बालविवाह न्युनिकरण गर्न समुदाय स्तरमा  दवाव सृजना गर्नुपर्छ ः उपप्रमुख साधना झा

राजविराज राजविराज
|
आइतबार, मंसिर २१, २०७७
|
|
३१ पटक हेरिएको
Shares
बालविवाह न्युनिकरण गर्न समुदाय स्तरमा  दवाव सृजना गर्नुपर्छ ः उपप्रमुख साधना झा

सारांश

  •     लैङ्गिक हिंसा सम्बन्धी १६ दिने अभियान अन्तर्गत आइतबार राजबिराज ६ स्थित बहिरा स्कुलमा आयोजित बालविवाह सम्बन्धी अन्तर पुस्ता संवाद कार्यक्रममा बोल्दै उप्रमुख झाले समुदायमा अहिले पनि बालविवाह नरोकिएकोले सुमदाय स्तर दवाव बनाउनु पर्ने आवश्यकता रहेकोमा जोड दिएकी छिन् ।
  •     छोरीलाई छोरा सरह शिक्षा, आप्mनो खुट्टामा उभिन तथा शारिरिक रूपमा मजबुत नहुन्जेल विवाह नगर्न उनले आग्रह गरिन् ।
  • शिक्षित घरपरिवारका अभिभावकबाटै २० पूरा नहुदै युवतीहरुको विवाह गर्ने गरेको आरोप लगाउदै उनले वालविवाहलाई निरूसाहित गर्नुपर्ने बताईन ।

दैनिक समाचारदाता
राजविराज, २१ मंसिर । 
    राजबिराज नगरपालिका उपप्रमुख साधना झा बालबिवाहको न्युनिकरण गर्न समुदाय स्तरमै दवाव सृजना गर्नुपर्नेमा जोड दिएकी छिन् ।
    लैङ्गिक हिंसा सम्बन्धी १६ दिने अभियान अन्तर्गत आइतबार राजबिराज ६ स्थित बहिरा स्कुलमा आयोजित बालविवाह सम्बन्धी अन्तर पुस्ता संवाद कार्यक्रममा बोल्दै उप्रमुख झाले समुदायमा अहिले पनि बालविवाह नरोकिएकोले सुमदाय स्तर दवाव बनाउनु पर्ने आवश्यकता रहेकोमा जोड दिएकी छिन् ।
    छोरीलाई छोरा सरह शिक्षा, आप्mनो खुट्टामा उभिन तथा शारिरिक रूपमा मजबुत नहुन्जेल विवाह नगर्न उनले आग्रह गरिन् । शिक्षित घरपरिवारका अभिभावकबाटै २० पूरा नहुदै युवतीहरुको विवाह गर्ने गरेको आरोप लगाउदै उनले वालविवाहलाई निरूसाहित गर्नुपर्ने बताईन ।
    समग्र जनउत्थान केन्द्र राजबिराजको आयोजित कार्यक्रकमा जिल्ला प्रहरी कार्यालय सप्तरीका नायव उपरिक्षक भुवनेश्वर साहले बालविवाहका कारण महिलाहरूको अकाल मै मृत्यु हुने गरेको बताउँदै बालविवाहलाई निरूसाहित गर्नका लागि समुदायका जिम्मेवार ब्यक्तीहरूले समाजवाट बालविवाहको अन्त गर्नुपर्नेमा जोड दिए ।
    कार्यक्रमको सहजिकरण गर्दै साहले कानुनको दायरामा बसेर २० बर्ष पूरा नहुन्जेल बिवाह गर्नु ठुलो अपराध भएकोले त्यस्ता गर्ने र गराउनेलाई कानुनी कारवाही हुने बताए । दहेज नदिई बेटीलाई शिक्षित बनाएमा आफै केटा पक्षले केटी खोज्दै आउने बताउदै उनले छोरा सरह छोरीलाई उच्च शिक्षा दिनु पर्नेमा सुझाव समेत दिए ।
    सो अवसरमा १६ दिने अभियानका संयोजक मनोहर पोखरेल, अधिकारकर्मी सुनिता साह, पार्थो सरकार, सुष्मा दास, हितनारायण लाल दास लगायत स्थानिय महिला तथा किशोरीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिडिया काउन्सीलद्वारा सुझाव संकलन
मिडिया काउन्सीलद्वारा सुझाव संकलन
यूवा स्वरोजगार कोषको रकम सदुपयोग गर्न सुझाव
यूवा स्वरोजगार कोषको रकम सदुपयोग गर्न सुझाव
बेरोजगार युवालाई मासिक दुई हजार भत्ता दिने मधेश सरकारको तयारी
बेरोजगार युवालाई मासिक दुई हजार भत्ता दिने मधेश सरकारको तयारी
प्रधानमन्त्री कपका लागि क्रिकेट  खेलाडीको बन्द प्रशिक्षण 
प्रधानमन्त्री कपका लागि क्रिकेट  खेलाडीको बन्द प्रशिक्षण 
यूवाहरुलाई प्रोत्साहनका लागी मधेश प्रदेश सरकारले  सकेसम्म पहल गर्ने ः मुख्यमन्त्री सिंह
यूवाहरुलाई प्रोत्साहनका लागी मधेश प्रदेश सरकारले  सकेसम्म पहल गर्ने ः मुख्यमन्त्री सिंह
लागू औषधसहित दुई पक्राउ 
लागू औषधसहित दुई पक्राउ 
वालिका तथा समावेशी शिक्षा सम्बन्धी कार्यविधि पारित हुने
वालिका तथा समावेशी शिक्षा सम्बन्धी कार्यविधि पारित हुने
चट्याङ लागेर सप्तरीसहित बारा र सर्लाहीमा ६ जनाको मृत्यु, एक दर्जन घाइते
चट्याङ लागेर सप्तरीसहित बारा र सर्लाहीमा ६ जनाको मृत्यु, एक दर्जन घाइते
मजदुर संघ सप्तरीद्वारा मागहरु सुनुवाई नभएको भन्दै संघर्षका कार्यक्रम घोषणा
मजदुर संघ सप्तरीद्वारा मागहरु सुनुवाई नभएको भन्दै संघर्षका कार्यक्रम घोषणा
दलित समुदायमा शिक्षाको पहुँच हुनुपर्छ : अर्थमन्त्री साह
दलित समुदायमा शिक्षाको पहुँच हुनुपर्छ : अर्थमन्त्री साह