दैनिक समाचारदाता
राजविराज, २ पुस ।
चिसो मौसममा कोरोना भाइरसको जिवाणु बढी सक्रिय हुने भन्दै यसबाट जोगिन एक संस्थाको अगुवाईमा बिहीबार विपन्न तथा गरिबलाई स्वास्थ्य सामग्री निःशुल्क वितरण गरिएको छ ।
अमेरिकामा रहेका तराई क्षेत्रका नेपालीहरुको संगठन आन्टाको सहयोगमा राजदेवी युवा समाज राजविराजले ती विपन्न र गरिबलाई स्वास्थ्य सामग्री वितरण र कोभिड–१९ बाट कसरी जोगिने विषयमा चेतनामूलक कार्यक्रमसमेत गरेको छ ।
कार्यक्रम अन्तर्गत बिहीवार राजदेवी युवा समाजले राजविराज नगरपालिका वडा नम्बर ६, ९, ११ र १२ का झण्डै ४ सय ५० दलित तथा गरिब परिवारलाई डिटोल साबुन २ पिस, मास्क ४ पिस, भिटामिन कम्पलेक्स सिरप १ र १ थान थर्मामिटर वितरण गरिएको जनाइएको छ ।
यसअघि बुधवार पनि राजविराज नगरपालिका ११ झलही र राजविराज १२ सिंग्यौन लभका टोल का झण्डै १ सय ७६ परिवारलाई डिटोल साबुन २ पिस, मास्क ४ पिस, भिटामिन कम्पलेक्स सिरप १ र १ थान थर्मामिटर वितरण गरिएको थियो ।
वितरण समारोहमा उपस्थित भएका राजदेवी यूवा समाजका तर्फबाट यूवा अभियन्ता सुजित मण्डल, बसन्त यादव लगायतले कोरोना भाइरसबाट कसरी जोगिने र हात धुने तरिकाबारे सर्वसाधारणलाई जानकारी गराएका थिए ।
यता राजदेवी युवा समाजका अध्यक्ष सुजित मण्डलले अमेरिकामा बस्दै आएका साथीहरुको सहयोगमा चेतनामुलक कार्यक्रममै कोरोना भाइरसबाट जोगिन आवश्यक स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराएको तथा यस कार्यक्रमलाई निरन्तरता दिने बताए ।
विपन्न गरिबलाई स्वास्थ्य सामग्री निःशुल्क वितरण
सारांश
- अमेरिकामा रहेका तराई क्षेत्रका नेपालीहरुको संगठन आन्टाको सहयोगमा राजदेवी युवा समाज राजविराजले ती विपन्न र गरिबलाई स्वास्थ्य सामग्री वितरण र कोभिड–१९ बाट कसरी जोगिने विषयमा चेतनामूलक कार्यक्रमसमेत गरेको छ ।
- कार्यक्रम अन्तर्गत बिहीवार राजदेवी युवा समाजले राजविराज नगरपालिका वडा नम्बर ६, ९, ११ र १२ का झण्डै ४ सय ५० दलित तथा गरिब परिवारलाई डिटोल साबुन २ पिस, मास्क ४ पिस, भिटामिन कम्पलेक्स सिरप १ र १ थान थर्मामिटर वितरण गरिएको जनाइएको छ ।
- यसअघि बुधवार पनि राजविराज नगरपालिका ११ झलही र राजविराज १२ सिंग्यौन लभका टोल का झण्डै १ सय ७६ परिवारलाई डिटोल साबुन २ पिस, मास्क ४ पिस, भिटामिन कम्पलेक्स सिरप १ र १ थान थर्मामिटर वितरण गरिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
चुनावी मिति तय भएसँगै उद्योगी व्यवसायीमा चुनावी सरगर्मी बढ्यो
शिक्षा र स्वास्थ्य क्षेत्रका लागि ट्रष्ट बनाउन जग्गादानसंगै निजी खर्चमै निर्माण
मोटरसाइकल दुर्घट्नामा दुईको मृत्यु
ब्राउन सुगरसहित यूवक पक्राउ
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
प्रतिक्रिया
० प्रतिक्रिया