दैनिक समाचारदाता
राजविराज, १८ भदौं ।
विगत लामो समयदेखी बन्द रहेका राजविराजका सम्पूर्ण संस्थागत तथा नीजि विद्यालयहरु भदौं २० गते आइतबारदेखी खुल्ने भएका छन् ।
राजविराज नगर शिक्षा समितिको शुक्रबार सम्पन्न बैठकले सो निर्णय गरेको नगरपालिकाका शिक्षा शाखा अधिकृत भोगेन्द्र प्रसाद यादवद्वारा प्रेसित विज्ञप्तिमा उल्लेख छ ।
जिल्ला संकट व्यवस्थापन केन्द्र सप्तरीको बुधबार सम्पन्न बैठकले समेत विद्यालय खोल्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
कोभिड १९ बिरुद्धको स्वास्थ्य सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरि प्रत्येक तहमा उपल्लो कक्षा ९ देखी १२, निमावि तहका कक्षा ६ देखी ८ तथा प्रावि तहका कक्षा ३ देखी ५ सम्म विद्यार्थी संख्याको आधारमा फरक फरक सिफ्टमा संचालन गर्न विज्ञप्तिमा जनाइएको छ ।
यसअघि साउन १५ गतेदेखी नै जिल्लाको सुरुङ्गा नगरपालिकास्थित सम्पूर्ण विद्यालयमा पठनपाठन सूचारु भइसकेको छ ।
आइतबारदेखी राजविराजका सबै विद्यालय खुल्ने
सारांश
- राजविराज नगर शिक्षा समितिको शुक्रबार सम्पन्न बैठकले सो निर्णय गरेको नगरपालिकाका शिक्षा शाखा अधिकृत भोगेन्द्र प्रसाद यादवद्वारा प्रेसित विज्ञप्तिमा उल्लेख छ ।
- जिल्ला संकट व्यवस्थापन केन्द्र सप्तरीको बुधबार सम्पन्न बैठकले समेत विद्यालय खोल्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
- कोभिड १९ बिरुद्धको स्वास्थ्य सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरि प्रत्येक तहमा उपल्लो कक्षा ९ देखी १२, निमावि तहका कक्षा ६ देखी ८ तथा प्रावि तहका कक्षा ३ देखी ५ सम्म विद्यार्थी संख्याको आधारमा फरक फरक सिफ्टमा संचालन गर्न विज्ञप्तिमा जनाइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
विशेष साधारण सभाको कुनै औचित्य छैन् ः सप्तरी जिल्ला बार
पत्रकार महासंघले छठ पर्वपछि चरणबद्ध आन्दोलन गर्ने
करेन्ट लागेर घाइते भएका सुदर्शनलाई आर्थिक सहयोग
सामुदायिक प्रयासले पुनर्जीवन पायो सकरपुराको ऐतिहासिक पोखरी
निजि विद्यालयद्वारा परम्परालाई निरन्तरता
बालक मृत अवस्थामा फेला
सामुदायिक पहल र परियोजनाको सहयोगले पोखरीको मुहार फेरियो
प्रतिक्रिया
० प्रतिक्रिया