दलित विपन्न परिवारलाई सुरक्षित भवन हस्तान्तरण 

राजविराज राजविराज
|
बिहिबार, चैत्र ५, २०७७
|
|
२६ पटक हेरिएको
Shares
दलित विपन्न परिवारलाई सुरक्षित भवन हस्तान्तरण 

सारांश

  •     महुली सामुदायिक विकास केन्द्रको सहजिकरण तथा ह्याविटेट फर हयुमिनिटी नेपाल र शम्भुनाथ नगरपालिकाको सहयोगमा निर्माण गरिएको उक्त आवास बिहीबार एक कार्यक्रमबीच ह्याविटेट फर हयुमिनिटी नेपालकी नेशनल डायरेक्टर कृष्टि स्टेफ्नीले आवासको साँचो दिएर घरधनीलाई हस्तान्तरण गरेकी हुन् ।
  •       दुई कोठे घरमा भान्सासहित तथा छुट्टै शौचालयको व्यवस्था रहेको महुली सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक प्रभु नारायण चौधरीले जानकारी दिएका छन् ।
  •       घरको चारैतिरको भित्तामा बाँसको भाटा कलात्मक ढंगबाट जडान गरि टिनको छानासहित निर्माण भएको उक्त आवासमा सहयोगि एवं साझेदारी संस्था ह्याविटेट फर हयुमिनिटीले २ लाख, शम्भुनाथ नगरपालिकाले १ लाख ६१ हजार ४ सय ७५ तथा घरधनीको श्रमदान र यूवाहरुको योगदानबाट ३२ हजार ८ सय ८५ रुँपैया गरि कुल ३ लाख ९४ हजार ३३ रुँपैया लागत लागेको जनाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, ५ चैत । 
    सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. २ कनकपट्टी थलहा डगर टोलका १४ सुकुम्वासी दलित परिवारका लागि निर्माण गरिएको घर बिहीबार हस्तान्तरण गरिएको छ । 
    महुली सामुदायिक विकास केन्द्रको सहजिकरण तथा ह्याविटेट फर हयुमिनिटी नेपाल र शम्भुनाथ नगरपालिकाको सहयोगमा निर्माण गरिएको उक्त आवास बिहीबार एक कार्यक्रमबीच ह्याविटेट फर हयुमिनिटी नेपालकी नेशनल डायरेक्टर कृष्टि स्टेफ्नीले आवासको साँचो दिएर घरधनीलाई हस्तान्तरण गरेकी हुन् ।  
    दुई कोठे घरमा भान्सासहित तथा छुट्टै शौचालयको व्यवस्था रहेको महुली सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक प्रभु नारायण चौधरीले जानकारी दिएका छन् । 


    घरको चारैतिरको भित्तामा बाँसको भाटा कलात्मक ढंगबाट जडान गरि टिनको छानासहित निर्माण भएको उक्त आवासमा सहयोगि एवं साझेदारी संस्था ह्याविटेट फर हयुमिनिटीले २ लाख, शम्भुनाथ नगरपालिकाले १ लाख ६१ हजार ४ सय ७५ तथा घरधनीको श्रमदान र यूवाहरुको योगदानबाट ३२ हजार ८ सय ८५ रुँपैया गरि कुल ३ लाख ९४ हजार ३३ रुँपैया लागत लागेको जनाइएको छ ।


    सोही वडाकी ५० वर्षिया लक्ष्मीदेवी सदायले वर्षा, हावाहुरी तथा अन्य विपद्बाट समेत जोगिन नवनिर्मित घरमा बस्न पाउँदा निकै खुशी र हर्षित भएको बताइन् । सोही बस्तिका धर्मदेव सदायले वर्षेणी बाढीका कारण घरबार छाडेर सुरक्षित स्थानमा भाग्नु पर्ने बाध्यता अब हटेको भन्दै दंग छन् । 
    जमिनमा ढुंगा तथा सिमेन्टबाट घरको सतह उच्च बनाई बाढीको जोखिमबाट समेत सुरक्षा दिनेगरि चालु आ.ब.को साउन महिनादेखी निर्माण कार्य सुरु भई पुस मसान्तमा कार्य सम्पन्न भएको हो । 
    शम्भुनाथ नगरपालिकाकी उपप्रमुख कबिता सरदारको अध्यक्षतमा आयोजित आवास हस्तान्तरण कार्यक्रममा सिरहाको धनगढीमाई नगरपालिका प्रमुख हरिनारायण चौधरी, शम्भुनाथ नगरपालिका वडा नं. २ का अध्यक्ष दुर्गानन्द भगत, संस्थाका कर्मचारीलगायतको उपस्थिति रहेको थियो । 
    विगत १२ वर्षदेखी आवास क्षेत्रमा काम गर्दै आएको केन्द्रले हालसम्म अतिविपन्न तथा दैवी प्रकोपमा परेका पीडित परिवारका लागि सप्तकोशी नगरपालिका, कंचनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, राजविराज नगरपालिका, रुपनी गाउँपालिका र अग्निसाइर कृष्णासवरण गाउँपालिकामा गरि कुल ४ हजार ४ सय १४ घर निर्माण गरिसकेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शान्ति सुरक्षादेखी प्रभावकारी सेवा दिन प्रतिबद्ध छु ः प्रजिअ खनाल
शान्ति सुरक्षादेखी प्रभावकारी सेवा दिन प्रतिबद्ध छु ः प्रजिअ खनाल
गौशाला धर्मशालाको विवाद सम्बन्धमा मारवाडी समुदायद्वारा सप्तरीमा प्रर्दशनसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र
गौशाला धर्मशालाको विवाद सम्बन्धमा मारवाडी समुदायद्वारा सप्तरीमा प्रर्दशनसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सप्तरीको बैरवामा चैत २१ गते बृहत साहित्यीक कार्यक्रम हुने
सप्तरीको बैरवामा चैत २१ गते बृहत साहित्यीक कार्यक्रम हुने
आँखा उपचार केन्द्रमा १८ हजारको उपचार
आँखा उपचार केन्द्रमा १८ हजारको उपचार
जनतासँग सम्बन्ध अझ प्रगाढ बनाउँदै सेना 
स्थानिय व्यापारीद्वारा बजार अनुगमन टोली बिरुद्ध प्रदर्शन 
स्थानिय व्यापारीद्वारा बजार अनुगमन टोली बिरुद्ध प्रदर्शन 
तिरहुतका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच  मतभेद हुँदा झण्डै ५ करोड रकम फ्रिज
तिरहुतका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच  मतभेद हुँदा झण्डै ५ करोड रकम फ्रिज
मलेठ घटनाका शहीदको सम्झनामा सार्वजनिक विदा
मलेठ घटनाका शहीदको सम्झनामा सार्वजनिक विदा
तीन स्थानिय तहले जनतामा खानेपानी, सरसफाईको पहुँच पु¥याउने प्रतिबद्धता
तीन स्थानिय तहले जनतामा खानेपानी, सरसफाईको पहुँच पु¥याउने प्रतिबद्धता
वैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट थानसिंह भंसाली सम्मानित, मैथिली गीत गायनतर्फ कञ्चन झा पुरस्कृत
वैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट थानसिंह भंसाली सम्मानित, मैथिली गीत गायनतर्फ कञ्चन झा पुरस्कृत