उपचार खर्च जुटाउन समस्यामा परेकी निरसी खंगलाई सहयोग

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन १३, २०७७
|
|
२६ पटक हेरिएको
Shares
उपचार खर्च जुटाउन समस्यामा परेकी निरसी खंगलाई सहयोग

सारांश

  •     गरिबीका कारण उपचार खर्च जुटाउन नसक्दा जिवनमरणको दोसाधमा रहेकी निरसी गत माघ १३ गते चिसो छल्न बालिएको घुरबाट सल्केको आगोले जलेर गम्भिर घाइते भएकी छिन् ।
  • उनको हाल राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।
  •       यसैबीच बिहीबार बालाजी डेन्टल केयर प्रालिका निर्देशक विवेक झा र सबल नेपालका कार्यक्रम संयोजक परमेश्वर झाले अस्पतालमै पुगि १ हजार १ सयका दरले नगद सहयोग उपलब्ध गराएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १३ फागुन । 
    राजविराज नगरपालिका १० दिघवाकी २५ वर्षिया निरसी खंगलाई उपचार खर्च जुटाउन समस्या परेको बेला सहयोग हातहरुले आर्थिक सहयोग उपलब्ध गराएका छन् । 
    गरिबीका कारण उपचार खर्च जुटाउन नसक्दा जिवनमरणको दोसाधमा रहेकी निरसी गत माघ १३ गते चिसो छल्न बालिएको घुरबाट सल्केको आगोले जलेर गम्भिर घाइते भएकी छिन् । उनको हाल राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । 
    यसैबीच बिहीबार बालाजी डेन्टल केयर प्रालिका निर्देशक विवेक झा र सबल नेपालका कार्यक्रम संयोजक परमेश्वर झाले अस्पतालमै पुगि १ हजार १ सयका दरले नगद सहयोग उपलब्ध गराएका छन् । 
    यस्तै बिहीबारै पार्थो सरकारले १ हजार १ सय, नन्द किशोर गुप्ताले ५ सय, रामकृष्ण रजक तथा ओमप्रकाश यादवले १/१ सय आर्थिक सहयोग प्रदान गरेका छन् । 
    ऐलानी जग्गामा बसोवास गर्दै आएका चार वर्षिय छोरीकी आमा खंग मजदुरी गरेर गुजारा चलाउँदै आएकी थिइन् । पति राजाराम पनि अर्काको घर र खेतमा काम गर्दै आएका थिए । तर, विगत एक महिनादेखी पत्नि अस्पतालमा धर्ना भएपछि रेखदेखमै खटिनु परेकाले राजारामको पनि आम्दानीको सबै बाटो बन्द भएको छ । 
    जसकारण उपचारका लागि अस्पतालमा भर्ना रहेकी पत्निको उपचार खर्च जुटाउन र हातमुख जोड्न समेत समस्या भएको समाचार यस दैनिकमा प्रकाशित भएपछि अहिले सहयोगि हातहरु उनलाई आर्थिक सहयोग गर्न बढीरहेका छन् । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दशकौंदेखि भूमिहीन रहेका ४० जनाले पाए लालपूर्जा
दशकौंदेखि भूमिहीन रहेका ४० जनाले पाए लालपूर्जा
संघीय सरकारद्वारा संघीयता समाप्त  पार्ने षडयन्त्र ः प्रदेश मन्त्री साह
संघीय सरकारद्वारा संघीयता समाप्त  पार्ने षडयन्त्र ः प्रदेश मन्त्री साह
छिन्नमस्ता गाउँपालिकाको झण्डै १५ करोड असुल गर्न बाँकी 
छिन्नमस्ता गाउँपालिकाको झण्डै १५ करोड असुल गर्न बाँकी 
प्रभु बचत तथा ऋण सहकारी  संस्थामा आगलागिबाट लाखौंको क्षति
प्रभु बचत तथा ऋण सहकारी  संस्थामा आगलागिबाट लाखौंको क्षति
चुनौतीलाई चिर्दै अवसरमा परिणत गर्नेछु  ः नवनियुक्त क्याम्पस प्रमुख डा. कर्ण 
चुनौतीलाई चिर्दै अवसरमा परिणत गर्नेछु  ः नवनियुक्त क्याम्पस प्रमुख डा. कर्ण 
काँग्रेसप्रति जनताको  आकर्षण र जनलहर  बढ्दै छ ः नेता ढुङ्गाना
काँग्रेसप्रति जनताको  आकर्षण र जनलहर  बढ्दै छ ः नेता ढुङ्गाना
चेकजाँच गर्न खोज्दा प्रहरीमाथी गोली  प्रहार, प्रतिरक्षामा प्रहरीद्वारा फायर
चेकजाँच गर्न खोज्दा प्रहरीमाथी गोली  प्रहार, प्रतिरक्षामा प्रहरीद्वारा फायर
गाउँपालिकाको तालाबन्दी खोलाउन  सम्बन्धीत पक्षहरुसँग अनुरोध 
गाउँपालिकाको तालाबन्दी खोलाउन  सम्बन्धीत पक्षहरुसँग अनुरोध 
प्रेस स्वतन्त्रताको पक्षमा प्रदेश सरकार सदैव रहने ः संचारमन्त्री साह
प्रेस स्वतन्त्रताको पक्षमा प्रदेश सरकार सदैव रहने ः संचारमन्त्री साह
स्व. सिंहको सप्तरीको विकासमा महत्वपूर्ण योगदान
स्व. सिंहको सप्तरीको विकासमा महत्वपूर्ण योगदान