News Category 2083/02/10
राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुँदै
दैनिक समाचारदाता
राजविराज, १० जेठ ।
भारोत्तोलन संघ सप्तरीको आयोजनामा सोमबारदेखि प्रथम राष्ट्रिय खुल्ला महिला–पुरुष भारोत्तोलन प्रतियोगिता सुरु हुँदै छ ।
राजविराजस्थित जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा सोमवारदेखि जेठ १३ गतेसम्म चल्ने उक्त प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफका गरी १ सय ५० जना महिला तथा पुरुष खेलाडीको सहभागिता रहनेछ ।
भारोत्तोलन संघ सप्तरीका अध्यक्ष एवं भारोत्तोलनका अन्तर्राष्ट्रिय खेलाडी पुन्तिलाल यादवले प्रतियोगिता भव्य र सभ्य रुपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिए । करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि जिल्लाका विभिन्न पालिका, संघ संस्था र खेलप्रेमीले आर्थिक सहयोग गरिरहेको उनको भनाई छ । विजयी खेलाडीहरुलाई पदका साथै उत्कृष्ट पुरुष–महिला खेलाडीलाई पनि पुरस्कृत गरिने उनको भनाई छ ।
उनले केही समयपछि जापानमा हुन लागेको एशियाली खेलकुदमा भारोत्तोलन तर्फ सहभागि हुने टिममा छनौट भएका चार वटै खेलाडी सप्तरी कै उत्पादन भएको जानकारी दिदै नयाँ नयाँ प्रतिभा जन्माउने उद्देश्यले पनि यस्ता प्रतियोगिताको आयोजना गर्न लागिएको बताए । उनले विगतमा मुलुकको विभिन्न ठाउँमा भएको भारोत्तोलनको राष्ट्रिय प्रतियोगितामा समेत स्वर्ण, पदक ल्याउनेमा मधेश प्रदेशमै सप्तरी पहिला स्थानमा रहने गरेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/10 ग्रामीण महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम प्रभावकारी बन्दै, मटका (माटोको ग्लास) बनाएर दैनिकी ३ हजार आम्दानी गर्दै महिला
- 2083/02/10 राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुँदै
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ