मापदण्ड तोकि हटाउने निर्णय गरेको थियो ।
यता निषेधाज्ञा हटेसँगै जिल्लामा मंगलबार बिहानदेखी सुरक्षा, स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने सर्तसहित बजारमा चहलपहल सुरु भएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशाकीय अधिकृत एंव सूचना अधिकारी आनन्द ठाकुरका अनुसार पसल, व्यवसायी, बैंक तथा बित्तिय संस्था, सरकारी कार्यालय, स्थानिय तह, उद्योग, कलकारखाना लगायतले सरकारबाट जारि भएको सुरक्षा र जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गरि संचालनमा ल्याउन सक्ने अनुमति प्रदान गरिएको छ । जिल्ला भित्र निजि सवारीसाधन तथा दुई जना यात्रु मात्र राखेर सिटी रिक्सा चलाउन पाउने छ । शिक्षण संस्था, हाट बजार, सभा सम्मेलन लगायतका भने संचालन गर्न नपाइने उनले जानकारी दिए ।
यस्तै १० वर्ष मूनी र ६० वर्षमाथीका मानिस र दिर्घरोगिलाई बाहिर हिडडुल गर्न तथा सैलुन, ब्युटिपार्लर, जिमखाना, मेला, महोत्सव तथा अन्य सामूहिक भेलामा पनि रोक लगाइएको छ । यसैगरि जिल्ला प्रशासन कार्यालय सप्तरीबाट प्रदान गरिने नागरिकता हाललाई बन्द रहने तथा अन्य सेवाहरु सूचारु भएको उनले बताए ।
सप्तरीमा निषेधाज्ञा अन्त्यसँगै चहलपहल बढ्यो
सारांश
- जिल्ला स्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिस र जिल्ला सुरक्षा समितिको सोमबार साँझ बसेको बैकठले जिल्लामा गत साउन ८ गतेदेखी लगाइएको निषेधाज्ञालाई सुरक्षा र स्वास्थ्यको मापदण्ड तोकि हटाउने निर्णय गरेको थियो ।
- यता निषेधाज्ञा हटेसँगै जिल्लामा मंगलबार बिहानदेखी सुरक्षा, स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने सर्तसहित बजारमा चहलपहल सुरु भएको छ ।
- जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशाकीय अधिकृत एंव सूचना अधिकारी आनन्द ठाकुरका अनुसार पसल, व्यवसायी, बैंक तथा बित्तिय संस्था, सरकारी कार्यालय, स्थानिय तह, उद्योग, कलकारखाना लगायतले सरकारबाट जारि भएको सुरक्षा र जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गरि संचालनमा ल्याउन सक्ने अनुमति प्रदान गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
हराएका २६ जना मध्ये २० जना फेला
निःशुल्क सिलाई मेसिन वितरण
बाढीको जोखिममा रहेका बनरझुल्लाबासी विपद्सँग जुध्न तयार
खुश्वुको हत्या आरोपमा एक पक्राउ
अस्पतालको सेवा सुधारको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ
प्रतिक्रिया
० प्रतिक्रिया